Advertisement
Advertisement

२० औ वार्षिकोत्सवको अवसरमा राप्ती समाज कोरियाको “राप्ती स्मारिका–२०८२” को भव्य विमोचन कार्यक्रम अगष्ट १० मा हुने

Advertisement
Advertisement

राप्ती क्षेत्रका नेपालीहरूद्वारा स्थापित राप्ती समाज दक्षिण कोरिया ले आफ्नो स्थापनाको २० औं वार्षिकोत्सवको अवसर पारेर यही अगष्ट १० तारिख सौलमा “राप्ती स्मारिका–२०८२” विमोचन कार्यक्रमको आयोजना गर्ने भएको छ। सउलस्थित दोङ्देमुनको नेपाल थाई रेष्टुरेन्ट को सभा हलमा दिउँसो १२ बजेबाट सुरु हुने उक्त कार्यक्रम दक्षिण कोरियामा रहनु भएका नेपाली समुदायका लागि विशेष अवसरका रूपमा हेरिएको छ।

संस्थाका अध्यक्ष अमृत केसी का अनुसार, प्रवासमा रहँदा पनि आफ्नो जरा र इतिहासप्रति गर्व गर्न सकियोस् भन्ने उद्देश्यले स्मारिका प्रकाशन गरिएको बताएका छन। संस्थाको विकासक्रम, गतिविधिहरू, र राप्ती क्षेत्रको गौरवमय विरासतलाई दस्तावेजिकरण गर्ने प्रयास स्वरूप स्मारिका तयार पारिएको उनले जानकारी दिए। स्मारिकामा प्रवासमा रहेका नेपालीहरूको योगदान, संस्थाको गतिविधि, राप्ती क्षेत्रको ऐतिहासिक र सांस्कृतिक पक्षहरू तथा विभिन्न सन्दर्भमा तयार गरिएका लेख रचनाहरू समावेश गरिएका छन्।

कार्यक्रमको मुख्य आकर्षणको रूपमा दक्षिण कोरियास्थित नेपाली राजदूत महामहिम डा. शिवमाया तुम्बाहाम्फे को विशेष उपस्थिति रहनेछ।संस्थाका महासचिव वायु पौडेल भन्छन्, “हामी जहाँ भए पनि हाम्रो एउटै विशेषता, विशुद्ध सामाजिक कामका लागि राप्ती समाजको एकता” भन्ने नाराका साथ समाजले आपसी सद्भाव, सहयोग र भाइचारालाई मजबुत पार्ने कार्य गर्दै आएको छ। समाज कोरियामा विभिन्न पेशा र व्यवसायमा संलग्न राप्तीवासी तथा नेपालीहरूलाई संगठित गर्दै सामाजिक क्रियाकलापमा अग्रसर रहँदै आएको छ।

स्मारिका विमोचन कार्यक्रमलाई ऐतिहासिक बनाउँन कोरियामा क्रियाशील संघ-संस्था, पत्रकार, बुद्धिजीवी, विद्यार्थी, व्यवसायी तथा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई राप्ती समाजले हार्दिक निमन्त्रणा गरेको छ।

📚 कार्यक्रम विवरण:
🔹 मिति: अगष्ट १०, २०२५ (आईतबार)
🔹 समय: दिउँसो १२:०० बजेबाट
🔹 स्थान: नेपाल थाई रेष्टुरेन्ट सभा हल, दोङ्देमुन, सउल

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल ब्याडमिन्टन कम्युनिटी दक्षिण कोरियाको नेतृत्वमा कमान सिंह राई, नयाँ कार्यसमिति सर्वसम्मत चयन

नेपाल ब्याडमिन्टन कम्युनिटी दक्षिण कोरियाको नेतृत्वमा कमान सिंह राई, नयाँ कार्यसमिति सर्वसम्मत चयन

दक्षिण कोरियामा नेपाली खेलकुद समुदायलाई एकताबद्ध गर्दै नेपाल ब्याडमिन्टन कम्युनिटी दक्षिण कोरियाको प्रथम अधिवेशन तथा साधारण सभा भव...
रास्वपा, प्रवास नेपाली सम्पर्क विभाग द. कोरिया, फाजु क्षेत्रको दोस्रो अधिवेशन सफलतापूर्वक सम्पन्न, बीर बहादुर तामाङको नेतृत्वमा नयाँ कार्यसमिति गठन

रास्वपा, प्रवास नेपाली सम्पर्क विभाग द. कोरिया, फाजु क्षेत्रको दोस्रो अधिवेशन सफलतापूर्वक सम्पन्न, बीर बहादुर तामाङको नेतृत्वमा नयाँ कार्यसमिति गठन

दक्षिण कोरियामा रहेका नेपालीहरूको सक्रिय संगठन, रास्वपा अन्तर्गत प्रवास नेपाली सम्पर्क विभाग, फाजु क्षेत्रको दोस्रो अधिवेशन हिजो म...
मे २ तारिख सुवनमा ‘नयाँ वर्ष २०८३ सांगीतिक साँझ’ आयोजना हुँदै

मे २ तारिख सुवनमा ‘नयाँ वर्ष २०८३ सांगीतिक साँझ’ आयोजना हुँदै

दक्षिण कोरियामा रहेका नेपाली समुदायलाई लक्षित गर्दै “नयाँ वर्ष २०८३ सांगीतिक साँझ” नामक भव्य सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको...
दक्षिण कोरियामा मे ३ तारिख यो वर्षको पहिलो भलिबल प्रतियोगिता, प्रथम पाथिभरा भलिबल कप २०२६ हुँदै

दक्षिण कोरियामा मे ३ तारिख यो वर्षको पहिलो भलिबल प्रतियोगिता, प्रथम पाथिभरा भलिबल कप २०२६ हुँदै

दक्षिण कोरियामा नेपाली समुदायबीच भलिबलको उत्साह बढ्दै जाँदा यस वर्षको पहिलो ठुलो प्रतियोगिता “पाथीभरा भलिबल कप २०२६” हुने भएको छ।क...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×