सुर्खेत समाज, दक्षिण कोरियाले आउँदो कोरियन नयाँ वर्ष सलनाल (Seollal) को विशेष अवसरमा भव्य ‘Bulbule Dance Party’ आयोजना गर्ने भएको छ।
संस्थाले सार्वजनिक गरेको सूचनाअनुसार कार्यक्रम २०२६ फेब्रुअरी १५ आईतवारका दिन कोरियाको सौल दोङदेमुनमा आयोजना गरिनेछ।
सुर्खेत समाजले हालै फेङथेक शहरमा स्थापना गरेको आवास गृह (Shelter) सञ्चालनार्थ बुलबुले डान्स पार्टी आयोजना गर्न लागेको आयोजकले बताएको छ।
डिजेको साथमा स्वादिस्ट पारीकार सहित चर्चित कलाकारहरूको बेजोड प्रस्तुति रहने कार्यक्रमलाई सफल पार्नको लागि कोरियामा बस्ने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई सहयोगको अपेक्षा गर्दै उपस्थितिको लागि हार्दिक निमन्त्रणा समेत गरेको छ।...
१० मंसिर २०८२, मंगलवार १३:३११० मंसिर २०८२, मंगलवार १३:३११० मंसिर २०८२, मंगलवार १३:३१ by विशाल श्रेष्ठNo Comments
दश वर्षसम्म दक्षिण कोरियाको एउटै कम्पनीमा निरन्तर मेहनत गरे । कम्पनीका साहुले “E-7 भिजा बनाइदिन्छु, किन जान्छस् नेपाल? यतै बस” भनेर कयौँ पटक आग्रह गरे । स्थायी करियर र सुरक्षित कमाइको आकर्षक प्रस्ताव पनि आयो। तर घनेन्द्र माबोले अन्तिममा एउटा निर्णय लिए — विदेश होइन, अब आफ्नै देशमा लगानी गर्ने।
स्वदेश फर्किएको केही महिनामै उनले करिब १ करोड रुपैयाँ लगानी गरेर कापी उद्योग स्थापना गरे। अहिले घनेन्द्र पहाडका चार जिल्लामा आफ्नै उत्पादन बोकेर हिँड्छन्। बजार विस्तार मात्रै होइन, हजारौँ ग्राहकसँग प्रत्यक्ष भेटघाट र चिनजानले उनलाई स्वदेशमै उद्यमी जीवनको नयाँ आनन्द दिएको छ।
“देशभित्र घुम्न, आफ्नै मानिससँग भेट्न, आफ्नै उत्पादन बेच्नको मज्जा विदेशमा कहिल्यै पाइँदैन,” घनेन्द्र भन्छन्।
दैनिक व्यापारको दौडाहाबाट गर्दा उनी साँझ घर फर्कंदा बाबुआमा र बालबच्चासँग बसेर खाने उनको दैनिकी नै जीवनको सबैभन...
१० मंसिर २०८२, मंगलवार १२:१४१० मंसिर २०८२, मंगलवार १२:१४१० मंसिर २०८२, मंगलवार १२:१४ by विशाल श्रेष्ठNo Comments
दक्षिण कोरियामा बसोबास गर्ने नेपाली समुदायबीच साहित्यिक चेतना विस्तार गर्ने उद्देश्यसहित कवि शकुन आँसुको कविता संग्रह ‘नवयुगकी सुम्निमा’ बारे विशेष चर्चा कार्यक्रम आगामी नोभेम्बर ३०, २०२५ (आइतबार) मा हुने भएको छ।
इतर अभियान, दक्षिण कोरियाको आयोजनामा हुन लागेको उक्त कार्यक्रम बिहान ११:००बजे, सिओलको 종로구 창신길 51, 5층 MG새마을금고 (동대문역 LINE 1, EXIT 1) मा तय गरिएको छ।
कार्यक्रममा दिलिप बान्तवा, सुष्मा रानाहँमा,स्पन्दन दीपक खनाल लगायतका वक्ताहरूले कविता संग्रहका विषयगत कवितामा समेटिएका भावनात्मक तथा सामाजिक आयाम, भाषा र शैलीबारे आफ्ना धारणा प्रस्तुत गर्नेछन्।
सञ्चालन उत्तम खजुमले गर्नेछन्।
आयोजकका अनुसार प्रवासमा बस्ने नेपालीबीच साहित्यिक संवाद, सिर्जनात्मक ऊर्जा आदानप्रदान र नयाँ पुस्तालाई साहित्यप्रति आकर्षित गराउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो।
साहित्यप्रेमी, विद्यार्थी तथा...
