बोम्जन गुरुङ :कोरिया स्थित किम्हे शहरमा रहेको नेपाली नारीहरुको संस्था सिस्टरहुड कोरियाले आउँदो सेप्टेम्बर १ तारिक "हरितालिका तीज विशेष कार्यक्रम २०२४" आयोजना गर्ने भएको छ । "किम्हे सिजाङ - न्यू लिटल इन्डियाको हल" मा तीजको अवसरमा दर खाने कार्यक्रम र विविध साँस्कृतिक कार्यक्रम सहित बिहान ११ देखि साँझ ६ बजेसम्म उक्त कार्यक्रम हुने भएको हो ।
प्रवासमा नेपाली कला र सँस्कृतिको संरक्षण र सम्बर्द्धन गर्ने मात्र नभएर माइतीबाट टाढा रहेका विशेषत: नेपाली चेली तथा दिदीबहिनीहरुको न्यास्रोपन मेटाउन, कोरियाको किम्हे, बुसान, मासान, छाङ्वन लगायत आसपास छरिएर बस्नुहुने दाजुभाई तथा दिदीबहिनीहरुको ब्यापक सहभागिता रहने अपेक्षा राख्दै नेपालीहरुबीच आपसी सहयोग, सद्भाव र भाईचारा अभिवृद्धि गर्ने उद्धेश्यले सो कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।
"Together We Can" भन्ने मूल नारालाई अनुशरण गर्द...
३ भाद्र २०८१, सोमबार १४:४१३ भाद्र २०८१, सोमबार १४:४१३ भाद्र २०८१, सोमबार १४:४१ by विशाल श्रेष्ठNo Comments
विशाल श्रेष्ठ/दक्षिण कोरिया: युवा पुस्तामा लोकप्रिय चर्चित “THE EDGE BAND” झन्डै एक दशकपछि सेप्टेम्बर १५ तारिखका दिन दक्षिण कोरिया सउलमा आयोजना हुने मर्स्याङ्दी सांगीतिक सौगात भाग-३ मा गुन्जिने भएको छ।
पछिल्लो समय २०१५ को सलनाल फेब्रुअरीमा दक्षिण कोरियामा प्रस्तुति दिए पश्चात लगभग एक दशकपछि “THE EDGE BAND” ले कोरियन महान पर्व छुसकको अवसरमा लमजुङ परिवार दक्षिण कोरियाद्वारा आयोजित मर्स्याङ्दी सांगीतिक सौगात भाग-३ मा आफ्नो लाइभ प्रस्तुति दिने भएको हो।
“आवास गृह व्यवस्थापन तथा आपत्कालीन राहतकोष सहयोगार्थ” सेप्टेम्बर १५ तारिख आइतबारका दिन १२ बजे बाट सुरु हुने “मर्स्याङ्दी सांगीतिक सौगात भाग-३” को कलाकार सहितको पोष्टर आइतबार का दिन दोंगदेमुन स्थित दर्शन नमस्ते रेस्टुरेन्टको सभा हलमा सार्वजनिक गरि आयोजकले कार्यक्रमको बारेमा जानकारी दिएको हो।
“THE EDGE BAND” सँगै नेपाल आइडल ...
