‘दान्भी’ को ट्रेलरमा पूजाको दमदार एक्सन
आगामी असार ७ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘दान्भी’को एक्सनयुक्त ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक २ मिनेट ४० सेकेण्ड लम्बाईको ट्रेलरले बदलाको कथामा फिल्म केन्द्रित रहेको प्रष्ट पार्छ । ट्रेलरमा अभिनेत्री पूजा शर्मा हाबी छिन् । उनको चरित्रमा ‘हिरोइज्म’ देखिन्छ । कयौं गुन्डासँग उनी एक्लै भिडिरहेकी छन् ।
ट्रेलरमा पूजा रोमान्टिक र एक्सन दुईवटा अवतारमा प्रस्तुत छिन् । डेब्यु अभिनेता कुन्साङ बम्जनसँग उनको प्रेम बसेको छ । पछि कुन्साङको हत्याको बदला लिन उनी मारकाटमा उत्रिन्छिन् । ट्रेलरमा पूजाको एक्सन छरितो देखिन्छ भने श्री श्रेष्ठको द्वन्द्व निर्देशन प्रशंसनीय छ । विशेषगरी ट्रेलरको अन्तिममा समावेश पूजाको एक्सन दृश्य उत्कृष्ट छन् । यद्यपि, प्राविधिक पक्ष कमजोर देखिन्छ ।
पूजाले एक्सनमा आफू...
१७ जेष्ठ २०८१, बिहीबार १२:००१७ जेष्ठ २०८१, बिहीबार १२:००१७ जेष्ठ २०८१, बिहीबार १२:०० by विशाल श्रेष्ठNo Comments
गौतम बुद्धको जन्म जयन्तीको शुभ अवसर परेर नेपाल बौद्ध परिवार र नागार्जुन गुम्बाको संयुक्त आयोजनामा दोङ्दुछन जिहेङ स्थित नागार्जुन गुम्बामा बुद्ध जयन्तीको कार्यक्रम सु-सम्पन्न गरिएको छ।
बुद्ध जयन्तीको मुख्य तिथि मे 23 तारीख परे तपनि सम्पुर्ण भक्तजनहरुको फुर्सद र छुट्टीको समयलाई मध्यनजर गर्दै मे 26 तारीखको दिन आयोजना गरिएको थियो। कार्यक्रममा दक्षिण भारत स्थित बिश्वा प्रख्यात बौद्ध बिश्वाबिद्यालय ङग्युर ञिङम पल्युल नम्डोलिङ बाट स्नातक प्राप्त गर्नु भएको खेन रिन्पोछे सोनाम फुर्वा ज्यु लामा गरुहरु लगायत 160 भन्दा धेरै भक्तजनहरुको उपस्थितिमा (रिग्जीन दुपा ) विद्याधर समुच्चय पुजा विधि अनुसार (छेवाङ) आयु अभिषेक र भगवान गौतम बुद्धको जीवानि र बुद्धको 12 वाट लीला मध्य विशेष लीला बैशाख पुर्णिामाको बारेमा धर्म प्रवचन गर्नु भएको थियो। हिमालयन महायानि बौद्ध मार्गिहरुले आत्तीनै विशेष महिनाको रूपमा ह...
१७ जेष्ठ २०८१, बिहीबार ११:५११७ जेष्ठ २०८१, बिहीबार ११:५११७ जेष्ठ २०८१, बिहीबार ११:५१ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज: “बीरगञ्ज कृषि औजार कारखाना पुन: स्थापना तथा महावीरपुन सहयोगार्थ” यही आउँदो जुलाई ७ तारिखका दिन किम्हे स्थित लुम्बिनी रेस्टुरेन्टमा
चौथो एनआरएनए पुल प्रतियोगिता ख्यङ्नाम हुने भएको छ।
गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए ) ख्याङसान क्षेत्रीय कमिटीको आयोजनामा हुने पुल प्रतियोगितामा विजेता र उपविजेता हुने खेलाडीले आकर्षक ट्रफी र प्रमाण पत्र सहित क्रमशः १३ लाख र ७ लाख कोरियन वोन पुरस्कार प्राप्त गर्नेछन् भने सान्त्वना स्थान हासिल गर्ने खेलाडीलाई ७० हजार कोरियन वोन सहित ट्रफि र प्रमाण पत्र प्रदान गरिने आयोजक संस्थाका उपाध्यक्ष तथा खेलकूद संयोजक दोस्ती हाङ राई ले जानकारी दिनुभयो। पुल प्रतियोगिताको तेश्रो सिजन गरिसकेको अनुभव बटुलेका आधारमा पछिल्लो समय युवा पुस्ताको पुल खेलप्रतिको बढ्दो क्रेजले प्रतियोगिता थप ब्यापक र उत्साहजनक हुने संस्थाको अध्यक्ष सुबोध...
१७ जेष्ठ २०८१, बिहीबार ११:२०१७ जेष्ठ २०८१, बिहीबार ११:२०१७ जेष्ठ २०८१, बिहीबार ११:२० by विशाल श्रेष्ठNo Comments
काठमाडौं । अन्तरवार्ताका लागि अमेरिकी दूतावास पुगेका क्रिकेटर सन्दीप लामिछानेको भिसा फेरि रिजेक्ट भएको छ ।
टी-२० विश्वकप क्रिकेट खेल्न उनले दिएको आवेदन अस्वीकार यसअघि पनि भएको थियो । अमेरिकी दूतावासले नै फेरि उनलाई बिहीबार अन्तरवार्तामा बोलाएको थियो ।
नेपाली क्रिकेट समर्थकहरुले उनलाई भिसा दिनुपर्ने माग राख्दै सामाजिक सञ्जाल र सडकबाट दबाब सिर्जना गरेका थिए ।
सरकारले पनि कुटनीतिक नोट पठाउँदै अमेरिकासँग भिसाका लागि आग्रह गरेको थियो ।
यो पनि पढ्नुहोस् : सन्दीपको स्टाटस- मेरो सपना पूरा नभए पनि देशको सपना पूरा भएकोमा खुशी छु...
