विशाल आवाज: कास्की परिवार, दक्षिण कोरियाको जुलाई २०र २१तारिखको दिन 늘푸른캠프 मा हुने बृहत भेटघाट एवम् वनभोज कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको छ ।
“संगठित समूह नै परदेशको सहारा हो ” भन्ने मूल नाराका साथ दक्षिण कोरियामा सक्रिय कास्की परिवार, दक्षिण कोरियाले जुलाई २०र २१तारिख शनिबार र आइतबारका दिन 경기도 가평군 청평면 대성리 570-2 को 늘푸른캠프 मा दुई दिने बृहत भेटघाट एवम् वनभोज कार्यक्रम आयोजना गर्दैछ । विभिन्न नेपाली परिकार ,मनोरञ्जनात्मक कार्यक्रम, आरामदायी बासको सम्पूर्ण व्यवस्थासहितको पिकनिक कार्यक्रममा सहभागिता जनाउनका लागि पुरुषको लागि ९० हजार वन र महिलाको लागि ७० हजार वन तथा जोडीमा आउने हरुको लागि १ लाख ५० हजार वन प्रवेश शुल्क तोकिएको छ। प्रवेश शुल्क 카스키 패밀리코리아 को HANA BANK मा रहेको खाता नम्बर 84091000984904 मा ट्रान्सफर गर्नुपर्नेछ। वनभोज कार्यक्रम स्थलसम्म पुग्नको लागि सौलको दोङदेमुन स्टेसन र सुवन...
२ श्रावण २०८१, बुधबार १०:२१२ श्रावण २०८१, बुधबार १०:२१२ श्रावण २०८१, बुधबार १०:२१ by विशाल श्रेष्ठNo Comments
बारा - हिन्दू परिषद् नेपाल प्रसौनी गाउँ पालिका कमिटीले वीरगंजबाट काठमाडौं र काठमाडौंबाट गौर जाने क्रममा त्रिशूली खोलामा भएको बस दुर्घटना तथा बाढी पहिरोमा ज्यान गुमाएकाहरू प्रति श्रद्धांजलि कार्यक्रम आयोजना गरेको छ।
गत जुलाई १० तारिखका दिन त्रिशूली खोलामा भएको बस दुर्घटनामा परी २५ जनाले ज्यान गुमाएका थिए भने १० जना अझै बेपत्ता छन्। यो घटनामा ज्यान गुमाएकाहरूको आत्माको चिर शान्तिको लागि १ मिनेटको मौन धारण गरियो।
कार्यक्रम आज बेलुकी ७:०० बजे, प्रसौनी स्थित घन्टाघरको अगाडि चौकमा सम्पन्न भयो। हिन्दू परिषद् नेपालका अध्यक्ष संजय सर्राफ, केन्द्रीय सदस्य प्रसौनी गाउँ पालिका प्रमुख बिनोद जैश्वाल तथा प्रसौनी गा.पा.कमिटी अध्यक्ष अरबिन्द मोदनवाल लगायत २०० भन्दा बढीको उपस्थिति रहेको कार्यक्रममा संजय सर्राफ प्रसौनी गा.पा.प्रमुख बिनोद जैश्वालले सम्बोधन गर्दै दुर्घटनामा परी ज्यान गुमाएका परिवारलाई क्...
