Advertisement
Advertisement

Author: विशाल श्रेष्ठ

दशैंमा fonemoneyबाट पैसा पठाऔं काठमाण्डौमा घर जितौं ।

दशैंमा fonemoneyबाट पैसा पठाऔं काठमाण्डौमा घर जितौं ।

Breaking News, जानकारी, भर्खरै
दक्षिण कोरिया : कोरियाबाट फोनमनी मार्फत पैसा पठाउदा काठमाण्डौमा घर जित्न सकिने भएको छ । घर जित्नको लागि भने Fonemoney बाट Esewa Money Transfer मार्फत eSewa Walletमा पैसा पठाउनु पर्ने बताइएको छ। Esewa Money Transferको ग्लोबल अफर मध्येबाट कोरियामा Fonemoney मार्फत पैसा पठाउनेले काठमाण्डौमा घर जित्ने अफरमा सहभागि हुन सक्नेछन्। दशैं तिहार लक्षित यो योजना कार्तिक ३० गते सम्म मात्र रहेको कम्पनीले जानकारी दिएको छ । कोरियाबाट "दशैं खर्च ईसेवामा घर काठमाण्डौमा" भनेर फोनमनी मार्फत पैसा पठाउन सकिने बताइएको छ । ईसेवा मनी ट्रान्सफरका ब्रान्ड एम्बेस्डर राजेश हमालले एक कार्यक्रम बिच घर सार्वजनिक गरिसकेका छन । कोरियामा करोडपति बन्ने अवसर कोरियामा पछिल्लो समय संचालनमा रहेको Fonemoney मार्फत पैसा पठाउने मध्ये १ जना कोरियामा करोडपति बन्ने अवसर रहेको छ । यस अन्तर्गत सन २०२४ भित्र फोन मनी मार्फत पैसा ...
SentBe रेमिट्यान्सले ल्यायो दशैं धमाका!पैसा खातामा आइफोन १६ दुइ जनाको हातमा

SentBe रेमिट्यान्सले ल्यायो दशैं धमाका!पैसा खातामा आइफोन १६ दुइ जनाको हातमा

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
विशाल आवाज:पछिल्लो समय दक्षिण कोरियामा रहेका नेपाली हरुको मन जित्न सफल सेन्ट-वी रेमिट्यान्सले अक्टोबर महिनाको लागि 𝐒𝐞𝐧𝐭𝐛𝐞 𝐃𝐚𝐬𝐡𝐚𝐢𝐧 𝐄𝐯𝐞𝐧𝐭 नया स्किम सार्वजनिक गरेको छ। जस अन्तर्गत अक्टोबर महिनामा पैसा पठाउने ग्राहकहरूलाई लक्कि ड्रमा समावेश गरी बम्पर उपहारको रुपमा‌ दुइ जनाले आइफोन १६ पाउन सकिने भएको छ। बैंक ट्रान्सफर 0 सेवा शुक्लमा सुरक्षित भरपर्दो र सस्तो‌ माध्यमबाट पैसा पठाउनुको साथै इभेन्टमा भाग लिइ पुरस्कार पाउनको लागि कोरियामा रहनुहुने हरुले अक्टोबर १ तारिख देखि ३१ तारिख सम्म सेन्ट-वी रेमिट्यान्स मार्फत रकम नेपाल पठाउनुपर्नेछ। 𝐒𝐞𝐧𝐭𝐛𝐞 𝐃𝐚𝐬𝐡𝐚𝐢𝐧 𝐄𝐯𝐞𝐧𝐭  मा सहभागि हुनको लागि १ अक्टोबर बाट ३१ अक्टोबर सम्मको अवधिमा नेपाल पैसा पठाएको हुन पर्नेछ र ट्रान्जेक्सन पूरा गरेपछि रेमिट्यान्सको एपमा गुगल फर्म आउँछ त्यसमा आफ्नो नाम र नम्बर मात्र भरि इभेन्टमा सहभागी हुन सकिनेछ। यो अवधि मा SentBe मार्फत ...
गुल्मी सम्पर्क समितिले भलिबलमा शानदार जित निकाल्दै पायो २५ लाख पुरस्कार

