एनआरएनए दक्षिण कोरियाको उपाध्यक्ष पदको लागि सुनिल कन्दङ्गवा लिम्बूको बलियो दावेदारी
एनआरएनए दक्षिण कोरियाको उपाध्यक्ष पदको लागि सुनिल कन्दङ्गवा लिम्बुको उम्मेदवारी
दक्षिण कोरिया:गैर आवासीय नेपाली संघ कोरियाको आगामी दुई बर्ष( २०२३-२०२५)का लागि नयाँ संगठनमा नयाँ नेतृत्व चयन गर्ने बेला भएकोले नेतृत्व लिन चाहाने एनआरएनहरुको दौडधुप, प्रचार-प्रसार र लविङ तीब्र बन्दै गएको छ ।आगामी आउदो जुलाइ ८/९ तारिख मा हुन गइरहेको गैह्र आवासीय नेपाली संघ कोरिया(एनआरएनए दक्षिण कोरिया) को नवौ महाअधिवेशनको लागि वर्तमान कार्यसमितिका सहकोषाध्यक्ष सुनिल कन्दङ्गवा लिम्बुले पनि उपाध्यक्ष पदमा आफ्नाे उमेद्वारी दिने भएका छन ।
"परिवर्तन, एकता, सहकार्य र सह-अस्तित्व परिपक्व, जुझारु, श्रमिकमैत्री युवा नेतृत्व" मुल नाराका साथ उपाध्यक्ष पदको लागि उम्मेदवारी दिन लागेका लिम्बू सन् २०१२ मा मेगा बैंकको फाइनल अन्तरबार्ता छोडेर कोरिया होमिएका झापाली ठिटो त्रिभुवन विश्वबिध्यालयमा एम बि...





