बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पदबाट राजीनामा दिएका छन् । आइतबार बसेको प्रदेशसभा बैठकमा राजीनामा घोषणा गरेका मुख्यमन्त्री जम्कट्टेलले प्रदेश प्रमुख यादव चन्द्र शर्मासमक्ष राजीनामा बुझाएका हुन् ।
प्रदेश सभाबाट प्रदेश प्रमुख कार्यालय गएर मुख्यमन्त्री जम्कट्टेलले राजीनामा बुझाएका छन् । केन्द्रमा सत्ता समीकरण फेरिएसँगै अल्पमतमा रहेका उनले प्रदेश सभाबाट विश्वासको मत नपाउने निश्चित भएपछि राजीनामा दिएका हुन् ।
गत २०७९ पुस २५ मा जम्कट्टेल मुख्यमन्त्रीमा नियुक्त भएका थिए । ...
५ श्रावण २०८१, शनिबार १०:५४५ श्रावण २०८१, शनिबार १०:५४५ श्रावण २०८१, शनिबार १०:५४ by विशाल श्रेष्ठNo Comments
बिशाल आवाज :नेपाली काङ्रेसको प्रवास संगठन नेपाली जनसम्पर्क समिति दक्षिणको आयोजनामा जुलाइ २८ तारिक कोरियाको राजधानी सौलको गुमिन ह्वेग्वानमा हुने बृहत अन्तर्क्रिया कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको छ।
नेपाली काङ्ग्रेसका महामन्त्री तथा सांसद गगन कुमार थापाको प्रमुख आतिथ्यता तथा पार्टीका केन्द्रीय सदस्य किरण पौडेलको विशेष आतिथ्यता रहने उक्त कार्यक्रममा नेपालको आर्थिक एवं लोकतान्त्रीक विकासमा विदेशमा रहेका नेपालीहरुको ज्ञान सिप र उर्जाको सदुपयोग बिषयमा गहन छलफल हुने बताइएको छ।
जुलाइ २८ तारिक कोरियाको राजधानी सउलको दोङ्देमुनस्थित गुमिन ह्वेग्वान मा बिहान ११ बजेदेखी कार्यक्रम कार्यक्रम सुरु हुने आयोजकले जनाएको छ ।
साथै अघिल्लो दिन अर्थात् २७ तारिकमा कार्यकर्ता प्रशिक्षण कार्यक्रम पनि राखिएको कार्यक्रमका संयोजक प्रकाश धमलाले बताउनु भएको छ।
दक्षिण कोरियामा रहनुभएका नेपालीहरुलाइ अन्तरक...
५ श्रावण २०८१, शनिबार १०:२३५ श्रावण २०८१, शनिबार १०:२३५ श्रावण २०८१, शनिबार १०:२३ by विशाल श्रेष्ठNo Comments
बोम्जन गुरुङ/ बिशाल आवाज : बढ्दो फुटबल क्रेजलाई मध्यनजर राख्दै ३५ वर्ष पार गरेका नेपाली खेलाडीहरुको माग र चाहना बमोजिम आन्यङ्ग एफसी उल्सानले यही जुलाई २८ तारिक कोरियाको 울산 울주군 두서면 서하천전로 76 화랑체육공원 मा "फर्स्ट अन्याङ ब्रदरहुड भेटेरन फुटसल कप २०२४" को आयोजना गर्ने भएको छ ।
प्रतियोगितामा विजेता टिम र उपविजेता टिमलाई आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः १४ लाख र ७ लाख कोरियन वोन प्रदान गरिने छ । अन्य विधातर्फ प्रतियिगोगिता अवधिभरको सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक र अनुशासित खेलाडीलाई ट्रफी, मेडल र प्रमाणपत्र सहित ५०/ ५० हजार कोरियन वोन सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने खेल संयोजक भुवन राक्क्ष्यले जानकारि दिए ।
सोही अवसरमा Lucky Draw Event को आयोजना गरिएको र पहिलो मेडल र प्रमाणपत्रको साथमा प्रथम पुरस्कारको रुपमा २ लाख पचास हजार र द्वितीय पुरस्कारको रुपमा ...