२८ श्रावण २०८१, सोमबार १२:२३२८ श्रावण २०८१, सोमबार १२:२३२८ श्रावण २०८१, सोमबार १२:२३ by एलिनाNo Comments
विशाल आवाज: नेपाली सम्पर्क समिति(NCC) दक्षिण कोरियाले अगस्ट २५ तारिख आइतबारका दिन दोङ्देमुन स्थित निक नेपाल ट्राभलको सभाहल मा नेपाली नारीको महान चाड हरितालिका तीजको पावन अवसरमा शुभकामना आदानप्रदान तथा दर खाने कार्यक्रम र आउँदै गरेको छुसकमा आयोजना हुन गइरहेको सांस्कृतिक कार्यक्रमको जानकारी सम्बन्धी पत्रकार सम्मेलन गर्ने भएको छ।
पछिल्लो समय कोरियामा पनि चेलीबेटीहरूको उल्लेख्य मात्रामा सङ्ख्या बढेसँगै नेपाली सम्पर्क समिति दक्षिण कोरियाले महिला दिदीबहिनीहरूलाई लक्षित गरेर प्रदेशमा पनि घरदेशको तिर्सना मेटाई कला संस्कृति जोगाउन तीज विशेष कार्यक्रम आयोजना गरेको अध्यक्ष हरि खनालले विशाल आवाजलाई जानकारी दिनुभयो। कार्यक्रम अगस्ट २५ तारिख आइतबारका दिन दोङ्देमुन स्थित निक नेपाल ट्राभलको सभाहल मा बिहान ११ बजे देखि सञ्चालन हुनेछ। हरितालिका तीजको अवसरमा शुभकामना आदानप्रदान तथा आकर्षणमा तीज नृत्य को ...
२८ श्रावण २०८१, सोमबार ११:४८२८ श्रावण २०८१, सोमबार ११:४८२८ श्रावण २०८१, सोमबार ११:४८ by एलिनाNo Comments
विशाल आवाज: कोरियन महान पर्व छुसकको अवसर पारेर सेप्टेम्बर १६ तारिखका दिन दोङ्देमुन स्थित दर्शन नमस्ते स्नुकर हलमा “2nd CHUSAK OPEN SNOOKER TOURNAMENT” आयोजना हुने भएको छ।
नेपाल स्नुकर एसोसिएसन दक्षिण कोरिया , दर्शन नमस्ते इन्डियन एन नेपाली फुड रेस्टुरेन्टको आयोजनामा हुने प्रतियोगितामा विजेता र उपविजेता हुने खेलाडीले आकर्षक ट्रफी,मेडल र प्रमाण पत्र सहित क्रमशः १५ लाख र ७ लाख ५० हजार कोरियन वोन पुरस्कार प्राप्त गर्नेछन् भने हाइ स्कोर गर्ने खेलाडीलाई MASTER Q-STICK प्रदान गरिनेछ। स्नुकर प्रतियोगिताको पहिलो सिजन गरिसकेको अनुभव बटुलेका आधारमा पछिल्लो समय युवा पुस्ताको स्नुकर खेलप्रतिको बढ्दो क्रेजले प्रतियोगिता थप ब्यापक र उत्साहजनक हुने अध्यक्ष विपिन कुमार गुरुङले विशाल आवाजलाई बताउनुभयो ।
सहभागी शुल्क १ लाख कोरियन वन तोकिएको प्रतियोगिता १६ तारिखका दिन बिहान ११ बजेदेखि शुरु हुने आ...
२५ श्रावण २०८१, शुक्रबार ०९:५९२५ श्रावण २०८१, शुक्रबार ०९:५९२५ श्रावण २०८१, शुक्रबार ०९:५९ by विशाल श्रेष्ठNo Comments
विशाल श्रेष्ठ/दक्षिण कोरिया: “मनोरञ्जन स्वास्थ्य जीवनको लागि खेलकुद” भन्ने मूल नाराका साथ यहि आउदो सेप्टेम्बर १ तारिखका दिन ह्वासङमा धरान एफ.सिले “BUDHA SUBBA FUTSAL CUP-2024” आयोजना गर्ने भएको छ।
प्रतियोगितामा विजेता टिम र उपविजेता टिमलाई आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः ३५ लाख र २० लाख कोरियन वोन प्रदान गरिने र अन्य विधातर्फ खेल अवधिभरको उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर , हाइ गोल स्कोरर लाइ जनही १/१ लाख कोरियन वोन सहित मेडल, ट्रफी र प्रमाण पत्र प्रदान गरिनेछ।
आयोजकका अनुसार टीम दर्ता गर्न KB Bank 국민은행 को खाता नम्बर 547202011847090मा RAI SARAN को खातामा अगस्ट २५ तारिख सम्ममा टीम दर्ता शुल्क : ३ लाख ५० हजार वन ट्रान्सफर गरेर टिम दर्ता गर्न सक्ने बताइएको छ।
धरान एफ सी द्वारा आयोजना गरिने उक्त प्रतियोगिता नेपाल फुटबल महासंघ दक्षिण कोरिया सँगको सहकार्यमा रहने हुद...
