Advertisement
Advertisement

Author: विशाल श्रेष्ठ

पाँचौं स्याङ्जा कप २०२५ को आईतवार टाईसिट सार्वजनिक हुँदै

पाँचौं स्याङ्जा कप २०२५ को आईतवार टाईसिट सार्वजनिक हुँदै

जानकारी, भर्खरै, समाचार
स्याङ्जा परिवार दक्षिण कोरिया ले पाँचौं स्याङ्जा कप २०२५ भलिबल प्रतियोगिता आयोजना गर्न लागेको छ। यस कार्यक्रमको टाईसिट सार्वजनिक कार्यक्रम २०२५ जुलाई २७ तारिख (आईतबार) का दिन भेटघाट रेष्टुरेन्ट, सुवन मा हुने भएको छ। यस प्रतियोगिताको मुख्य उद्देश्य स्याङ्जा घर (सेल्टर) को व्यवस्थापन र समृद्धिको लागि समाजमा सहयोग पुर्याउनु हो। प्रतियोगितामा भाग लिनका लागि सबै भलिबल खेलप्रेमी संघसंस्था र खेलाडी साथीहरूलाई समयमै टिम दर्ता गर्न र टाईसिट सार्वजनिक कार्यक्रममा सहभागिता जनाउन बिनम्र अनुरोध गरिएको छ। कार्यक्रमको विषयवस्तु स्वास्थ्य, एकता, सद्भाव र गतिशीलता को महत्त्वलाई पुष्टि गर्नेछ, र यसले खेल, संस्कृति र सुशासन लाई हाम्रो पहिचानको रूपमा प्रस्तुत गर्नेछ। यसका साथै, खेलकुदको माध्यमबाट एकता र सहयोगको भावना फैलाउन मद्दत गर्नेछ। कार्यक्रम विवरण: • टाईसिट सार्वजनिक मिति: २०२५ जुलाई २७, आईतबा...
“नेतृत्व होइन, परिवर्तनको पक्षमा छु: संजिव राईले उम्मेदवारी नदिनुको कारणसँगै स्पष्ट सन्देश”

“नेतृत्व होइन, परिवर्तनको पक्षमा छु: संजिव राईले उम्मेदवारी नदिनुको कारणसँगै स्पष्ट सन्देश”

जानकारी, भर्खरै, समाचार
गैरआवासीय नेपाली संघ (NRNA) को आसन्न निर्वाचनलाई लिएर चर्चा र चासो बढिरहेका बेला, संघका पूर्व उपाध्यक्ष तथा बरिष्ठ उपाध्यक्ष संजिव कुमार राईले अध्यक्ष पदमा उम्मेदवारी दर्ता नगर्नुको कारण स्पष्ट परेका छन । उम्मेदवारी नदिएको स्पष्ट कारणहरू राख्दै उनले सामाजिक सञ्जालमार्फत एक भावुक तर सत्यपरक सन्देश सार्वजनिक गरेका छन्। राईका अनुसार, एनआरएनए त्यतिबेला मात्र समृद्ध र प्रभावकारी बन्न सक्छ जब यसले सिमित व्यापारी, कालाबजारी र नेपालका राजनीतिक दलहरूको छायाँबाट छुटकारा पाउँछ। उनले विगत एक दशकको आफ्नै अनुभवलाई उद्धृत गर्दै भने, “मै हुँ भन्नेहरूले पारदर्शिता, सुव्यवस्था र सामाजिक रुपान्तरण चाहनेलाई मन पराउँदैनन्। उनीहरू सिमित स्वार्थको लागि आफ्नो नैतिकता मात्र होइन, समुदायप्रतिको जिम्मेवारी पनि गुमाउँछन्।” राईले स्पष्ट पारे कि एनआरएनए भित्र पैसाको चलखेल, होटेलको कोठामा भोट किनबेच, र देखावटी ...
“अवसर आउदैन घरि घरि,यस पटक अध्यक्षमा चुनौ हरि” भन्दै एनआरएनए दक्षिण कोरियाको दशौ महाधिवेशनमा अध्यक्ष पदमा मा हरि भट्टराईको बलियो उम्मेदवारी

