Le secteur du jeu vidéo a connu une métamorphose radicale au cours des dernières décennies, passant d’une activité principalement confinée aux consoles de salon et aux PC performants à une plateforme omniprésente accessible depuis n’importe où. Au cœur de cette révolution : la montée en puissance du mobile, qui représente aujourd’hui un vecteur stratégique clé pour l’industrie. Selon une étude récente de Newzoo, plus de 60 % des revenus globaux générés par le jeu vidéo proviennent désormais du segment mobile, confirmant ainsi son rôle central dans la croissance continue de cette industrie multidimensionnelle.
L’évolution du jeu mobile : entre innovation technique et stratégies de marché
Les avancées technologiques ont permis d’améliorer drastiquement la qualité des expériences de jeu mobil...
१ भाद्र २०८२, आईतवार १३:१३१ भाद्र २०८२, आईतवार १३:१३१ भाद्र २०८२, आईतवार १३:१३ by विशाल श्रेष्ठNo Comments
यस वर्षको छुसक पर्वलाई १० दिन लामो बनाउन सकिने सम्भावना न्युन भएको छ। सरकारले अक्टोबर १० लाई अस्थायी सार्वजनिक बिदा घोषणा नगर्ने संकेत देखिएको हो।
गत हप्ता राष्ट्रपति ली जे–म्युंगले चुसोक अवधिमा उपभोग बढाउन सक्रिय कदम चाल्न आग्रह गरे पनि सरकारी अधिकारीहरूले लामो बिदाले घरेलु खर्चभन्दा बढी विदेश यात्रालाई प्रोत्साहन गर्ने र उत्पादन–निर्यातमा नकारात्मक असर पार्ने चिन्ता व्यक्त गरेका छन्।
यस पटक छुसक बिदा राष्ट्रिय स्थापना दिवस (अक्टोबर ३) र हान्गुल दिवस (अक्टोबर ९) सँग मिल्दा सात दिन लामो हुने पक्का भएको छ। यदि शुक्रबार, अक्टोबर १० लाई अस्थायी सार्वजनिक बिदा घोषणा गरिएमा त्यसमा थप दुई दिनको सप्ताहन्त जोडिँदै लगातार १० दिनको लामो बिदा हुने थियो।
दक्षिण कोरियामा सरकारले आवश्यकतानुसार अस्थायी सार्वजनिक बिदा तोक्ने कानुनी व्यवस्था छ। यसै वर्ष जनवरीमा सरकारले जनवरी २७ लाई अस्थायी बिदा घो...
१ भाद्र २०८२, आईतवार १०:३४१ भाद्र २०८२, आईतवार १०:३४१ भाद्र २०८२, आईतवार १०:३४ by विशाल श्रेष्ठNo Comments
गैर–आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (NRNA–NCC) दक्षिण कोरियाले सउलमा भौतिक तथा भर्चुअल कार्यक्रममार्फत एनआरएनए श्रमिक–विद्यार्थी हेल्प डेस्कको उद्घाटन सम्पन्न गरेको छ।
संघका अध्यक्ष विपिन कुमार गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल सरकारका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री माननीय सरद सिंह भण्डारी भर्चुअल रूपमा प्रमुख अतिथि रहनुभयो भने एनआरएनए आईसीसीका अध्यक्ष महेश श्रेष्ठ विशिष्ट अतिथिका रूपमा अनलाइनबाटै सहभागी हुनुभयो। त्यस्तै, एनआरएनए आईसीसीका पूर्व अध्यक्ष तथा एकता उच्चस्तरीय समितिका सदस्य रहिसकेका विनोद कुवर विशेष अतिथिका रूपमा कार्यक्रमस्थलमै उपस्थित हुनुहुन्थ्यो।
उद्घाटन समारोहमा कोरियास्थित विभिन्न संघ–संस्थाका प्रतिनिधि, राजनीतिक दलका सदस्य, पत्रकार, विद्यार्थी, श्रमिकसहित नेपाली समुदायको उल्लेख्य उपस्थिति रहेको थियो।
हाल कोरियामा नेपाली श्रमिक र विद्...
१ भाद्र २०८२, आईतवार १०:२८१ भाद्र २०८२, आईतवार १०:२८१ भाद्र २०८२, आईतवार १०:२८ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज— सामाजिक संस्था नेपाल गोरखा परिवार दक्षिण कोरियाले आफ्नो १३औं अधिवेशन भव्यतापूर्वक सम्पन्न गरेको छ। १७ अगस्ट २०२५ आइतबार सुवनस्थित भेटघाट रेष्टुरेन्टको सभाहलमा सम्पन्न अधिवेशनले देवी गौतमको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ।
अधिवेशनबाट देवी गौतम अध्यक्षमा चयन भएका छन् भने राजन बोहोरा वरिष्ठ उपाध्यक्ष बनेका छन्। उपाध्यक्षमा अनिल भट्टराई, कृष्ण कुमार श्रेष्ठ र सुमन थापा निर्वाचित भएका छन् भने मिता गुरुङ महिला उपाध्यक्ष बनेकी छन्। महासचिवमा अशोक खड्का, सचिवमा अमिर पाण्डे र प्रदिप भट्टराई निर्वाचित भएका छन्। कोषाध्यक्षमा सहदेब बनियाँ, सह–कोषाध्यक्षमा गुणराज सिर्मल, महिला संयोजकमा शिखा थापा, विद्यार्थी संयोजकमा तारानाथ लामिछाने चयन भएका छन्। त्यसैगरी सदस्यमा मुन मगर, अर्पण राना, मनोज रेग्मी, प्रेम पोख्रेल, काजी श्रेष्ठ, दिपेन् कोइराला, शिखर लम्साल, पुष्प तामाङ,...
