मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
आजको दिन राम्रो छ । सोचेको काम कार्यमा सफलता मिल्नेछ । नयाँ कार्यहरु पुर्ण हुनेछ। मनमा प्रशन्नता छाउनेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
समय मध्यम रहेको छ । आटे सोचेका कामहरुमा बाधा व्यावधानहरु आउन सक्छ सजकताका साथ अघि बढ्नु उपयुक्त हुनेछ । लामो दूरीको यात्रा नगर्नु नै उपयुक्त हुनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
पराक्रम बढ्नेछ । दिनको उत्तरार्धमा काम बन्नेछ । विगतका अपुरा अधुरा कामहरु पुरा हुनेछ । इष्टमित्र साथीभाइहरुसँग मनका कुरा खोल्ने अवसर मिल्नेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
पढाइ लेखाइको क्षेत्रमा सफलता हासिल गर्न सकिनेछ । अधुरा काम कार्यहरु बन्नेछ । मन हर्सित रहनेछ । लामो दूरीको यात्रामा सफलता मिल्नेछ । सामाजिक मान प्रतिष्ठा बढेर जानेछ ।
सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
आजको दिन त्यति राम्रो छैन । जुन कुनै काममा बा...
२१ फाल्गुन २०८१, बुधबार ११:०१२१ फाल्गुन २०८१, बुधबार ११:०१२१ फाल्गुन २०८१, बुधबार ११:०१ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज: ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिक स्थल मुक्कुमलुङ (पाथिभरा)मा केवलकार निर्माण गर्ने विषयको विवाद चर्किँदै गइरहेको छ। जसका कारण केवलकार निर्माण गर्ने व्यवसायी समूह र पाथिभरालाई मुकुम्लुङका नाममा विशेष आशा राख्ने स्थानीय समूहबीच पर्ने विवादले स्थानीय जनजीवन आक्रान्त बनिरहेको छ।
ऐतिहासिक महत्त्व बोकेको पवित्र धार्मिक तीर्थस्थललाई प्रभावित पार्ने गरी निजी क्षेत्रले निजी व्यापारिक स्वार्थका लागि सार्वजनिक सम्पत्तिको दुरुपयोग गरी विकासका नाममा विनाशका योजना ल्याउन नहुने स्थानीयको माग छ। तर पाथिभरामा केवलकार बनाएरै छाड्ने पाथिभरा दर्शन केवलकार प्रालीको अडान कायम छ। जसले गर्दा पाथिभरा क्षेत्र तनावग्रस्त बनेको छ। व्यापारिक प्रायोजनको लागि निजी कम्पनीलाई प्राकृतिक सम्पदाको दोहन गराउनु राज्य संयन्त्रको मिलेमतोमा नीतिगत भ्रष्टाचार भएको भन्दै सरकारको नीति नै आफ्नो निकट व्यापारी पोस्न...
२१ फाल्गुन २०८१, बुधबार ०१:४४२१ फाल्गुन २०८१, बुधबार ०१:४४२१ फाल्गुन २०८१, बुधबार ०१:४४ by एलिनाNo Comments
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
माया बढ्ने देखिन्छ। अचानक प्रेम पस्ताव आउनेछ। त्यसलाई स्वीकार गरेर अगाडि बढ्नुहोला। साथीभाइ सकारात्मक छन्।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
प्रेम बढ्नेछ। शिक्षाको क्षेत्रमा उन्नति हुनेछ। परीक्षाको तयारी गर्नुभएको छ भने सफलता मिल्नेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
वैदेशिक क्षेत्रमा गरेको लगानीले उपलब्धि हात लाग्नेछ। शिक्षाको क्षेत्रमा राम्रा सम्भावना देखिन्छन्। स्वास्थ्यमा समस्या आउँने देखिएकाले खानपानमा ख्याल गर्नुहोला।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आर्थिक क्षेत्रमा झुक्याउने धेरै छन्। सचेत भएर काम गर्नुहोला। राजनीति र सामाजिक क्षेत्रमा राम्रो छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
शिक्षाको क्षेत्रमा राम्रो अवसर प्राप्त हुनेछ। वैदेशिक क्षेत्रमा सम्भावना देखिन्छ। स्वास्थ्यमा भने समस्या देखिन्छ...
