बोम्जन गुरुङ :गुरुङ (तमू) जातीको गौरवमय संस्था तमू धीं थेगु शाखा दक्षिण कोरियाको चौथो अधिवेशन सम्पन्न भएको छ । थेगु सहर स्थितको एक कार्यक्रम हलमा सम्पन्न सो अधिवेशनबाट मदन गुरुङ अध्यक्ष रहने गरी १३ सदस्यीय संरचनाको चौथो कार्यसमिति गठन भएको हो ।
संस्थाको उपाध्यक्ष लिला गुरुङको स्वागत मन्तव्यसँगै शुरु भएको उक्त अधिवेशनमा संस्थाको अध्यक्ष मनी गुरुङको अध्यक्षता, तमू धीं दक्षिण कोरिया केन्द्रकी अध्यक्ष रुपा गुरुङको प्रमुख आतिथ्यता रहेको थियो । विशिष्ट अतिथिहरुमा केन्द्रीय वरिष्ठ सल्लाहकार खोम प्रसाद गुरुङ र सल्लाहकार विजय गुरुङ, तमू धीं थेगु शाखाका पूर्वाध्यक्ष हर्क गुरुङ तथा अतिथिहरुमा आयोजक संस्थाका सल्लाहकार बाबुराम र गुमान गुरुङ, तमू धीं ख्यङ्साङ्नाम्दो बुसान शाखाका अध्यक्ष गीतासिंह गुरुङ, तमू धीं दक्षिण कोरिया केन्द्रीय वरिष्ठ उपाध्यक्ष तेज गुरुङ, उपाध्यक्ष दुर्गा गुरुङ र सदस्य रेशम गु...
६ चैत्र २०८१, बिहीबार १३:३४६ चैत्र २०८१, बिहीबार १३:३४६ चैत्र २०८१, बिहीबार १३:३४ by एलिनाNo Comments
विशाल आवाज:नेकपा माओवादी केन्द्रको प्रवास संगठन जनप्रगतिशील मञ्च दक्षिण कोरियाले मार्च २३ तारिख आइतबारका दिन सौलमा आयोजना गर्न लागेको “कोरिया सन्देश” नामक जर्नल विमोचन कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको अध्यक्ष जीवन खतिवडाले बताएका छन्।
सौलको दोङ्देमुन स्थित सेमाउल उन्हेङको पाचौ तल्लाको हलमा मार्च २३ तारिख आइतबारका दिन मध्यान्न १२ बजे आयोजना हुने नेपाली जनप्रगतिशील मञ्च दक्षिण कोरियाद्वारा प्रकाशित कोरियास्थित आम नेपालीहरूको साझा विचारको वाहक “कोरिया सन्देश” नामक जर्नल विमोचन कार्यक्रम को सम्पूर्ण तयारी पूरा भएको हो।
नेपाली जनप्रगतिशील मञ्च दक्षिण कोरियाको
छैठौं राष्ट्रिय अधिवेशन पश्चात नवनिर्वाचित केन्द्रीय समितिको १५ सेप्टेम्बर २०२४ मा बसेको प्रथम पूर्ण बैठकले “कोरिया सन्देश” नामक जर्नल प्रकाशित गर्ने निर्णय सर्वसम्मत पारित गरेको थियो। उक्त जर्नल मार्फत अभियानको रुपमा हालला...
६ चैत्र २०८१, बिहीबार १३:२४६ चैत्र २०८१, बिहीबार १३:२४६ चैत्र २०८१, बिहीबार १३:२४ by एलिनाNo Comments
विशाल आवाज: दक्षिण कोरियामा सक्रिय संस्था बाग्लुङ समाज दक्षिण कोरियाले बर्सेनी रुपमा आयोजना गर्दै आइरहेको रमाइलो बनभोज कार्यक्रम यसपालि पनि मे ३ र ४ मा गर्ने गरी तयारी गरेको छ।
आफ्नो स्थपनाकाल देखीनै सक्रिय रुपमा सामाजिक गतिविधिमा संलग्न हुँदै आएको दक्षिण कोरियामा रहेका बाग्लुङ्गेहरुको साझा संस्था बाग्लुङ समाज दक्षिण कोरियाले मे ३ र ४ तारिख 진성농원 펜션 मा रमाइलो वातावरणमा बनभोज कार्यक्रम गर्ने भएको हो।
बिगतका बर्षहरुमा जस्तै यसपालिको कार्यक्रममा पनि बाग्लुङ्गे लगायत दक्षिण कोरियामा रहेका नेपालीहरुको उल्लेख्य उपस्थिति रहने कुरामा बिस्वस्त रहेको र आफुहरुले कार्यक्रम तयारीमा कुनै कमि नराख्ने संस्था अध्यक्ष राजु नेपालीले विशाल आवाजलाई बताउनुभयो।
विभिन्न नेपाली परिकार ,मनोरञ्जनात्मक कार्यक्रम, आरामदायी बासको सम्पूर्ण व्यवस्थासहितको पिकनिक कार्यक्रममा सहभागिता जनाउनका लागि कोरिया बासि नेपा...