१ भाद्र २०८२, आईतवार ०५:१७१ भाद्र २०८२, आईतवार ०५:१७१ भाद्र २०८२, आईतवार ०५:१७ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज– यस वर्ष दक्षिण कोरिया जान इच्छुक नेपाली युवामाझ ईपीएस (Employment Permit System) परीक्षाप्रतिको चासो उच्च देखिएको छ। श्रम तथा रोजगारका लागि फाराम भर्नेहरुको संख्या करिब १ लाख ३ हजार पुगेको छ।
तर, यसपटक उत्तीर्ण हुने कोटा भने केवल ५,३०० मात्र रहनेछ। त्यसमा म्यानुफ्याक्चरिङ क्षेत्रमा ३,५०० र कृषि क्षेत्रमा १,८०० जनाको माग रहेको सम्बन्धित निकायले जनाएको छ।
फाराम दिने संख्या अत्यधिक भए पनि सीमित कोटा रहेको यस परीक्षाले फेरि एक पटक नेपाली युवामाझ कोरियाली रोजगारप्रतिको आकर्षण मात्र नभई, देशभित्रको गम्भीर बेरोजगारी समस्यालाई समेत प्रस्ट पारेको छ।
परीक्षाको तालिका चाँडै सार्वजनिक हुने जनाइएको छ भने फाराम भर्ने क्रममा देखिएका नामसम्बन्धी त्रुटि तथा अन्य प्राविधिक समस्याहरू पनि निकट भविष्यमा समाधान हुने अपेक्षा गरिएको छ।...
१ भाद्र २०८२, आईतवार ०५:०९१ भाद्र २०८२, आईतवार ०५:०९१ भाद्र २०८२, आईतवार ०५:०९ by विशाल श्रेष्ठNo Comments
दक्षिण कोरियाको राजधानी सउलमा आइतबार बिहान भएको अपार्टमेन्ट आगलागीमा दुई जनाको ज्यान गएको छ भने १३ जना घाइते भएका छन्।
सउलको पश्चिमी क्षेत्र मापोस्थित २० तले अपार्टमेन्टको १४औं तलामा बिहान करिब ८:१० बजे आगलागी सुरु भएको हो। आगोको कारणबारे अहिले अनुसन्धान भइरहेको जनाइएको छ।
आगलागीपछि करिब ८० जना बासिन्दालाई सुरक्षित स्थानतर्फ सारिएको थियो। आगो नियन्त्रणमा लिन २२८ जना अग्निनियन्त्रक र ७६ वटा सवारी साधन परिचालन गरिएको प्रहरीले जनाएको छ।
घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको र उनीहरूलाई नजिकैको अस्पतालमा उपचारका लागि लगिएको बताइएको छ।
यस घटनाले फेरि एक पटक सउल महानगर क्षेत्रका अपार्टमेन्ट बासिन्दाहरूबीच सुरक्षाप्रति चिन्ता बढाएको छ।...
३२ श्रावण २०८२, शनिबार ०४:२८३२ श्रावण २०८२, शनिबार ०४:२८३२ श्रावण २०८२, शनिबार ०४:२८ by विशाल श्रेष्ठNo Comments
अगस्ट २९ मा हुने शल्यक्रियाका लागि करिब दुई करोड वोन आवश्यक, सहयोग संकलन अभियान अगस्ट २५ सम्म मात्र खुला
बिशाल आवाज: पाँचथर, याङ्वरक गाउँपालिका निवासी (हाल दक्षिण कोरिया) निर्मल सेलिङ गम्भीर स्वास्थ्य समस्यामा परेपछि उनको उपचारका लागि कोरियामा रहेका नेपाली समुदायले आर्थिक सहयोग अभियान सुरु गरेका छन् ।
करिब ३ वर्षअघि रोजगारीका लागि कोरिया आएका सेलिङ करिब १५ महिनाअघि दाहिने हातमा सुन्निने, दुख्ने समस्या देखिएपछि 김포 우리 병원 मा भर्ना भएका थिए । प्रारम्भिक उपचारपछि समेत सुधार नआएपछि उनलाई 강남 세브란스 अस्पताल, सउलमा रिफर गरिएको हो ।
त्यहाँको परीक्षणमा उनको दाहिने हातको रक्तनली अवरुद्ध (Block) भएको पत्ता लागी ठूलो शल्यक्रिया गर्नुपर्ने चिकित्सकले बताएका छन् । तर उक्त उपचारमा करिब दुई करोड वोनभन्दा बढी खर्च लाग्ने र बीमाबाट खर्च नझर्ने भएकाले ठूलो आर्थिक समस्या खडा भएको हो ।
यस कारण सेलिङको ...