१७ जेष्ठ २०८१, बिहीबार ०९:०८१७ जेष्ठ २०८१, बिहीबार ०९:०८१७ जेष्ठ २०८१, बिहीबार ०९:०८ by विशाल श्रेष्ठNo Comments
दक्षिण कोरियामा सक्रिय पर्वत समाज दक्षिण कोरियाले दुई दिने बृहद सांस्कृतिक कायृक्रम तथा भेटघाट र बनभोज कार्यक्रम २०२४ आयोजना गर्ने भएको छ ।
आगामी अगस्ट महिनाको ३ र ४ तारीकका दिन दुई दिन सम्म 늘푸른 캠프 मा “बृहत सांस्कृतिक, भेटघाट तथा बनभोज कार्यक्रम २०२४” आयोजना गरिएको हो ।
पिकनिक कार्यक्रममा सहभागिता जनाउनको लागि पुरुषको लागि ९०००० वन ,महिलाको लागि ७०००० वन र जोडी हरुको लागि १५०००० वन तोकिएको छ । सहभागि शुल्क WOORI BANK मा रहेको PAUDEL MEGHNATH को खाता नम्बर 1002451442277 मा ट्रान्सफर गर्नु पर्ने छ
कोरियामा रहेर विभिन्न पेशा, व्यवसाय तथा रोजगारीको शिलशिलामा आबद्ध नेपाली दाजुभाई तथा दिदी बहीनीहरुबीच आपसी सद्भाव र मेलमिलापको विकास गर्ने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको समाजका अध्यक्ष दिपक केसीले जानकारी दिनुभयो ।
विशेषगरी दक्षिण कोरिया स्थित विभिन्न पेशा व्यवासायमा आबद्...
१७ जेष्ठ २०८१, बिहीबार ०३:२४१७ जेष्ठ २०८१, बिहीबार ०३:२४१७ जेष्ठ २०८१, बिहीबार ०३:२४ by एलिनाNo Comments
भजन शिरोमणिको वायोपिक फिल्म ‘आचार्य'को ट्रेलर सार्वजनिक
‘आचार्य'को ट्रेलर रिलिज ,सौगात ,दयाहाङ देखि विपिन कार्की सम्म देखिए ट्रेलरमा
१३ जेठ, काठमाडौं ।यही असार ७ गतेबाट पुनः प्रदर्शनमा आउन लागेको भजन शिरोमणि स्वर्गीय भक्तराज आचार्यको वायोपिक फिल्म ‘आचार्य' को नयाँ ट्रेलर सार्वजनिक भएको छ ।
सार्वजनिक ट्रेलरमा भक्तराज आचार्यको बाल्यपन देखि संगीत क्षेत्रको १६ बर्षे उत्कृष्ट समय अनि स्वर गुमेको घटना पनि देखाइएको छ ।
१३ बर्ष अघिनै निर्माण भएर प्रर्दशन भएता पनि भक्तराज आचार्य प्रति श्रद्धाञ्जली भन्दै सिल्क रोड पिक्चर्सले आउँने असार ७ गते देखि फिल्मको पुन : प्रर्दशन गर्न लागेको हो । यसपटक प्रदर्शन गर्ने सिनेमामा भक्तराजको निधन पश्चताका दृश्यहरू पनि थपिएको छ ।
चलचित्रमा भक्तराजको भूमिकामा जेठा छोरा गायक सत्यराज आचार्यले अभिनय गरेका छन । उनले यो फिल्ममा भक्तराजको छायाँलाई समेत दुरु...
१७ जेष्ठ २०८१, बिहीबार ०१:५०१७ जेष्ठ २०८१, बिहीबार ०१:५०१७ जेष्ठ २०८१, बिहीबार ०१:५० by एलिनाNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ भने कार्यक्षेत्रमा तपाईको कामको उच्च मुल्याङन हुँनेछ । बिद्यार्थि वर्गहरुले थोरै मेहनेत गर्दा पनि उत्कृष्ट नतिजा हात पार्नेछन् । गित संगित तथा मोडलिङ क्षेत्रमा ध्यान जानेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)व्यावसायमा केहि समय पर्खनु उचित होला । बिदेशी उत्पादन सँग सम्बन्धित व्यावसाय फस्टाएर जानेछ । माया प्रेममा धोकाहुने तथा घर परिवारमा आफन्त सँग घरायसि कुरामा बिवाद सिर्जना हुनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)आम्दानिका स्रोत बढाउँन सकिनेछ । पढाई लेखाईमा सुधार गरि नतिजा आफ्नो पक्षमा ल्याउँन सकिनेछ । घर परिवारमा आफन्त सँगै रहेर मिष्टान्न भोजन लिने अवसर मिल्ने हुँनाले सबै खुसि रहनेछन् ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)समय मध्ययम रहेकोछ । आषा देखिउनेहरुलेनै धोका दिनेछन् । धर्म सस्कृति तथा रितिरिवाज जोगाउन समय खर्चिदा राम...