१ श्रावण २०८१, मंगलवार १३:५०१ श्रावण २०८१, मंगलवार १३:५०१ श्रावण २०८१, मंगलवार १३:५० by विशाल श्रेष्ठNo Comments
विशाल श्रेष्ठ/दक्षिण कोरिया: ह्वासङ एन.एफ.सि ,फारान युनाइटेड लाई पराजित गर्दै दक्षिण कोरियाको दक्षिणी भाग किम्हेमा आयोजित “प्रथम गिम्हे युनाइटेड फुटसल कप” चुम्न सफल भएको छ।
“विदेशी भूमिमा सङ्घर्षको क्रममा, रमाउ हामी फुट्सलको गोलमा। दक्षिण कोरियामा रहेर खेल दौरान घाइते खेलाडी उद्धार सहयोगार्थ” किम्हेमा गिम्हे युनाइटेड एफ.सिले आयोजना गरेको “प्रथम गिम्हे युनाइटेड फुटसल कप” मा ३२ वटा टिम सहभागि थिए।
प्रतियोगितामा विजेता टिम र उपविजेता टिमलाई आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः ३० लाख र २० लाख कोरियन वोन प्राप्त गरेका थिए भने अन्य विधातर्फ खेल अवधिभरको उत्कृष्ट खेलाडी ह्वासङ एन.एफ.सिका सुमन पाख्रिन , उत्कृष्ट गोलकिपर फारान युनाइटेडका भुवनजंग कार्की र उच्च गोलकर्ता नाम्जि एफ.सिका निशान कार्कीले जनही १/१ लाख कोरियन वोन सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरेका थिए।
...
१ श्रावण २०८१, मंगलवार १३:१११ श्रावण २०८१, मंगलवार १३:१११ श्रावण २०८१, मंगलवार १३:११ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज:नेकपा एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्च बुसान क्षत्रिय कमिटी,दक्षिण कोरियाको जुलाई २८ तारिख हुने भनिएको सातौ अधिवेशन स्थगित भएको छ।
समितिको बैठक ले सातौ जुलाइ२८ तारिकका दिन किम्हे शहरको लुम्बिनि रेष्टुरेन्टको हलमा गर्ने भनिएको सातौं अधिवेशन सम्पन्न गर्नका निमित्त समय छोटो हुनका साथै विविध कारणवस अधिवेशनको अर्को मिति घोषणा नभएसम्म को लागि स्थगित भएको अध्यक्ष तगेन राइले विशाल आवाजलाई जानकारी दिनुभयो।
कोरियामा बिगत लामो समय देखि स्थापित रहेको प्रवासि नेपालि मन्च विभिन्न सामाजिक र राजनीतिक कार्यहरुमा सहकार्य गर्दै आइरहेको संगठन हो ।सम्पूर्ण तयारि पुरा गरि अधिवेशन नया मिति घोषणा गरिने बुसान साखा संगठनका उपाध्यक्ष दीप मगरले बताउनुभयो।...
१ श्रावण २०८१, मंगलवार १२:४२१ श्रावण २०८१, मंगलवार १२:४२१ श्रावण २०८१, मंगलवार १२:४२ by विशाल श्रेष्ठNo Comments
दक्षिण कोरियामा रहेर पनि आफ्नो व्यस्त समयलाई सदुपयोग गर्दै गौतम गोलेले ‘म्राङ्सेम खाबा’ पछि आफ्नो दोस्रो सांगीतिक कोशली ‘छ्योर्तेन राम्रो’ को म्युजिक भिडियो सार्वजनिक गरेको छ।
गौतम गोले र मिनु मोक्तानको अभिनयमा रहेको सेलो साङ्गीतिक कोसेली ‘छ्योर्तेन राम्रो’ शनिवार गौतम गोलेको आफ्नै आधिकारिक युट्युब च्यानलबाट म्युजिक भिडियो सार्वजनिक भएको हो । गायक मिलन दोङको स्वर तथा सङ्गीत रहेको गीतको शब्द तथा लेखन अन्जय तामाङको रहेको छ। रोशन लामाले एरेन्ज गरेको गीतको मिक्सिङ मास्टरिङ दिपेश प्रधानले (Deep studio) गरेका हुन् भने गीतको रेकर्डिङ bubblegum Korea र Deep studio nepal Baudha मा गरेको हो।
भिडियो एउटा परदेशमा कामको छुट्टीमा पार्क र सहर, बजारमा घुमघाममा मैच्याङहरु भेटेपछिको कथावस्तुमा आधारित बनाएको छ । मैच्याङ (मिनु मोक्तान) लाई भेटेपछि एकतर्फी एक नजरमै प्रेममा परेको पहिलो भेटमै प्रेमको प्...