३ चैत्र २०८१, सोमबार ०९:५०३ चैत्र २०८१, सोमबार ०९:५०३ चैत्र २०८१, सोमबार ०९:५० by एलिनाNo Comments
विशाल आवाज: दक्षिण कोरियाको बुसान स्थित सक्रिय जातीय संस्था तामाङ घेदुङ दक्षिण कोरिया, ख्यङसाङ बुसान शाखाको ऐतिहासिक पाँचौं अधिवेशन अप्रिल ६ मा हुने भएको छ।
"भाषा,कला,संस्कार र संस्कृति हाम्रो शान,विश्व भरिको तामाङ एकता हाम्रो अभियान" भन्ने मुल नाराका साथ २०१८ मा स्थापना भएको नेपाल तामाङ घेदुङ दक्षिण कोरिया ख्याङसाङ् बुसान शाखाले आफ्नो आफ्नो संस्थाको ऐतिहासिक पाँचौं अधिवेशन आउने अप्रिल ६ तारिख आइतबारका दिन ख्याङ्नाम क्षेत्र किम्हे शहरको न्यू लिटल इन्डिया रेस्टुरेन्टको सभा हलमा गर्ने भएको हो।
सांस्कृतिक,खेलकुद लगायत , विभिन्न मनोरञ्जनात्मक सामजिक कार्यहरु गर्दै आएको घेदुङ शाखाले आफ्नो स्थापना कालदेखि नै निरन्तर रुपमा विभिन्न समस्यामा परि बस्ने दिदिबहिनी हरुलाई मध्यनजर गरि "नाना आङा धिम"(आवास गृह) संचालन गर्दै आएको छ। यसैगरी संस्थाले नेपाल लगायत दक्षिण कोरियामा विभिन्न संघसंस्थाको सहक...
३ चैत्र २०८१, सोमबार ०१:४३३ चैत्र २०८१, सोमबार ०१:४३३ चैत्र २०८१, सोमबार ०१:४३ by एलिनाNo Comments
सनातन साहित्य संगीत साधना समूह (पाँच स) दक्षिण कोरियाको आयोजनामा मार्च १६ तारिखका दिन हानगाङमा भएको होली महोत्सव २०२५ मा केही समूहले प्रधानमन्त्री केपी ओली लक्षित नाराबाजी गरेपछि सोबारे घोर आपत्ति र भत्सर्ना जनाउँदै नेकपा एमाले प्रवास संगठन प्रवासी नेपाली मञ्च दक्षिण कोरियाले प्रेस विज्ञप्ति निकाल्दै गतिविधिमा संलग्नलाई कारबाहीको दायरामा ल्याउन माग गरेको छ।
दक्षिण कोरियाका लागि नेपाली राजदूत शिवमाया तुम्बाहाम्फेको प्रमुख अतिथ्यतामा आयोजित कार्यक्रममा औपचारिक कार्यक्रमको समापन पश्चात अनौपचारिक (सांस्कृतिक) कार्यक्रमको कार्यक्रमको मर्मविपरीत केही युवाहरूको समूहले प्रधानमन्त्री केपी ओलीको विरुद्ध नाराबाजी गरेका थिए।लोकतन्त्रमा सभ्य भाषामा र उपयुुक्त ठाउँमा बिरोध गर्ने अधिकार संबिधानले सुनिस्चित गरेको छ ।यसको मतलब यो होइन अराजकता लाई छुट । हिजो पाँच स कोरिया द्वारा आयोजित होलि कार्यक्रम के...