“अवसर आउदैन घरि घरि,यस पटक अध्यक्षमा चुनौ हरि” भन्दै एनआरएनए दक्षिण कोरियाको दशौ महाधिवेशनमा अध्यक्ष पदमा मा हरि भट्टराईको बलियो उम्मेदवारी

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
विशाल श्रेष्ठ/दक्षिण कोरिया:गैर आवासीय नेपाली संघ कोरियाको आगामी दुई बर्ष( २०२५-२०२७)का लागि नयाँ संगठनमा नयाँ नेतृत्व चयन गर्ने बेला भएकोले नेतृत्व लिन चाहाने एनआरएनहरुको दौडधुप, प्रचार-प्रसार र लविङ तीब्र बन्दै गएको छ ।‌‌‌‌‌‌‌‌‌‌‌आगामी आउदो जुलाइ २६/२७ तारिख मा हुन गइरहेको गैर आवासीय नेपाली संघ कोरिया(एनआरएनए दक्षिण कोरिया) को दशौ महाअधिवेशनको लागि “अवसर आउदैन घरि घरि,यस पटक अध्यक्षमा चुनौ हरि” भन्दै अध्यक्ष पदमा मा हालका उपाध्यक्ष हरि भट्टराईले उम्मेदवारी दिएका छन्। गैर आवासीय नेपाली संघ दक्षिण कोरियाको आगामी दुई बर्ष( २०२५-२०२७) का लागि सरल सहज स्पष्ट अनि मिलनसार स्वभावका कोरियामा सक्रिय सामाजिक ब्यक्तित्व हरि प्रसाद भट्टराईले अध्यक्ष पदको लागि उम्मेदवारी दिएपछि दक्षिण कोरियामा एकदमै महत्वपूर्ण साथ हेरिएको छ।कुनै पनि गुटबन्दीको पछि नलागी स्वतन्त्र रुपमा उम्मेदवारी घोषणा गरेका भट्टरा...
NRNA बुसान साखाको छैटौं अधिवेशनमा निर्वाचन मण्डलले गैरजिम्मेवारपुर्ण निर्णय गरेको आरोप, बिबादै बिबाद बिच अधिवेशन सम्पन्न

NRNA बुसान साखाको छैटौं अधिवेशनमा निर्वाचन मण्डलले गैरजिम्मेवारपुर्ण निर्णय गरेको आरोप, बिबादै बिबाद बिच अधिवेशन सम्पन्न

Breaking News, Breaking news 2, जानकारी, भर्खरै, समाचार
विशाल आवाज:विशाल आवाज: गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद्(NRNA-NCC) दक्षिण कोरिया ख्याङ्गसान शाखाको आइतबार किम्हेमा भएको छैठौँ ऐतिहासिक अधिवेशनमा अध्यक्ष पदका उम्मेदवार शिबराज केसिले निर्वाचन मण्डलले गैरजिम्मेवारपुर्ण निर्णय गरेको आरोप‌ लगाएका छन् । NRNA दक्षिण कोरिया‌ केन्द्रको अधिवेशन नजिकिएसँगै यसको ख्याङ्गसान शाखाको पनि छैठौँ ऐतिहासिक अधिवेशन जुलाई २० तारिख आइतबारका दिन ११ बजे किम्हे स्थित न्यू लिटिल इन्डिया रेस्टुरेन्टको हलमा भएको थियो। अधिवेशनको सुरुदेखि नै विवाद बाट सुरु भएको कार्यक्रम बन्द सत्र सकिँदासम्म पनि विवादमै टुङ्गिएको थियो। अधिवेशन सुरु गर्नु अगाडि नै प्रमुख अतिथिको विषयलाई लिएर कार्यक्रम सञ्चालन गर्न ढिला भएको थियो। बुद्धि गुरुङ अध्यक्ष रहेको NRNA दक्षिण कोरिया‌ केन्द्रबाट अध्यक्ष अथवा वरिष्ठ उपाध्यक्ष प्रमुख अतिथि आउने भनिएकोमा केन्द्रले केन्द्रीय सदस्...
नेपाल आदिवासी जनजाति महासंघ गणतन्त्र कोरियाले “आदिवासी जर्नल एवं स्मारिका २०२५ विमोचन कार्यक्रम”  जुलाइ २७ मा गर्दै