१ श्रावण २०८१, मंगलवार १२:०४१ श्रावण २०८१, मंगलवार १२:०४१ श्रावण २०८१, मंगलवार १२:०४ by विशाल श्रेष्ठNo Comments
दक्षिण कोरियाको बुसानमा जुलाई १३ र १४ तारिख सम्पन्न १६औँ कोरियन ओपन अन्तर्राष्ट्रिय कराँते डो च्याम्पियनसिपमा नेपाली खेलाडी अनिल थोकरले एक स्वर्ण र जमानसिंह गुरुङले दुई रजत पदक जितेका छन् ।
प्रतियोगितामा नेपाली खेलाडी अनिल थोकरले पुरुषतर्फको ५२ केजीभन्दा मुनिको तौलसमूहमा स्वर्ण पदक जितेका हुन् भने जमानसिंह गुरुङले दुईवटा रजत पदक जितेका हुन् । गुरुङले पुरुषतर्फको सिनियर एकल काता र कुमुतेतर्फ ७५ केजीभन्दा मुनिको तौलसमूहमा फाइनलमा फिलिपिन्सका खेलाडीसँग पराजित भइ रजत पदक जितेका हुन्। निकै प्रतिस्पर्धात्मक भएको फाइनलमा फिलिपिन्सका खेलाडीसँग ५/५ स्कोरमा सेन्सुले पराजित भएका थिए ।
मर्स्याङ्दी ४ सिलढुङ्गा लम्जुङका गुरुङ वैदेशीक रोजगारीको सिलशिलामा हाल कोरियामै रहेका छन् । उनले कोरियामै कराँते र किक बक्सिङको प्रशिक्षण गर्दै आएका छन् । साथै गुरुङले हालसम्म कोरिया, सिङ्गापुर ,मलेसिया, फिलिपिन्स...
३२ असार २०८१, सोमबार ११:३०३२ असार २०८१, सोमबार ११:३०३२ असार २०८१, सोमबार ११:३० by विशाल श्रेष्ठNo Comments
बिशाल आवाज : ख्यङ्साङ्नाम्दो किम्हे युनाईटेड महिला एफ सी ,नेपाल महिला फुटबल परिवार सेतो लाई २-० ले पराजित गर्दै दक्षिण कोरियाको दक्षिणी भाग किम्हेमा आयोजित “प्रथम गिम्हे युनाइटेड महिला फुटसल कप” चुम्न सफल भएको छ।
“विदेशी भूमिमा सङ्घर्षको क्रममा, रमाउ हामी फुट्सलको गोलमा। दक्षिण कोरियामा रहेर खेल दौरान घाइते खेलाडी उद्धार सहयोगार्थ” किम्हेमा गिम्हे युनाइटेड एफ.सिले आयोजना गरेको “प्रथम गिम्हे युनाइटेड फुटसल कप” मा यसपाली ३ महिला टिम पनि सहभागि रहेको थियो । ख्यङ्साङ्नाम्दो किम्हे युनाईटेड महिला एफ सी सहित नेपाल महिला फुटबल परिवार सेतो र नेपाल महिला फुटबल परिवार निलो गरी ३ टिम सहभागि प्रतियोगितामा सेतो ले बाइ पाएर सिधै फाइनलमा प्रवेश गरेको थियो । यसैगरी किम्हे युनाईटेड महिला एफ सी र नेपाल महिला फुटबल परिवार निलो बिच भएको सेमिफाइनलमा किम्हे युनाईटेड महिला एफ सी का जर्सी नम्बर १४ को खेलाडी डो...
