Advertisement
Advertisement

जुलाई २०(यहि आउदो आईतवार) कोरियामा नेपाल डे मनाइदै

Advertisement
Advertisement

बिशाल आवाज: दक्षिण कोरियामा यही आउँदो जुलाई २० आईतवारका दिन नेपाल सरकार, दूतावास दक्षिण कोरियाको आयोजना तथा एनआरएनए दक्षिण कोरियाको सह–आयोजनामा हेवा स्टेशन नजिकै रहेको मारोनिए पार्कमा “नेपाल डे” कार्यक्रम भव्य रूपमा आयोजना हुने भएको छ।

नेपाल सरकार, दूतावास दक्षिण कोरियाको आयोजना तथा गैर आवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाको सह–आयोजना र नेपाली सम्पर्क समिति (NCC), नेपाल आदिवासी जनजाति महासंघ, नेपाल पत्रकार महासंघ, नेपाली विद्यार्थी समाज (SONSIK) लगायत विभिन्न प्रदेशीय र क्षेत्रीय समाजहरूले विशेष सहकार्य र सहजीकरणमा हुने यस विशेष कार्यक्रममा नेपाली संस्कृति, भाषा, कला र पर्यटनको अन्तर्राष्ट्रिय प्रचार–प्रसार गर्ने लक्ष्य लिएको आयोजकले जनाएको छ । कार्यक्रमले कोरियामा रहेका नेपालीहरूबीच सहकार्य, आपसी विश्वास र एकताको वातावरण निर्माण गर्नुका साथै नेपाली र कोरियन समुदायबीच सांस्कृतिक सहकार्यको सेतु बन्ने अपेक्षा समेत गरिएको छ।

हेवा स्टेशन (LINE 4) को EXIT 2 नजिक रहेको मारोनिएपार्कमा बिहान ९ बजेबाट सुरु हुने कार्यक्रममा नेपाललाई विश्वसामु चिनाउने महत्त्वपूर्ण सांस्कृतिक सन्देशहरू प्रस्तुत गरिनेछ। विशेषगरी, बुद्ध नेपालमा जन्मिएको तथ्य र सगरमाथा संसारकै सर्वोच्च शिखर भएको गौरवलाई कार्यक्रमको मूल विषयवस्तुका रूपमा उजागर गरिनेछ। साथै, नेपाली कला, परम्परागत संस्कृति, लोकसंगीत, नृत्य, तथा पर्यटन प्रवर्द्धनमा आधारित विविध कार्यक्रमहरू पनि समावेश गरिने छन्, जसले सहभागीहरूलाई नेपालको सांस्कृतिक विविधता अनुभूति गराउने विश्वास गरिएको छ।

मित्रताको भावनामा सांस्कृतिक आदान–प्रदान गरी यस कार्यक्रमले नेपाल–कोरिया सम्बन्धलाई थप नयाँ उचाइमा पुर्‍याउने आयोजकले अपेक्षा गरेको छ।

नेपाल सरकारका तर्फबाट नेपाली राजदूत डा. शिवमाया तुम्बाहाङ्फेले कोरियामा रहेका सम्पूर्ण नेपाली राजनीतिक संघसंस्था, जातीय संघहरू, प्रदेश तथा क्षेत्रीय समाज, विद्यार्थी संघ–संस्था, पत्रकारहरू लगायत सम्पूर्ण कोरियावासी नेपाली तथा कोरियन मित्रहरूलाई कार्यक्रममा सहभागिताका लागि हार्दिक निमन्त्रणा समेत गर्नुभएको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

यहि जुन १३ र १४ तारिख किम्हे बुसानमा हुने भूम्या (भूमे) पूजा तथा वृहत वनभोज कार्यक्रम २०८३ को तयारि तिव्र

यहि जुन १३ र १४ तारिख किम्हे बुसानमा हुने भूम्या (भूमे) पूजा तथा वृहत वनभोज कार्यक्रम २०८३ को तयारि तिव्र

नेपाल मगर संघ, गणतन्त्र कोरिया किम्हे/बुसान शाखाको मुख्य व्यवस्थापनमा दक्षिण कोरियामा भव्य रूपमा भूमे (भूम्या) पूजा तथा वृहत वनभोज...
कोरियामा आगामी जुन १४ मा “प्रथम पोखरा फुटसल कप २०२६” हुँदै

कोरियामा आगामी जुन १४ मा “प्रथम पोखरा फुटसल कप २०२६” हुँदै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच खेलकुदमार्फत आपसी एकता, भाइचारा तथा स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित “प्र...
कर्णाली प्रदेश समाज ख्यङसाङ शाखाद्वारा यहि जुन १३ र १४ तारिख बृहत् वनभोज तथा भेटघाट कार्यक्रम आयोजना गर्दै

कर्णाली प्रदेश समाज ख्यङसाङ शाखाद्वारा यहि जुन १३ र १४ तारिख बृहत् वनभोज तथा भेटघाट कार्यक्रम आयोजना गर्दै

दक्षिण कोरियामा रहेका कर्णालीवासी नेपालीहरूबीच आपसी एकता, सद्भाव, सहकार्य तथा भाइचाराको सम्बन्ध अझ मजबुत बनाउने उद्देश्यले कर्णाली...
नेपाली युवाले ल्याए ‘नेपाल कोरिया ड्राइभिङ लाइसेन्स’ एप, कोरियामा रहेका नेपालीलाई ठूलो सहजता अब नेपाली अङ्रेजी दुबै भाषामा मोबाइलमै पढ्न सकिने

नेपाली युवाले ल्याए ‘नेपाल कोरिया ड्राइभिङ लाइसेन्स’ एप, कोरियामा रहेका नेपालीलाई ठूलो सहजता अब नेपाली अङ्रेजी दुबै भाषामा मोबाइलमै पढ्न सकिने

दक्षिण कोरियामा रहेका नेपालीहरूलाई ड्राइभिङ लाइसेन्सको लिखित परीक्षाको तयारी सहज बनाउने उद्देश्यसहित मकवानपुर हेटौंडाका देव थिङले ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×