Advertisement
Advertisement

Author: विशाल श्रेष्ठ

EPS Conference 2025 सम्पन्न : श्रमिक सुरक्षादेखि कोटा विस्तारसम्म नेपालका ठोस धारणा प्रस्तुत

EPS Conference 2025 सम्पन्न : श्रमिक सुरक्षादेखि कोटा विस्तारसम्म नेपालका ठोस धारणा प्रस्तुत

Breaking News, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियाको राजधानी सिओलस्थित शिल्ला होटलमा, कोरियाली श्रम मन्त्रालय (Ministry of Employment and Labor) र HRD Korea को आयोजनामा EPS Conference 2025 भव्य रूपमा सम्पन्न भएको छ। २०२५ अगस्ट ६ तारिख सम्पन्न कार्यक्रममा कोरियाका श्रम तथा रोजगार मन्त्री माननीय किम यंग–हूनको प्रमुख आतिथ्यता रहेको थियो। सम्मेलनमा नेपालकी राजदूत डा. शिवमाया तुम्बाहाङ्फे, श्रम काउन्सेलर मैया कडेल, साथै १७ श्रमिक आपूर्ति गर्ने देशका राजदूत, HRD अध्यक्ष, नीति निर्माता र सरोकारवाला अधिकारीहरूको उपस्थिति थियो। सम्मेलनको मुख्य विषयवस्तु श्रमिकहरूको सीप अभिवृद्धि, कार्यस्थलको सुरक्षा, EPS प्रणालीको दिगोपन, र नीतिगत पहुँचको विस्तार थियो। सहभागी मुलुकका प्रतिनिधिहरूले EPS प्रणालीका व्यवहारिक अनुभव र सुधार आवश्यकतामाथि धारणा राखेका थिए। नेपाली पक्षबाट महामहिम डा. तुम्बाहाङ्फेले EPS परीक्षा पास गर्नेको संख्या...
दक्षिण कोरियाको थेगुमा “हरितालिका तीज विशेष २०२५ – नाच्छ कोरिया” कार्यक्रम हुने

दक्षिण कोरियाको थेगुमा “हरितालिका तीज विशेष २०२५ – नाच्छ कोरिया” कार्यक्रम हुने

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
विशाल आवाज : प्रवासी भूमिमा रहेका नेपालीहरूको सांस्कृतिक पहिचानलाई बचाइराख्ने उद्देश्यसहित, बागलुङ समाज दक्षिण कोरिया (थेगु शाखा)ले यही अगस्ट २४, २०२५ आइतबारको दिन विशेष तीज कार्यक्रम आयोजना गर्न लागेको छ। “हरितालिका तीज विशेष – २०२५” शीर्षकमा आयोजना हुने “नाच्छ कोरिया” कार्यक्रम कोरियाको थेगुस्थित 동구 동촌로 28 (구, 르네상스) मा दिउँसो ११ बजेदेखि साँझ ६ बजेसम्म हुनेछ। कार्यक्रममा तीजका पारम्परिक भाकाहरू, लोकनृत्य तथा स्वदेशी स्वादका परिकारहरू प्रस्तुत गरिने आयोजकले जानकारी दिएको छ। गीत संगीतको बहारमा रमाउँदै मौलिक संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्न बागलुङ समाजले प्रवासमा बसोबास गरिरहेका नेपालीहरूलाई सुसंस्कृत तवरले एक ठाउँमा जोड्ने प्रयासस्वरूप यो कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा लोकप्रिय गायिका रितु थापा मगर, उमा श्रेष्ठ, जितनभाई श्रीस मगर, मिना छन्त्याल, गायक टिका पौडेल, सोम प्रका...
सिनबुक युनाइटेड एफसीको “समरकप नकआउट टुर्नामेन्ट २०२५” सम्पन्न,मासक एफसी कप उचाल्न सफल

सिनबुक युनाइटेड एफसीको “समरकप नकआउट टुर्नामेन्ट २०२५” सम्पन्न,मासक एफसी कप उचाल्न सफल