३२ असार २०८१, सोमबार ०९:४७३२ असार २०८१, सोमबार ०९:४७३२ असार २०८१, सोमबार ०९:४७ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज: किरात राई यायोक्खा बुसान दक्षिण कोरियाको आयोजनामा यही आउँदो जुलाई 21 तारिखको दिन चर्चित नेपाली कथानक चलचित्र “गाउँ आएको बाटो” किम्हे प्रदर्शन हुने भएको छ।
दक्षिण कोरियाको सउल र मुगुकमा सफलताका साथ प्रदर्शन भइसकेको बहुप्रतिक्षित चलचित्र गाउँ आएको बाटो किम्हे स्थित 가야대학교 김해 मा प्रदर्शन हुने भएको हो। “अनाथ बाल आश्रम सहयोगार्थ” जुलाई २१ तारिख आइतबारको दिन १२: ०० बजेदेखि प्रदर्शन हुन लागेको चलचित्रका निर्देशक नवीन सुब्बा हुन्।
दुर्गम गाउँमा सडक र गाडी आएपछिको परिवर्तन र त्यसले पार्ने असरको कथामा बनेको फिल्मलाई पूर्वी नेपालको पहाडी जिल्ला भोजपुरमा खिचिएको हो।फिल्ममा दयाहाङसहित पशुपति राई, प्रसान राई (बाल कलाकार), खानुमा राई, केशव राई, प्रमिशा राई, प्रेम सुब्बा आदिको पनि अभिनय छ । महेश राईको कथा रहेको फिल्मको पटकथा लेखनमा उनलाई निर्देशक सुब्बाले सघाएका छन् । यो फिल्म...
३२ असार २०८१, सोमबार ०८:३९३२ असार २०८१, सोमबार ०८:३९३२ असार २०८१, सोमबार ०८:३९ by विशाल श्रेष्ठNo Comments
काठमाडौँ —प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा दुई उपप्रधानमन्त्रीसहित २१ मन्त्रीले शपथ लिएका छन् । प्रधानमन्त्री ओलीको शपथलगत्तै उपप्रधान तथा मन्त्रीहरूले शपथ लिएका हुन् । यस पटक मन्त्रिपरिषद्मा केही नयाँ अनुहार पनि समेटिएका छन् ।
यस पटक पर्साले ३ जना मन्त्री पाएको छ । पर्साबाट जसपा नेपालका सांसद प्रदीप यादव, कांग्रेस सांसद अजयकुमार चौरसिया र एमाले सांसद राजकुमार गुप्ता मन्त्री बनेका छन् । यादव यसअघि पुष्पकमल दाहाल सरकारमा स्वास्थ्य तथा जनसंख्या मन्त्री थिए ।
चौरसिया २०५८ सालमा स्थाानीय विकास सहायकमन्त्री बनेका थिए । गुप्ता भने पहिलो पटक मन्त्री बनेका हुन् । यादवले यस पटक खानेपानीमन्त्रीको जिम्मा पाएका छन् ।
त्यस्तै चौरसिया कानुन, न्याय तथा संसदीय मामिला मन्त्री र गुप्ता संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री बनेका छन् । यादव पर्सा-१, चौरसिया पर्सा-२ र गुप्ता पर्सा-३ ...
३२ असार २०८१, सोमबार ०७:४२३२ असार २०८१, सोमबार ०७:४२३२ असार २०८१, सोमबार ०७:४२ by विशाल श्रेष्ठNo Comments
प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
प्रधानमन्त्रीको ओलीको नियुक्ति बदरको माग गर्दै अधिवक्ता खगेन्द्र चापागाईं, शैलेन्द्र गुप्ता र दीपक अधिकारीले आज सर्वोच्चमा रिट दायर गरेका हुन् ।
संविधानको धारा ७६ (२) को गलत प्रयोग गरी प्रधानमन्त्रीको नियुक्ति गरिएको र सो नियुक्ति बदर गरी संविधानको धारा ७६ (३) को प्रधानमन्त्री नियुक्त गर्न अन्तरिम आदेशसहितको परमादेश माग गरिएको उनले बताए । उक्त रिटको पेशी आगमी साउन ६ गते तोकिएको छ ।...