Advertisement
Advertisement

कोरिया होलि महोत्सवको उच्छृङ्खल घटनाको गतिविधिमा संलग्नलाई  कारबाहीको माग गर्दै ONF को विज्ञप्ति,

Advertisement
Advertisement

सनातन साहित्य संगीत साधना समूह (पाँच स) दक्षिण कोरियाको आयोजनामा मार्च १६ तारिखका दिन हानगाङमा भएको होली महोत्सव २०२५ मा केही समूहले प्रधानमन्त्री केपी ओली लक्षित नाराबाजी गरेपछि सोबारे घोर‌ आपत्ति र भत्सर्ना जनाउँदै नेकपा एमाले प्रवास संगठन प्रवासी नेपाली मञ्च दक्षिण कोरियाले प्रेस विज्ञप्ति निकाल्दै गतिविधिमा संलग्नलाई कारबाहीको दायरामा ल्याउन माग गरेको छ।

दक्षिण कोरियाका लागि नेपाली राजदूत शिवमाया तुम्बाहाम्फेको प्रमुख अतिथ्यतामा आयोजित कार्यक्रममा औपचारिक कार्यक्रमको समापन पश्चात अनौपचारिक (सांस्कृतिक) कार्यक्रमको कार्यक्रमको मर्मविपरीत केही युवाहरूको समूहले प्रधानमन्त्री केपी ओलीको विरुद्ध नाराबाजी गरेका थिए।लोकतन्त्रमा सभ्य भाषामा र उपयुुक्त ठाउँमा बिरोध गर्ने अधिकार संबिधानले सुनिस्चित गरेको छ ।यसको मतलब यो होइन अराजकता लाई छुट । हिजो पाँच स कोरिया द्वारा आयोजित होलि कार्यक्रम केही अराजक ब्यक्तिहरुद्वारा गरिएको हर्कत भत्सर्ना योग्य छ भन्दै प्रबासी नेपाली मन्च दक्षिण कोरियालाई यस्ता हर्कत हरु कुनैपनी बाहानामा पाच्य नहुनी विज्ञप्तिमा जनाइएको छ। कुनैपनी कार्यक्रम आयोजना गर्दा त्यो कार्यक्रम को जवाफदेहीता आयोजक संग हुनेभएकाले आगामी दिनमा सचेत रहन र नदोहोर्‍याउन विज्ञप्ति मार्फत जोडदार अपिल समेत गरेको छ ।

विज्ञप्तिमा यस्तो लेखिएको छ:

