विशाल श्रेष्ठ/दक्षिण कोरिया: “मनोरञ्जन स्वास्थ्य जीवनको लागि खेलकुद” भन्ने मूल नाराका साथ यहि आउदो सेप्टेम्बर १ तारिखका दिन ह्वासङमा धरान एफ.सिले “BUDHA SUBBA FUTSAL CUP-2024” आयोजना गर्ने भएको छ।
प्रतियोगितामा विजेता टिम र उपविजेता टिमलाई आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः ३५ लाख र २० लाख कोरियन वोन प्रदान गरिने र अन्य विधातर्फ खेल अवधिभरको उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर , हाइ गोल स्कोरर लाइ जनही १/१ लाख कोरियन वोन सहित मेडल, ट्रफी र प्रमाण पत्र प्रदान गरिनेछ।
आयोजकका अनुसार टीम दर्ता गर्न KB Bank 국민은행 को खाता नम्बर 547202011847090मा RAI SARAN को खातामा अगस्ट २५ तारिख सम्ममा टीम दर्ता शुल्क : ३ लाख ५० हजार वन ट्रान्सफर गरेर टिम दर्ता गर्न सक्ने बताइएको छ।
धरान एफ सी द्वारा आयोजना गरिने उक्त प्रतियोगिता नेपाल फुटबल महासंघ दक्षिण कोरिया सँगको सहकार्यमा रहने हुद...
९ श्रावण २०८१, बुधबार ०६:४०९ श्रावण २०८१, बुधबार ०६:४०९ श्रावण २०८१, बुधबार ०६:४० by एलिनाNo Comments
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त भएको सौर्य एअरलाइन्सको जहाजबाट १८ जनाको शव निकालिएको छ ।
नेपाली सेनाका अनुसार जहाजभित्र १९ जना रहेकामा १८ जनाको शव निकालिएको हो । क्याप्टेन मनिष शाक्यलाई उद्धार गरी अस्पताल लगिएको छ । उहाँको टाउकोमा चोट छ ।
आज बिहान ११ बजेतिर पोखरा उड्ने क्रममा सौर्य एअरलाइन्सको जहाज धावनमार्ग छाडिसकेपछि भुइँमा बजारिएको हो । भुइँमा बजारिएपछि जहाजमा आगो लागेको छ । अहिले उद्धारको काम भइरहेको छ ।
via:ekantipur...
८ श्रावण २०८१, मंगलवार १२:१३८ श्रावण २०८१, मंगलवार १२:१३८ श्रावण २०८१, मंगलवार १२:१३ by विशाल श्रेष्ठNo Comments
बिशाल आवाज: दक्षिण कोरियाको गजेदोमा रहेको लुम्बिनी रेष्टुरा गजेमा जुलाइ २० र २१ तारिख आयोजना गरिएको प्रथम लुम्बिनी क्यारमबोर्ड टुर्नामेन्ट-२०२४ सम्पन्न भएको छ।
सुरेश लिम्बु एम्पायर रहेको टुर्नामेन्टमा ३४ जना खेलाडी सहभागी सहभागि थिए । खचाखच दर्शकहरुको बिचमा भएको टुर्नामेन्टको फाइनलमा बिकेश दाहाल र खुशीराम चौधरी पुगेका थिए भने फाइनल खेल २१ तारिक समय अभाबको कारण २२ तारिख सोमबार खेलाइएको थियो । बेस्ट अफ थ्रीको आधारमा खेलाइएको फाइनल खेलमा बिकेश दाहालले खुशीराम चौधरी लाई २-० ले पराजित गरी टुर्नामेन्ट जित्न सफल भएका थिए। टुर्नामेन्टको बिजेता
ले ५ लाख वनको चेक र ट्रफी यसैगरी उपबिजेताले ३ लाख वनको चेक र ट्रफी प्राप्त गरेका थिए ।
विजेता र उपविजेता लाई नेपाल आदिवासी जनजाति महासंघ बुसानका महासचिव जय राइ ले खादा ओढाएर चेक हस्तान्तरण गर्नु भएको थियो भने नगद र ट्रफी लुम्बिनी रेष्टुराका सन्चा...
५ श्रावण २०८१, शनिबार १०:२३५ श्रावण २०८१, शनिबार १०:२३५ श्रावण २०८१, शनिबार १०:२३ by विशाल श्रेष्ठNo Comments
बोम्जन गुरुङ/ बिशाल आवाज : बढ्दो फुटबल क्रेजलाई मध्यनजर राख्दै ३५ वर्ष पार गरेका नेपाली खेलाडीहरुको माग र चाहना बमोजिम आन्यङ्ग एफसी उल्सानले यही जुलाई २८ तारिक कोरियाको 울산 울주군 두서면 서하천전로 76 화랑체육공원 मा "फर्स्ट अन्याङ ब्रदरहुड भेटेरन फुटसल कप २०२४" को आयोजना गर्ने भएको छ ।
प्रतियोगितामा विजेता टिम र उपविजेता टिमलाई आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः १४ लाख र ७ लाख कोरियन वोन प्रदान गरिने छ । अन्य विधातर्फ प्रतियिगोगिता अवधिभरको सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक र अनुशासित खेलाडीलाई ट्रफी, मेडल र प्रमाणपत्र सहित ५०/ ५० हजार कोरियन वोन सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने खेल संयोजक भुवन राक्क्ष्यले जानकारि दिए ।
सोही अवसरमा Lucky Draw Event को आयोजना गरिएको र पहिलो मेडल र प्रमाणपत्रको साथमा प्रथम पुरस्कारको रुपमा २ लाख पचास हजार र द्वितीय पुरस्कारको रुपमा ...