९ मंसिर २०८२, सोमबार १२:२२९ मंसिर २०८२, सोमबार १२:२२९ मंसिर २०८२, सोमबार १२:२२ by विशाल श्रेष्ठNo Comments
रास्वपा प्रवास विभाग अन्तर्गत कोरियाको दोश्रो अधिवेशन नोभेम्बर ३० मा हुने
दक्षिण कोरियामा सक्रिय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अन्तर्गतको प्रवास बिभाग प्रवास नेपाली नेपाली सम्पर्क विभागको दोस्रो अधिवेशन यही आउँदो नोभेम्बर ३० तारिख आईतवारका दिन सौलमा हुने भएको छ। अधिवेशनमा पार्टीका एक जना केन्द्रीय सदस्यको विशेष उपस्थितिको घोषणा गरिएको छ।
पार्टीको प्रवास संरचना सुदृढ गर्दै विदेशमा बसेका नेपालीहरूलाई राष्ट्रिय राजनीतिसँग समन्वयित रूपमा जोड्ने उद्देश्यसहित तयार गरिएको यस अधिवेशनलाई सफल र प्रभावकारी बनाउन आयोजक टोली उच्च तयारीमा जुटेको जनाएको छ।
कार्यक्रम विवरण
• मिति: नोभेम्बर ३०, २०२५ (आइतबार)
• समय: मध्यान्ह १२:०० बजेदेखि
• स्थान: Dangmyo Station, Exit 3 नजिक (लगभग ३०० मिटर अगाडि), जिन्हुङ्ग हाई स्कूल, १ तल्ला
प्रवासी नेपालीहरूलाई संगठित गर्दै उनीहरूलाई राष्ट्रिय र...
९ मंसिर २०८२, सोमबार ०२:५४९ मंसिर २०८२, सोमबार ०२:५४९ मंसिर २०८२, सोमबार ०२:५४ by विशाल श्रेष्ठNo Comments
पर्वत समाज दक्षिण कोरियाको पाँचौ अधिवेशन सम्पन्न, बिमल खत्री अध्यक्षसहित नयाँ नेतृत्व चयन
प्रवासी पर्वतेहरूलाई एक सूत्रमा बाँध्दै आएको पर्वत समाज दक्षिण कोरियाको पाँचौ अधिवेशन सउलको दोङ्देमुनस्थित नेपाल थाई रेष्टुरेन्टको सभाहलमा सम्पन्न भएको छ। अधिवेशनले बिमल खत्रीको अध्यक्षतामा आगामी कार्यकालका लागि नयाँ कार्यसमिति सर्वसम्मतरूपमा चयन गरेको छ।
“एकता, सहयोग र साझा अभियानमार्फत प्रवासी पर्वतेको पहिचान मजबूत बनाउँदै समृद्ध पर्वत निर्माणमा योगदान पुर्याउने” उद्देश्यसहित सम्पन्न अधिवेशन निकै उत्साहपूर्ण र सहभागीमूलक भएको आयोजकले जनाएको छ।
नवनिर्वाचित पदाधिकारीहरू
अध्यक्ष
• बिमल खत्री
वरिष्ठ उपाध्यक्ष
• आशिष गुरुङ
उपाध्यक्षहरू
• मेघ पौडेल
• प्रकाश पाण्डेय
• सृजना तिवारी (महिला)
महासचिव
• जीवन पौडेल
सचिवहरू
• सलिन शर्मा
• सुनिल भुसाल (कृष्ण)
कोषाध्यक्ष
• सरोज क...