३१ श्रावण २०८२, शुक्रबार १३:०७३१ श्रावण २०८२, शुक्रबार १३:०७३१ श्रावण २०८२, शुक्रबार १३:०७ by एलिनाNo Comments
बिशाल आवाज :दक्षिण कोरियाको ग्येङनाम प्रान्तस्थित गजेन्दोमा क्रियाशील DSME मगर समाजले स्वास्थ्य, मनोरञ्जन र राष्ट्रिय खेलको प्रवर्द्धन गर्ने उद्देश्यका साथ आगामी सेप्टेम्बर ७, २०२५ आइतबारका दिन ओक्पो मिडल स्कूलको खेल मैदानमा ‘DSME मगर समाज भलिबल कप–२०२५’ आयोजना गर्ने भएको छ। खेलकुद मार्फत एकता र मित्रता बढाउने सोचका साथ आयोजना हुन लागेको यो प्रतियोगिता भव्य तयारीका बीच सम्पन्न हुने आयोजकले जानकारी दिएको छ।
यस वर्षको भलिबल कपमा विजेता टिमलाई १५ लाख वोनसहित ट्रफी, मेडल र प्रमाणपत्र, दोस्रो हुने टिमलाई ८ लाख वोन, सेमिफाइनल टिमलाई ३/३ लाख वोन, उत्कृष्ट खेलाडीलाई १ लाख वोन, साथै उत्कृष्ट स्पाइकर, लिफ्टर, ब्लकर र डिफेन्डरलाई ५० हजार वोनसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ। टिम दर्ता शुल्क २ लाख ५० हजार वोन तोकिएको छ भने अन्तिम दर्ता मिति ३० अगस्ट २०२५ बेलुकी ४ बजे सम्म रहनेछ।
टाइ–सिट सार्...
३० श्रावण २०८२, बिहीबार १२:३४३० श्रावण २०८२, बिहीबार १२:३४३० श्रावण २०८२, बिहीबार १२:३४ by एलिनाNo Comments
दक्षिण कोरियामा हिजो परेको भीषण वर्षापछि आएको बाढी र पहिरोमा परी कम्तीमा ३ जनाको ज्यान गएको छ। राजधानी क्षेत्रमा केन्द्रित वर्षाले ठुलो जनधनको क्षति गरेको कोरियाली अधिकारीहरूले जनाएका छन्।
यसअघि गत जुलाईमा आएको बाढी र पहिरोले १९ जनाको ज्यान लिएको थियो भने ९ जना अझै वेपत्ता रहेका छन्। यस वर्ष मात्र बाढी र पहिरोका कारण कुल २२ जनाको मृत्यु भइसकेको छ र ९ जना अझै हराइरहेका छन्।
हालको वर्षा–जन्य विपत्तिबाट कोरियामा रहेका नेपाली समुदाय भने सुरक्षित रहेको जनाइएको छ।
कोरियाली मौसम विभागले अझै केही दिन भारी वर्षा जारी रहने सम्भावना बताउँदै संवेदनशील क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।...
३० श्रावण २०८२, बिहीबार १२:२९३० श्रावण २०८२, बिहीबार १२:२९३० श्रावण २०८२, बिहीबार १२:२९ by एलिनाNo Comments
बिशाल आवाज: दक्षिण कोरियामा रहेका राप्तीवासीहरुको अग्रणी संस्था राप्ती समाज दक्षिण कोरियाले आफ्नो सातौं अधिवेशन आगामी सेप्टेम्बर ७, आइतबार बिहान ११:०० बजे सउलको दोङदेमुनस्थित नेपाल थाई रेस्टुरेन्टको सभाहलमा आयोजना गर्ने भएको छ। अधिवेशन नयाँ कार्यसमिति चयन गर्ने तथा आपसी सहयोग, सद्भाव र एकता प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको हो।
“हामी जहाँ भएपनी हाम्रो एउटै विशेषता, विशुद्ध सामाजिक कामका लागि राप्ती समाजको एकता” भन्ने मूल नाराका साथ सन् २००६ मा स्थापना भएको राप्ती समाज दक्षिण कोरियाले विगत १९ वर्षदेखि कोरियामा कार्यरत राप्तीवासी तथा सम्पूर्ण नेपालीबीच आपसी सहयोग, सद्भाव, समझदारी र भाइचारा अभिवृद्धि गर्दै आएको छ।
हालको छैटौं कार्यसमितिको कार्यकाल पूरा भएपछि, अब आगामी दुई वर्षका लागि नयाँ सातौं कार्यसमिति चयन गर्नुपर्ने भएकाले अधिवेशन आयोजना गरिएको संस्थाका अध्यक्ष अमृत के...