Advertisement
Advertisement

EPS Conference 2025 सम्पन्न : श्रमिक सुरक्षादेखि कोटा विस्तारसम्म नेपालका ठोस धारणा प्रस्तुत

Advertisement
Advertisement

दक्षिण कोरियाको राजधानी सिओलस्थित शिल्ला होटलमा, कोरियाली श्रम मन्त्रालय (Ministry of Employment and Labor) र HRD Korea को आयोजनामा EPS Conference 2025 भव्य रूपमा सम्पन्न भएको छ।
२०२५ अगस्ट ६ तारिख सम्पन्न कार्यक्रममा कोरियाका श्रम तथा रोजगार मन्त्री माननीय किम यंग–हूनको प्रमुख आतिथ्यता रहेको थियो।

सम्मेलनमा नेपालकी राजदूत डा. शिवमाया तुम्बाहाङ्फे, श्रम काउन्सेलर मैया कडेल, साथै १७ श्रमिक आपूर्ति गर्ने देशका राजदूत, HRD अध्यक्ष, नीति निर्माता र सरोकारवाला अधिकारीहरूको उपस्थिति थियो।

सम्मेलनको मुख्य विषयवस्तु श्रमिकहरूको सीप अभिवृद्धि, कार्यस्थलको सुरक्षा, EPS प्रणालीको दिगोपन, र नीतिगत पहुँचको विस्तार थियो। सहभागी मुलुकका प्रतिनिधिहरूले EPS प्रणालीका व्यवहारिक अनुभव र सुधार आवश्यकतामाथि धारणा राखेका थिए।

नेपाली पक्षबाट महामहिम डा. तुम्बाहाङ्फेले EPS परीक्षा पास गर्नेको संख्या ३०,००० नाघिसकेको तर वार्षिक कोटा १४,००० मात्र भएकाले अन्योलमा परेका श्रमिकहरूको मनोबलमा नकारात्मक असर पर्ने बताउँदै कोटा विस्तार वा परीक्षा नतिजाको मान्यता अवधि लम्ब्याउने विषयमा नीति निर्माणकर्ताहरूको ध्यानाकर्षण गराउनुभयो।

उहाँले हाल कोरियामा कार्यरत नेपाली श्रमिकहरू अत्यधिक गर्मी तथा कठोर कार्य वातावरणमा काम गर्न बाध्य भएको भन्दै स्वास्थ्य सुरक्षाका विषयमा गम्भीर ध्यान दिनुपर्ने धारणा व्यक्त गर्नुभयो। साथै, KOICA को K-HAMI परियोजनालाई सकारात्मक प्रयासको रूपमा स्वागत गर्दै नेपाल फर्किएपछि उद्यम सुरु गर्ने श्रमिकहरूलाई बजार पहुँच, तालिम र व्यावहारिक योजना आवश्यक रहेको बताउनुभयो।

HRD Korea का अध्यक्षले उहाँको विचारलाई “महत्वपूर्ण र समयानुकूल” भन्दै नीतिगत तहमा समेट्ने प्रतिबद्धता जनाए।

यसै सम्मेलनमा नेपालका श्रम काउन्सेलर मैया कडेलले काममा भाषा नबुझेका कारण हुने दुर्घटनाप्रति चिन्ता व्यक्त गर्दै श्रमिकलाई मातृभाषा वा श्रव्यदृश्य सामग्रीमार्फत निर्देशिका बुझाइने अनिवार्य प्रणालीको खाँचो औंल्याउनुभयो। उहाँले दिवस तामाङको मृत्युको उदाहरण दिँदै सुरक्षा मापदण्डमा कडाइ गर्न आग्रह गर्नुभयो।

यस सम्बन्धमा HRD कोरियाका निर्देशकले घटना गम्भीर भएको स्वीकार्दै यस्ता घटना दोहोरिन नदिन सक्रिय कार्यान्वयनमा जोड दिने प्रतिबद्धता जनाए।

सम्मेलनकै क्रममा, दाङका हेमराज भण्डारीलाई EPS प्रणाली अन्तर्गत “Best and Unique Testimonial” को सम्मान प्रदान गरियो। उहाँले आफ्नो इमान्दारिता, कार्यनिष्ठता र प्रेरणादायी यात्राबाट अन्य श्रमिकहरूलाई प्रेरणा दिनुभएको थियो।

EPS सम्मेलन २०२५ ले कोरियाली सरकार र श्रमिक आपूर्तिकर्ता देशहरूबीचको सहकार्य, श्रमिकको अधिकार र सुरक्षा, तथा दिगो र न्यायपूर्ण श्रम सम्बन्धका लागि बहस र कार्ययोजना अगाडि बढाउने अवसर प्रदान गरेको छ।

 

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Xon Bet Sticky Wild Slots Top Ten

InhaltWas sind Sticky Wilds und wie funktionieren sie?Unsere Top-Ten-Auswahl der Sticky Wild Slots bei Xon BetDetails im Vergleich...

Sichere Casino Slot Bonusrunden im Vergleich

Inhalt1. Arten von Slot-Bonusrunden im Überblick2. Vergleich der Gewinnpotenziale und Volatilität3. So triggern Sie Bonusrunden ef...

Jaké technologické inovace zlepší online automaty s 3D grafickými prvky?

Jaké technologické inovace zlepší online automaty s 3D grafickými prvky?Jmenuji se Tomáš Novák a jako odborník na online hazardní ...

Kod promocyjny NV Kasyno 2026: Najlepsze sposoby na ekskluzywne bonusy

Kod promocyjny NV Kasyno 2026: Najlepsze sposoby na ekskluzywne bonusyWitajcie, nazywam się Jakub Nowak i dziś pragnę podzielić si...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×