Advertisement
Advertisement

E-7 भिजा त्यागेर स्वदेश फर्किएका घनेन्द्र माबो : १ करोड लगानीमा कापी उद्योग स्थापना, पहाडका ४ जिल्लामा व्यापार विस्तार

Advertisement
Advertisement

दश वर्षसम्म दक्षिण कोरियाको एउटै कम्पनीमा निरन्तर मेहनत गरे । कम्पनीका साहुले “E-7 भिजा बनाइदिन्छु, किन जान्छस् नेपाल? यतै बस” भनेर कयौँ पटक आग्रह गरे । स्थायी करियर र सुरक्षित कमाइको आकर्षक प्रस्ताव पनि आयो। तर घनेन्द्र माबोले अन्तिममा एउटा निर्णय लिए — विदेश होइन, अब आफ्नै देशमा लगानी गर्ने।

स्वदेश फर्किएको केही महिनामै उनले करिब १ करोड रुपैयाँ लगानी गरेर कापी उद्योग स्थापना गरे। अहिले घनेन्द्र पहाडका चार जिल्लामा आफ्नै उत्पादन बोकेर हिँड्छन्। बजार विस्तार मात्रै होइन, हजारौँ ग्राहकसँग प्रत्यक्ष भेटघाट र चिनजानले उनलाई स्वदेशमै उद्यमी जीवनको नयाँ आनन्द दिएको छ।

“देशभित्र घुम्न, आफ्नै मानिससँग भेट्न, आफ्नै उत्पादन बेच्नको मज्जा विदेशमा कहिल्यै पाइँदैन,” घनेन्द्र भन्छन्।

दैनिक व्यापारको दौडाहाबाट गर्दा उनी साँझ घर फर्कंदा बाबुआमा र बालबच्चासँग बसेर खाने उनको दैनिकी नै जीवनको सबैभन्दा ठूलो सुख हो।

राती श्रीमतीको अँगालोमा बेरिएर सुत्न पाउनु — उनका अनुसार, विदेशले कहिल्यै दिन नसक्ने अनमोल खुशी हो।

विदेशमा कमाएको पूँजीलाई स्वदेशमै रोजगारी र सम्भावनामा रूपान्तरण गर्न सकिन्छ भन्ने सन्देश आज उनी खुलेर दिन्छन्—

“जवानी छँदै स्वदेश फर्कौँ, बचतलाई व्यवसायमा लगाऔँ। हामी विदेशमा वर्षौं रगत–पसिना बगाउँछौँ, तर भोली आफ्नै छोराछोरी फेरि विदेशिनु नपरोस्। उनीहरूलाई घरको जग होइन, राम्रो व्यवसायको जग हालिदिऔँ।”

घनेन्द्र माबोको कथा परदेशमा रहेका हजारौँ युवाका लागि प्रेरणा बनेको छ—

‘अवसर विदेशमै होइन, निर्णय गर्ने आँट भए देशमै पर्याप्त छ।’

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

यहि जुन १३ र १४ तारिख किम्हे बुसानमा हुने भूम्या (भूमे) पूजा तथा वृहत वनभोज कार्यक्रम २०८३ को तयारि तिव्र

यहि जुन १३ र १४ तारिख किम्हे बुसानमा हुने भूम्या (भूमे) पूजा तथा वृहत वनभोज कार्यक्रम २०८३ को तयारि तिव्र

नेपाल मगर संघ, गणतन्त्र कोरिया किम्हे/बुसान शाखाको मुख्य व्यवस्थापनमा दक्षिण कोरियामा भव्य रूपमा भूमे (भूम्या) पूजा तथा वृहत वनभोज...
कोरियामा आगामी जुन १४ मा “प्रथम पोखरा फुटसल कप २०२६” हुँदै

कोरियामा आगामी जुन १४ मा “प्रथम पोखरा फुटसल कप २०२६” हुँदै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच खेलकुदमार्फत आपसी एकता, भाइचारा तथा स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित “प्र...
कर्णाली प्रदेश समाज ख्यङसाङ शाखाद्वारा यहि जुन १३ र १४ तारिख बृहत् वनभोज तथा भेटघाट कार्यक्रम आयोजना गर्दै

कर्णाली प्रदेश समाज ख्यङसाङ शाखाद्वारा यहि जुन १३ र १४ तारिख बृहत् वनभोज तथा भेटघाट कार्यक्रम आयोजना गर्दै

दक्षिण कोरियामा रहेका कर्णालीवासी नेपालीहरूबीच आपसी एकता, सद्भाव, सहकार्य तथा भाइचाराको सम्बन्ध अझ मजबुत बनाउने उद्देश्यले कर्णाली...
नेपाली युवाले ल्याए ‘नेपाल कोरिया ड्राइभिङ लाइसेन्स’ एप, कोरियामा रहेका नेपालीलाई ठूलो सहजता अब नेपाली अङ्रेजी दुबै भाषामा मोबाइलमै पढ्न सकिने

नेपाली युवाले ल्याए ‘नेपाल कोरिया ड्राइभिङ लाइसेन्स’ एप, कोरियामा रहेका नेपालीलाई ठूलो सहजता अब नेपाली अङ्रेजी दुबै भाषामा मोबाइलमै पढ्न सकिने

दक्षिण कोरियामा रहेका नेपालीहरूलाई ड्राइभिङ लाइसेन्सको लिखित परीक्षाको तयारी सहज बनाउने उद्देश्यसहित मकवानपुर हेटौंडाका देव थिङले ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×