Advertisement
Advertisement

‘दान्भी’ को ट्रेलरमा पूजाको दमदार एक्सन

Advertisement
Advertisement

 

‘दान्भी’ को ट्रेलरमा पूजाको दमदार एक्सन

आगामी असार ७ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘दान्भी’को एक्सनयुक्त ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक २ मिनेट ४० सेकेण्ड लम्बाईको ट्रेलरले बदलाको कथामा फिल्म केन्द्रित रहेको प्रष्ट पार्छ । ट्रेलरमा अभिनेत्री पूजा शर्मा हाबी छिन् । उनको चरित्रमा ‘हिरोइज्म’ देखिन्छ । कयौं गुन्डासँग उनी एक्लै भिडिरहेकी छन् ।

ट्रेलरमा पूजा रोमान्टिक र एक्सन दुईवटा अवतारमा प्रस्तुत छिन् । डेब्यु अभिनेता कुन्साङ बम्जनसँग उनको प्रेम बसेको छ । पछि कुन्साङको हत्याको बदला लिन उनी मारकाटमा उत्रिन्छिन् । ट्रेलरमा पूजाको एक्सन छरितो देखिन्छ भने श्री श्रेष्ठको द्वन्द्व निर्देशन प्रशंसनीय छ । विशेषगरी ट्रेलरको अन्तिममा समावेश पूजाको एक्सन दृश्य उत्कृष्ट छन् । यद्यपि, प्राविधिक पक्ष कमजोर देखिन्छ ।

पूजाले एक्सनमा आफूले जोखिम लिएको बताएकी छन् । ट्रेलर रिलिज कार्यक्रममा उनले भनिन्, ‘मैले यो फिल्ममा जोखिम लिएको हुँ । यसमा मलाई निर्देशकले विश्वास गर्नुभएको हो । उहाँको त्यो विश्वासलाई कति उतार्न सकेँ, त्यो असार ७ मै थाहा भइहाल्नेछ । यद्यपि, अभिनेत्रीले पनि एक्सन सिक्वेन्स गर्न सक्छन् भन्ने यसमा देखाएको छु ।’ ट्रेलरमा उनलाई ‘लेडी टाइगर’ समेत भनिएको छ ।

रुपेश तामाङको निर्देशनमा बनेको ‘दान्भी’को निर्मातामा देव मगर र अनुप गडाल छन् भने कार्यकारी निर्माता पवन राना मगर हुन् । कमला मल्ल, पन्चबहादुर तामाङ, श्रवण कुमार श्रेष्ठ र जीवन तामाङ सह-निर्मातामा छन् । यसमा हरि बहादुर घलेको छायांकन, रविना थापा मगरको कथा, संजोग कुवँर रानाको पटकथा र संवाद, अर्जुन पोखरेल, नरेश जोशी र केदारराज नेपालको संगीत छ ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Tucan Casino login Tournament Buy-In vs Free Entry

ContentsUnderstanding Tournament Entry TypesPros and Cons: Weighing Your OptionsHow to Find and Join TournamentsStrategic Play for...

Best Payment Methods on Besttarpaulins: Which One Should You Use?

Contents1. Available Payment Methods at Besttarpaulins2. Comparing Deposit & Withdrawal Timelines3. Understanding Fees and Tra...

Règles contre l’Abus des Bonus Stake : Évitez le Bannissement

SommaireComprendre les Conditions Générales des BonusLes Comportements Considérés comme un AbusTableau des Règles de Jeu et des Li...
क्रान्ति भनेको झण्डाको रङ फेरिनु होइन, कुर्सीको मालिक बदलिनु पनि होइन। क्रान्ति त नागरिकको चेतनामा स्वार्थभन्दा माथि देश उठेको दिन सुरु हुन्छ।

क्रान्ति भनेको झण्डाको रङ फेरिनु होइन, कुर्सीको मालिक बदलिनु पनि होइन। क्रान्ति त नागरिकको चेतनामा स्वार्थभन्दा माथि देश उठेको दिन सुरु हुन्छ।

बादशाहलाई अपदस्थ गर्ने योद्धाहरू स्वयं तानाशाहमा बदलिएपछि, सामन्तवादको अन्त्यको शपथ खाएका सर्वहाराहरू महासामन्तमा फेरिएपछि— क्...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×