Advertisement
Advertisement

समाचार

राजदूतको उपस्थितिमा  हुने “한강 होली महोत्सव २०२५” को तयारी अन्तिम चरणमा

राजदूतको उपस्थितिमा हुने “한강 होली महोत्सव २०२५” को तयारी अन्तिम चरणमा

Breaking News, Breaking news 2, जानकारी, भर्खरै, समाचार
विशाल आवाज:सनातन साहित्य संगीत साधना समूह (पाँच स) दक्षिण कोरियाको आयोजनामा मार्च १६ तारिखका दिन ‌한강 मा हुने होली महोत्सव २०२५ मा दक्षिण कोरियाका लागि नेपाली राजदूत शिवमाया तुम्बाहाम्फे पनि उपस्थित हुनुहुने भएको छ। पूर्वीय कला ,संस्कृति परम्परा ,संस्कार लाई सम्बर्धन र प्रवर्द्धन गर्ने उद्देश्यले दक्षिण कोरियामा स्थापित नेपालीहरूको साझा संस्था सनातन साहित्य संगीत साधना समूह पाँच "स" दक्षिण कोरियाको आयोजनामा हानखाङ नदिको किनारमा मार्च १६ तारिख आइतबारका दिन मध्यान्न १२ बजेबाट सुरु हुने होली कार्यक्रमको कलाकारसहितको ब्यानर सार्वजनिक गर्दै आयोजकले तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। होलिका लागि आवश्यक रङ र टिसर्ट कार्यक्रम स्थलमै उपलब्ध हुनेका साथै नेपाली मौलिक खाना सेलरोटी चिया तथा पानीपुरी समेत उपलब्ध हुने कार्यक्रममा नेपाली मौलिक संस्कृति झल्किने र परम्परागत एवं सांगीतिक प्रस्तुति समेत र...
महाभियोग लगाइएका दक्षिण कोरियाका राष्ट्रपती युन हिरासतबाट रिहा

महाभियोग लगाइएका दक्षिण कोरियाका राष्ट्रपती युन हिरासतबाट रिहा

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, समाचार
महाभियोग लगाइएका दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओललाई अदालतको फैसलापछि शनिबार हिरासतबाट रिहा गरेको छ। मार्शल ल लागू गर्ने गरेर विद्रोह भड्काएको आरोपमा पक्राउ गरिएको ५२ दिनपछि उनलाई शनिबार हिरासतबाट रिहा गरिएको हो । उइवाङमा रहेको सियोल डिटेन्सन सेन्टरबाट युनलाई रिहा गरिएको एक दिनपछि सियोल सेन्ट्रल डिस्ट्रिक्ट कोर्टले उनको गिरफ्तारी रद्द गर्न स्वीकार गरेको हो। हिरासत केन्द्रबाट निस्कँदा समर्थकहरू र सत्तारूढ पिपुल पावर पार्टीका सांसदहरूले जयजयकारमा आएका थिए।अभियोजक जनरल शिम वू-जुङले निलम्बित राष्ट्रपतिलाई रिहा गर्ने अदालतको फैसला स्वीकार गरेको केही समयपछि युनलाई रिहा गरिएको हो । उनको रिहाइसँगै, युन हिरासत बिना मुद्दा चलाउन सक्षम हुनेछन्।...
नेपाल भलिबल संघ दक्षिण कोरियाले “भलिबल रेफ्री गाइडलाइन्स तथा निर्देशन कक्षा” सञ्चालन गर्ने

नेपाल भलिबल संघ दक्षिण कोरियाले “भलिबल रेफ्री गाइडलाइन्स तथा निर्देशन कक्षा” सञ्चालन गर्ने

