Advertisement
Advertisement

समाचार

रामेछाप सम्पर्क समितीले बृहत् भेटघाट, रात्रीभोज तथा साँगीतिक कार्यक्रम गर्दै

रामेछाप सम्पर्क समितीले बृहत् भेटघाट, रात्रीभोज तथा साँगीतिक कार्यक्रम गर्दै

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
रामेछाप सम्पर्क समिती दक्षिण कोरियाले छुसकको अवसर पारि सेप्टेम्बर  १६ तारिक सौलमा बृहत् भेटघाट, रात्रीभोज तथा साँगीतिक कार्यक्रम आयोजना गर्ने भएको छ । “प्रवासी एकता आजको आवश्यकता सामाजिक सेवामा हाम्रो प्रतिबद्धता” भन्ने मुल नाराका साथ दुर्गम भेगको शिक्षा क्षेत्रमा सहयोगार्थ दक्षिण कोरियामा सक्रिय  रामेछाप सम्पर्क समिती दक्षिण कोरियाले सेप्टेम्बर १६ तारिख  सोमबारका दिन साझ  ६ बजेदेखि 서울시 종로구 종로 63-8(호텔 파노라마) 종각역 3번 출구 स्थित होटेल फानोरामाको हलमा बृहत् भेटघाट, रात्रीभोज तथा साँगीतिक कार्यक्रम गर्नेभएको हो। १४ प्रकारको बुफे परिकार तथा पेय पदार्थ रहने कार्यक्रममा सहभागिता जनाउनका लागि ५० हजार कोरियन वन प्रवेश शुल्क तोकिएको छ। कोरियन महान चाड छुसकको पहिलो दिन सेप्टेम्बर  १६ तारिक सांझ ६ बजेबाट दक्षिण  कोरियामा रहेको लोकदोहोरी प्रतिस्ठानका कलाकार र वाध्यबाधक हरु लगायत , डिजे AC...
माडीमा गोल्डेन ईमिनेन्ट स्टार कप फुटबल सुरु

माडीमा गोल्डेन ईमिनेन्ट स्टार कप फुटबल सुरु

Breaking News, Breaking news 1, जानकारी, समाचार
माडीको बरुवामा गोल्डेन ईमिनेन्ट २९ औं स्टार कप फुटबल प्रतियोगिता सुरु भएको छ । स्टार स्पोर्टस क्लब बरुवाको आयोजनामा सोमबारबाट प्रतियोगिता सुरु भएको हो ।   प्रतियोगिताको उद्घाटन खेलमा प्याराडाईज युवा क्लब रत्ननगर विजयी भएको छ । स्टार स्पोर्टसको मैदानमा भएको खेलमा प्याराडाईजले बसन्तपुर माडीलाई ३–० ले हराएको हो । प्याराडाईजका आकाश थापा म्यान अफ दि म्याच भए ।   त्यस अघि प्रतियोगिताको एक कार्यक्रमकाबीच प्रमुख अतिथि नारायणी सामुदायिक अस्पतालका कार्यकारी अध्यक्ष डा भक्तमान श्रेष्ठले उद्घाटन गरे । सो क्रममा श्रेष्ठले माडी आफ्नो जन्मथलो भएको बताउँदै यस्ता प्रतियोगितामा निरन्तर सहयोग रहने बताए । कार्यक्रमका विशिष्ट अतिथि तथा मुख्य प्रायोजक गोल्डेन ईमिनेन्ट इन्टरनेशनलका प्रवन्ध निर्देशक प्रकाश रिजालले प्रतियोगिताको सफलताको कामना गरे । उनले माडी क्षेत्रको फुटबल बिकासका लाग...
सेप्टेम्बर १ मा सिस्टरहुड कोरियाले “हरितालिका तीज विशेष कार्यक्रम २०२४” आयोजना गर्ने

सेप्टेम्बर १ मा सिस्टरहुड कोरियाले “हरितालिका तीज विशेष कार्यक्रम २०२४” आयोजना गर्ने

