Advertisement
Advertisement

कोशीमा १७ जनाको मृत्यु, ८ जना बेपत्ता (विवरणसहित)

Advertisement
Advertisement

विगत तीन दिनदेखि परेको अविरल वर्षासँगैको बाढी, पहिरो र डुबानबाट कोशी प्रदेशमा १७ जनाको मृत्यु भएको छ । १३ जना घाइते र ८ जना अझै बेपत्ता छन् । कोशी प्रदेश प्रहरी कार्यालयले दिएको जानकारी अनुसार मृत्यु हुनेमा पाँचथरमा ५, सोलुखुम्बुमा ५, धनकुटामा २, उदयपुरमा १, झापामा १ र इलाममा १ जनाको मृत्यु भएको छ । 

यस्तै धनकुटास्थित तमोर नदीमा पहिचान नखुलेका २ जनाको शव भेटिएको छ । यस्तै बाढी पहिरोमा परेर पाँचथरमा ६, झापामा २ र मोरङमा १ जना बेपत्ता छन् । उनीहरूको खोजी भइरहेको छ ।

यस्तै अहिलेसम्म ६४ वटा पशुचौपाया मरेका छन् । १ हजार २०६ वटा घरपालुवा पक्षी मरेका छन् । यस्तै पूर्ण रूपमा १९ वटा पक्की घर भत्किएका छन् भने ५८ वटा पक्की घरमा आंशिक क्षति पुगेको छ । यस्तै अन्य ३९ वटा घर पूर्णरुपमा क्षतिग्रस्त हुँदा ३३ वटामा आंशिक क्षति पुगेको छ ।

१३ वटा गोठ क्षतिग्रस्त हुँदा ६ वटा सरकारी कार्यालय, ४ वटा सवारी साधन र १३ वटा पुल तथा कल्भर्ट बाढीले बगाएको छ । बाढी पहिरोमा परी ५४२ घरधुरी प्रभावित बनेका छन् । जसमा सभैभन्दा धेरै झापामा ३०४, मोरङमा १२० घरधुरी प्रभावित बन्दा सुनसरीमा ४९ र धनकुटामा १६, उदयपुरमा ३६ र खोटाङमा २७ घरपरिवार प्रभावित भएका छन् ।

प्रहरीले दिएको तथ्याङ्क अनुसार ४०९ घर स्थानान्तरण गरिएको छ भने १ हजार ६५० घर परिवार सङ्ख्या स्थानान्तरण गरिएको छ । ९९ घर अहिले परिन उच्च जोखिममा रहेको प्रहरीले जनाएको छ । बाढी, पहिरो र डुबानबाट भएको क्षतिको खोज, उद्धार र राहतका लागि प्रदेशभरमा १ हजार ९२ जना प्रहरी परिचालित भएका छन् । हालसम्म झापामा २, इलाममा ६, पाँचथरमा १०, ताप्लेजुङमा १, मोरङमा १, सुनसरीमा ४, धनकुटामा ७, तेह्रथुममा ५, सङ्खुवासभामा १, उदयपुरमा ५, खोटाङमा १०, ओखलढुङ्गामा २ र सोलुखुम्बुमा ५ स्थानमा सडक अवरुद्ध भएको छ । 

मृत्यु हुनेमा को कहाँका ? 

शनिबार दिउँसोको पहिरोमा परेर सोलुखुम्बु सोलुदुधकुण्ड नगरपालिकामा ५ जनाको मृत्यु भएको थियो । सोलुदुधकुण्ड–१० टाप्टिङको चैलुङका स्थानीय टेकबहादुर मगरको घर पहिरोले पुरिँदा घरमा रहेका उनका छोरी ३० वर्षीया कविता मगर र ४१ वर्षीया बुहारी रूपु मगरको मृत्यु भएको हो । पहिरोमा पुरिएर एक जना गम्भीर घाइते भएका छन् ।

यस्तै सोलुदुधकुण्ड–९ स्थित माइतीघर आएकी सोलुदूधकुण्ड–२ की २३ वर्षीया ल्हामु शेर्पा, उनका ७ महिनाका छोरा फुर्वा ल्होप्साङ शेर्पा र सोही नगरपालिका–९ की २९ वर्षीया रीना तामाङको पनि पहिरोमा परेर मृत्यु भएको छ । स्थानीय डिमादावा शेर्पाको ढुङ्गा र माटोले बनेको घर पहिरोले बगाउँदा उनीहरूको मृत्यु भएको हो । घटनामा घाइते भएकी ६२ वर्षीया याङजी शेर्पाको सोलुदूधकुण्ड नगरपालिका–१० टाप्टिङस्थित वाङछु मेमोरियल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

पाँचथरको फिदिम नगरपालिका–४ चिसापानीमा शनिबार नै पहिरोले घर पुरिँदा २४ वर्षीया सपना शेर्पा र उनकी ५ वर्षीया छोरी डोल्मा शेर्पाको मृत्यु भएको थियो । प्रहरीका अनुसार फिदिम–१२ घर भएका आमा–छोरी चिसापानीमा डेरा बस्दै आएका थिए । पहिरोले घर पनि पुरिएको छ ।

