सुर्खेत समाज, दक्षिण कोरियाले आउँदो कोरियन नयाँ वर्ष सलनाल (Seollal) को विशेष अवसरमा भव्य ‘Bulbule Dance Party’ आयोजना गर्ने भएको छ।
संस्थाले सार्वजनिक गरेको सूचनाअनुसार कार्यक्रम २०२६ फेब्रुअरी १५ आईतवारका दिन कोरियाको सौल दोङदेमुनमा आयोजना गरिनेछ।
सुर्खेत समाजले हालै फेङथेक शहरमा स्थापना गरेको आवास गृह (Shelter) सञ्चालनार्थ बुलबुले डान्स पार्टी आयोजना गर्न लागेको आयोजकले बताएको छ।
डिजेको साथमा स्वादिस्ट पारीकार सहित चर्चित कलाकारहरूको बेजोड प्रस्तुति रहने कार्यक्रमलाई सफल पार्नको लागि कोरियामा बस्ने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई सहयोगको अपेक्षा गर्दै उपस्थितिको लागि हार्दिक निमन्त्रणा समेत गरेको छ।

Post Views: 290










