रास्वपा प्रवास विभाग अन्तर्गत कोरियाको दोश्रो अधिवेशन नोभेम्बर ३० मा हुने
दक्षिण कोरियामा सक्रिय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अन्तर्गतको प्रवास बिभाग प्रवास नेपाली नेपाली सम्पर्क विभागको दोस्रो अधिवेशन यही आउँदो नोभेम्बर ३० तारिख आईतवारका दिन सौलमा हुने भएको छ। अधिवेशनमा पार्टीका एक जना केन्द्रीय सदस्यको विशेष उपस्थितिको घोषणा गरिएको छ।
पार्टीको प्रवास संरचना सुदृढ गर्दै विदेशमा बसेका नेपालीहरूलाई राष्ट्रिय राजनीतिसँग समन्वयित रूपमा जोड्ने उद्देश्यसहित तयार गरिएको यस अधिवेशनलाई सफल र प्रभावकारी बनाउन आयोजक टोली उच्च तयारीमा जुटेको जनाएको छ।
कार्यक्रम विवरण
• मिति: नोभेम्बर ३०, २०२५ (आइतबार)
• समय: मध्यान्ह १२:०० बजेदेखि
• स्थान: Dangmyo Station, Exit 3 नजिक (लगभग ३०० मिटर अगाडि), जिन्हुङ्ग हाई स्कूल, १ तल्ला

प्रवासी नेपालीहरूलाई संगठित गर्दै उनीहरूलाई राष्ट्रिय राजनीतिमा जिम्मेवार ढंगले जोड्ने अभियानमा जुटेको रास्वपाले कोरियामा समेत सक्रिय संगठन निर्माण गर्दै आएको छ। यही सिलसिलामा हुन लागेको यो अधिवेशनले पार्टीको प्रवासी नेटवर्क विस्तारमा थप योगदान पुर्याउने अपेक्षा गरिएको छ।