समानता, स्वतन्त्रता र न्यायको निम्ति नेपाली जनताको बलिदानीपूर्ण सङ्घर्षबाट नेपालमा २४० वर्षिय राजतन्त्रको अन्त्य हुँदै संविधान सभाबाट नेपालको संविधान, २०७२ ले गणतन्त्र, सङ्घीयता, धर्म निरपेक्ष राज्य, लोकतन्त्र, समावेशितालाई स स्थागत बनाएको सर्वविदितै छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्ष राज्य, समानुपातिक समावेशी राज्य व्यवस्था कार्यान्वयनको दिशा सहित नेपाल स्थायी शान्ति र समृद्धिको उज्यालो किरण बोकेर अघि बढिरहेको छ। तथापि पछिल्लो समय मुलुकको अमन चयन र शान्ति खलबल्दाउँदै देशमा सामाजिक द्वन्द निम्त्याउन उद्दत केही मुलुक समृद्धिविरोधी, राष्ट्रविरोधी, संविधानविरोधी, पुरातन पन्थी, एकल जातीय सर्वसत्तावादी तथा गणतन्त्रविरोधी तत्वहरु ले सामाजिक स ञ्जालहरु मा र नेपालको राजधानी सहितका बिभिन्न स्थानमा लोकतन्त्र विरोधी हर्कत प्रस्तुत गरिरहेको विषय सबैलाई ज्ञात छ । यही शिलशिलामा यी अराजक तत्वहरु बाट आज सन् २०२५ मार्च १६ तारिखका दिन दक्षिण कोरियाको राजधानी सौलमा अवस्थित पवित्र नदी हाङगाङ किनार मा समग्र नेपाल र नेपाली राष्ट्रियताको धज्जी उडाउँदै गरिएको हर्कत र नारा जुलुश प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। हिन्दू धर्मावलम्बी तथा नेपालीहरु को राष्ट्रिय पर्व होली मनाउने भनेर सनातन साहित्य सङ्गीत साधना समुह (पाँच-स) ले आयोजना गरेको “होली उत्सव कार्यक्रममा मुलुकको प्रधानमन्त्री केपी शर्मा ओली प्रति लक्षित गरेर असभ्य र अराजक नारा लगातार लगाएको घटना प्रति हाम्रो गम्भीर असहमति रहेको छ । लोकतन्त्रमा आफ्नो असहमति र असन्तुष्टीहरु लाई उचित ठाउँमा उचित तवरबाट राख्न पाउने हक जोकोहीलाई छ । तर हिन्दू धर्मावलम्बी तथा नेपालीहरु को राष्ट्रिय पर्व होली मनाउने भनेर कार्यक्रम आयोजना गरी विदेशी भूमिमा आ फ्नो मुलुकको प्रधानमन्त्री माथि लगातार गाली जन्य शब्दमा अराजक नारा लगाईनु राष्ट्रियता, गणतन्त्र र नेपाली धार्मिक सांस्कृतिक मान्यतामाथि प्रहार गरिएको हाम्रो ठहर रहेको छ। आज भएको ई तमाम घटनाक्रमका बारेमा आयोजक पक्षबाट हामी स्पष्ट जवाफ चाहन्छौं। साथै आफ्नै मुलुकको प्रधानमन्त्री माथि प्रवासी भूमिमा गालीजन्य नारा लगाई राष्ट्रिय एकता कमजोर पार्न उद्दत तत्व र समग्र राष्ट्रकै बेईज्जत गराउने समुहहरु लाई पहिचान गरी उपयुक्त कारवाही वा कारवाहीको सिफारिस गर्न गराउन कोरियामा अवस्थित नेपाली दुतावास तथा नेपाल सरकारको सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउँदछौं। यसरी खुलेआम संविधान, गणतन्त्र, धर्म निरपेक्षता र राष्ट्रियताको अहित चाहने तत्वहरु को हर्क तलाई नजरअन्दाज गरिए हामी प्रवासी नेपाली मञ्चमा आबद्ध सचेत नेपाली नागरिकहरु संसारको जुनसुकै ठाउँबाट भए पनि उचित जवाफ दिन तयार रहेको कुरा जाहेर गर्दछौं ।

 कार्यक्रमको मर्म विपरीत सो समूहले गरेको आपत्तिजनक गतिविधि प्रति संस्थाको प्रत्यक्ष एवं अप्रत्यक्ष रुपमा कुनै पनि भूमिका नरहेको प्रष्ट पार्दै आयोजक संस्थाले विज्ञप्ति निकाली उक्त गतिविधिलाई सामाजिक सञ्जालमा अतिरञ्जित नगरिदिनुहुन र अपलोड गरिएको भिडियो सामग्री हटाइदिन अनुरोध गर्दै आयोजक संस्थाले हिजो राती नै विज्ञप्ति निकालि सकेको छ ।

कोरिया होलि महोत्सवको उच्छृङ्खल घटनाको गतिविधिमा संस्थाको असंलग्नता, आयोजकले निकाले विज्ञप्ति 

 

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
2
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Jak se liší bonusy za vklad kartou od bankovního převodu?

Jak se liší bonusy za vklad kartou od bankovního převodu?Přemýšlíte, jaký typ vkladu si vybrat při registraci na online kasinu neb...

SlotRave Withdrawal to a New Payment Method

Contents1. Preparing for Your SlotRave Withdrawal2. A Step-by-Step Withdrawal Process3. Understanding Withdrawal Timelines and Lim...

Magius Server Stability: Uptime and Outages

Spis treściWskaźnik czasu działania (Uptime) platformy MagiusPlanowane przerwy techniczne i aktualizacjeNajczęstsze przyczyny niep...

Ochrana před dezinformacemi a phishingem při hraní Chance Casino

Ochrana před dezinformacemi a phishingem při hraní Chance CasinoAhoj, jmenuji se Jan Novák a rád bych vám přiblížil online casino ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×