गुल्मी सम्पर्क समितिले भलिबलमा शानदार जित निकाल्दै पायो २५ लाख पुरस्कार

Breaking News, जानकारी, भर्खरै
बोम्जन गुरुङ:कोरिया स्थित स्याङ्जा परिवार थेगु शाखाले सेप्टेम्बर २९ मा आयोजना गरेको दशैं धमाका "चौथो भलिबल कप २०२४" मैत्रीपूर्ण खुल्ला भलिबल प्रतियोगिता को उपाधी कोरियास्थित क्षेत्रीय संस्था गुल्मी सम्पर्क समितिले चुमेको छ । गुल्मी सम्पर्क समितिले फाइनलमा २-० सोझो सेटको स्थितिमा अग्रता निकाल्दै उक्त उपाधी चुमेको हो । "राष्ट्रका लागि खेल, स्वास्थ्यका लागि खेल" भन्ने नाराका साथ थेगु खुजी स्थितको खेलमैदान (대구광역시 달성군 구지면 예현리 764-3) मा आयोजना गरिएको सो मैत्रीपूर्ण खुल्ला भलिबल प्रतियोगितामा फाईनलमा सुदुरपश्चिम समाज कोरियालाई पाखा लगाउँदै शानदार विजयी निकालेको गुल्मी समाज प्रथम र द्धितीय स्थान हासिल गर्ने सुदुरपश्चिम समाजले आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः २५ लाख र १२ लाख प्राप्त गरे भने सान्तवना पुरस्कार स्वरुप दुई टीमहरु नेपाली परोपकार समाज खुजी र मोक्पो भलिबल क्लबले मेडल र ...
प्रकाश तामाङलाई पूर्वमुख्यमन्त्रीले दिए जग्गा र ट्याक्टर

प्रकाश तामाङलाई पूर्वमुख्यमन्त्रीले दिए जग्गा र ट्याक्टर

Breaking News, जानकारी, भर्खरै
  कोशी प्रदेशका पूर्वमुख्यमन्त्री शेरधन राईले ३५ वर्षपछि परिवारको सम्पर्कमा आएका प्रकाश तामाङलाई जग्गा दिएका छन् । तामाङले पूर्वमुख्यमन्त्री राईले ५ रोपनी ३ आना जग्गा दिएका हुन् । उनले एक हाल गोरु र एउटा ट्याक्टर पनि सहयोग गरेका छन् । परिवारको सम्पर्कमा आएका तामाङले आफ्नै पुख्यौली थलो भोजपुरमा कृषि पेसामा संलग्न हुने रहर भएपनि जग्गा नभएको बताएका थिए । राईले तामाङलाई आवश्यकता अनुरुप पूर्वमुख्यमन्त्री राईकी पत्नी ज्याङ्मु शेर्पाले मालपोत कार्यालय भोजपुरमा पुगेर जमिनको लिखत पास गरिएको छ । जमिन राईकी पत्नी शेर्पाको नाममा थियो । पूर्वमुख्यमन्त्री राई र उनकी पत्नी शेर्पाले तामाङलाई लालपूर्जासहित १ थान हाते ट्याक्टर र १ हल गोरु हस्तान्तरण गरे । जमिन, ट्याक्टर र गोरु पाएका तामाङले आफूले खेतीपाती गर्ने र वृद्ध अवस्थाका बुवाआमालाई हेरचाह गर्ने बताए ...
कोशीमा १७ जनाको मृत्यु, ८ जना बेपत्ता (विवरणसहित)

कोशीमा १७ जनाको मृत्यु, ८ जना बेपत्ता (विवरणसहित)

Breaking news 1, जानकारी, भर्खरै
विगत तीन दिनदेखि परेको अविरल वर्षासँगैको बाढी, पहिरो र डुबानबाट कोशी प्रदेशमा १७ जनाको मृत्यु भएको छ । १३ जना घाइते र ८ जना अझै बेपत्ता छन् । कोशी प्रदेश प्रहरी कार्यालयले दिएको जानकारी अनुसार मृत्यु हुनेमा पाँचथरमा ५, सोलुखुम्बुमा ५, धनकुटामा २, उदयपुरमा १, झापामा १ र इलाममा १ जनाको मृत्यु भएको छ ।  यस्तै धनकुटास्थित तमोर नदीमा पहिचान नखुलेका २ जनाको शव भेटिएको छ । यस्तै बाढी पहिरोमा परेर पाँचथरमा ६, झापामा २ र मोरङमा १ जना बेपत्ता छन् । उनीहरूको खोजी भइरहेको छ । यस्तै अहिलेसम्म ६४ वटा पशुचौपाया मरेका छन् । १ हजार २०६ वटा घरपालुवा पक्षी मरेका छन् । यस्तै पूर्ण रूपमा १९ वटा पक्की घर भत्किएका छन् भने ५८ वटा पक्की घरमा आंशिक क्षति पुगेको छ । यस्तै अन्य ३९ वटा घर पूर्णरुपमा क्षतिग्रस्त हुँदा ३३ वटामा आंशिक क्षति पुगेको छ । १३ वटा गोठ क्षतिग्रस्त हुँदा ६ वटा सरकारी कार्यालय, ४ वटा...
झ्याप्ले खोला पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ३५ पुग्यो