नेपाल आदिवासी जनजाति महासंघ गणतन्त्र कोरियाले “आदिवासी जर्नल एवं स्मारिका २०२५ विमोचन कार्यक्रम” जुलाइ २७ मा गर्दै

Breaking News, Breaking news 2, जानकारी, भर्खरै, समाचार
नेपाल आदिवासी जनजाति महासंघ गणतन्त्र कोरियाले “आदिवासी जर्नल एवं स्मारिका २०२५ विमोचन कार्यक्रम”  जुलाइ २७ मा गर्दै विशाल आवाज: दक्षिण कोरियामा सक्रिय नेपाल आदिवासी जनजाति महासङ्घ, गणतन्त्र कोरियाले जुलाई २७ तारिखका दिन सउलमा “आदिवासी जर्नल एवं स्मारिका २०२५ विमोचन कार्यक्रम” आयोजना गर्नेभएको छ। आदिवासी जनजाति संघसंस्थाहरूको छाता संगठन आदिवासी जनजाति महासङ्घ, गणतन्त्र कोरियाले आफ्नो मौलिक भाषा,संस्कृति,परम्परा र इतिहासलाई प्रवासमा संरक्षण एव प्रवर्द्धन गर्ने उद्देश्यका साथ विभिन्न खोज अनुसन्धान लेख रचनाहरूको संग्रह “आदिवासी जर्नल एवं स्मारिका २०२५” यही जुलाई २७ तारिख आइतबारका दिन मध्यान्न १२ बजे दोङ्देमुनिस्थित नेपाल थाई रेस्टुरेन्टको सभा हलमा विमोचन गर्नेभएको हो। नेफिन कोरिया ,कोरियामा क्रियाशील सबै जातिय संस्थाहरुको स्थापना ,बिकासक्रम र गतिविधिलाइ दस्तावेजिकरन गर्न साथै आदिवासी जनजाति...
कोरियामा भएको “ICN NATIONAL LEAGUE KOREA 2025 NATURAL BODYBUILDING COMPETITION” गोल्ड सहित ३ मेडल जित्न सफल राजु नेपाली

कोरियामा भएको “ICN NATIONAL LEAGUE KOREA 2025 NATURAL BODYBUILDING COMPETITION” गोल्ड सहित ३ मेडल जित्न सफल राजु नेपाली

Breaking News, जानकारी, भर्खरै, समाचार
विशाल आवाज: ICN को आयोजनामा शनिबार कोरियाको सउलमा भएको “ICN NATIONAL LEAGUE KOREA 2025 NATURAL BODYBUILDING COMPETITION”मा नेपाली खेलाडी राजु नेपालीले १ गोल्ड सहित ३ मेडल जित्न सफल भएको छ।  गत शनिबार १९ तारिखका दिन सउलस्थित साइन्स एण्ड टेक्नोलोजीको हलमा भएको “ICN NATIONAL LEAGUE KOREA 2025 NATURAL BODYBUILDING COMPETITION” मा राजु नेपालीले क्लासिक फिजिकमा गोल्ड मेडल,क्लासिक फिजिक ओपनमा चौथो र मेन्स फिजिक first timer मा सिल्भर मेडल जित्न सफल भएका हुन्। दाङ तुल्सीपुर घरभइ विगत सात वर्षदेखि दक्षिण कोरियाको छन्जुमा कार्यरत राजु नेपाली आफ्नो १२ घण्टाको ड्युटी सकाए पश्चात पनि जिम,व्यायाम गर्दै अन्तर्राष्ट्रिय स्टेजमा नेपाललाई चिनाउन सफल भएको छ। प्रतियोगितामा तीनवटा क्याटेगोरीमा भिडेका नेपालीले तीनवटै क्याटेगोरीमा मेडल जित्न सफल भएका हुन्।...
एनआरएनए दक्षिण कोरियाको‌ चुनावी माहोलको हरिबिजोग; २१ सदस्यीय पदको लागि १६ जनाको मात्र उम्मेदवारी,९ जना सर्वसम्मत तिन पदको लागि मात्र भोटिङ हुने सम्भावना

