विभाजनको संघारमा लघुवित पिडित, रमेश तामाङको नेतृत्वमा राष्ट्रिय भेला हुँदै
खैरहनी ,जेठ २०- वित्तीय संस्थाको ज्याजती विरुद्ध निरन्तर आन्दोलनमा रहेको लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समिति फुटको संघारमा पुगेको छ ।
समितिका अध्यक्ष अध्यक्ष मणिराम ज्ञवाली एकलौटी र स्वेच्छाचारी ढंगले आन्दोलन तुहाउने खेलमा लागेको भन्दै केन्द्रीय सचिव रमेश तामाङको नेतृत्वमा छुट्टै समिति गठनको प्रक्रिया सुरु गरिएको छ ।
यसको लागी तामाङकै संयोजकत्वमा प्रथम राष्ट्रिय भेला आयोजक कमिटि गठन गरिएको छ । भेला आउने मंसिरको २ र ३ गते गैडाकोटमा आयोजना गरिने शुक्रबार चितवनको राप्तीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
गत माघ १५ र १६ गते गैंडाकोटमै सम्पन्न प्रथम अधिवेशनले केन्द्रीय समिति विघटन गरी केन्द्रीय अध्यक्ष मणिराम ज्ञवालीलाई कार्यकारी अधिकार प्रदान गर्दै ३५ सदस्यीय सचिवालय गठन गरेको थियो । त्यतिबेला देखि नै १० वटा जिल्ला समितिले संघर्ष समितिलाई कमजोर बनाउने नियतले सम्मेलनमा...