झ्याप्ले खोला पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ३५ पुग्यो

Breaking News, जानकारी, भर्खरै
  धादिङको धुनीबेशी नगरपालिका–९ झ्याप्लेखोलामा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ३५ पुगेको छ । अहिलेसम्म तीन वटा फरक गाडीबाट ३५ जनाको शव सुरक्षाकर्मीहरुले निकालेका छन् । शनिबार साँझ झ्याप्ले खोलामा पहिरोले गाडी पुरिएको देखिएपछि उत्खनन् सुरु भएको थियो । सो क्रममा शनिबार राति १४ वटा शव सुरक्षाकर्मीले निकालेका थिए । जसमध्ये ८ पुरुष र ६ महिला थिए । लु १ ख ४५७८ नम्बरको विंगरबाट शनिबार १४ वटा शव निकालिएको थियो । उक्त विङगर गाडी बुटवलबाट काठमाडौंका लागि छुटेको थियो । त्यसैगरी आइतबार थप दुई वटा गाडीबाट २१ जनाको शव निकालिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले दिए । नारायणघाटबाट काठमाडौं आउँदै गरेको ना २ ख १३४५ नम्बरको माइक्रोबसबाट १६ वटा शव निकालिएको उनले बताए । ती मध्ये १२ जना पुरुष र ४ जना महिला छन् । त्यसैगरी गोरखाबाट काठमाडौं आउँदै गरेको ना...
कोरियामा हालसम्मकै सबैभन्दा ठूलो “बृहत दशैं महोत्सव २०२४” आयोजना हुदै

कोरियामा हालसम्मकै सबैभन्दा ठूलो “बृहत दशैं महोत्सव २०२४” आयोजना हुदै

Breaking News, जानकारी, धर्म सस्कृति, भर्खरै, समाचार
विशाल आवाज: नेपालीहरूको महान पर्व विजयादशमीको अवसरमा अक्टोबर १३ तारिख दक्षिण कोरिया स्थित आन्सान शहरमा  हालसम्मकै सबैभन्दा ठूलो “बृहत दशैं महोत्सव २०२४” आयोजना हुने भएको छ। परदेशमा रहेपनि घरदेशको संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गरी नेपालीहरूको राष्ट्रियता झल्काउने उद्देश्यका साथ पाँच-सदक्षिण कोरिया, एनआरएनए दक्षिण कोरिया र आन्सान सिटिको प्रमुख आयोजना तथा नेपाली राजदूतावास सौलको समन्वय र नेपाली सम्पर्क समिति एनसीसीको सहजीकरणमा दक्षिण कोरियामा सक्रिय विभिन्न संघसंस्थाहरूको संयुक्त आयोजनामा अक्टोबर १३ तारिख आइतबारका दिन आन्सान शहरमा  हालसम्मकै सबैभन्दा ठूलो “बृहत दशैं महोत्सव २०२४” आयोजना हुने भएको हो। बृहत दशै कार्यक्रममा  टिका जमरा ग्रहण तथा शुभकामना आदान प्रदान, विभिन्न जातजाति, धर्म, संस्कृति एवं मौलिकता झल्काउने परम्परागत नृत्य तथा झाँकीहरुको प्रस्तुती, नेपाली पञ्चेबाजाका साथ लोकदोह...
जनप्रगतिशील मञ्च दक्षिण कोरियाको‌ सल्लाहकार देखि विभिन्न विभागीय जिम्मेवारीहरू बाँडफाँड,कोको परे त!

जनप्रगतिशील मञ्च दक्षिण कोरियाको‌ सल्लाहकार देखि विभिन्न विभागीय जिम्मेवारीहरू बाँडफाँड,कोको परे त!