२ चैत्र २०८१, आईतवार १५:०२२ चैत्र २०८१, आईतवार १५:०२२ चैत्र २०८१, आईतवार १५:०२ by विशाल श्रेष्ठNo Comments
सनातन साहित्य संगीत साधना समूह (पाँच स) दक्षिण कोरियाको आयोजनामा मार्च १६ तारिखका दिन हानगाङमा भएको होली महोत्सव २०२५ मा केही समूहले प्रधानमन्त्री केपी ओली लक्षित नाराबाजी गरेपछि सोबारे घोर आपत्ति जनाउँदै आयोजक संस्थाले प्रेस विज्ञप्ति निकालेको छ।
दक्षिण कोरियाका लागि नेपाली राजदूत शिवमाया तुम्बाहाम्फेको प्रमुख अतिथ्यतामा आयोजित कार्यक्रममा औपचारिक कार्यक्रमको समापन पश्चात अनौपचारिक (सांस्कृतिक) कार्यक्रममा कार्यक्रमको मर्मविपरीत केही युवाहरूको समूहले प्रधानमन्त्री केपी ओलीको विरुद्ध नाराबाजी गरेका थिए। कार्यक्रमको मर्म विपरीत सो समूहले गरेको आपत्तिजनक गतिविधि प्रति संस्थाको प्रत्यक्ष एवं अप्रत्यक्ष रुपमा कुनै पनि भूमिका नरहेको प्रष्ट पार्दै आयोजक संस्थाले विज्ञप्ति निकाली उक्त गतिविधिलाई सामाजिक सञ्जालमा अतिरञ्जित नगरिदिनुहुन र अपलोड गरिएको भिडियो सामग्री हटाइदिन अनुरोध समेत गरेको छ।
...
३० फाल्गुन २०८१, शुक्रबार १२:४८३० फाल्गुन २०८१, शुक्रबार १२:४८३० फाल्गुन २०८१, शुक्रबार १२:४८ by एलिनाNo Comments
दक्षिण कोरियाबाट नेपाल पैसा पठाउदा 1 करोड Won जित्न यही वर्षको मार्च महिनाभरि रहेको छ। Fonemoney रेमिटयान्सबाट बैंक , क्यास वा वालेटमा पैसा पठाउने मध्येबाट १ जना कोरियामा करोडपति बन्नेछन।
यसको लागि Fonemoney एप प्रयोग गरेर नेपाल पैसा पठाउनु पर्ने छ। Fonemoney साथमा 1 करोड हातमा योजना अन्तर्गत दक्षिण कोरियाबाट पैसा पठाउने मध्येबाट यो छनौट गरिनेछ।
Fonemoney मा ३३ जनाले पाए पैसा डबल
Fonemoneyको हरेक हप्ता पैसा डबल योजना अन्तर्गत अहिले सम्म ३३ जनाको पैसा डबल भएको छ। जसको घोषणा हरेक हप्ता सोमबार Fonemoneyले फेसबुक लाईभ मार्फत जानकारी गराउदै आएको छ । ७ दिनमा पैसा डबल हुने यो योजना पनि मार्च महिनाभरि रहनेछ ।
दक्षिण कोरियामा Fonemoneyले छोटो समयका नेपालीहरको रोजाईमा परेको छ । Fonemoneyको Device Detector सिस्टमको कारणले पनि यसको विश्वसनियता बढदै गएको छ ।
Fonemoney रिफर गर्नेलाई पन...
२७ फाल्गुन २०८१, मंगलवार ०७:१०२७ फाल्गुन २०८१, मंगलवार ०७:१०२७ फाल्गुन २०८१, मंगलवार ०७:१० by एलिनाNo Comments
नेपाली विद्यार्थीहरूको हकहित र न्यायको लागि २ दशक देखी लड्दै आएको संस्था Society of Nepalese Students in Korea-SONSIK ले दक्षिण कोरिया नेपाली राजदूत महामहिम डा. शिवमाया तुम्बाहाम्फेसँग आइतबारका दिन फलदायी र महत्त्वपूर्ण छलफल गरेको छ।
दक्षिण कोरियाको सिओलस्थित नेपाली दूतावासमा सम्पन्न भएको बैठकमा डेपुटी चिफ अफ मिसन श्री जिनिम अधिकारीको पनि विशेष सहभागिता रहेको थियो। बैठक बाट SONSIK र नेपाली दूतावासबिचको सम्बन्धलाई थप मजबुत बनाउने दिशामा एक महत्त्वपूर्ण कदम चालेको बताइको छ। दुवै पक्षले कोरियामा रहेका नेपाली विद्यार्थीहरूलाई आगामी दिनमा अझ कसरी सशक्त बनाउने तथा उनीहरूले भोग्दै आएका समस्याहरूलाई कसरी सक्दो छिटो समाधान दिने भन्ने उपायहरूबारे विस्तृत छलफल भएको संस्थाका सचिव किरण सुवालले बताउनु भएको छ।
मुख्य छलफल भएका विषयहरु:
Consultancy सम्बन्धी समस्या:
बैठकमा नेपालका क...