जानकारी, भर्खरै, समाचार
विशाल आवाज:पोछनको सिनबुक युनाइटेड फुटबल क्लबको आयोजनामा सम्पन्न “समरकप नकआउट टुर्नामेन्ट २०२५” मा मासक नेपाली फुटबल क्लब विजयी भएको छ। आइतबार पोछनस्थित फुटबल मैदानमा आयोजित प्रतियोगितामा मासकले याङ्जु नेपाली फुटबल क्लबलाई हराउँदै उपाधिसहित नगद २० लाख कोरियन वन, ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गर्‍यो। १५ टिम सहभागी प्रतियोगितालाई “परदेशमा भाइचारा, खेलकुदको सहारा” र “अनुशासन र स्वास्थ्यका लागि खेलकुद” भन्ने नारासहित सञ्चालन गरिएको थियो। प्रतियोगिता दिनभरि रोचक र प्रतिस्पर्धात्मक वातावरणमा सम्पन्न भएको थियो। फाइनलमा याङ्जु एफसीले पनि कडा चुनौती दिएको थियो, तर मासक एफसीले उत्कृष्ट खेल प्रदर्शन गर्दै उपाधि आफ्नो पोल्टामा पार्‍यो। याङ्जु एफसीले उपविजेताको रूपमा १० लाख कोरियन वन सहित ट्रफी, प्रमाणपत्र र मेडल  पुरस्कार प्राप्त गर्‍यो। व्यक्तिगत प्रदर्शनतर्फ, मासक एफसीका मार्सल लामा उत्कृष्ट...
कोरियामा कार्यरत नेपाली कमल चौधरी गम्भीर बिरामी — सहयोगको अपिल

कोरियामा कार्यरत नेपाली कमल चौधरी गम्भीर बिरामी — सहयोगको अपिल

Breaking News, जानकारी, भर्खरै, समाचार
  बिशाल आवाज:उदयपुर चौदण्डिगढी नगरपालिका सुन्दरपुर बेलहा घर भइ कोरियाको बुसान एरियामा कार्यरत कमल चौधरी काम छोडेर सेल्टरमा बस्ने क्रममा ब्रेनह्यामरेज भइ बिगत तीन हप्ता देखी Chosun University Hospital को ICU मा उपचाररत छन। कोरिया प्रवेश गरेको केही महिनामै स्वास्थ्य समस्यामा परेका पेशाले कृषिक्षेत्रमा कार्यरत कमल चौधरी, हाल कोमामा छन् र अस्पतालमा आईसीयू (ICU) मा राखेर उपचार भइरहेको छ। उनलाई स्वास्थ्य समस्या देखा परेलगत्तै अस्पतालमा भर्ना गरिएको हो। हालसम्म करोड वोन भन्दा पनि धेरै उपचारमा खर्च भैसकेको र आर्थिक अवस्था कमजोर रहेकाले उनका आफन्तजन र नेपाली समाजले आर्थिक सहयोगको अपिल गरेका छन्। यती मात्रै नभएर उपचारको लागि ठुलो अस्पतालमा लानको लागि पहिले हालको अस्पतालमा उठेको सबै बिल चुक्ता गर्नुपर्ने भएकोले झनै समस्या पैदा बहेको बताइएको छ । एम्बेस्सीले सुरुमा केही पहल गरेतापनी पछील्लो ...
कोरियाली सांसदसँग नेपाली कांग्रेस युवा नेता भुपेन्द्र जंग शाहीको विशेष भेट: आपसी सहकार्य, नेपालीहरूको हित र पर्यटन प्रवर्द्धनबारे छलफल

कोरियाली सांसदसँग नेपाली कांग्रेस युवा नेता भुपेन्द्र जंग शाहीको विशेष भेट: आपसी सहकार्य, नेपालीहरूको हित र पर्यटन प्रवर्द्धनबारे छलफल

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
बिशाल आवाज: नेपाल र दक्षिण कोरियाबीचको सम्बन्धलाई अझ मजबुत बनाउने उद्देश्यले नेपाली कांग्रेसका युवा नेता भुपेन्द्र जंग शाहीले दक्षिण कोरियाको संसद भवनमा Democratic Party of Korea का सांसद Hon. Lee Yong-sun सँग विशेष भेटवार्ता सम्पन्न गरेका छन्। उक्त भेटवार्तामा दुई देशबीचको मैत्री सम्बन्ध, दक्षिण कोरियाको विकास मोडल र त्यसबाट नेपालले सिक्न सक्ने प्रविधि र अनुभव, साथै कोरियामा रहेका नेपालीहरूको समस्यामा सहकार्य लगायतका विषयमा गहन छलफल भएको हो। भेटघाटका क्रममा नेता शाहीले कोरियामा रहेका नेपाली विद्यार्थीहरूको शैक्षिक यात्रा सहज बनाउनका लागि आवश्यक सहजीकरण, नेपाली नागरिकहरूको भिसा प्रक्रियामा सिउलस्थित कोरियन दूतावासबाट हुने जटिलताको समाधान, र नेपाली पर्यटन प्रवर्द्धनमा कोरियाको सहयोग लगायतका विषयमा सांसद ली समक्ष विशेष अनुरोध गरेका थिए। सांसद Hon. Lee Yong-sun ले नेपाली समुदायको योगदा...
२० औ वार्षिकोत्सवको अवसरमा राप्ती समाज कोरियाको “राप्ती स्मारिका–२०८२” को भव्य विमोचन कार्यक्रम अगष्ट १० मा हुने

