विशाल आवाज: कोरियन नयाँ वर्ष सलनालको अवसरमा मा “महिला सेल्टर शुम्निमा खिम सहयोगार्थ” सेवा इन्टरटेन्मेन्ट दक्षिण कोरिया द्धारा फेब्रुअरी १० तारिख राति किम्हेमा आयोजना हुने सलनाल डान्स पार्टी को सम्पूर्ण तयारी पुरा भएको छ।
दक्षिण कोरियाको बुसानमा रहेका किरात राइ समुदायका नेपाली हरु मिलेर स्थापित किरात राई यायोक्खा दक्षिण कोरिया बुसान साखाको सहकार्यमा सेवा इन्टरटेन्मेन्टले यस अघि पनि विभिन्न सामाजिक कार्यका साथ साथै यस्तै कार्यक्रम हरु पनि सफलताको साथमा सम्पन्न गरिसकेको छ।फेब्रुअरी १० तारिख बेलुकी ८ बजे देखि बिहान ४ बजे सम्म किम्हे स्थित 김해시 거야로 202 (태평포시즌 101) मा हुने कार्यक्रममा 𝐃𝐉 𝐒𝐁𝐃,𝐃𝐉 𝐂 𝐦𝐚𝐧 को साथ साथै गायक हेमन्त गुरुङ,अर्जुन सुब्बा,डान्सर तथा गायिका झुना गुरुङ,र्यापर प्रकाश गिरिको प्रस्तुती रहनेछ ।
"महिला सेल्टर शुम्निमा खिम सहयोगार्थ” आयोजना गरिएको सलनाल डान्स पार्टी को सम्पु...
१० माघ २०८०, बुधबार ११:५२१० माघ २०८०, बुधबार ११:५२१० माघ २०८०, बुधबार ११:५२ by विशाल श्रेष्ठNo Comments
विशाल श्रेष्ठ/दक्षिण कोरिया:राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, दक्षिण कोरिया शाखाको आयोजनामा यहिँ कोरियन नया बर्ष सलनालको अवसरमा “सलनाल धमाका २०२४” हुने भएको छ।
“हाम्रो अभियान,लोक संस्कृतिको संरक्षण,स्रष्टाको सम्मान नवप्रतिभाको प्रोत्साहन” भन्ने मूल नाराका साथ स्थापित राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल दक्षिण कोरिया शाखा द्वारा फेब्रुअरी ११ तारिख आइतबार सलनालको तेश्रो दिन सउलमा रहेको 서울특별시 낙원동 284-6 낙원상가 4 충 मा “सलनाल धमाका-२०२४” साथमा कोरियामै पहिलोपटक “मौलिक लोक गित गायन प्रतियोगिता २०२४” को फाइनल राउण्ड हुने भएको हो। नेपालको राष्ट्रिय चर्चित ख्याति प्राप्त गायिका शर्मिला गुरुङ, लोकदोहोरी मा एकछत्र राज गर्न सफल चर्चित गायक पशुपति शर्मा, युवराज छन्त्याल,सूर्य खड्का,श्रीधर अधिकारीको साथमा मिसेस नेपाल इन्टरनेसनल २०२३ बिजेता तथा डान्सर सीता सुवेदी र मोडेल तथा गायीका...
१० माघ २०८०, बुधबार १०:४२१० माघ २०८०, बुधबार १०:४२१० माघ २०८०, बुधबार १०:४२ by विशाल श्रेष्ठNo Comments
बिशाल आवाज :बागलुङ समाज दक्षिण कोरियाद्वारा सलनालको दोश्रो दिन हुने “धौलागिरी सांगितिक सौगात भाग -४” मा नेपाल बाट आउने अतिथी कलाकार हरु सबैको भिसा एप्रुभ भएको छ
प्रवासी भूमिमा भैपरि आउने समस्याहरु समाधान गर्नका लागि आपतकालीन राहत कोष स्थापनार्थ सलनालको दोश्रो दिन आयोजना हुन लागेको एनसिसी दक्षिण कोरिया अन्तर्गत गण्डकी प्रदेशको समन्वयमा बागलुङ समाज दक्षिण कोरियाको “धौलागिरी सांगितिक सौगात भाग-४” मा नेपाल बाट आमन्त्रित चर्चीत कलाकार राजेश पायल, प्रकाश दुतराज, बसन्त थापा,शान्ति श्री परियार, चर्चित हास्यकलाकार सुबोध गौतम(एदुमे), गायिका अनुपा थापा मगर,गायक राजेश बर्देवा लगायतका सात जना सम्पूर्ण कलाकार हरुको भिसा समयमै लागेको हो। यस अघी कोरियामा हुने बिभिन्न कार्यक्रमहरुको पोस्टरमा कलाकार हरुको तस्बिर हाल्ने तर अन्तिममा कलाकारको भिसा समयमै नलागेर कार्यक्रमनै क्यान्सिल हुने लगायत कलाक...