९ श्रावण २०८१, बुधबार ०६:४०९ श्रावण २०८१, बुधबार ०६:४०९ श्रावण २०८१, बुधबार ०६:४० by एलिनाNo Comments
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त भएको सौर्य एअरलाइन्सको जहाजबाट १८ जनाको शव निकालिएको छ ।
नेपाली सेनाका अनुसार जहाजभित्र १९ जना रहेकामा १८ जनाको शव निकालिएको हो । क्याप्टेन मनिष शाक्यलाई उद्धार गरी अस्पताल लगिएको छ । उहाँको टाउकोमा चोट छ ।
आज बिहान ११ बजेतिर पोखरा उड्ने क्रममा सौर्य एअरलाइन्सको जहाज धावनमार्ग छाडिसकेपछि भुइँमा बजारिएको हो । भुइँमा बजारिएपछि जहाजमा आगो लागेको छ । अहिले उद्धारको काम भइरहेको छ ।
via:ekantipur...
८ श्रावण २०८१, मंगलवार १२:१३८ श्रावण २०८१, मंगलवार १२:१३८ श्रावण २०८१, मंगलवार १२:१३ by विशाल श्रेष्ठNo Comments
बिशाल आवाज: दक्षिण कोरियाको गजेदोमा रहेको लुम्बिनी रेष्टुरा गजेमा जुलाइ २० र २१ तारिख आयोजना गरिएको प्रथम लुम्बिनी क्यारमबोर्ड टुर्नामेन्ट-२०२४ सम्पन्न भएको छ।
सुरेश लिम्बु एम्पायर रहेको टुर्नामेन्टमा ३४ जना खेलाडी सहभागी सहभागि थिए । खचाखच दर्शकहरुको बिचमा भएको टुर्नामेन्टको फाइनलमा बिकेश दाहाल र खुशीराम चौधरी पुगेका थिए भने फाइनल खेल २१ तारिक समय अभाबको कारण २२ तारिख सोमबार खेलाइएको थियो । बेस्ट अफ थ्रीको आधारमा खेलाइएको फाइनल खेलमा बिकेश दाहालले खुशीराम चौधरी लाई २-० ले पराजित गरी टुर्नामेन्ट जित्न सफल भएका थिए। टुर्नामेन्टको बिजेता
ले ५ लाख वनको चेक र ट्रफी यसैगरी उपबिजेताले ३ लाख वनको चेक र ट्रफी प्राप्त गरेका थिए ।
विजेता र उपविजेता लाई नेपाल आदिवासी जनजाति महासंघ बुसानका महासचिव जय राइ ले खादा ओढाएर चेक हस्तान्तरण गर्नु भएको थियो भने नगद र ट्रफी लुम्बिनी रेष्टुराका सन्चा...
