११ साइज फुटबल टुर्नामेन्टका लागि एंट्री खुला — Sinbuk NFC पोछनको आयोजनामा प्रतियोगिता हुँदै
पोछन, दक्षिण कोरिया – दक्षिण कोरियामा रहेका नेपाली युवाहरूबीच आपसी सद्भाव, अनुशासन र खेलकुदको प्रवर्द्धन साथै स्वास्थ्यप्रति सचेतना फैलाउने उद्देश्यले Sinbuk United NFC को आयोजनामा ११ साइजको नकआउट फुटबल टुर्नामेन्ट यही आउँदो ३ अगस्ट २०२५, आईतबारका दिन सिनबुक, पोछन फुटबल मैदानमा आयोजना हुने भएको छ।
प्रतियोगितामा २० टिमसम्मको सहभागिता रहनेछ, र टिम चयन पहिले आउनेलाई प्राथमिकता (first come, first served) को आधारमा गरिनेछ। यस सन्दर्भमा आयोजकले आजैदेखि एंट्री फारम खुला गरेको जानकारी दिएको छ।
एंट्री विवरण:
• एंट्री शुल्क: ₩ ३,००,०००/-
• एंट्री बन्द मिति: ३० जुलाई २०२५, बुधबारसम्म
• खेल सञ्चालन प्रणाली: नकआउट(Knockout)
खेल संयोजक श्री युगल थेगिम ज्यू भन्नुहुन्छ: “खेल मैदान, रेफ्री, नियमावली र सम्पूर्ण तयारीहरू अन्तिम चरणमा छन्। निष्पक्ष खेल र रमाइलो माहोलका लागि सबैको सा...