९ माघ २०८०, मंगलवार १३:२४९ माघ २०८०, मंगलवार १३:२४९ माघ २०८०, मंगलवार १३:२४ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज: नेपाल तामाङ खेदुङ बेथानचोक गाउँ कार्यसमिति ले आउँदो सोनाम ल्होछारको अवसरमा बेथानचोक ५ च्याल्टिमा माघ २३ गते बिहान ११ बजेदेखि ल्होसार बृहत सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ।
“भाषा धर्म संस्कृति जोगाब लाइ, ह्याङ्ला ल्होछार छर्ना लाइ” भन्ने मूल नाराको साथ मन्जुश्री संवत २८६० सोनाम ल्होछार डुक ल्हो(मु-पुख्री) सर्प वर्ग को शुभ उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा राष्ट्रिय कलाकारहरू र स्थानीय कलाकारहरूद्वारा बृहत सांस्कृतिक कार्यक्रम हुन लागिएको हो। बागमती प्रदेशको खानेपानी,उर्जा तथा सिँचाई मन्त्री माननीय तीर्थ बहादुर लामा प्रमुख अतिथिको रुपमा उपस्थित हुने कार्यक्रममा नेपाल तामाङ घेदुङ संघीय कार्यसमितिका अध्यक्ष मोहन गोले तामाङ लगायतका विशिष्ट अतिथि आउने आयोजकले जनाएको छ।
राष्ट्रिय कलाकारहरु बुद्दी तामाङ(हैट), वरिष्ठ सेलो गायिका इन्दिरा गोले गुरुङ,जितु लोप्चन, गायक प्रेम...
९ माघ २०८०, मंगलवार १२:३१९ माघ २०८०, मंगलवार १२:३१९ माघ २०८०, मंगलवार १२:३१ by विशाल श्रेष्ठNo Comments
विशाल श्रेष्ठ/दक्षिण कोरिया: बागलुङ समाज दक्षिण कोरियाद्वारा सलनालको दोश्रो दिन हुने “धौलागिरी सांगितिक सौगात भाग -४” बारेमा हालसम्मको कार्यक्रम तयारी बारे जानकारी दिन यहि आइतबार २८ तारिख सउलमा पत्रकार सम्मेलन हुने भएको छ।
प्रवासी भूमिमा भैपरि आउने समस्याहरु समाधान गर्नका लागि आपतकालीन राहत कोष स्थापनार्थ सलनालको दोश्रो दिन आयोजना हुन लागेको एनसिसी दक्षिण कोरिया अन्तर्गत गण्डकी प्रदेशको समन्वयमा बागलुङ समाज दक्षिण कोरियाको “धौलागिरी सांगितिक सौगात भाग-४” को पत्रकार सम्मेलन दोङ्देमुन स्थित दर्शन नमस्ते रेष्टुरेन्टको हलमा जनवरी २८ तारिख आइतबार का दिन हुने भएको हो।दक्षिण कोरियाको 서울시 노원구 황랑로 621(서울 여자 대학교) मा फेब्रुअरी १० तारिख दिउसो १२ बजे बाट हुने “धौलागिरी सांगितिक सौगात भाग-४” को तयारी हाल तिब्र गतिमा बढीरहेको छ।
चर्चीत कलाकार राजेश पायल राईको साथमा चर्चित गायक द्दय प्रकाश दुतरा...