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
नेकपा माओवादी केन्द्रको प्रवास संगठन नेपाली जनप्रगतिशील मञ्च दक्षिण कोरियाको छैटौँ राष्ट्रिय अधिवेशनपश्चात केन्द्रीय कार्यसमितिको ऐतिहासिक प्रथम पूर्ण बैठक सम्पन्न भएको छ। दोङ्देमुन स्थित भएको पूर्ण बैठकबाट संगठनको ‌संरक्षक, प्रमुख सल्लाहकार, सल्लाहकारहरू, कार्यसमितिमा रिक्त पदाधिकारीहरू, सदस्यहरू र विभिन्न विभागीय जिम्मेवारीहरूमा सर्वसम्मत रूपमा बाँडफाँड गरिएको छ। संगठनको केन्द्रीय अध्यक्ष  जीवन खतिवडाको अध्यक्षतामा दक्षिण कोरियाको राजधानी सिओलस्थित दोङ्देमुन शहरमा बसेको केन्द्रीय कार्यसमितिको ऐतिहासिक प्रथम पूर्ण बैठकको सञ्चालन महासचिव  सुबिन्द्र मगरले गरेका थिए। बैठकमा कार्यसमितिका अधिकांश सदस्यहरू बाक्लो उपस्थित रहेको थियो। बैठकमा अध्यक्षले संगठनको भावी योजनाबारे प्रकाश पार्दै संगठनलाई अझै थप मजबुत रुपमा दक्षिण कोरियाको नेपाली समाजमा अघि बढाउने खाका समेत तयार पारेका थिए । संगठनलाई र...
स्याङ्जा परिवार दक्षिण कोरियाको केन्द्रीय १३औं अधिवेशन सम्पन्न,अध्यक्षमा  सुशिल गुरुङ

स्याङ्जा परिवार दक्षिण कोरियाको केन्द्रीय १३औं अधिवेशन सम्पन्न,अध्यक्षमा सुशिल गुरुङ

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
दक्षिण कोरियामा सक्रिय क्षेत्रीय संस्था स्याङ्जा परिवार दक्षिण कोरियाको आइतबारका दिन दोङ्देमुनमा रहेको दर्शन नमस्ते रेष्टुरेन्टको सभाहलमा १३औं अधिवेशन सम्पन्न भएको छ।‌ १३औ अधिबेशन‌बाट सुशील गुरुङको नेतृत्वमा १९ सदस्यिय नयाँ कार्यसमिति चयन भएको छ। कुमार थापाकाे संयोजकत्वमा युवराज गुरुङ, विजय थापा, पूर्ण गुरुङ, मित्रबन्धु काफ्ले, नर कुमार गुरुङ र अमित राना लगायतको निर्वाचन मण्डलले १९ सदस्यीय कार्यसमिति गठन गरेको हो । सुशिल गुरुङको नेतृत्वमा, वरिष्ठ उपाध्यक्ष माधव अर्याल, उपाध्यक्ष अर्जुन अर्याल, टोप थापा मगर, कृष्ण प्रसाद न्यौपाने, सचिव टोजिन्द्र गुरुङ, सहसचिव हिमाल खनाल, सहसचिव गुरुदत्त डुम्रे, कोषाध्यक्ष खिम सिंजाली, सह कोषाध्यक्ष झरन राना, सदस्यहरुमा निशान्त सुवेदी, अमृता केसी, विशाल ढकाल, सन्तोष महत, नुतन गुरुङ, टौमाया गुरुङ, रोशन गोतामे, युवराज राना र अनिता विश्वकर्मा नयाँ कार्यसमिति...
दक्षिण कोरियामा ठोरी समाज गठन, अध्यक्षमा निराज पाख्रीन चयन

दक्षिण कोरियामा ठोरी समाज गठन, अध्यक्षमा निराज पाख्रीन चयन

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
वैदेशिक रोजगारी तथा उच्च शिक्षा अध्ययनको सिलसिलामा दक्षिण कोरिया बस्नुहुने ठोरी गापा भरिको युवाहरूले "ठोरी समाज दक्षिण कोरिया समिति" गठन गरेको छ । आइतबार बसेको भेलाले ठोरी-४, मिलचोक स्थायी घर भई हाल दक्षिण कोरिया बस्नुहुने युवा समाजसेवी निराज पाख्रीनको अध्यक्षतामा ३६ सदस्यीय कार्यसमिति गठन गरेको हो । दक्षिण कोरिया जस्तो मुलुकमा छरिएर रहेका ठोरी गापाका युवाहरूलाई एकताबद्ध गरि सुखदुखमा साथ दिन, कोरिया तथा आफ्नो गाउँटोलमा भईपरि आउने समस्याहरुलाई प्रवासबाट पनि योगदान दिने उदेश्यले यो संस्थाको स्थापना भएको यस संस्थाका संरक्षक संयोजक नीर बहादुर बोम्जनले जानकारी दिए । संरक्षक बोम्जन ज्युले आज भएको भेलालाई संयोजन समेत गरेका थिए । नवनिर्वाचित कार्यसमितिमा अध्यक्ष निराज तामाङ, वरिष्ठ उपाध्यक्ष सुमित खड्का, उपाध्यक्ष राजेन्द्र श्रेष्ठ, उपाध्यक्ष राज लोपचन, महासचिव प्रदिप तिमिल्सिना, सचीव पुष्...