२० औ वार्षिकोत्सवको अवसरमा राप्ती समाज कोरियाको “राप्ती स्मारिका–२०८२” को भव्य विमोचन कार्यक्रम अगष्ट १० मा हुने

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
राप्ती क्षेत्रका नेपालीहरूद्वारा स्थापित राप्ती समाज दक्षिण कोरिया ले आफ्नो स्थापनाको २० औं वार्षिकोत्सवको अवसर पारेर यही अगष्ट १० तारिख सौलमा “राप्ती स्मारिका–२०८२” विमोचन कार्यक्रमको आयोजना गर्ने भएको छ। सउलस्थित दोङ्देमुनको नेपाल थाई रेष्टुरेन्ट को सभा हलमा दिउँसो १२ बजेबाट सुरु हुने उक्त कार्यक्रम दक्षिण कोरियामा रहनु भएका नेपाली समुदायका लागि विशेष अवसरका रूपमा हेरिएको छ। संस्थाका अध्यक्ष अमृत केसी का अनुसार, प्रवासमा रहँदा पनि आफ्नो जरा र इतिहासप्रति गर्व गर्न सकियोस् भन्ने उद्देश्यले स्मारिका प्रकाशन गरिएको बताएका छन। संस्थाको विकासक्रम, गतिविधिहरू, र राप्ती क्षेत्रको गौरवमय विरासतलाई दस्तावेजिकरण गर्ने प्रयास स्वरूप स्मारिका तयार पारिएको उनले जानकारी दिए। स्मारिकामा प्रवासमा रहेका नेपालीहरूको योगदान, संस्थाको गतिविधि, राप्ती क्षेत्रको ऐतिहासिक र सांस्कृतिक पक्षहरू तथा विभिन्न सन...
प्रवासी नेपालीका लागि नयाँ दिशा:बीपिन गुरुङ नेतृत्वको NRNA कोरियाको ‘८ प्रतिवद्धता’ सार्वजनिक

प्रवासी नेपालीका लागि नयाँ दिशा:बीपिन गुरुङ नेतृत्वको NRNA कोरियाको ‘८ प्रतिवद्धता’ सार्वजनिक

Breaking News, जानकारी, भर्खरै, समाचार
सउल, दक्षिण कोरिया — बीपिन गुरुङ नेतृत्वको गैर-आवासीय नेपाली संघ (NRNA-NCC) दक्षिण कोरियाले कोरियामा रहेका नेपाली श्रमिक, विद्यार्थी, उद्यमी र समग्र समुदायको हक, अधिकार र समृद्धिको पक्षमा केन्द्रित ‘८ बुँदे कार्ययोजना’ सार्वजनिक गरेका छन्। सामाजिक न्याय, सांस्कृतिक समृद्धि, लगानी प्रवर्द्धन र दीर्घकालीन सुरक्षालाई समेट्दै उनले सार्वजनिक गरेका कार्यक्रमहरू प्रवासी जीवनमा सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ। 🔷 मुख्य प्रतिबद्धताहरू यसप्रकार छन्: १. श्रमिक–विद्यार्थी हेल्प डेस्क स्थापना समस्या परेकालाई समन्वय, कानुनी सहयोग र सामाजिक परामर्श दिने ‘हेल्प डेस्क’ मार्फत पीडितको आवाज सम्बोधन गरिनेछ। २. NRNA कप खेलकुद प्रतियोगिता नेतृत्व विकास, सहकार्य र स्वास्थ्य सुदृढीकरणका लागि फुटबल, क्रिकेट, भलिबल, ब्याडमिन्टन लगायत खेल प्रतियोगिता आयोजना गरिनेछ। ३. हाइड्रोपावर लगानी सम्मे...
कोरियाको भलिबलमा ३६ टिमको कीर्तिमानी सहभागि गराइ इतिहास रच्दै सम्पन्न भयो पाँचौं स्याङ्जा कप २०२५, सुदूरपश्चिम पहिलो

कोरियाको भलिबलमा ३६ टिमको कीर्तिमानी सहभागि गराइ इतिहास रच्दै सम्पन्न भयो पाँचौं स्याङ्जा कप २०२५, सुदूरपश्चिम पहिलो