२० फाल्गुन २०८१, मंगलवार ०२:०५२० फाल्गुन २०८१, मंगलवार ०२:०५२० फाल्गुन २०८१, मंगलवार ०२:०५ by विशाल श्रेष्ठNo Comments
आगामी जेठ १८ गतेदेखि विशेष कोरियन भाषा परीक्षा सञ्चालन हुने भएको छ। ईपीएस कोरिया शाखाले सोमबार सूचना प्रकाशित गरेर जेठ १८ देखि २० गतेसम्म परीक्षा सञ्चालन हुने जानकारी दिएको हो।
नेपाल सरकार र गणतन्त्र कोरिया सरकार बीच सम्पन्न समझदारी पत्र अनुरूप रोजगार अनुमति प्रणालीअन्तर्गत दक्षिण कोरियाबाट काम गरी वैधानिक तवरले फर्केका कामदारहरूलाई पुनः कामदारको रूपमा पठाउने प्रक्रिया अन्तर्गत उम्मेदवारको छनौट गर्ने क्रममा विशेष परीक्षा सञ्चालन हुँदै आएको छ।
ईपीएसअन्तर्गत गणतन्त्र कोरियामा रोजगारी प्राप्त गरेका र सन् २०१० जनवरी १ पश्चात् भिसा अवधिभित्रै वैधानिक रूपले नेपाल फर्केका कामदारहरू परीक्षा दिन पाउने छन्। आगामी चैत १७ देखि १९ गतेसम्म आवेदन दिन सकिने कार्यालयले जनाएको छ। जेठ १२ गते परीक्षा तालिका घोषणा हुने छ। जेठ ३० गते नतिजा प्रकाशन गरिने छ।...
२० फाल्गुन २०८१, मंगलवार ०२:०२२० फाल्गुन २०८१, मंगलवार ०२:०२२० फाल्गुन २०८१, मंगलवार ०२:०२ by एलिनाNo Comments
मेष(चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
क्रोध लाई सम्यम गर्नु पर्ने छ,बोलिको प्रभाव बड्ने छ,रोकियेको धन प्राप्त हुने छ,पारिवारिक भेटघाट ले मन प्रसन्न रहने छ।
बृष(इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)
कठिन परिश्रम भयेता पनि काम मा सकरात्मक नतिजा प्राप्त हुने छ,मन मा चिन्ता भयेता पनि इष्टमित्र सङ्ग को भलाकुसारिले प्रसन्नता ल्याउने छ,सोचेका कार्यले पूर्णता पाउने छ।
मीथुन(क,कि,कु,घ,ङ,छ,के,को,ह)
ब्यवसाय बाट लाभ मिल्ने छ,मित्र हरु सङ्ग भेट घाट हुने छ,मन चञ्चल रहने छ,सोचेका कार्यहरु सफल बन्ने छन,बैदेशिक क्षेत्र सफल रहने छ।
कर्कट(हि,हु,हे,हो,डा,डि,डु,डे,डो)
शिक्षा क्षेत्र मा सफलता मिल्ने छ,सन्तान बाट खुसी मिल्ने छ,प्रेम सम्बन्ध सुमधुर रहने छ,उत्साहपूर्वक कार्य सम्पादन हुने छ।
सिंह(मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
शत्रु प्रवल रहने छन,स्वास्थ्य मा समस्या देखिन सक्छ,मानसिक चिन्ताले सताउने छ,बोलिको कार...