४ श्रावण २०८१, शुक्रबार १४:५०४ श्रावण २०८१, शुक्रबार १४:५०४ श्रावण २०८१, शुक्रबार १४:५० by विशाल श्रेष्ठNo Comments
विशाल आवाज:किरात याक्थुङ चुम्लुङ कोरियाले किरात सिरिजंगा लिपि युनिकोड निर्माणार्थ दक्षिण कोरियामा प्रदर्शन गरेको चलचित्र “मनसरा” बाट बचत गरेको रकम २७ लाख २ हजार ६०० रुपैयाँ छल्लादो शाखा अध्यक्ष गणेश लिम्बू र सचिब भुपेन्द्र लिम्बु मार्फत संयुक्त रुपमा संघीय अध्यक्ष प्रेम येक्तेन लाई चेक हस्तान्तरण गरेको छ।
दक्षिण कोरियाका प्रदर्शन अधिकार लिएको उपेन्द्र सुब्बाको लेखन निर्देशनमा बनेको चलचित्र “मनसरा” कियाचु दक्षिण कोरियाले सौल, सुवन्,किम्हे,जेजु,मोक्पो,छन्जु गरी छ ओटा सो आयोजक संस्थाले गरेको थियो भने अन्य ५ सहरहरूमा प्रदर्शनको लागि अन्य संस्थाहरूलाई कियाचुले अधिकार दिएको थियो । १ करोड २ लाख ३५ हजार कोरियन वनमा कोरियाको प्रदर्शन अधिकार लिएको चुम्लुङले ४ करोड ४५ लाख १९ हजार ५५५ कोरियन वन बराबरको कारोबार गरी २ करोड १ लाख ३५ हजार १७० कोरियन वन खर्च भएको मा २ करोड ७३ लाख ८४ हजार ३८५ कोरियन वन म...
४ श्रावण २०८१, शुक्रबार १३:२२४ श्रावण २०८१, शुक्रबार १३:२२४ श्रावण २०८१, शुक्रबार १३:२२ by विशाल श्रेष्ठNo Comments
बोम्जन गुरुङ, बिशाल आवाज :दक्षिण कोरिया स्थित मिर्याङ्ग नेपाली समाजले कोरियन पर्व छुसकको अवसर पारेर "सातौं छेजुदो भ्रमण २०२४" कार्यक्रम आयोजना गर्ने भएको छ । आउँदो सेप्टेम्बरको १५ देखि १७ तारिकसम्म रहने गरी तीन दिने उक्त भ्रमण कार्यक्रम आयोजना गरिएको हो ।
स्थापनाकाल देखि सामाजिक र परोपकारी कार्यमा संलग्न समाजले कोरियामा रहेका नेपालीहरु विचको आत्मियता र आपसी सम्बन्ध प्रगाढ गराउने उद्धेश्य रहेको स्पष्ट पार्दै वर्षेनी नियमित रुपमा आयोजना गर्दै आएको छेजुदो भ्रमण कार्यक्रम अन्तर्गत सातौं संस्करणको भ्रमणको तयारीमा जुटेको समाजका कार्यवाहक अध्यक्ष अशिम पुन मगरले जानकारी दिए । भ्रमणमा जानको लागी सउलको दोङ्देमुन, मिर्याङ्ग, बुसान/किम्हे क्षेत्रबाट समेत मोक्पो बन्दरगाहसम्म जाने बसको व्यवस्था गरिएको समाजका संरक्षक सागर पोख्रेलले बताए ।
उक्त छेजुदो भ्रमणमा जान ईच्छुकले आफूलाई पायक पर्ने ठाउँबाट...
