Advertisement
Advertisement

सिनबुक युनाइटेड एफसीको “समरकप नकआउट टुर्नामेन्ट २०२५” सम्पन्न,मासक एफसी कप उचाल्न सफल

Advertisement
Advertisement

विशाल आवाज:पोछनको सिनबुक युनाइटेड फुटबल क्लबको आयोजनामा सम्पन्न “समरकप नकआउट टुर्नामेन्ट २०२५” मा मासक नेपाली फुटबल क्लब विजयी भएको छ। आइतबार पोछनस्थित फुटबल मैदानमा आयोजित प्रतियोगितामा मासकले याङ्जु नेपाली फुटबल क्लबलाई हराउँदै उपाधिसहित नगद २० लाख कोरियन वन, ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गर्‍यो।

१५ टिम सहभागी प्रतियोगितालाई “परदेशमा भाइचारा, खेलकुदको सहारा” र “अनुशासन र स्वास्थ्यका लागि खेलकुद” भन्ने नारासहित सञ्चालन गरिएको थियो। प्रतियोगिता दिनभरि रोचक र प्रतिस्पर्धात्मक वातावरणमा सम्पन्न भएको थियो। फाइनलमा याङ्जु एफसीले पनि कडा चुनौती दिएको थियो, तर मासक एफसीले उत्कृष्ट खेल प्रदर्शन गर्दै उपाधि आफ्नो पोल्टामा पार्‍यो। याङ्जु एफसीले उपविजेताको रूपमा १० लाख कोरियन वन सहित ट्रफी, प्रमाणपत्र र मेडल  पुरस्कार प्राप्त गर्‍यो।

व्यक्तिगत प्रदर्शनतर्फ, मासक एफसीका मार्सल लामा उत्कृष्ट खेलाडी घोषित भए भने याङ्जु एफसीका नविन ले सर्वाधिक गोलकर्ता बन्न सफल भए। मासकका प्रशान्त कुवँर उत्कृष्ट गोलकिपर र सुमन तामाङ उत्कृष्ट डिफेन्डर चुनिए। सबै विजेताहरूले ५० हजार कोरियन वन, ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गरे।

प्रतियोगिता खेल मैदानमै निकै अनुशासित, विवादरहित र रमाइलो वातावरणमा सम्पन्न भएको आयोजकले जानकारी दिएको छ। क्लबले यस  संस्करणमा केही कमजोरीहरू भए तापनि त्यसलाई सुधार गर्दै आगामी दिनमा अझ राम्रो र भव्य प्रतियोगिता आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

सहयोग गर्ने दाताहरू, सहभागी टिमहरू, खेलाडीहरू, दर्शक र स्वयंसेवकहरू सबैलाई आयोजकले विशेष धन्यवाद ज्ञापन गरेको छ। खेलकुदमार्फत प्रवासी नेपालीहरूबीच आपसी सम्बन्ध अझ बलियो बनाउने विश्वाससहित कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको हो।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Xon Bet Sticky Wild Slots Top Ten

InhaltWas sind Sticky Wilds und wie funktionieren sie?Unsere Top-Ten-Auswahl der Sticky Wild Slots bei Xon BetDetails im Vergleich...

Sichere Casino Slot Bonusrunden im Vergleich

Inhalt1. Arten von Slot-Bonusrunden im Überblick2. Vergleich der Gewinnpotenziale und Volatilität3. So triggern Sie Bonusrunden ef...

Jaké technologické inovace zlepší online automaty s 3D grafickými prvky?

Jaké technologické inovace zlepší online automaty s 3D grafickými prvky?Jmenuji se Tomáš Novák a jako odborník na online hazardní ...

Kod promocyjny NV Kasyno 2026: Najlepsze sposoby na ekskluzywne bonusy

Kod promocyjny NV Kasyno 2026: Najlepsze sposoby na ekskluzywne bonusyWitajcie, nazywam się Jakub Nowak i dziś pragnę podzielić si...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×