१९ फाल्गुन २०८१, सोमबार १३:१११९ फाल्गुन २०८१, सोमबार १३:१११९ फाल्गुन २०८१, सोमबार १३:११ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज: अभिनेता दयाहाङ अभिनीत नयाँ चलचित्र “दुखी आत्मा” दक्षिण कोरियाको राजधानी सहर सउलमा पनि यही आउँदो मार्च ९ तारिखका दिन जोगेसाको हलमा प्रदर्शन हुने भएको छ।
आन्ना ग्रुप र नेपाल कोरिया कल्चरल एक्सचेन्ज एसोसिएसन दक्षिण कोरियाले “दुखी आत्मा” चलचित्र यही मार्च ९ तारिख आइतबारका दिन दक्षिण कोरियाको सउल स्थित जोगेसाको हलमा प्रदर्शन गर्न लागेको हो। दिउसो २ बजेबाट प्रदर्शन हुने चलचित्र को प्रवेश शुल्क ३०००० कोरियन वन तोकिएको छ भने अनलाइन टिकटको बुकिङ समेत खुल्ला भइसकेको आयोजकले जनाएको छ।
सुवन सहरमा सफलताका साथ प्रदर्शन गरि सेल सो गर्न लागेको आयोजकले सौल सो पश्चात् चलचित्र कोरियाका अन्य विभिन्न सहरहरूमा पनि प्रदर्शनका लागि तयारी रहेको जनाएको छ।
दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा दयाहाङसँगै आँचल शर्मा, अनुप विक्रम शाही, बुद्दि तामाङ, रेअर राई, पुष्कर गुरुङ, कवि...
१९ फाल्गुन २०८१, सोमबार ०९:१९१९ फाल्गुन २०८१, सोमबार ०९:१९१९ फाल्गुन २०८१, सोमबार ०९:१९ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज: दक्षिण कोरियामा सक्रिय बाग्लुङ समाज दक्षिण कोरिया, थेगु शाखाको आइतबारका दिन थेगुमा तेस्रो अधिवेशन सम्पन्न भइ संस्थाको अध्यक्षमा चिरन थापा मगरलाई सर्वसम्मत चयन गरिएको छ।
“प्रवासी भूमिमा बाग्लुङेहरूको एकता, सामाजिक कार्यमा सबैको सहभागिता, आपतकालीन अवस्थामा बाग्लुङ समाजको आवश्यकता" भन्ने मूल नाराका साथ स्थापित संस्थाको मार्च २ तारिख आइतबारका दिन थेगुस्थित STU को हलमा सम्पन्न तेस्रो अधिवेशनबाट चिरन थापा मगरको नेतृत्वमा १७ सदस्य नयाँ कार्यसमिति गठन गरिएको हो।
थेगुमा रहेका विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरू लगायत
का व्यक्तिहरूको बाक्लो उपस्थितिमा सम्पन्न तेस्रो अधिवेशनबाट ब.उपाध्यक्षमा भेद मगर,उपाध्यक्षमा रिषी राम पौडेल ,सोम थापा, जिना पुन,सचिबमा बेन सुनार,सह-सचिबना दुर्गा थापा, कोषाध्यक्षमा सागर थापा,सह-कोषाध्यक्षमामुकुन्द ढकाल र सदस्यहरूमा राजु माझी,हरि थापा,हरि रेग्मी ...
१८ फाल्गुन २०८१, आईतवार १४:१७१८ फाल्गुन २०८१, आईतवार १४:१७१८ फाल्गुन २०८१, आईतवार १४:१७ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज: दक्षिण कोरियामा सक्रिय गण्डकी प्रदेश समाजको दक्षिण कोरियाको सउलमा भएको दोस्रो अधिवेशन २०२५ बाट नरकुमार गुरुङ अध्यक्ष पदमा निर्विरोध चयन तर महासचिव र कोषाध्यक्ष सहित केही कार्यकारी पद हरुमा उम्मेदवारी नै नपरेपछि ती पदहरू रिक्त रहेका छन्।
प्रवासी भूमिमा नेपाली एकता गण्डकी प्रदेशको सामूहिक सहभागिता भन्ने मूल नाराका साथ सन् २०२२ मा स्थापित गण्डकी प्रदेशमा दक्षिण कोरियाले मार्च २ तारिख आइतबारका दिन सौलस्थित 진형 भवनको दशौँ तल्लामा आयोजना भएको दोस्रो ऐतिहासिक अधिवेशनबाट नरकुमार गुरुङको अध्यक्षमा नयाँ कार्यसमिति चयन भएको हो।
दीपक पुनको संयोजकत्वमा डा. टिकाराम अर्याल खोमप्रसाद गुरुङ, दीपक केसी र बिदुर शर्मा सदस्य रहेको निर्वाचन समितिले स्याङ्जाका गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो। नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा निर्मला सुर्खालि(तनहु), उपाध्यक्षहरुमा अमृत पाठक(...
