बिशाल आवाज:उदयपुर चौदण्डिगढी नगरपालिका सुन्दरपुर बेलहा घर भइ कोरियाको बुसान एरियामा कार्यरत कमल चौधरी काम छोडेर सेल्टरमा बस्ने क्रममा ब्रेनह्यामरेज भइ बिगत तीन हप्ता देखी Chosun University Hospital को ICU मा उपचाररत छन। कोरिया प्रवेश गरेको केही महिनामै स्वास्थ्य समस्यामा परेका पेशाले कृषिक्षेत्रमा कार्यरत कमल चौधरी, हाल कोमामा छन् र अस्पतालमा आईसीयू (ICU) मा राखेर उपचार भइरहेको छ।
उनलाई स्वास्थ्य समस्या देखा परेलगत्तै अस्पतालमा भर्ना गरिएको हो। हालसम्म करोड वोन भन्दा पनि धेरै उपचारमा खर्च भैसकेको र आर्थिक अवस्था कमजोर रहेकाले उनका आफन्तजन र नेपाली समाजले आर्थिक सहयोगको अपिल गरेका छन्। यती मात्रै नभएर उपचारको लागि ठुलो अस्पतालमा लानको लागि पहिले हालको अस्पतालमा उठेको सबै बिल चुक्ता गर्नुपर्ने भएकोले झनै समस्या पैदा बहेको बताइएको छ । एम्बेस्सीले सुरुमा केही पहल गरेतापनी पछील्लो समय केही वास्ता नगरेको जानकारले बताएका छन।
आर्थिक अवस्था कमजोर भएकाले, उपचारको खर्च थेग्न सक्ने अवस्था छैन।थारु कल्याणकारी समाज र उदयपुर सेवा समाज, कोरिया संयुक्त रूपमा अभियानमा लागिरहेका छन् — कमल चौधरीको जीवन बचाउन सकिन्छ भन्ने आशासहित।
कमल चौधरीले फेरि आँखा खोलून्, बोलून्, मुस्कान फर्काउन सकून् – यही हाम्रो कामना हो। र त्यो सम्भव छ — तपाईं र हाम्रो सानो प्रयासले।
💸 सहयोग गर्न चाहनुहुन्छ?
KEB HANA BANK
A/C No.: 153-910359-99007
Name: CHADHARY SHREEJAL NARAYAN
📞 सम्पर्क गर्न चाहनुहुन्छ?
• 📱 010-41114-971 (Shreejal Chaudhary)
• 📱 010-5932-5907 (Raju Chaudhary)
• 📱 010-9828-7888 (Umesh Rai)
• 📱 010-595-2569 (Kaman Rai)