२६ फाल्गुन २०८१, सोमबार १२:३८२६ फाल्गुन २०८१, सोमबार १२:३८२६ फाल्गुन २०८१, सोमबार १२:३८ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज: नेपाली राजदूतावास दक्षिण कोरियाको आयोजना र नेपाली सम्पर्क समिति बुसानको सहआयोजनामा यही मार्च २६ तारिखका दिन किम्हे बुसानमा श्रमिक अभिमुखीकरण तथा सचेतना कन्सुलर सेवा प्रवाह सम्बन्धी अन्तरक्रिया कार्यक्रम साथमा राहदानी नवीकरण सेवा हुने भएको छ।
नेपाली राजदूतावासले कोरियामा रहनुभएका नेपाली सम्पूर्ण नागरिकहरूलाई सहज र सरल रुपमा सेवा प्रवाह गर्ने उद्देश्यले विभिन्न समयमा विभिन्न ठाउँहरूमा राहधानी र कन्सुलर घुम्ती शिविर तथा श्रमिक सचेतना कार्यक्रम गर्दै आइरहेको छ। सोही कार्यक्रमलाई निरन्तरता दिँदै यही आउँदो मार्च १६ तारिख का दिन नेपाली राजदूतावासका आयोजना तथा नेपाली सम्पर्क समिति बुसान शाखाको सहकार्यमा बुसानको किम्हे शहर स्थित 3F,Garakro 95,Gimhaesi,Gyeongnam मा घुम्ती शिविर तथा श्रमिक सचेतना कार्यक्रम आयोजना गरिने भएको हो।
नेपाली राजदूतावास सियोलले एक सूचना जारी गर्दै राहदानी र...
२५ फाल्गुन २०८१, आईतवार १३:३३२५ फाल्गुन २०८१, आईतवार १३:३३२५ फाल्गुन २०८१, आईतवार १३:३३ by एलिनाNo Comments
दक्षिण कोरियामा रहेको नेपाल आदिवासी जनजाति महासंघको अगुवाइमा महासङ्घ सँग आबद्ध जातीय संस्थाहरू तथा सम्बन्ध सङ्घ संगठनहरूले नेपालमा भइरहेको मुक्कुमलुङ केवलकार परियोजना सम्बन्धी विवाद र त्यसै क्रममा भएको हस्तक्षेप तथा दमनको विरोधमा आइतबारका दिन दक्षिण कोरियाका लागि नेपाली राजदूत समक्ष ज्ञापनपत्र बुझाएका छन्।
आइतबारका दिन नेपाली राजदूतावास, दक्षिण कोरियाका महामहिम राजदूत डा. शिवमाया तुम्वाहाम्फे समक्ष, ताप्लेजुङको मुक्कुमलुङ(पाथिभरा)मा निर्माणाधीन केवलकार परियोजनासँग सम्बन्धित विवाद र शान्तिपूर्ण आन्दोलनमा राज्यपक्षद्वारा गरिएको दमन विरुद्ध नेपाल आदिवासी जनजाति महासंघ, दक्षिण कोरियाको अगुवाइमा, महासंघ आबद्ध जातीय संस्थाहरू तथा सम्बद्ध संस्थाहरूले संयुक्त रूपमा दूतावास पुगेर ज्ञापन पत्र बुझाएका हुन्। साथै, सोही अवसरमा केही समयअघि आत्महत्याद्वारा मृत्यु भएका तुलसी पुन मगरको प्रकरणमा पनि सो ...