विशाल आवाज: “बीरगञ्ज कृषि औजार कारखाना पुन: स्थापना तथा महावीरपुन सहयोगार्थ” यही आउँदो जुलाई ७ तारिखका दिन किम्हे स्थित लुम्बिनी रेस्टुरेन्टमा
चौथो एनआरएनए पुल प्रतियोगिता ख्यङ्नाम हुने भएको छ।
गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए ) ख्याङसान क्षेत्रीय कमिटीको आयोजनामा हुने पुल प्रतियोगितामा विजेता र उपविजेता हुने खेलाडीले आकर्षक ट्रफी र प्रमाण पत्र सहित क्रमशः १३ लाख र ७ लाख कोरियन वोन पुरस्कार प्राप्त गर्नेछन् भने सान्त्वना स्थान हासिल गर्ने खेलाडीलाई ७० हजार कोरियन वोन सहित ट्रफि र प्रमाण पत्र प्रदान गरिने आयोजक संस्थाका उपाध्यक्ष तथा खेलकूद संयोजक दोस्ती हाङ राई ले जानकारी दिनुभयो। पुल प्रतियोगिताको तेश्रो सिजन गरिसकेको अनुभव बटुलेका आधारमा पछिल्लो समय युवा पुस्ताको पुल खेलप्रतिको बढ्दो क्रेजले प्रतियोगिता थप ब्यापक र उत्साहजनक हुने संस्थाको अध्यक्ष सुबोध भण्डारीले विशाल आवाजलाई बताउनुभयो ।

खेलसम्बन्धी टाईसिट जुलाइ ६ मा निर्माण गरिने र ७ तारिखका दिन बिहान ८ बजेदेखि शुरु हुने प्रतियोगितामा खेलाडीलाई प्रवेश शुल्क स्वरुप ६० हजार कोरियन वोन निर्धारण गरिएको छ भने प्रवेश शुल्क दर्ता गर्ने खेलाडीलाई खानाको व्यवस्था समेत गरिएको आयोजकले जनाएको छ। प्रतियोगितामा खेलाडी नाम दर्ता प्रक्रिया शुरु भईसकेको हुनाले प्रतियोगी दर्ताका लागि नोङ्ह्यप बैंकमा रहेको MOKTAN RAJENDRA को ३०२-१२०१-४०००-४१ खाता नम्वरमा जुलाई ६ तारिख शनिबार साँझ ५ बजेसम्म आफ्नो नाम दर्ता गरिदिनुहुन आयोजकले अनुरोध गरेको छ। साथै पुल प्रतियोगिता कार्यक्रम सफल बनाउन सम्पूर्ण खेलप्रेमी महानुभावहरुलाई सहयोगको अपिल गर्दै उपस्थितिको लागि हार्दिक निमन्त्रणा समेत गरेको छ ।