१८ फाल्गुन २०८१, आईतवार १२:२९१८ फाल्गुन २०८१, आईतवार १२:२९१८ फाल्गुन २०८१, आईतवार १२:२९ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज: दक्षिण कोरियामा सक्रिय संस्था डाइनामिक मोरङ कमिटी दक्षिण कोरियाले मे महिनाको पहिलो हप्तामा साधारण सभा तथा वनभोज कार्यक्रम गर्ने भएको छ।
“प्रवासमा रहेका मोरङ्गेलीहरूको एकता,आपसी सद्भाव सहयोग र सहकार्य हाम्रो प्रतिबद्धता” भन्ने मूल नाराका साथ स्थापित डाइनामिक मोरङ कमिटी दक्षिण कोरियाको आनसानमा सन्तोष सिग्देलको अध्यक्षतामा बसेको सातौँ कार्यसमितिको पहिलो बैठकले सो निर्णय गरेको।
संस्थाको महासचिव रविन्द्र भट्टराईले सञ्चालन गरेको बैठकबाट विभिन्न प्रस्ताव उपर छलफल गरी निर्णय गरिएको थियो। पहिलो बैठकबाट मे महिनाको पहिलो हप्तामा साधारण सभा तथा वनभोज कार्यक्रम गर्ने निर्णय गर्नुका साथै संस्थाको संरक्षक संस्थापक सल्लाहकार हरू समेत चयन गरिएको छ।
संस्थालाई हरेक समयमा साथ सहयोग र उचित सल्लाह सुझाव दिनका लागि डा. देवी बहादुर बस्नेत, नवराज शिवाकोटी, चन्द्र फुयाल,रोशन भट्टराई,जीव...
१८ फाल्गुन २०८१, आईतवार १०:१११८ फाल्गुन २०८१, आईतवार १०:१११८ फाल्गुन २०८१, आईतवार १०:११ by विशाल श्रेष्ठNo Comments
विशाल आवाजः कोरियामा सक्रिय ग्लोबल तेर्ह्रथुम सेवा समाज दक्षिण कोरियाको दोङ्देमुनमा सम्पन्न पाँचौ अधिवेशन बाट सन्दीप हुक्पा चोङवाङ्गको नेतृत्वमा १७ जना कार्यसमिति चयन भएको छ।
“ दक्षिण कोरियामा छरिएर रहनुभएका सम्पूर्ण तेर्ह्रथुमेलीहरु एक हौ” भन्ने मुल नारा लिएर सन् २०१२ मा स्थापित ग्लोबल तेर्ह्रथुम सेवा समाज दक्षिण कोरियाको ऐतिहासिक पाँचौ अधिवेशन दोङ्देमुनमा रहेको पूर्वी नेपाल सामाजको सभा हलमा सम्पन्न भएको हो। नेपाली राजदुतावास सौलका राजदूतको प्रमुख आतिथ्यता तथा दक्षिण कोरियामा रहेका विभिन्न संघसंस्थाका अध्यक्ष लगायत प्रतिनिधि हरूको आतिथ्यतामा सम्पन्न अधिवेशनमा दक्षिण कोरियामा रहेका विभिन्न सामाजिक व्यक्ति लगायतका व्यक्तिहरूको बाक्लो उपस्थिति रहेको थियो। पाचौं अधिवेशनको साथमा दक्षिण कोरियाको लागी नेपाली राजदुत डा.शिवमाया तुम्बाहाम्फे लाइ पनि स्वागत तथा सम्मान कार्यक्रम राखिएको थियो।
...