Breaking News, जानकारी, भर्खरै, समाचार
विशाल आवाज: दक्षिण कोरियामा रहेको नेपाल भलिबल संघ दक्षिण कोरियाले मार्च ९ तारिकको दिन जुम भर्चुअल माध्यमबाट “भलिबल रेफ्री गाइडलाइन्स तथा निर्देशन कक्षा” सञ्चालन गर्ने भएको छ। “स्वास्थ्यका लागि खेल, राष्ट्रका लागि खेल” भन्ने मूल नारासहित नेपाली भलिबल खेलको विकास र विस्तारका लागि दक्षिण कोरियामा स्थापित नेपाल भलिबल संघ, दक्षिण कोरिया शाखाले आफ्नो मातहतमा आयोजना हुने भलिबल प्रतियोगिताहरूलाई व्यवस्थित रूपमा सञ्चालन गर्न नेपाली भलिबल रेफ्रीहरूलाई लक्षित गर्दै “अफिसियल भलिबल नियम २०२५-२०२८” अनुसार भलिबल रेफ्री गाइडलाइन्स तथा निर्देशन सम्बन्धी जुम भर्चुअल कक्षा सञ्चालन गर्ने भएको हो। नेपालका अन्तर्राष्ट्रिय भलिबल रेफ्री टहल सिंह थापा ले प्रशिक्षण गर्ने कक्षामा नाम दर्ता तथा सहभागिता जनाउनका लागि मार्च ९ तारिख दिउँसो २ बजेसम्म नाम दर्ता गर्न सकिने आयोजकले जनाउदै दक्षिण कोरियामा रहेका सम्पू...
रुद्रसेन विश्वकर्माको ‘होली सररर’ सार्वजनिक, आर्यन सिग्देलको धमाका !

रुद्रसेन विश्वकर्माको ‘होली सररर’ सार्वजनिक, आर्यन सिग्देलको धमाका !

Breaking News, Breaking news 2, जानकारी, धर्म सस्कृति, समाचार
बर्दिवास – होली पर्वको अवसरमा गायक रुद्रसेन विश्वकर्माले नयाँ गीत ‘होली सररर’ सार्वजनिक गरेका छन् । चर्चित गायिका समीक्षा अधिकारीको साथमा रुद्रसेनले यो गीत गाएका हुन् । गीतको शब्द, संगीत रुद्रसेनकै रहेको छ भने योगेश काजीले एरेञ्ज गरेका छन् । गीतको भिडियोमा नायक आर्यन सिग्देल, मोडल बिना राउत र स्वयं गायक रुद्रसेनको धमाकेदार नृत्य देख्न सकिन्छ । ओम प्रसाईको छायांकन, अमृत चापागाईंको सम्पादन र प्रदीप कुमार रसाइलीको नृत्य निर्देशन रहेको यो भिडियोलाई निकै आकर्षक बनाइएको छ । ओमकार टेलिभिजनको ‘पञ्चामृत’ कार्यक्रममा बोल्दै रुद्रसेनले भने, “आर्यन सिग्देलले अभिनय गरेको पहिलो होली गीत भएकाले यो विशेष बनेको छ । यसपटकको होली हामी सबैजना‘होली सररर’ मा झुमौं !” गीत रुद्रसेन क्रिएशन प्रा.लि. को युट्युब च्यानलबाट सार्वजनिक भइसकेको छ । साथै, स्पोटिफाइ, एप्पल म्युजिक लगायत डिजिटल प्लेटफर्महरूमा ...
दक्षिण कोरियाको आदिवासी जनजाति महासङ्घ र आबद्ध संस्थाले भन्यो मुक्कुमलुङ(पाथीभरा)मा  “नो केवलकार”, प्रेस विज्ञप्ति सहित

दक्षिण कोरियाको आदिवासी जनजाति महासङ्घ र आबद्ध संस्थाले भन्यो मुक्कुमलुङ(पाथीभरा)मा “नो केवलकार”, प्रेस विज्ञप्ति सहित

Breaking news 1, जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै, समाचार
विशाल आवाज: ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिक स्थल मुक्कुमलुङ (पाथिभरा)मा केवलकार निर्माण गर्ने विषयको विवाद चर्किँदै गइरहेको छ। जसका कारण केवलकार निर्माण गर्ने व्यवसायी समूह र पाथिभरालाई मुकुम्लुङका नाममा विशेष आशा राख्ने स्थानीय समूहबीच पर्ने विवादले स्थानीय जनजीवन आक्रान्त बनिरहेको छ।  ऐतिहासिक महत्त्व बोकेको पवित्र धार्मिक तीर्थस्थललाई प्रभावित पार्ने गरी निजी क्षेत्रले निजी व्यापारिक स्वार्थका लागि सार्वजनिक सम्पत्तिको दुरुपयोग गरी विकासका नाममा विनाशका योजना ल्याउन नहुने स्थानीयको माग छ। तर पाथिभरामा केवलकार बनाएरै छाड्ने पाथिभरा दर्शन केवलकार प्रालीको अडान कायम छ। जसले गर्दा पाथिभरा क्षेत्र तनावग्रस्त बनेको छ। व्यापारिक प्रायोजनको लागि निजी कम्पनीलाई प्राकृतिक सम्पदाको दोहन गराउनु राज्य संयन्त्रको मिलेमतोमा नीतिगत भ्रष्टाचार भएको भन्दै सरकारको नीति नै आफ्नो निकट व्यापारी पोस्न...
विपिन कुमार गुरुङ नेतृत्वको एनआरएनए दक्षिण कोरियाको निर्वाचन अप्रिल ६ मा हुने