७ मंसिर २०८२, शनिबार ०४:२१७ मंसिर २०८२, शनिबार ०४:२१७ मंसिर २०८२, शनिबार ०४:२१ by विशाल श्रेष्ठNo Comments
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) निकट जेनजी रेड फोर्स दक्षिण कोरिया ले आफ्नो संगठनात्मक र नाममा महत्वपूर्ण परिवर्तन गर्दै अब ‘प्रवासी युवा एकता मञ्च दक्षिण कोरिया’ नामबाट विधिवत् रूपमा गतिविधि सञ्चालन गर्ने घोषणा गरेको छ।
संगठनले सामाजिक, नैतिक, राजनीतिक तथा प्रशासनिक क्षेत्रमा कोरियाली समाजलाई कुनै पनि प्रकारको बाधा वा नकारात्मक प्रभाव नपर्नेगरी स्वस्थ, उत्तरदायी र सकारात्मक गतिविधि मात्र सञ्चालन गर्ने प्रतिबद्धता सार्वजनिक गरेको छ।
संगठनले आफ्नो पहिचान परिमार्जन गर्दै यसरी तीन मुख्य आधारलाई प्राथमिकता दिएको छ—
• झण्डा : देशको प्रतीक
• झोला : जिम्मेवारीको बोझ
• सिद्धान्त–विचार : विकासवाद र समाजवाद
संगठनका अनुसार, “आम प्रगतिशील परिवर्तनको चाहना राख्ने, विकासप्रेमी सोच भएका तथा सबल राजनीतिक चेतना बोकेका सम्पूर्ण नेपाली युवा वर्गलाई संगठित हुन आह्वान” गरिएको छ।
‘प्रवा...
६ मंसिर २०८२, शुक्रबार १६:२६६ मंसिर २०८२, शुक्रबार १६:२६६ मंसिर २०८२, शुक्रबार १६:२६ by विशाल श्रेष्ठNo Comments
नेपाल तामाङ घेदुङ दक्षिण कोरिया सउल केन्द्रको १२औँ महाधिवेशन यही आइतबार (नोभेम्बर २३) सम्पन्न हुँदै छ। महाधिवेशन नजिकिँदै जाँदा संस्थाभित्र नयाँ नेतृत्व चयनको बहस झन् तीव्र बन्दै गएको छ। खासगरी अध्यक्ष पदमा देखिएको प्रतिस्पर्धाले समुदायभित्र उत्साह, ऊर्जा र थप राजनीतिक तापक्रम बढाएको छ।
यही बीच, संस्थाका वर्तमान वरिष्ठ उपाध्यक्ष रामबहादुर तामाङले आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गर्दै नेतृत्व दौडमा शक्तिशाली प्रवेश गरेका छन्।
🔶 रामबहादुर तामाङ : निरन्तर सेवा यात्राबाट केन्द्रिय नेतृत्वसम्म
“समाजका लागि केही गर्नुपर्छ” भन्ने अठोटसहित २०१८ बाट सुरु भएको तामाङको सामाजिक यात्रा आजसम्म निरन्तर सक्रिय छ।
• तामाङ समाज ख्याङसाङनाम्दो–बुसान (हाल तामाङ घेदुङ बुसान शाखा) का संस्थापक
• क्रमशः सचिव, उपाध्यक्ष, संगठन एकीकरणपछि केन्द्रीय उपाध्यक्ष
• हाल नेपाल तामाङ घेदुङ दक्षिण कोरिया वरि...
६ मंसिर २०८२, शुक्रबार ०९:३५६ मंसिर २०८२, शुक्रबार ०९:३५६ मंसिर २०८२, शुक्रबार ०९:३५ by विशाल श्रेष्ठNo Comments
नीर शाह स्टारर फिल्म ‘परान’ २०८२ सालमा अहिलेसम्म सबैभन्दा धेरै कमाउने नेपाली फिल्म बनेको छ । प्रदर्शनको २१ औं दिन बिहीबार बेलुका ६ बजेसम्म फिल्मले सिनेपाः बक्सअफिसमा १२ करोड ६६ लाख रुपैयाँ नेरु ग्रस कमाएको छ ।
फिल्मले अनमोल केसी स्टारर रोमान्टिक ड्रामा ‘जेरी अन टप’ को कमाइलाई समेत उछिनेको छ । जेरीको कमाइ बिहीबार बेलुका ६ बजेसम्म बक्सअफिसमा १२ करोड १४ लाख नेरु ग्रस छ ।दीपक आचार्य ‘काकु’ निर्देशित ‘परान’ ले आगामी सप्ताहन्त (शुक्रबार र शनिबार) १४ करोडको आँकडा पार गर्ने प्रक्षेपण छ । यो अनुमानका सूचक सकारात्मक यसकारण देखिएका छन् कि फिल्मले विकडेजमा पनि दैनिक ३० देखि ५० लाख औषत कमाइरहेको छ, जुन सशक्त हो ।
बलियो ‘वर्ड अफ माउथ’ लाई, जसको कारण यो फिल्मको गति अझै रोकिएको छैन । फिल्म अन्तर्राष्ट्रिय बजारहरूमा पनि प्रदर्शन तयारीमा छ । यसै अनुरुप कोरियामा पनि डाइनामिक मोरङ कमिटिले कोरिया प्र...