एनआरएनए दक्षिण कोरियाको‌ चुनावी माहोलको हरिबिजोग; २१ सदस्यीय पदको लागि १६ जनाको मात्र उम्मेदवारी,९ जना सर्वसम्मत तिन पदको लागि मात्र भोटिङ हुने सम्भावना

जानकारी, भर्खरै, समाचार
बिशाल आवाज : हाल बुद्धि गुरुङ अध्यक्ष रहेको  गैर आवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाको आगामी दुई बर्ष( २०२५-२०२७)का लागि नयाँ संगठनमा नयाँ नेतृत्व चयन गर्ने बेला भएकोले कोरियामा चुनावी माहोल छ तर हरिबिजोग तालको।‌‌‌‌‌‌‌‌‌‌‌ आगामी जुलाई २६ र २७ मा सउलमा हुने १०औं महाधिवेशनको पूर्वसन्ध्यामा निर्वाचन समिति २०२५ ले नयाँ कार्यसमितिका लागि परेको उम्मेदवारीहरूको नामावली प्रकाशन गर्दै गर्दा चुनावी माहोलको हरिबिजोग ताल देखिएको हो। यसअघिको चुनावमा एउटै पदका लागि चार/पाँचजना उम्मेदवारी दिने र प्राय सबैजसो पदका लागि भोटिङ हुने गर्दथ्यो र त्यसैअनुसारको प्रचारप्रसार लबिङ हुने गरेको पाइन्थ्यो। तर यसपालिको २५-२७ कार्यसमितिका लागि भने त्यस्तो छुट्टै खालको रौनक अझै पनि देख्न सकिरहेको छैन। निर्वाचन समिति २०२५ ले NRNA-NCC कोरियाको आगामी दुई बर्ष( २०२५-२०२७)का कार्यसमितिका लागि परेको उम्मेदवारी को न...
विपिन गुरुङ अध्यक्ष रहेको (NRNA-NCC) दक्षिण कोरियाले जुलाइ २६ मा बृहत् अन्तरक्रिया,पत्रकार सम्मेलन तथा प्रतिबद्वता पत्र सार्वजनिक गर्दै

विपिन गुरुङ अध्यक्ष रहेको (NRNA-NCC) दक्षिण कोरियाले जुलाइ २६ मा बृहत् अन्तरक्रिया,पत्रकार सम्मेलन तथा प्रतिबद्वता पत्र सार्वजनिक गर्दै

Breaking News, Breaking news 2, जानकारी, भर्खरै, समाचार
विशाल आवाज:विपिन कुमार गुरुङ अध्यक्ष रहेको गैर-आवासीय नेपाली संघ (NRNA-NCC) दक्षिण कोरियाले यहि जुलाई २६ तारिखका दिन सउलमा बृहत् अन्तरक्रिया,पत्रकार सम्मेलन तथा प्रतिबद्वता पत्र सार्वजनिक कार्यक्रम गर्ने भएको छ। दक्षिण कोरियामा कार्यरत सम्पूर्ण नेपाली समुदायबीच बृहत् अन्तरक्रिया गरि आफ्नो प्रतिबद्धता सार्वजनिक गर्नका लागि:(NRNA-NCC) दक्षिण कोरियाले जुलाइ २६ तारिख शनिबारका दिन दिउँसो ३ बजे दोङ्देमुन स्थित दर्शन नमस्ते रेस्टुरेन्टको सभाहलमा पत्रकार सम्मेलन गर्ने भएको हो। कार्यक्रम संघको पछिल्लो अवस्था, वैधानिकता, तथा समाजमा फैलिएको विभिन्न भ्रमलाई चिर्न तथा स्पष्ट पार्नका लागि आयोजना गरिएको आयोजकले जनाएको छ। समाजका विभिन्न सम्मानित व्यक्तित्व, एनआरएन अभियन्ता तथा सरोकारवालासँग प्रत्यक्ष संवाद गरी सत्य, विधि र संघको वैधानिक पक्ष प्रस्तुत गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य रहेको छ समेत ...
जुलाई २०(यहि आउदो आईतवार) कोरियामा नेपाल डे मनाइदै