४ श्रावण २०८१, शुक्रबार ०८:४२४ श्रावण २०८१, शुक्रबार ०८:४२४ श्रावण २०८१, शुक्रबार ०८:४२ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज: ख्याङ्जु नेपाली एकता समाज दक्षिण कोरियाको जुलाई २० र २१ तारिक हुने बृहत् भेटघाट एवं वनभोज कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको छ ।
“भेटघाट भाईचारा आपशी सम्बन्धमा बृदि ” भन्ने मूल नाराका साथ सक्रिय ख्याङ्जु नेपाली एकता समाजले जुलाई २० र २१ तारिख शनिबार र आइतबारका दिन 경주시 양남면 수령리 246-4 번지 시인관바다 편선 मा दुई दिने बृहत् भेटघाट एवं वनभोज कार्यक्रम २०२४ आयोजना गर्नेभएको हो। विभिन्न नेपाली परिकार ,मनोरञ्जनात्मक कार्यक्रम, आरामदायी बासको सम्पूर्ण व्यवस्थासहितको पिकनिक कार्यक्रममा सहभागिता जनाउनका लागि पुरुषको लागि १ लाख वन र महिलाको लागि ८० हजार वन प्रवेश शुल्क तोकिएको छ। प्रवेश RAJU POKHREL को 경남 BANK मा रहेको खाता नम्बर 2070156798501 मा ट्रान्सफर गर्नुपर्नेछ। वनभोज कार्यक्रम स्थलसम्म पुग्नको लागि निःशुल्क बसको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ।
कोरियामा रहेर विभिन्न पेशा व...
३ श्रावण २०८१, बिहीबार ०७:२३३ श्रावण २०८१, बिहीबार ०७:२३३ श्रावण २०८१, बिहीबार ०७:२३ by एलिनाNo Comments
साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक दुई वर्ष ३ महिनाअघिको विन्दुमा प्रवेश गरेको छ ।
नेप्से परिसूचक २४०० विन्दू माथि पुगेको छ । बुलिस ट्रेण्ड समातेको बजारमा बिहीबार कारोबार सुरु भएको २६ औ मिनेटमा २४०० को उचाई चुमेको हो ।
अहिले बजार केही करेक्सन भई अगाडि बढेको छ । यो समाचार तयार पार्दासम्म ३५.३८ अंकले बढेर २४०० को विन्दूमा बजार घुमिरहेको छ ।
कारोबार रकम पनि कारोबार शुरुवात भएको गेढ घण्टामै ५ अर्ब रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको भइसकेको छ । असार १५ गतेदेखि बजार निरन्तर बढीरहेको छ ।कतिपय लगानीकर्ताले यतिबेला बुल रनमा प्रवेश गरेको बताउन थालेका छन् । नेपाल राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीति पनि ल्याउँदै छ ।
आँखु खोला जलविद्युत कम्पनी, उपकार लघुवित्त र मेरो माइक्रोफाइनान्सको सेयरमूल्यमा अपर सर्किट समेत लागिसकेको छ र यो समाचार तयार पार्दाको समयसम्ममा ७ वटा कम...
२ श्रावण २०८१, बुधबार ०९:५६२ श्रावण २०८१, बुधबार ०९:५६२ श्रावण २०८१, बुधबार ०९:५६ by एलिनाNo Comments
साताको चौथो कारोबार दिन बुधबार पनि बजार उच्च अंकले बढेको छ । यो दिन बजार ५४.०४ अंकले बढेर २ हजार ३६४.६३ विन्दुमा आइपुगेको छ ।
यो दिन ३०६ वटा कम्पनीको ३ करोड २० लाख ९५ हजार कित्ता शेयर कारोबार हुँदा १२ अर्ब रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । अघिल्लो कारोबार दिन मंगलबार भने ९ अर्बभन्दा माथि कारोबार भएको थियो ।
यस दिनको कारोबार रकम करिब ३५ महिनायताकै उच्च हो। यस अघि २०७८ भदौ १५ गते १३ अर्ब १६ करोडभन्दा बढीको शेयर कारोबार भएको थियो। यसपछि यो दिन नै १२ अर्ब भन्दा बढीको शेयर कारोबार भएको हो ।यो दिन राम्रा र बलिया कम्पनी मापक सूचक सेन्सेटिभ इन्डेक्स पनि १०.२५ अंकले बढेर ४१९.७७ विन्दुमा पुगेको छ ।यो दिन ३०६ वटा कारोबार भएका कम्पनीहरुमध्ये २०४ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ३२ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी ६ वटा कम्पनीको शेयरमूल्य स्थिर छ ।
यो दिन सर्वाधिक कारोबार हुने कम...