विपिन कुमार गुरुङ नेतृत्वको एनआरएनए दक्षिण कोरियाको निर्वाचन अप्रिल ६ मा हुने

समाचार
विपिन कुमार गुरुङ नेतृत्वको गैर-आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (NRNA NCC) दक्षिण कोरियाको दशौं एकता महाधिवेशन २०२५ अप्रिल ६(चैत २४), आइतवार को दिन दक्षिण कोरियाको राजधानी सउलमा हुने भएको छ । मार्च २, आइतवारका दिन, राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरिया का अध्यक्ष विपिन कुमार गुरुङको अध्यक्षता उच्चस्तरीय समिति सदस्य तथा राष्ट्रिय समन्वय परिषद उपसमितिका संयोजक विनोद कुँवर को सहजीकरण, तथा प्रमुख आतिथ्यमा बसेको कार्यसमिति बैठकले अप्रिल ६ मा बृहत् दशौं एकता महाधिवेशन गर्ने निर्णय गरेको विपिन कुमार गुरुङले विशाल आवाजलाइ बताएका छन्। बैठक बाट अधिवेशनका लागि डा अग्नि कोइरालाको संयोजकत्वमा गिरिराज कुँवर र ईश्वर कठायत सदस्य गरि तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको छ भने संघका उपाध्यक्ष जित कुँवरलाई आर्थिक व्यवस्थापकको जिम्मेवारी तोकिएको र महासचिव प्रसान्त राज बानियालाई कार्यक्रम...
मार्च ९ मा मा सौलको जोगेसामा प्रदर्शन हुँदै बहुप्रतिक्षित चलचित्र “दुखी आत्मा”

मार्च ९ मा मा सौलको जोगेसामा प्रदर्शन हुँदै बहुप्रतिक्षित चलचित्र “दुखी आत्मा”

Breaking News, जानकारी, भर्खरै, समाचार
विशाल आवाज: अभिनेता दयाहाङ अभिनीत नयाँ चलचित्र “दुखी आत्मा” दक्षिण कोरियाको राजधानी सहर सउलमा पनि यही आउँदो मार्च ९ तारिखका दिन जोगेसाको हलमा प्रदर्शन हुने भएको छ। आन्ना ग्रुप र नेपाल कोरिया कल्चरल एक्सचेन्ज एसोसिएसन दक्षिण कोरियाले “दुखी आत्मा” चलचित्र यही मार्च ९ तारिख आइतबारका दिन दक्षिण कोरियाको सउल स्थित जोगेसाको हलमा प्रदर्शन गर्न लागेको हो। दिउसो २ बजेबाट प्रदर्शन हुने चलचित्र को प्रवेश शुल्क ३०००० कोरियन वन तोकिएको छ‌ भने अनलाइन टिकटको बुकिङ समेत खुल्ला भइसकेको आयोजकले जनाएको छ। सुवन सहरमा सफलताका साथ प्रदर्शन ‌गरि सेल सो गर्न लागेको आयोजकले सौल सो पश्चात् चलचित्र कोरियाका अन्य विभिन्न सहरहरूमा पनि प्रदर्शनका लागि तयारी रहेको जनाएको छ। दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा दयाहाङसँगै आँचल शर्मा, अनुप विक्रम शाही, बुद्दि तामाङ, रेअर राई, पुष्कर गुरुङ, कवि...
नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको अधिवेशन नजिकिए संगै कोरियाब्यापी कृयाशिल वितरण ब्यापक

नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको अधिवेशन नजिकिए संगै कोरियाब्यापी कृयाशिल वितरण ब्यापक

