Advertisement
Advertisement

“नेतृत्व होइन, परिवर्तनको पक्षमा छु: संजिव राईले उम्मेदवारी नदिनुको कारणसँगै स्पष्ट सन्देश”

Advertisement
Advertisement

गैरआवासीय नेपाली संघ (NRNA) को आसन्न निर्वाचनलाई लिएर चर्चा र चासो बढिरहेका बेला, संघका पूर्व उपाध्यक्ष तथा बरिष्ठ उपाध्यक्ष संजिव कुमार राईले अध्यक्ष पदमा उम्मेदवारी दर्ता नगर्नुको कारण स्पष्ट परेका छन । उम्मेदवारी नदिएको स्पष्ट कारणहरू राख्दै उनले सामाजिक सञ्जालमार्फत एक भावुक तर सत्यपरक सन्देश सार्वजनिक गरेका छन्।

राईका अनुसार, एनआरएनए त्यतिबेला मात्र समृद्ध र प्रभावकारी बन्न सक्छ जब यसले सिमित व्यापारी, कालाबजारी र नेपालका राजनीतिक दलहरूको छायाँबाट छुटकारा पाउँछ। उनले विगत एक दशकको आफ्नै अनुभवलाई उद्धृत गर्दै भने,

“मै हुँ भन्नेहरूले पारदर्शिता, सुव्यवस्था र सामाजिक रुपान्तरण चाहनेलाई मन पराउँदैनन्। उनीहरू सिमित स्वार्थको लागि आफ्नो नैतिकता मात्र होइन, समुदायप्रतिको जिम्मेवारी पनि गुमाउँछन्।”

राईले स्पष्ट पारे कि एनआरएनए भित्र पैसाको चलखेल, होटेलको कोठामा भोट किनबेच, र देखावटी नेतृत्वको चाकरी हुँदै आएको छ — जुन प्रवृत्तिबाट आफू सधैं टाढा रहँदै आएका छन्।

“म त्यो नेतृत्वबाट प्रेरित हुँदिन जुन सुशासनको नारा लगाउँछ तर पर्दापछाडि व्यक्तिगत स्वार्थमा लिप्त हुन्छ,” उनले भने।

राईले गैरआवासीय नेपाली समुदायका मजदुर, विद्यार्थी, र सामान्य वर्गका समस्याहरूप्रति बेवास्ता गर्दै केवल पदको लालसामा लिप्त केही समूहहरूलाई चुनौती दिएका छन्।

उनको भनाइमा,

“फुटेर होइन, जुटेर अगाडि बढ्नुपर्छ। पदकै लागि मात्रै होड गर्नेहरूलाई उदाहरण बनेर देखाउन मैले उम्मेदवारी दिएन।”

तर उम्मेदवारी नदिए पनि एनआरएनए अभियानमा पारदर्शिता, जवाफदेहिता र सामाजिक रूपान्तरणका पक्षमा आफ्नो निरन्तर सहकार्य रहने उनको प्रतिबद्धता छ। साथमा उनले स्वार्थी र खुरापाती तत्वहरूलाई चिर्दै अगाडि बढ्न सबैलाई आह्वान गरेका छन्।

सन्देशको अन्त्यमा संजिव राईले सबै सहभागीहरूलाई अधिवेशनको सफलताको शुभकामना व्यक्त गरेका छन्।

यस्तो छ राइको सन्देश

एनआरएनए ( NRNA) र नजिकिएको निर्वाचनबारे मेरो केहि विचार र किन मैले उम्मेदवारी दर्ता गरिन भनेर धेरै शुभचिन्तक र समर्थन गर्नु हुने साथीहरुको लागि केहि शब्द ..
गैरआवासीय नेपाली संघ (NRNA / एनआरएनए) केवल त्यतिबेला मात्र समृद्ध र प्रभावकारी बन्न सक्छ, जब यसले सिमित ब्यापारी अनि यसका कालाबजारी र नेपालका राजनीतिक दलहरू र तिनका लुकेका एजेन्डाबाट आफूलाई स्वतन्त्र राख्न सक्छ।
मै हु भन्नेहरुले पारदर्शिता,सुव्यवस्था,परिवर्तन र सामाजिक रुपान्तरण गर्न चाहने मान्छे मन पराउदैनन्! सिमित स्वार्थको लागि तिनीहरूले आफ्नो नैतिकता मात्र होइन, आम समुदायको सेवा गर्ने क्षमता पनि गुमाउँछ जुन कुरा म आफैले देखेको भोगेको छु,यो एक दशक को उपाध्यक्ष,बरिष्ठ उपाध्यक्ष हुदै गर्दा र अध्यक्ष को मेरो उप-बिजेता पनि त्यसकै परिणाम थियो जुन मैले नजिक बाट बुझेको छु ! यहाँ स्वार्थको लागि होटेलको कोठामा पैसा संग भोट साटिन्छ !
म त्यो नेतृत्वबाट प्रेरित हुँदिन जुन देखावटी काम गरेर मात्र प्रभावित गर्न खोज्छ।जसले ‘सुशासन’ का नारा लगाउँछ तर पर्दापछाडि व्यक्तिगत स्वार्थ, चलखेलमा लिप्त हुन्छ। अझ दुःखको कुरा त के छ भने, जतिसुकै बाहिर देखाए पनि खान पाउने ठाउ आए रातारात फेरी एकै ठाउमा लपक्कै हुन्छन!
यदि कुनै दिन एनआरएनए साँच्चिकै पारदर्शिता, जवाफदेहिता, र कुनै पनि शक्ति वा चलखेलबाट स्वतन्त्र भएर समुदाय अगाडि आउँछ भने तब मात्र वास्तविक परिवर्तन प्रवाशमा सम्भव हुनेछ।मजदुरको,विद्यार्थीको कति समस्या छ त्यता ध्यान कसैले दिन सकेको छ ? सिर्फ पदको लागि मात्रै मरिहत्ते गरिरहने हरुको लागि बाहिर बसेर पनि आफुले सकेको सेवा गर्न सक्नु पर्छ भन्ने उदाहरण सिकोस भनेर पनि मैले उम्मेद्वारी हालिन !
तर रुपान्तरण,पारदर्शिता र सामाजिक कार्य र NRNA अभियान मा सदैब मेरो सहकार्य रहनेछ तर फटाहा,खुरापाति स्वार्थि बाहेक हरुसंग ! अधिबेशन सफलताको शुभकामना NRNA कोरिया , फुटेर होइन जुटेर अगाडी बढौ !

-संजिव कुमार राई
NRNA-NCC KOREA
उपाध्यक्ष -(2019-2021)
बरिष्ठ-उपाध्यक्ष -(2021-2023)
अध्यक्ष प्रत्यासी-(2023-2025)

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Jak vybírat automaty s komiksovou a fantasy grafikou v MerkurXtip

Jak vybírat automaty s komiksovou a fantasy grafikou v MerkurXtipV tomto článku se podělím o své zkušenosti s online kasinem Merku...

Aplicația Stake pentru Android se instalează direct fără Magazin Play românesc

În ultimele luni, tot mai mulți jucători din România caută să instaleze aplicația Stake pe dispozitivele Android, ocolind comple...

Bonusreglerne hos Vinder Casino: Læs det med småt for maksimal gevinst

Bonusreglerne hos Vinder Casino: Læs det med småt for maksimal gevinstMit navn er Lars Madsen, og i denne artikel vil jeg give dig...

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?Ahojte, jmenuji se Jan Novák a rád bych se s vámi poděli...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×