६ मंसिर २०८२, शुक्रबार ०३:५०६ मंसिर २०८२, शुक्रबार ०३:५०६ मंसिर २०८२, शुक्रबार ०३:५० by विशाल श्रेष्ठNo Comments
बक्स अफिसमा तहल्का मच्चाएको ब्लकबस्टर चलचित्र ‘जारी’ को सिक्वेल ‘जारी २’ दक्षिण कोरियाका विभिन्न सहरमा धमाका मच्चाएपछि खोसङमा पनि भोली नोभेम्बर २२ मा प्रदर्सन हुने भएको छ।
खोसङ नेपाली समाजको को आयोजनामा भोली शनिबारका दिन साझ ६:३० बजे 고성국문화체육센터 मा प्रदर्शन हुन लागेको ‘जारी २’ को शोप्रति कोरियामा रहेका नेपाली दर्शकहरूको उत्साह अत्यधिक देखिएको छ।
‘जारी २’ मा ऋचा शर्मा, विजय बराल, बुद्धि तामाङ, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु लगायत कलाकारहरूको दमदार अभिनय रहेको छ। चलचित्रका निर्माता रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङ हुन्।
फिल्मको लेखन र निर्देशन उपेन्द्र सुब्बा ले गरेका छन् भने छायांकन सञ्जय लामा, सम्पादन निमेष श्रेष्ठ, साउन्ड डिजाइन उत्तम न्यौपाने, ब्याकग्राउन्ड स्कोर कोविद बज्रचार्य, र रंग संयोजन राजेन्द्र मोक्तान द्वारा गरिएको छ।
...
५ मंसिर २०८२, बिहीबार १४:४५५ मंसिर २०८२, बिहीबार १४:४५५ मंसिर २०८२, बिहीबार १४:४५ by विशाल श्रेष्ठNo Comments
गत नोभेम्बर ७ तारिकका दिन आत्महत्याको प्रयास पश्चात उपचारका लागि तत्काल अस्पताल पुर्याइएको दोङ ए विश्वविद्यालय बुसानमा अध्यनरत नेपाली विद्यार्थी रोशन बहादुर पख्रिनको उपचारको क्रममा २०२५ नोभेम्बर १० तारिक मृत्यु भएपछि उनको उपचार खर्च र शव नेपाल पठाउन लागेको खर्चमा सहयोग गर्न नेपाल विद्यार्थी समाज, दक्षिण कोरिया (SONSIK) र अन्य संघ–संस्थाले सहयोग अभियान सञ्चालन गरी आवश्यक रकम सङ्कलन गरेको छ।
उनको उपचार खर्च र शवको नेपाल सम्म पुर्याउनको लागि SONSIK ले नोभेम्बर ११ देखि नोभेम्बर १५ सम्म आन्तरिक तथा सार्वजनिक आर्थिक सङ्कलन अभियान चलाएको थियो। अभियानमार्फत कोरियामा अवस्थित विभिन्न संघसंस्था, विद्यार्थी समूह र समुदायले सक्रिय सहभागिता जनाउँदै कुल 18,176,322 कोरियन वोन सङ्कलन भएको जनाएको छ।
SONSIK द्वारा सार्वजनिक गरिएको विवरण अनुसार:
• कुल सङ्कलन: ₩18,176,322
• हस्पिटल बिल र सम्बन्धित ...