४ श्रावण २०८१, शुक्रबार १०:३४४ श्रावण २०८१, शुक्रबार १०:३४४ श्रावण २०८१, शुक्रबार १०:३४ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज: भोजपुर परिवार दक्षिण कोरियाको आयोजनामा जुलाई २१ तारिखको दिन प्रदर्शन हुन लागेको चर्चित नेपाली कथानक चलचित्र “गाउँ आएको बाटो” सुवन सो को सम्पूर्ण तयारी भएको छ अध्यक्ष सुनिल बान्तावा ले बिशाल आवाज लाई जानकारी दिनु भएको छ ।
दक्षिण कोरियाको सउल र मुगुकमा सफलताका साथ प्रदर्शन भइसकेको बहुप्रतिक्षित चलचित्र गाउँ आएको बाटो सुवन स्थित 경기도 수원시 팔달구 행궁로 88 मा प्रदर्शन हुँदै छ । “भोजपुरको शिक्षा स्वास्थ्य र खेलकुदमा सहयोगार्थ” जुलाई २१ तारिख आइतबारको दिन १२: ०० बजेदेखि प्रदर्शन हुन लागेको चलचित्रका निर्देशक नवीन सुब्बा हुन्।
दुर्गम गाउँमा सडक र गाडी आएपछिको परिवर्तन र त्यसले पार्ने असरको कथामा बनेको फिल्मलाई पूर्वी नेपालको पहाडी जिल्ला भोजपुरमा खिचिएको हो।फिल्ममा दयाहाङसहित पशुपति राई, प्रसान राई (बाल कलाकार), खानुमा राई, केशव राई, प्रमिशा राई, प्रेम सुब्बा आदिको पनि अभिनय छ ।...
४ श्रावण २०८१, शुक्रबार ०८:४२४ श्रावण २०८१, शुक्रबार ०८:४२४ श्रावण २०८१, शुक्रबार ०८:४२ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज: ख्याङ्जु नेपाली एकता समाज दक्षिण कोरियाको जुलाई २० र २१ तारिक हुने बृहत् भेटघाट एवं वनभोज कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको छ ।
“भेटघाट भाईचारा आपशी सम्बन्धमा बृदि ” भन्ने मूल नाराका साथ सक्रिय ख्याङ्जु नेपाली एकता समाजले जुलाई २० र २१ तारिख शनिबार र आइतबारका दिन 경주시 양남면 수령리 246-4 번지 시인관바다 편선 मा दुई दिने बृहत् भेटघाट एवं वनभोज कार्यक्रम २०२४ आयोजना गर्नेभएको हो। विभिन्न नेपाली परिकार ,मनोरञ्जनात्मक कार्यक्रम, आरामदायी बासको सम्पूर्ण व्यवस्थासहितको पिकनिक कार्यक्रममा सहभागिता जनाउनका लागि पुरुषको लागि १ लाख वन र महिलाको लागि ८० हजार वन प्रवेश शुल्क तोकिएको छ। प्रवेश RAJU POKHREL को 경남 BANK मा रहेको खाता नम्बर 2070156798501 मा ट्रान्सफर गर्नुपर्नेछ। वनभोज कार्यक्रम स्थलसम्म पुग्नको लागि निःशुल्क बसको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ।
कोरियामा रहेर विभिन्न पेशा व...
३ श्रावण २०८१, बिहीबार १३:११३ श्रावण २०८१, बिहीबार १३:११३ श्रावण २०८१, बिहीबार १३:११ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज:नेपाल भलिबल संघको मातहतमा जुलाइ १४ तारिख आइतबारका दिन सुवन आजु थेहाक्योमा आयोजित "दोस्रो खप्तड कप-२०२४" भएको ४ दिनपछि आयोजक सुदूरपश्चिम समाज दक्षिण कोरियाले विज्ञप्ति निकालेको छ। विज्ञप्तिमा प्रतियोगिता सम्पन्न गर्न सहयोग गर्नुहुने सम्पूर्णमा हार्दिक धन्यवाद व्यक्त गर्दै बाग्लुङ समाजका खेलाडीले लाइनमेनलाई अपशब्द प्रयोग गरी गाली गलौज गरेको, रेफ्रीको अन्तिम निर्णय नमानी खेल छोडेर गएको साथै खेल अनुशासन पालना नगरेको कुरा विज्ञप्तिमा जनाइएको छ।
“स्वास्थ्य विचार र व्यवहार खेलकुद नै मुख्य आधार मूल नाराका साथ सुदूरपश्चिम समाजले भलिबल संघ दक्षिण कोरियाको समन्वयमा सम्पन्न दोस्रो खप्तड कप भलिबल प्रतियोगिताको सहभागी टिम बाग्लुङ र थेसो परिवार बीच भएको फाइनल खेलमा विभिन्न विवादबीच आयोजक संस्था, भलिबल संघ, रेफ्री, लाइनम्यानको सल्लाहमा खेलको प्रकृति ,अङ्कभार, तत्कालीन समयमा प्रदर्शन गरेको ...