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
बोम्जन गुरुङ :कोरिया स्थित किम्हे शहरमा रहेको नेपाली नारीहरुको संस्था सिस्टरहुड कोरियाले आउँदो सेप्टेम्बर १ तारिक "हरितालिका तीज विशेष कार्यक्रम २०२४" आयोजना गर्ने भएको छ । "किम्हे सिजाङ - न्यू लिटल इन्डियाको हल" मा तीजको अवसरमा दर खाने कार्यक्रम र विविध साँस्कृतिक कार्यक्रम सहित बिहान ११ देखि साँझ ६ बजेसम्म उक्त कार्यक्रम हुने भएको हो । प्रवासमा नेपाली कला र सँस्कृतिको संरक्षण र सम्बर्द्धन गर्ने मात्र नभएर माइतीबाट टाढा रहेका विशेषत: नेपाली चेली तथा दिदीबहिनीहरुको न्यास्रोपन मेटाउन, कोरियाको किम्हे, बुसान, मासान, छाङ्वन लगायत आसपास छरिएर बस्नुहुने दाजुभाई तथा दिदीबहिनीहरुको ब्यापक सहभागिता रहने अपेक्षा राख्दै नेपालीहरुबीच आपसी सहयोग, सद्भाव र भाईचारा अभिवृद्धि गर्ने उद्धेश्यले सो कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।   "Together We Can" भन्ने मूल नारालाई अनुशरण गर्द...
झन्डै एक दशकपछि “THE EDGE BAND” कोरियामा गुञ्जिँदै , मर्स्याङ्दी सांगीतिक सौगात भाग-३ पोस्टर सार्वजनिक

झन्डै एक दशकपछि “THE EDGE BAND” कोरियामा गुञ्जिँदै , मर्स्याङ्दी सांगीतिक सौगात भाग-३ पोस्टर सार्वजनिक

समाचार
विशाल श्रेष्ठ/दक्षिण कोरिया: युवा पुस्तामा लोकप्रिय चर्चित  “THE EDGE BAND” झन्डै एक दशकपछि  सेप्टेम्बर १५ तारिखका दिन दक्षिण कोरिया सउलमा आयोजना हुने मर्स्याङ्दी सांगीतिक सौगात भाग-३ मा गुन्जिने भएको छ।  पछिल्लो समय २०१५ को सलनाल फेब्रुअरीमा दक्षिण कोरियामा प्रस्तुति दिए पश्चात  लगभग एक दशकपछि “THE EDGE BAND” ले कोरियन महान पर्व छुसकको अवसरमा लमजुङ परिवार दक्षिण कोरियाद्वारा आयोजित मर्स्याङ्दी सांगीतिक सौगात भाग-३ मा आफ्नो लाइभ प्रस्तुति दिने भएको हो।  “आवास गृह व्यवस्थापन तथा आपत्कालीन राहतकोष सहयोगार्थ”   सेप्टेम्बर १५ तारिख आइतबारका दिन १२ बजे बाट सुरु हुने  “मर्स्याङ्दी सांगीतिक सौगात भाग-३” को कलाकार सहितको पोष्टर आइतबार का दिन दोंगदेमुन स्थित दर्शन नमस्ते रेस्टुरेन्टको सभा हलमा सार्वजनिक गरि आयोजकले कार्यक्रमको बारेमा जानकारी दिएको हो। “THE EDGE BAND” सँगै नेपाल आइडल ...
तीजको अवसरमा नेपाली सम्पर्क समिति दक्षिण कोरियाले कार्यक्रम गर्दै 

तीजको अवसरमा नेपाली सम्पर्क समिति दक्षिण कोरियाले कार्यक्रम गर्दै 

Breaking News, Breaking news 1, Breaking news 2, जानकारी, भर्खरै, समाचार
विशाल आवाज: नेपाली सम्पर्क समिति(NCC) दक्षिण कोरियाले अगस्ट २५ तारिख आइतबारका दिन दोङ्देमुन स्थित निक नेपाल ट्राभलको सभाहल मा नेपाली नारीको महान चाड हरितालिका तीजको पावन अवसरमा शुभकामना आदानप्रदान तथा दर खाने कार्यक्रम र आउँदै गरेको छुसकमा आयोजना हुन गइरहेको सांस्कृतिक कार्यक्रमको जानकारी सम्बन्धी पत्रकार सम्मेलन गर्ने भएको छ।  पछिल्लो समय कोरियामा पनि चेलीबेटीहरूको उल्लेख्य मात्रामा सङ्ख्या बढेसँगै नेपाली सम्पर्क समिति दक्षिण कोरियाले महिला दिदीबहिनीहरूलाई लक्षित गरेर प्रदेशमा पनि घरदेशको तिर्सना मेटाई कला संस्कृति जोगाउन तीज विशेष कार्यक्रम आयोजना गरेको अध्यक्ष हरि खनालले विशाल आवाजलाई जानकारी दिनुभयो। कार्यक्रम अगस्ट २५ तारिख आइतबारका दिन दोङ्देमुन स्थित निक नेपाल ट्राभलको सभाहल मा‌ बिहान ११ बजे देखि सञ्चालन हुनेछ। हरितालिका तीजको अवसरमा शुभकामना आदानप्रदान तथा आकर्षणमा तीज नृत्य को ...
सेप्टेम्बर १६ मा “2nd CHUSAK OPEN SNOOKER TOURNAMENT” 

