विपिन कुमार गुरुङ नेतृत्वको एनआरएनए दक्षिण कोरियाको निर्वाचन अप्रिल ६ मा हुने
विपिन कुमार गुरुङ नेतृत्वको गैर-आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (NRNA NCC) दक्षिण कोरियाको दशौं एकता महाधिवेशन २०२५ अप्रिल ६(चैत २४), आइतवार को दिन दक्षिण कोरियाको राजधानी सउलमा हुने भएको छ ।
मार्च २, आइतवारका दिन, राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरिया का अध्यक्ष विपिन कुमार गुरुङको अध्यक्षता उच्चस्तरीय समिति सदस्य तथा राष्ट्रिय समन्वय परिषद उपसमितिका संयोजक विनोद कुँवर को सहजीकरण, तथा प्रमुख आतिथ्यमा बसेको कार्यसमिति बैठकले अप्रिल ६ मा बृहत् दशौं एकता महाधिवेशन गर्ने निर्णय गरेको विपिन कुमार गुरुङले विशाल आवाजलाइ बताएका छन्।
बैठक बाट अधिवेशनका लागि डा अग्नि कोइरालाको संयोजकत्वमा गिरिराज कुँवर र ईश्वर कठायत सदस्य गरि तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको छ भने संघका उपाध्यक्ष जित कुँवरलाई आर्थिक व्यवस्थापकको जिम्मेवारी तोकिएको र महासचिव प्रसान्त राज बानियालाई कार्यक्रम...