पहिरोमा परी फिदिम नगरपालिका– १ कात्तिके घर भई फुरुंगा हाइड्रो पावरमा काम गर्ने ५० वर्षीय गोपी विश्वकर्माको पनि मृत्यु भएको हो । यस्तै फिदिम ८ भोटेगाउँका ८२ वर्षकी पश्चिमा शेर्पा र फिदिम २ मजिटेकी ३५ वर्षकी रञ्जना राईको पनि पहिरोले पुरिएर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । रञ्जनाका छोरा विपिन राईको घाइते अवस्थामा उद्धार गरिएको छ । उनको पाँचथर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै फालेलुङ ५ की ३६ वर्षीया कमला राई, फिदिम १ बस्ने ५० वर्षीय कृष्ण दास, ४० वर्षीया कमला दास, ५५ वर्षीया धनकुमार तुम्बापो, राजेश तुम्बापो र उनकी श्रीमती २१ वर्षीया सरस्वता तुम्बापो पहिरोमा बेपत्ता छन् । प्रहरीका अनुसार उनीहरु फुरुङ्गा हाइड्रो पावरमा काम गर्ने कर्मचारी हुन् । उनीहरु स्थानीय राजकुमार नेम्बाङको घर भाडामा लिएर बस्दै आएका थिए ।

धनकुटाको पाख्रीबास नगरपालिका–५ गुरासे देवीथानमा पहिरोमा परी आमाछोरीको मृत्यु भएको छ । पाख्रीबास–५ का सन्तोष तामाङको घरमाथिबाट पहिरो झर्दा पुरेर उनकी तामाङकी ३२ वर्षीया श्रीमती आशा तामाङ र सासूआमा ५० वर्षीया रामकुमारी तामाङको घटनास्थलमा नै मृत्यु भएको हो । घटनामा घाइते भएका छिमेकी २४ वर्षीया मिनमाया तामाङको उपचार भइरहेको प्रहरीले जनाइको छ ।

यसैगरी इलाममा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । इलामको माई नगरपालिका–८ सेते खोलाले बगाएर ६८ वर्षीय मैतबहादुर लिम्बूको मृत्यु भएको हो । खोलाले बगाएपछि घाइते अवस्थामा उद्धार गरिएका उनको उपचारको क्रममा मृत्यु भएको हो ।

झापाको गौरीगञ्ज गाउँपालिका ३ र २ को सिमानामा रहेको हुलाकी सडकमा पर्ने किस्ने खोलाको पुलबाट हाम फालेका गौरीगञ्ज २ भाकुरमारी सुकुम्वासी बस्ती बस्ने अन्दाजी वर्ष ५० का केमालाल ताजपुरियाको शव भेटिएको छ । उदयपुरको रौतामाई १ की १५ वर्षीया हिसिला तामाङको शनिबार खोलाले बगाएर मृत्यु भएको छ । उनलाई ओडारे खोलाले बगाउँदा मृत्यु भएको हो ।

झापाकै कचनकवल गाउँपालिका १ स्थित चमरभित्ताबाट झकुवा टोल आउँदै गरेकी सोही ठाउँकी पञ्चु राजवंशीकी १४ वर्षीया छोरी नेहारिकालाई जमुवा खोलाले बगाएको छ । शनिबार अपराह्न घटनाबारे प्रहरीमा जानकारी आएको थियो । बेपत्ताको खोजी भइहरेको प्रहरीले जनाएको छ ।

बाढीमा परेर मोरङको रतुवामाइ नगरपालिका ७ बस्दै आएका ७२ वर्षीय डुरोदेवी राजवंशी रतुवाखोला तर्ने क्रममा बेपत्ता छन् । शुक्रबार साँझ करिब ६ बजे झापाको कमल गाउँपालिका १ स्थित किस्ने खोलामा माछा मार्ने क्रममा सोही ठाउँका ३५ वर्षीय टीकाराम चौधरीलाई खोलाले बगाएको थियो ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Misty Casino’da Bakara Stratejileri: Kasa mı Oyuncu mu, Hangisi Daha Kazançlı?

Misty Casino’da Bakara Stratejileri: Kasa mı Oyuncu mu, Hangisi Daha Kazançlı?Misty Casino’da oynanan bakara oyunu, birçok oyuncu ...

Exclusive Promotions You Can’t Miss at Pinco Casino

Exclusive Promotions You Can't Miss at Pinco CasinoBenim adım Ahmet Yılmaz, bir online kumar ve oyun platformları konusunda uzmanı...

Luckygem Forbidden Games Avec Bonus Actif

SommaireIntroduction à Luckygem et aux Jeux InterditsComprendre les Conditions du Luckygem BonusLa Liste des Jeux Interdits avec u...

Vérification KYC Lucky8 : Documents, Délais et Conseils

SommaireQu'est-ce que la vérification KYC et pourquoi est-elle obligatoire chez Lucky8 ?Documents à préparer pour vérifier votre c...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×