सेप्टेम्बर १६ मा “2nd CHUSAK OPEN SNOOKER TOURNAMENT” 

Breaking News, Breaking news 2, जानकारी, भर्खरै, समाचार
विशाल आवाज: कोरियन महान पर्व छुसकको अवसर पारेर सेप्टेम्बर १६ तारिखका दिन दोङ्देमुन स्थित दर्शन नमस्ते‌ स्नुकर हलमा “2nd CHUSAK OPEN SNOOKER TOURNAMENT” आयोजना हुने भएको छ।   नेपाल स्नुकर एसोसिएसन दक्षिण कोरिया , दर्शन नमस्ते इन्डियन एन नेपाली फुड रेस्टुरेन्टको आयोजनामा हुने प्रतियोगितामा विजेता र उपविजेता हुने खेलाडीले आकर्षक ट्रफी,मेडल र प्रमाण पत्र सहित क्रमशः १५ लाख र ७ लाख ५० हजार कोरियन वोन पुरस्कार प्राप्त गर्नेछन् भने हाइ स्कोर गर्ने खेलाडीलाई MASTER Q-STICK प्रदान गरिनेछ। स्नुकर प्रतियोगिताको पहिलो सिजन गरिसकेको अनुभव बटुलेका आधारमा पछिल्लो समय युवा पुस्ताको स्नुकर खेलप्रतिको बढ्दो क्रेजले प्रतियोगिता थप ब्यापक र उत्साहजनक हुने अध्यक्ष विपिन कुमार गुरुङले विशाल आवाजलाई बताउनुभयो । सहभागी शुल्क १ लाख कोरियन वन तोकिएको प्रतियोगिता १६ तारिखका दिन बिहान ११ बजेदेखि शुरु हुने आ...
धरान एफ.सिले “1st BUDHASUBBA FUTSAL CUP-2024” आयोजना गर्दै

धरान एफ.सिले “1st BUDHASUBBA FUTSAL CUP-2024” आयोजना गर्दै

Breaking News, जानकारी, भर्खरै, समाचार
विशाल श्रेष्ठ/दक्षिण कोरिया: “मनोरञ्जन स्वास्थ्य जीवनको लागि खेलकुद” भन्ने मूल नाराका साथ  यहि आउदो सेप्टेम्बर १ तारिखका दिन ह्वासङमा धरान एफ.सिले “BUDHA SUBBA FUTSAL CUP-2024” आयोजना गर्ने भएको छ। प्रतियोगितामा विजेता टिम र उपविजेता टिमलाई आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः ३५ लाख र २० लाख कोरियन वोन प्रदान गरिने र अन्य विधातर्फ खेल अवधिभरको उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर , हाइ गोल स्कोरर लाइ जनही १/१ लाख कोरियन वोन सहित मेडल, ट्रफी र प्रमाण पत्र प्रदान गरिनेछ। आयोजकका अनुसार टीम दर्ता गर्न KB Bank 국민은행 को खाता नम्बर 547202011847090मा RAI SARAN को खातामा अगस्ट २५  तारिख सम्ममा टीम दर्ता शुल्क : ३ लाख ५० हजार वन ट्रान्सफर गरेर टिम दर्ता गर्न सक्ने बताइएको छ। धरान एफ सी द्वारा आयोजना गरिने उक्त प्रतियोगिता नेपाल फुटबल महासंघ दक्षिण कोरिया सँगको सहकार्यमा रहने हुद...
सौर्य जहाज दुर्घटना : कम्तीमा १८ जनाको शव निकालियो