जुलाई २०(यहि आउदो आईतवार) कोरियामा नेपाल डे मनाइदै

Breaking News, जानकारी, भर्खरै, समाचार
बिशाल आवाज: दक्षिण कोरियामा यही आउँदो जुलाई २० आईतवारका दिन नेपाल सरकार, दूतावास दक्षिण कोरियाको आयोजना तथा एनआरएनए दक्षिण कोरियाको सह–आयोजनामा हेवा स्टेशन नजिकै रहेको मारोनिए पार्कमा “नेपाल डे” कार्यक्रम भव्य रूपमा आयोजना हुने भएको छ। नेपाल सरकार, दूतावास दक्षिण कोरियाको आयोजना तथा गैर आवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाको सह–आयोजना र नेपाली सम्पर्क समिति (NCC), नेपाल आदिवासी जनजाति महासंघ, नेपाल पत्रकार महासंघ, नेपाली विद्यार्थी समाज (SONSIK) लगायत विभिन्न प्रदेशीय र क्षेत्रीय समाजहरूले विशेष सहकार्य र सहजीकरणमा हुने यस विशेष कार्यक्रममा नेपाली संस्कृति, भाषा, कला र पर्यटनको अन्तर्राष्ट्रिय प्रचार–प्रसार गर्ने लक्ष्य लिएको आयोजकले जनाएको छ । कार्यक्रमले कोरियामा रहेका नेपालीहरूबीच सहकार्य, आपसी विश्वास र एकताको वातावरण निर्माण गर्नुका साथै नेपाली र कोरियन समुदायबीच सांस्कृतिक सह...
घण्टीघरमा पुगेर सीके राउतले गरे रविको पक्षमा हस्ताक्षर

घण्टीघरमा पुगेर सीके राउतले गरे रविको पक्षमा हस्ताक्षर

Breaking News, जानकारी, भर्खरै, समाचार
जनमत पार्टीका अध्यक्ष सीके राउतले रविको पक्षमा हस्ताक्षर गरेका छन् । रास्वपा मुख्यालय घण्टीघर पुगेर राउतले ‘रविमाथिको राजनीतिक प्रतिशोधविरुद्धको हस्ताक्षर अभियान’ मा ऐक्यवद्धता जनाएका हुन् । हस्ताक्षरपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले जनमत पार्टी पनि न्यायका लागि लडिरहेको पार्टी भएकाले न्यायकै लागि आवाज उठाउन एआको बताए । उनले भने, ‘हामी त न्यायका लागि लडिरहेको पार्टी नै हो । संगठन हौँ । त्यसैले रास्वपाको अभियानमा साथ सहयोग छ । राजनीतिक मान्यता फरक भए आफ्नो ठाउँमा छ । तर अन्यायको कुरामा आवाज उठाउछौँ ।’ उनले थपे, ‘कसैमाथि राज्यले राजनीतिक प्रतिशोध साध्नु हुदैँन भन्ने जनताले दिएको अभिव्यक्ति हो । जुन ठाउँमा लोकतन्त्र परिस्कृत भइसकेको हुन्छ । जुन ठाउँमा शक्ति पृथकीकरण राम्रो भइसकेको हुन्छ । त्यहाँ चाहिँ हामीले अदालतलाई दोष लगाउन मिल्दैन् । जनताको आस्था ठुलो हुन्छ अदालतमाथि र न्यायलयमा...