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
बिशाल आवाज:स्याङ्जा परिवार दक्षिण कोरियाले आयोजना गरेको पाँचौं स्याङ्जा कप २०२५ भलिबल प्रतियोगिता आइतबारका दिन सुवन स्थित आजु युनिभर्सिटीको सुविधा सम्पन्न हलमा भव्य रूपमा सम्पन्न भयो। “स्वास्थ्य, एकता, सद्भाव र गतिशीलताका लागि हाम्रो अभियान — खेल, संस्कृति र सुशासन हाम्रो पहिचान” भन्ने मूल नाराका साथ आयोजित प्रतियोगिताले परदेशी भूमिमा एकता, सहयोग र सद्भावको अद्वितीय उदाहरण प्रस्तुत गरेको छ । कोरियाको नेपाली भलिबलको ३० बर्षे लामो इतिहासमै पहिलोपटक ३६ टिमको कीर्तिमानी सहभागिता रहेको यस वर्षको स्याङ्जा कप विशेष बन्यो। बिहान ७ बजे शुरू भएर समयमै सम्पन्न कार्यक्रम, र खेलाडी, दर्शक, रेफ्री, आयोजकदेखि प्रायोजकसम्म सबैको जबरजस्त उपस्थितिले प्रतियोगितालाई साँच्चिकै ‘भलिबलको महाकुम्भ’ बनाएको थियो। तीव्र प्रतिस्पर्धाबीच सुदूरपश्चिम समाज दक्षिण कोरियाले उपाधि उचाल्दै पहिलो स्थान हात पार्दा, ...
बहुसांस्कृतिक आप्रवासी सहयोग केन्द्र र मङ्गेना इन्टरटेनमेन्टबीच समझदारीपत्र (MOU) मा हस्ताक्षर

बहुसांस्कृतिक आप्रवासी सहयोग केन्द्र र मङ्गेना इन्टरटेनमेन्टबीच समझदारीपत्र (MOU) मा हस्ताक्षर

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
बहुसांस्कृतिक आप्रवासी सहयोग केन्द्र र मङ्गेना इन्टरटेनमेन्टबीच समझदारीपत्र (MOU) मा हस्ताक्षर कोरियामा रहेको नेपाली समुदाय र बहुसांस्कृतिक परिवारहरूबीच सांस्कृतिक सद्भाव, आदानप्रदान र सहअस्तित्वलाई प्रवर्द्धन गर्ने लक्ष्यका साथ, बहुसांस्कृतिक आप्रवासी सहयोग केन्द्र (센터장 박상수) र मङ्गेना इन्टरटेनमेन्ट बीच ऐतिहासिक कार्यसम्झौता (MOU) मा हस्ताक्षर सम्पन्न भएको छ। सम्झौताअनुसार दुवै पक्षले संयुक्त रूपमा ‘नेपाली सामुदायिक सद्भाव सांस्कृतिक महोत्सव’ आयोजना गर्ने र महोत्सवलाई दीगो बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेका छन्। यो सम्झौताले महोत्सवको योजना, तयारी र कार्यान्वयनको लागि एक सहयोगी प्रणाली स्थापना गर्ने लक्ष्य राखेको छ, पारस्परिक सहयोग र बलियो सञ्जालहरूमा निर्माण गर्दै दुई संस्थाहरूले महोत्सव सामग्री विकास, बजेट तयारी, सामुदायिक संलग्नता, र दिगो सञ्चालन प्रणाली स्थापनामा सहकार्य...
‘ नेपाल फर्केका नवप्रवर्तकहरू’ कार्यक्रम सम्पन्न

‘ नेपाल फर्केका नवप्रवर्तकहरू’ कार्यक्रम सम्पन्न

जानकारी, भर्खरै, समाचार
कोरियाबाट फर्किएका नेपाली श्रमिकहरूको सीप, अनुभव र सोचलाई उद्यममा बदल्ने उद्देश्यले सउलमा आयोजित ‘नेपाल फर्केका नवप्रवर्तकहरू (Returnee Innovators for Nepal - RIN)’ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। दक्षिण कोरियाको विकास सहयोग संस्था KOICA को आर्थिक सहयोगमा सञ्चालित यो कार्यक्रम K-HaMi (Korea–Happy Migration) परियोजनाको एक महत्वपूर्ण अङ्ग हो। यसलाई KOICA र नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सहकार्यमा संयुक्त रूपमा कार्यान्वयन गरिएको हो। कार्यक्रमको मूल उद्देश्य भनेको दक्षिण कोरियाबाट नेपाल फर्किसकेका श्रमिकहरूलाई उद्यमशीलता, व्यवसायिक सीप र दीगो पुनःस्थापनातर्फ प्रेरित गर्नु हो। यसै सन्दर्भमा, RIN दोस्रो ब्याचमा सहभागी १० जना नेपाली श्रमिकहरूले आफ्ना व्यवसायिक योजना र सीपको जीवन्त प्रस्तुति दिएका थिए। कार्यक्रममा कोरियास्थित नेपाली राजदूतावासकी महामहिम ड...