३२ असार २०८१, सोमबार ११:३०३२ असार २०८१, सोमबार ११:३०३२ असार २०८१, सोमबार ११:३० by विशाल श्रेष्ठNo Comments
बिशाल आवाज : ख्यङ्साङ्नाम्दो किम्हे युनाईटेड महिला एफ सी ,नेपाल महिला फुटबल परिवार सेतो लाई २-० ले पराजित गर्दै दक्षिण कोरियाको दक्षिणी भाग किम्हेमा आयोजित “प्रथम गिम्हे युनाइटेड महिला फुटसल कप” चुम्न सफल भएको छ।
“विदेशी भूमिमा सङ्घर्षको क्रममा, रमाउ हामी फुट्सलको गोलमा। दक्षिण कोरियामा रहेर खेल दौरान घाइते खेलाडी उद्धार सहयोगार्थ” किम्हेमा गिम्हे युनाइटेड एफ.सिले आयोजना गरेको “प्रथम गिम्हे युनाइटेड फुटसल कप” मा यसपाली ३ महिला टिम पनि सहभागि रहेको थियो । ख्यङ्साङ्नाम्दो किम्हे युनाईटेड महिला एफ सी सहित नेपाल महिला फुटबल परिवार सेतो र नेपाल महिला फुटबल परिवार निलो गरी ३ टिम सहभागि प्रतियोगितामा सेतो ले बाइ पाएर सिधै फाइनलमा प्रवेश गरेको थियो । यसैगरी किम्हे युनाईटेड महिला एफ सी र नेपाल महिला फुटबल परिवार निलो बिच भएको सेमिफाइनलमा किम्हे युनाईटेड महिला एफ सी का जर्सी नम्बर १४ को खेलाडी डो...
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो शपथग्रहणसँगै २२ सदस्यीय मन्त्रिपरिषदको गठन गरेका छन् । उनको मन्त्रिपरिषदमा दुई उपप्रधानमन्त्री र १९ जना मन्त्रीहरू रहेका छन् ।
मन्त्रिपरिषदमा कांग्रेस र एमाले सहित ४ वटा दलको प्रतिनिधित्व रहेको छ । कांग्रेसबाट १० जना, एमालेबाट ८ जना, जसपा नेपालबाट २ जना, लोसपाबाट एक जना मन्त्री बनेका छन् ।
यस्तो छ ओली क्याबिनेट
प्रकाशमान: उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री
विष्णु पौडेल: उपप्रधानमन्त्री तथा अर्थमन्त्री
पृथ्वी सुब्बा गुरुङ: सञ्चारमन्त्री
रमेश लेखक: गृहमन्त्री
शरदसिंह भण्डारीः श्रम, रोजगार तथा सामाजिक सुरक्षा
डा. आरजु देउवा : परराष्ट्रमन्त्री
प्रदीप यादव: खानेपानीमन्त्री
बलराम अधिकारीः भूमि व्यवस्था मन्त्री
दामोदर भण्डारीः उद्योग मन्त्री
नवलकिशोर शाहः महिला तथा बालबालिकामन्त्री
देवेन्द्र दाहालः भौतिक पूर्वाधा...
२४ असार २०८१, आईतवार ११:०५२४ असार २०८१, आईतवार ११:०५२४ असार २०८१, आईतवार ११:०५ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज:खोर्यङ नेपाली समाज दक्षिण कोरिया ले यही आउदो छुसकको अवसर पारेर ख्यङसाङबुक्दो थेगुमा “छुसक नाइट डान्स पार्टी-२०२४” आयोजना गर्ने भएको छ।
थेगुको खोर्यङ थेगु मा रहेको नेपाली हरु मिलि स्थापना गरेको खोर्यङ नेपाली समाज दक्षिण कोरियाले थेगुको बान्वल्दाङ स्थित AU CLUB मा कोरियन तथा नेपाली डिजे सहित नाइट डान्स पार्टि गर्ने भएको हो।थेगु तथा ख्यङबुक वरपर हाल धेरै नेपाली दाजुभाई तथा दिदिबहिनीहरुको बाक्लो उपस्थिति हुने तथा यहां रहेका धेरै संघसंस्थाहरुको अन्य कुनैपनि किसिमको कार्यक्रम नरहेको कुरालाइ मध्यनजर गर्दै सो कार्यक्रम आयोजना गरेको समाजका अध्यक्ष छोनाम लामाले जानकारी गराउनु भएको छ।
थेगु वरपर रहेका नेपाली दाजुभाईदिदिबहिनीहरुको बर्ष भरिको कामको चाप थकान तथा मानसिक तनाबलाई साथिभाईहरुको भेटघाटमा रमाइलो गरेर बिताउन भनेर सो कार्यक्रम राखिएको लामाले बताउनु भएको छ। यसरी धेरै साथिभाईहरु भेटघ...