Advertisement
Advertisement

कोरियाको भलिबलमा ३६ टिमको कीर्तिमानी सहभागि गराइ इतिहास रच्दै सम्पन्न भयो पाँचौं स्याङ्जा कप २०२५, सुदूरपश्चिम पहिलो

Advertisement
Advertisement

बिशाल आवाज:स्याङ्जा परिवार दक्षिण कोरियाले आयोजना गरेको पाँचौं स्याङ्जा कप २०२५ भलिबल प्रतियोगिता आइतबारका दिन सुवन स्थित आजु युनिभर्सिटीको सुविधा सम्पन्न हलमा भव्य रूपमा सम्पन्न भयो। “स्वास्थ्य, एकता, सद्भाव र गतिशीलताका लागि हाम्रो अभियान — खेल, संस्कृति र सुशासन हाम्रो पहिचान” भन्ने मूल नाराका साथ आयोजित प्रतियोगिताले परदेशी भूमिमा एकता, सहयोग र सद्भावको अद्वितीय उदाहरण प्रस्तुत गरेको छ ।

कोरियाको नेपाली भलिबलको ३० बर्षे लामो इतिहासमै पहिलोपटक ३६ टिमको कीर्तिमानी सहभागिता रहेको यस वर्षको स्याङ्जा कप विशेष बन्यो। बिहान ७ बजे शुरू भएर समयमै सम्पन्न कार्यक्रम, र खेलाडी, दर्शक, रेफ्री, आयोजकदेखि प्रायोजकसम्म सबैको जबरजस्त उपस्थितिले प्रतियोगितालाई साँच्चिकै ‘भलिबलको महाकुम्भ’ बनाएको थियो।

तीव्र प्रतिस्पर्धाबीच सुदूरपश्चिम समाज दक्षिण कोरियाले उपाधि उचाल्दै पहिलो स्थान हात पार्दा, दिफेन्डिङ च्याम्पियन बाग्लुङ समाज दोस्रो स्थानमा सन्तोष मान्यो। तृतीय स्थान संयुक्त रूपमा पाथिभारा भलिबल क्लब ताप्लेजुङ र विश्वकर्मा समाजले जिते भने नेपाली परोपकार समाज थेगु, गुल्मी सम्पर्क समिति, सिन्धुपाल्चोक समाज र मोना दक्षिण कोरिया क्वाटर फाइनल पुगेर सान्त्वना पुरस्कारका हकदार बने।

नेपाल भलिबल संघ दक्षिण कोरियाको संरचना भित्र नेपाली सम्पर्क समिति, गण्डकी प्रदेश समाज र स्याङ्जाका विभिन्न शाखाहरूको सहकार्यमा सम्पन्न प्रतियोगितामा जातीय, क्षेत्रीय, सामाजिक संघ-संस्थाहरूको प्रतिनिधि हरुको बाक्लो उपस्थिति रहेको थियो। खेलको सफल सञ्चालनमा राष्ट्रिय स्तरका अनुभवी रेफ्रीहरूको टोलीले न्यायोचित निर्णयमार्फत खेलको स्तर उच्च राख्न सफल भएका थिए ।

कार्यक्रमको उद्घाटन संस्थाका संरक्षक कुमार थापाले दीप प्रज्वलन गर्दै गर्नु भएको थियो भने अध्यक्ष सुशिल गुरुङको सभाध्यक्षतामा औपचारिक कार्यक्रम सम्पन्न भयो। सचिव टोजिन्द्र गुरुङले संचालन गरेका कार्यक्रमको स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष माधव अर्यालले राख्नुभयो। सहभागी अतिथिहरूमा नेपाली सम्पर्क समिति, एनआरएनए, विभिन्न प्रदेश समाज, जातीय संघसंस्थाका अध्यक्षदेखि लिएर मिडिया, रेष्टुरेन्ट, ट्राभल, रेमिटेन्स क्षेत्रका सहयोगीहरू पनि उपस्थित थिए।

यसपटकको भव्य आयोजना सम्भव बनाउन भेटघाट रेस्टुरेन्ट सुवनका संचालक नारायण पौडेलले पहिलो पुरस्कार प्रायोजन गर्दै नेतृत्वदायी भूमिका खेल्नुभएको थियो भने अन्य व्यवसायिक संस्थाहरू — सम्झना रेस्टुरेन्ट, नेपाल रोयल रेस्टुरेन्ट, दर्शन नमस्ते रेस्टुरेन्ट, CT Himalaya Trip, Horizon Travels, KME Forex, Connect Mobile Shop र AKS Sports Collection — ले पनि योगदान पुर्‍याएको थियो।

खेलकुद प्रमुख मिलन आले र संयोजक अमित रानाको सक्रिय नेतृत्वमा सफलतापूर्वक सम्पन्न प्रतियोगिताले स्याङ्जा परिवारको संस्था निर्माणदेखि समाजसेवाको अभियानसम्म, खेलकुददेखि सहकार्यसम्म, सम्पूर्ण नेपाली समुदायलाई जोड्ने पुल निर्माण गरेको हो । कार्यक्रमलाई भव्य रुपमा सम्पन्न गर्न सहयोग गर्नुहुने सम्पूर्णमा आयोजकले धन्यवाद समेत ब्यक्त गरेको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Bonusreglerne hos Vinder Casino: Læs det med småt for maksimal gevinst

Bonusreglerne hos Vinder Casino: Læs det med småt for maksimal gevinstMit navn er Lars Madsen, og i denne artikel vil jeg give dig...

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?Ahojte, jmenuji se Jan Novák a rád bych se s vámi poděli...

Jak se liší bonusy za vklad kartou od bankovního převodu?

SlotRave Withdrawal to a New Payment Method

Contents1. Preparing for Your SlotRave Withdrawal2. A Step-by-Step Withdrawal Process3. Understanding Withdrawal Timelines and Lim...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×