बोम्जन गुरुङ/ बिशाल आवाज : बढ्दो फुटबल क्रेजलाई मध्यनजर राख्दै ३५ वर्ष पार गरेका नेपाली खेलाडीहरुको माग र चाहना बमोजिम आन्यङ्ग एफसी उल्सानले यही जुलाई २८ तारिक कोरियाको 울산 울주군 두서면 서하천전로 76 화랑체육공원 मा “फर्स्ट अन्याङ ब्रदरहुड भेटेरन फुटसल कप २०२४” को आयोजना गर्ने भएको छ ।
प्रतियोगितामा विजेता टिम र उपविजेता टिमलाई आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः १४ लाख र ७ लाख कोरियन वोन प्रदान गरिने छ । अन्य विधातर्फ प्रतियिगोगिता अवधिभरको सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक र अनुशासित खेलाडीलाई ट्रफी, मेडल र प्रमाणपत्र सहित ५०/ ५० हजार कोरियन वोन सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने खेल संयोजक भुवन राक्क्ष्यले जानकारि दिए ।

सोही अवसरमा Lucky Draw Event को आयोजना गरिएको र पहिलो मेडल र प्रमाणपत्रको साथमा प्रथम पुरस्कारको रुपमा २ लाख पचास हजार र द्वितीय पुरस्कारको रुपमा १ लाख कोरियन वोन रहेको आयोजकले जानकारी गराएको छ । प्रतियोगितामा सहभागी हुन टिम दर्ताको लागि २०२४ जुलाई २५ तारिक सम्ममा 𝐤𝐜 𝐃𝐢𝐩𝐞𝐧 को 𝐇𝐚𝐧𝐚 𝐁𝐚𝐧𝐤 मा रहेको खाता नम्बर ३४०९१०३३६९७६०७ मा एन्ट्री शुल्क ३ लाख वोन बुझाउनपर्ने छ भने Lucky Draw Event मा सहभागी हुन मात्र १० हजार कोरियन वोन कायम गरिएको छ । कार्यक्रम स्थलमा Sentbe REMITTANCE घुम्ती टोली, उल्सान स्थित नमस्कार रेष्टुरेण्ट तथा नमस्कार ट्राभल्स संचालक लोकेन सुवेदीद्धारा SAMSUNG क्रेडिट कार्ड घुम्ती टोलीद्धारा अन्य सेवाहरु उपलब्ध हुनेछन् भने JB LOAN CONSULTANT कमला साउदले सो कार्यक्रममा सौजन्य गरेकी छिन् ।

नेपाल फुटबल महासंघ दक्षिण कोरियाको मातहतमा सञ्चालन हुने उक्त भेटेरन फुटसल कपलाई सफल बनाउन कोरियामा रहेका सम्पूर्ण संघसंस्था एवं खेलप्रेमी महानुभावहरुमा सहयोगको अपिल गर्दै उपस्थितिको लागि आयोजकले अनुरोध गरेको छ ।