८ माघ २०८०, सोमबार १३:५२८ माघ २०८०, सोमबार १३:५२८ माघ २०८०, सोमबार १३:५२ by विशाल श्रेष्ठNo Comments
कोरियामा अध्ययनरत नेपाली विद्यार्थीका लागी छात्रवृत्ति प्राप्त गर्ने अवसर
दक्षिण कोरियामा अध्ययन रत २ जना नेपाली विद्यार्थीका लागी छात्रवृत्ति आह्वान गरिएको छ ! नेपाली राजदूतावास दक्षिण कोरियाले आज सार्वजनिक गरेको एक सूचना अनुसार कोरियाको उजुङ शिक्षा तथा संस्कृति फाउन्डेशन ( woojung Education and culture foundation) ले स्नातकोत्तर तथा विद्यावारिधि अध्ययन रत विद्यार्थीका लागी छात्रवृत्ति आह्वान गरेको हो !
कोरियामा अध्ययन रत विद्यार्थी आफैले यो छात्रवृत्तिमा आवेदन गर्न सकिनेछ । छात्रवृत्ति बापत प्राप्त हुने रकम ट्युसन शुल्क तथा आफ्नो गास बासमा खर्च गर्न सकिनेछ ! यसमा आवेदन गर्न चाहने विद्यार्थीले न्यूनतम् बि ग्रेडभन्दा माथि अंक प्राप्त गरेको हुनुपर्नेछ भने, नेपाल सरकारको छात्रवृत्तिमा दक्षिण कोरिया आएका विद्यार्थीहरूले यसमा आवेदन गर्न पाउने छैनन् ! छात्रवृत्ति आवेदन गर्न चाहने विद्यार्...
८ माघ २०८०, सोमबार १३:४०८ माघ २०८०, सोमबार १३:४०८ माघ २०८०, सोमबार १३:४० by विशाल श्रेष्ठNo Comments
विशाल आवाज:नेपाल फुटबल महासङ्घ कोरिया को आइतबार सउलको दोङ्देमुन स्थित निक ट्राभल को हलमा सम्पन दोश्रो अधिबेशन बाट ब्रो तमुको अध्यक्षतामा १५ सदस्य कार्यसमिति चयन भएको छ।
"प्रबासी भुमीमा नेपाली फुटबलप्रेमीहरुको एकता र विकासको आवस्यकता " भन्ने मूल नाराका साथ स्थापित नेपाली फुटबल क्लबहरुको छाता सस्था नेपाल फुटबल महासंघ दक्षिण कोरियाको दोस्रो अधिबेसन तिन सदस्यिय निर्वाचन मण्डल कमिटिको सरोहरमा सम्पन्न भएको हो। केन्द्रिय अध्यक्ष ब्रो तमूको सभापतित्वमा राज थापाले सन्चालन गरेको अधिवेशन बाट पुन ब्रो तमुको अध्यक्षतामा दक्षिण कोरियामा रहेका सबै क्षेत्रलाई समेटेर १५ सदस्य कार्यसमिति चयन गरिएको हो। दोश्रो अधिबेशन वाट ब.उपाध्यक्षमा हेमन्त गुरुङ(ख्याङ्साङ्गनाम्दो क्षेत्र ),उपाध्यक्षमा बिक्रम गुरुङ(छल्लानाम्दो क्षेत्र), महासचिवमा राज थापा श्रेष्ठ (छन्छनबुक्दो क्षेत्र),सचिवमा निरज जंग कार्की (छल्लाबुक्...