समाचार
  नेपालि कांग्रेस को प्रवाशि भातृ संगठन नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको अधिवेशन नजिकिए संगै कोरियाब्यापी कृयाशिल सदस्यता वितरण , भेटघाट , छलफल तथा अन्तर्कृया कार्यक्रम ब्यापक रुपमा अघी बढीरहेको छ। कृयाशिल सदस्यता वितरण ब्यापक गर्न मार्च १ तारिक का दिन नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको क्षेत्र नं ७ बुसान  र मार्च २  तारिकका दिन क्षेत्र नम्बर ६ थेगु द्वारा आयोजित भेटघाट, पार्टी कृयाशिल वितरण  कार्यक्रम सम्पन्न भएको हो।। केन्द्रिय कार्यसमितिका पदाधिकारी हरु क्षेत्र न -७ बुसान र  क्षेत्र नम्बर ६ थेगुको आयोजना मा कृयाशिल सदस्यता वितरण ,  भेटघाट ,   छलफल तथा अन्तर्कृया कार्यक्रमका लागि पुगेका थिए ।  नेपालि जनसम्पर्क समिति दक्षिण कोरिया   बुसान का क्षेत्रीय  सभापति जिवन पछाइ को सभापतित्व,  केन्द्रीय सभापति भजिन्द्र क्षेत्री  को प्रमुख आथित्य तथा केन्द्रीय  उपसभापति जितेन्द्...
यसरी सम्भव छ एनआरएनए एकता

यसरी सम्भव छ एनआरएनए एकता

समाचार
  अहिले गैरआवासीय नेपाली संघ (एनआरएनए) को विवाद चरम सीमामा पुगेको छ। एउटै एनआरएनए हुनुको सट्टा धेरै एनआरएनए जन्मिएको कारण देश बाहिर रहेको ठूलो जनमतलाई चिन्तित बनाएको छ। सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयले पठाएको पत्र सँगै अब एनआरएनएको विवाद अन्तिम चरणमा पुगेको छ भनेर भन्न सकिन्छ। किनकि त्यो पत्र अनुसार अब एनआरएनएको सचिवालयले निर्वाचन प्रक्रियाका लागि कार्यालय, जिन्सी, नगद लगायतका सबै सुविधा शेष घले नेतृत्वको उच्चस्तरीय समितिलाई उपलब्ध गराउनु पर्छ। मे १८ मा एनआरएनए महाधिवेशन गराउन पर्ने भएकाले अब यो विवाद निष्कर्ष उन्मुख छ भनेर भन्न सकिन्छ। एआरएनएको विवादलाई निष्कर्षमा पुर्‍याउनका लागि यसको समाधानका विकल्पबारे कुरा गर्दैगर्दा हामीले विवादको पृष्ठभूमि समेत बुझ्न जरूरी छ। सन् २० को अक्टोबरमा दसौं महाधिवेशनको तयारी गर्नको लागि राष्ट्रिय समन्वय परिषद (एनसिसी) को अध...
गण्डकी प्रदेश समाज दक्षिण कोरियाको दोस्रो अधिवेशन आईतवार,कोको छन त!अध्यक्षका आकांक्षी

गण्डकी प्रदेश समाज दक्षिण कोरियाको दोस्रो अधिवेशन आईतवार,कोको छन त!अध्यक्षका आकांक्षी

Breaking News, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, समाचार
विशाल आवाज: दक्षिण कोरियामा सक्रिय गण्डकी प्रदेश समाजको मार्च २ तारिख सउलमा हुने दोस्रो अधिवेशन २०२५ को सम्पूर्ण तयारी पूरा भएको छ। भने अध्यक्षका आकांक्षी ४ जना रहेको विश्वस्त श्रोतबाट विशाल आवाजलाइ जानकारी प्राप्त भएको छ । प्रवासी भूमिमा नेपाली एकता गण्डकी प्रदेशको सामूहिक सहभागिता भन्ने मूल नाराका साथ सन् २०२२ मा स्थापित गण्डकी प्रदेशमा दक्षिण कोरियाले मार्च २ तारिख आइतबारका दिन सौलस्थित 진형 भवनको दशौँ तल्लामा आयोजना गर्न लागेको दोस्रो ऐतिहासिक अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको हो। आइतबारका दिन मध्यान्न १२ बजेदेखि सुरु हुने अधिवेशनको हल दोङ्म्यो आफ स्टेसन ३ नम्बर गेटबाट ३०० मिटर अगाडि (서울특별시 종로구 종로 진형 빌딩 386,10 층 मा रहेको छ। दक्षिण कोरियामा सक्रिय गण्डकी प्रदेश समाजको दोस्रो अधिवेशन नजिकिए सगै सस्थाको आगामी अध्यक्षको आकांक्षीहरू पनि देखा पर्न थालिसकेका छन्। पछिल्लो समय संस्थाको नया...