२ श्रावण २०८१, बुधबार १५:११२ श्रावण २०८१, बुधबार १५:११२ श्रावण २०८१, बुधबार १५:११ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज:नेपाल भलिबल संघको मातहतमा जुलाइ १४ तारिख आइतबारका दिन सुवन आजु थेहाक्योमा सुदूर पश्चिम समाज दक्षिण कोरियाद्वारा आयोजित "दोस्रो खप्तड कप-२०२४" भएको भलिबल फाईनल खेलमा विवाद उत्पन्न हुँदा हुदै पनि विवाद समाधान नगरी औपचारिकता बिना नै विपक्षी टिमलाइ विजेता घोषणा गरेकोमा बाग्लुङ समाजले एक प्रेस विज्ञप्ति निकाली आपत्ति जनाएको छ।
विज्ञप्तिमा पहिलो र दोस्रो सेट अत्यन्तै सौहार्द र रोमाञ्चक भई तेस्रो सेटमा रेफ्रिबाट फलको संकेत गराउदा सो निर्णय विपक्ष टिमबाट मान्य नगरी बारम्बार बोलाउँदा पनि रेफ्रि
संग सल्लाह गर्न नगएको र तोकिएको समयसम्म पनि खेल सञ्चालन नभए पश्चात मुख्य रेफ्रिबाट विपक्ष टिमलाई क्रमशः पहेलो र रातो कार्ड गरि दुई पटक सम्म चेतावनी संकेत गरिएको कुरा जनाइएको छ। विज्ञप्तिमा बाग्लुङ समाजले विदेशको ठाउँमा भाईचाराको सम्बन्ध र आयोजकको अनुरोध स्वीकार गर्दै विपक्ष टिमले रातो कार्ड पा...
२ श्रावण २०८१, बुधबार १४:०७२ श्रावण २०८१, बुधबार १४:०७२ श्रावण २०८१, बुधबार १४:०७ by विशाल श्रेष्ठNo Comments
बिशाल आवाज :शेर्पा संघ दक्षिण कोरियाको आयोजनामा यही आउदो कोरियाली चाड छुसकको अबसरमा सेप्टेम्बर १७ तारिख सऊलमा हुन लागेको "हिमालयन सांगीतिक धमाका २०२४" कार्यक्रमको तयारी तीब्र पारिएको छ ।
विपत व्यवस्थापन तथा आपतकालीन राहत कोष स्थापनार्थ शेर्पा संघ दक्षिण कोरियाले दक्षिण कोरियाको राजधानी सऊलमा २०२४ सेप्टेम्बर १७ तारिख मङ्गलबारका दिन आयोजना गर्नलागेको "हिमालयन सांगीतिक धमाका २०२४" कार्यक्रमको तयारी तीब्र पारिएको हो ।
आदिबासी जनजाति महासंघ दक्षिण कोरिया अन्तर्गत सबै जातिय संस्थाहरुको सहकार्यमा गर्न लागेको कार्यक्रमलाई सफल बनाउन संस्थाको कार्यासमिति तथा सल्लाहकारहरूको भेलाले सल्लाहकार सोनाम शेर्पालाई कार्यक्रम संयोजक, सल्लाहकार पासाङ शेर्पालाई आर्थिक संयोजक र सल्लाहकार गेल्छिरी शेर्पालाई प्रचारप्रसार संयोजक चयन गरि जिम्मेवारी बाँडफाँड गरेको छ।
नेपालबाट आमन्त्रित बहुचर्चित राष्ट्रिय कला...