७ माघ २०८०, आईतवार १०:०१७ माघ २०८०, आईतवार १०:०१७ माघ २०८०, आईतवार १०:०१ by विशाल श्रेष्ठNo Comments
विशाल श्रेष्ठ/दक्षिण कोरिया: सिन्धुपाल्चोक समाज, दक्षिण कोरियाको पाचौं अधिवेशन सलनालको दोश्रो दिन फेब्रुअरी १० तारिखका दिन बिहान ११ बजे सउलमा हुने भएको छ।
“आपसी सहयोग सद्भाव र सदाचार सिन्धुपाल्चोकबासी मिलन को आधार” मुल नारा लिएर सन् २०१४ मा कोरियामा रहेका सिन्धुपाल्चोक बासीहरू हरु मिलेर स्थापना भएको सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको चौथो कार्यसमिति को बैठकबाट समाजको पाचौ अधिवेशन 서울시 중구 마른내로146 7 층 서울 이여성상담센터 Dongdaemun History & Culture Park Station मा फेब्रुअरी १० तारिख शनिबारका दिन ११ बजे हुने निर्णय भएको हो।
नेपालबाट विभिन्न पेशा व्यवसाय तथा रोजगारीको शिलशिलामा दक्षिण कोरियामा रहेका सिन्धुपाल्चोक बासि हरु भइ सामाजिक कार्यहरु र आपतकालीन अवस्थाको लागि भनेर स्थापना भएको संस्थाले विभिन्न सामाजिक गतिबिधीहरुमा सक्रिय रुपमा नेपालमा र कोरियामा विभिन्न संघ सस्था हरु संग सहकार्य र समन्...
५ माघ २०८०, शुक्रबार ११:५७५ माघ २०८०, शुक्रबार ११:५७५ माघ २०८०, शुक्रबार ११:५७ by विशाल श्रेष्ठNo Comments
डियर इलिगल साथी ✍️उपेन्द्र ढुंगाना
तिम्लाई थाहा थियोनि हैन बिना भिषा अर्काको देशमा बस्नु गैह्रकानुनि हो भन्ने कुरा ? अनि योपनि थाहा थियोनि हैन म जुनसुकै बेलापनि समातिन सक्छु र मैले जुनसुकै बेलापनि , जस्तो अबस्थामापनि आफ्नो देश फर्कनुपर्ने हुनसक्छ भन्ने कुरा ? अनि फेरि किन बिलौना गर्छौ अध्यागमन बिभागको चार दिवारभित्रबाट ? तिम्लेत सदैब मानसिक रुपमा र आर्थिक रुपमा स्वदेश फर्काईन सक्ने दिनको निम्ति आफुलाई तैयार पारिराख्नुपर्थ्यो |
अं सांच्चि तिम्रो अबैधानिक बसाईं कति भो रे ? ६ कि ७ बर्ष ? यत्तिका बर्षमात राम्रै पैसा कमायौ होलानि ? कमायको भय चिन्ता किन ? बरु खुशि होउ किनकि यो बिदेश हो | यहांबाट पैसात के कतिपयलाई आफ्नै ज्यान सकुशल फिर्ता लियर जानपनि मुश्किल छ , तिमित सकुशल फर्कंदैछौनि हैन ?
के रे ! के रे ! ! पैसात कमाकै हो तर जोगाउन सकिंनरे ? उसोभय आफुले पैसा जोगाउन नसक्नुको कारण सहित ...
५ माघ २०८०, शुक्रबार ११:०३५ माघ २०८०, शुक्रबार ११:०३५ माघ २०८०, शुक्रबार ११:०३ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज :नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरिया, बुसान शाखाले ख्यङसाङनाम्दो क्षेत्रमा रहेका जातीय संस्थाहरूसँग “आपसी सहकार्य” विषय नामक बृहत अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ।
“विश्वका आदिवासी जनजातिहरू एक होऔ” ‘ मौलिक भाषा,धर्म, संस्कृति र परम्पराहरूको संरक्षण गर्दै आत्मसम्मान सहअस्तित्व र पहिचान प्राप्तिका निम्ति गोलबद्ध बनौ’ भन्ने मूल उद्देश्यका साथ स्थापित नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाको ख्यङसाङनाम्दो बुसान साखाले यहि फेब्रुअरी ४ तारिख आइतबारका दिन किम्हेमा रहेको लुम्बिनी रेष्टुरेन्टको सभाहलमा कार्यक्रम गर्ने भएको हो।ख्यङसाङनाम्दो क्षेत्रमा रहेका जातीय संस्थाहरु र नेपाल आदिवासी जनजाति महासंघ बुसान शाखा बिच आगामी दिनमा के कसरि अघि वढ्ने भनेर "आपसी सहकार्य" विषयक बृहत् अन्तरक्रिया कार्यक्रम गर्न लागेको अध्यक्ष परि गुरुङले बताउनुभयो।
नेपाल आदिवासी जनजाति महासंघ ...