५ श्रावण २०८१, शनिबार १०:२३५ श्रावण २०८१, शनिबार १०:२३५ श्रावण २०८१, शनिबार १०:२३ by विशाल श्रेष्ठNo Comments
बोम्जन गुरुङ/ बिशाल आवाज : बढ्दो फुटबल क्रेजलाई मध्यनजर राख्दै ३५ वर्ष पार गरेका नेपाली खेलाडीहरुको माग र चाहना बमोजिम आन्यङ्ग एफसी उल्सानले यही जुलाई २८ तारिक कोरियाको 울산 울주군 두서면 서하천전로 76 화랑체육공원 मा "फर्स्ट अन्याङ ब्रदरहुड भेटेरन फुटसल कप २०२४" को आयोजना गर्ने भएको छ ।
प्रतियोगितामा विजेता टिम र उपविजेता टिमलाई आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः १४ लाख र ७ लाख कोरियन वोन प्रदान गरिने छ । अन्य विधातर्फ प्रतियिगोगिता अवधिभरको सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक र अनुशासित खेलाडीलाई ट्रफी, मेडल र प्रमाणपत्र सहित ५०/ ५० हजार कोरियन वोन सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने खेल संयोजक भुवन राक्क्ष्यले जानकारि दिए ।
सोही अवसरमा Lucky Draw Event को आयोजना गरिएको र पहिलो मेडल र प्रमाणपत्रको साथमा प्रथम पुरस्कारको रुपमा २ लाख पचास हजार र द्वितीय पुरस्कारको रुपमा ...
४ श्रावण २०८१, शुक्रबार ०८:४२४ श्रावण २०८१, शुक्रबार ०८:४२४ श्रावण २०८१, शुक्रबार ०८:४२ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज: ख्याङ्जु नेपाली एकता समाज दक्षिण कोरियाको जुलाई २० र २१ तारिक हुने बृहत् भेटघाट एवं वनभोज कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको छ ।
“भेटघाट भाईचारा आपशी सम्बन्धमा बृदि ” भन्ने मूल नाराका साथ सक्रिय ख्याङ्जु नेपाली एकता समाजले जुलाई २० र २१ तारिख शनिबार र आइतबारका दिन 경주시 양남면 수령리 246-4 번지 시인관바다 편선 मा दुई दिने बृहत् भेटघाट एवं वनभोज कार्यक्रम २०२४ आयोजना गर्नेभएको हो। विभिन्न नेपाली परिकार ,मनोरञ्जनात्मक कार्यक्रम, आरामदायी बासको सम्पूर्ण व्यवस्थासहितको पिकनिक कार्यक्रममा सहभागिता जनाउनका लागि पुरुषको लागि १ लाख वन र महिलाको लागि ८० हजार वन प्रवेश शुल्क तोकिएको छ। प्रवेश RAJU POKHREL को 경남 BANK मा रहेको खाता नम्बर 2070156798501 मा ट्रान्सफर गर्नुपर्नेछ। वनभोज कार्यक्रम स्थलसम्म पुग्नको लागि निःशुल्क बसको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ।
कोरियामा रहेर विभिन्न पेशा व...
३ श्रावण २०८१, बिहीबार ०७:२३३ श्रावण २०८१, बिहीबार ०७:२३३ श्रावण २०८१, बिहीबार ०७:२३ by एलिनाNo Comments
साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक दुई वर्ष ३ महिनाअघिको विन्दुमा प्रवेश गरेको छ ।
नेप्से परिसूचक २४०० विन्दू माथि पुगेको छ । बुलिस ट्रेण्ड समातेको बजारमा बिहीबार कारोबार सुरु भएको २६ औ मिनेटमा २४०० को उचाई चुमेको हो ।
अहिले बजार केही करेक्सन भई अगाडि बढेको छ । यो समाचार तयार पार्दासम्म ३५.३८ अंकले बढेर २४०० को विन्दूमा बजार घुमिरहेको छ ।
कारोबार रकम पनि कारोबार शुरुवात भएको गेढ घण्टामै ५ अर्ब रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको भइसकेको छ । असार १५ गतेदेखि बजार निरन्तर बढीरहेको छ ।कतिपय लगानीकर्ताले यतिबेला बुल रनमा प्रवेश गरेको बताउन थालेका छन् । नेपाल राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीति पनि ल्याउँदै छ ।
आँखु खोला जलविद्युत कम्पनी, उपकार लघुवित्त र मेरो माइक्रोफाइनान्सको सेयरमूल्यमा अपर सर्किट समेत लागिसकेको छ र यो समाचार तयार पार्दाको समयसम्ममा ७ वटा कम...