सौर्य जहाज दुर्घटना : कम्तीमा १८ जनाको शव निकालियो

Breaking News, Breaking news 1, Breaking news 2, जानकारी, भर्खरै, समाचार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त भएको सौर्य एअरलाइन्सको जहाजबाट १८ जनाको शव निकालिएको छ । नेपाली सेनाका अनुसार जहाजभित्र १९ जना रहेकामा १८ जनाको शव निकालिएको हो । क्याप्टेन मनिष शाक्यलाई उद्धार गरी अस्पताल लगिएको छ । उहाँको टाउकोमा चोट छ । आज बिहान ११ बजेतिर पोखरा उड्ने क्रममा सौर्य एअरलाइन्सको जहाज धावनमार्ग छाडिसकेपछि भुइँमा बजारिएको हो । भुइँमा बजारिएपछि जहाजमा आगो लागेको छ । अहिले उद्धारको काम भइरहेको छ । via:ekantipur...
प्रथम लुम्बिनी क्यारमबोर्ड टुर्नामेन्ट-२०२४ सम्पन्न

प्रथम लुम्बिनी क्यारमबोर्ड टुर्नामेन्ट-२०२४ सम्पन्न

Breaking News, खेल, खेलकुद, जानकारी, भर्खरै, समाचार
बिशाल आवाज: दक्षिण कोरियाको गजेदोमा रहेको लुम्बिनी रेष्टुरा गजेमा जुलाइ २० र २१ तारिख आयोजना गरिएको प्रथम लुम्बिनी क्यारमबोर्ड टुर्नामेन्ट-२०२४ सम्पन्न भएको छ। सुरेश लिम्बु एम्पायर रहेको टुर्नामेन्टमा ३४ जना खेलाडी सहभागी सहभागि थिए । खचाखच दर्शकहरुको बिचमा भएको टुर्नामेन्टको फाइनलमा बिकेश दाहाल र खुशीराम चौधरी पुगेका थिए भने फाइनल खेल २१ तारिक समय अभाबको कारण २२ तारिख सोमबार खेलाइएको थियो । बेस्ट अफ थ्रीको आधारमा खेलाइएको फाइनल खेलमा बिकेश दाहालले खुशीराम चौधरी लाई २-० ले पराजित गरी टुर्नामेन्ट जित्न सफल भएका थिए। टुर्नामेन्टको बिजेता ले ५ लाख वनको चेक र ट्रफी यसैगरी उपबिजेताले ३ लाख वनको चेक र ट्रफी प्राप्त गरेका थिए । विजेता र उपविजेता लाई नेपाल आदिवासी जनजाति महासंघ बुसानका महासचिव जय राइ ले खादा ओढाएर चेक हस्तान्तरण गर्नु भएको थियो भने नगद र ट्रफी लुम्बिनी रेष्टुराका सन्चा...
जुलाई २८ मा “फर्स्ट अन्याङ ब्रदरहुड भेटेरन फुटसल कप २०२४” हुने

जुलाई २८ मा “फर्स्ट अन्याङ ब्रदरहुड भेटेरन फुटसल कप २०२४” हुने

Breaking News, जानकारी, भर्खरै, समाचार
  बोम्जन गुरुङ/ बिशाल आवाज : बढ्दो फुटबल क्रेजलाई मध्यनजर राख्दै ३५ वर्ष पार गरेका नेपाली खेलाडीहरुको माग र चाहना बमोजिम आन्यङ्ग एफसी उल्सानले यही जुलाई २८ तारिक कोरियाको 울산 울주군 두서면 서하천전로 76 화랑체육공원 मा "फर्स्ट अन्याङ ब्रदरहुड भेटेरन फुटसल कप २०२४" को आयोजना गर्ने भएको छ । प्रतियोगितामा विजेता टिम र उपविजेता टिमलाई आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः १४ लाख र ७ लाख कोरियन वोन प्रदान गरिने छ । अन्य विधातर्फ प्रतियिगोगिता अवधिभरको सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक र अनुशासित खेलाडीलाई ट्रफी, मेडल र प्रमाणपत्र सहित ५०/ ५० हजार कोरियन वोन सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने खेल संयोजक भुवन राक्क्ष्यले जानकारि दिए । सोही अवसरमा Lucky Draw Event को आयोजना गरिएको र पहिलो मेडल र प्रमाणपत्रको साथमा प्रथम पुरस्कारको रुपमा २ लाख पचास हजार र द्वितीय पुरस्कारको रुपमा ...