बोम्जन गुरुङ:कोरिया स्थित स्याङ्जा परिवार थेगु शाखाले सेप्टेम्बर २९ मा आयोजना गरेको दशैं धमाका "चौथो भलिबल कप २०२४" मैत्रीपूर्ण खुल्ला भलिबल प्रतियोगिता को उपाधी कोरियास्थित क्षेत्रीय संस्था गुल्मी सम्पर्क समितिले चुमेको छ । गुल्मी सम्पर्क समितिले फाइनलमा २-० सोझो सेटको स्थितिमा अग्रता निकाल्दै उक्त उपाधी चुमेको हो ।
"राष्ट्रका लागि खेल, स्वास्थ्यका लागि खेल" भन्ने नाराका साथ थेगु खुजी स्थितको खेलमैदान (대구광역시 달성군 구지면 예현리 764-3) मा आयोजना गरिएको सो मैत्रीपूर्ण खुल्ला भलिबल प्रतियोगितामा फाईनलमा सुदुरपश्चिम समाज कोरियालाई पाखा लगाउँदै शानदार विजयी निकालेको गुल्मी समाज प्रथम र द्धितीय स्थान हासिल गर्ने सुदुरपश्चिम समाजले आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः २५ लाख र १२ लाख प्राप्त गरे भने सान्तवना पुरस्कार स्वरुप दुई टीमहरु नेपाली परोपकार समाज खुजी र मोक्पो भलिबल क्लबले मेडल र ...
१३ आश्विन २०८१, आईतवार ११:५५१३ आश्विन २०८१, आईतवार ११:५५१३ आश्विन २०८१, आईतवार ११:५५ by एलिनाNo Comments
नेकपा माओवादी केन्द्र एसिया संगठन समितिले बाढीपहिरो पीडितका लागि पाँच लाख सहयोग गरेको छ ।
समितिका इञ्चार्ज पम्फा भुसाल, सहइञ्चार्ज ओम शर्मा र संगठनका कार्यालय मुख्य सचिव टिबी पाठकले पाँच लाख रुपैयाँको चेक अध्यक्ष पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई हस्तान्तरण गर्नुभएको हो ।
चेक ग्रहण गर्दै अध्यक्ष प्रचण्डले एसिया संगठन समितिलाई सहयोगका लागि धन्यवाद दिनुभयो । बाढीपहिरोको पछिल्लो घटनालगत्तै पार्टीले पहल लिएर देशब्यापीरुपमा उद्धार र पुनर्स्थापनामा कार्यकर्ता परिचालन गरिएको जानकारी दिंदै उहाँले प्रवासको पार्टी कमिटीले पनि योगदान गरेकोमा प्रशंसा गर्नुभयो । मानवीय विपदको मिलेर सामना गर्नुपर्ने उल्लेख गर्दै उहाँले पीडित जनताको पीडा र दुःखसँग हातेमालो गर्न पनि सबै नेता कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो ।...
१३ आश्विन २०८१, आईतवार १०:१६१३ आश्विन २०८१, आईतवार १०:१६१३ आश्विन २०८१, आईतवार १०:१६ by विशाल श्रेष्ठNo Comments
कोशी प्रदेशका पूर्वमुख्यमन्त्री शेरधन राईले ३५ वर्षपछि परिवारको सम्पर्कमा आएका प्रकाश तामाङलाई जग्गा दिएका छन् ।
तामाङले पूर्वमुख्यमन्त्री राईले ५ रोपनी ३ आना जग्गा दिएका हुन् । उनले एक हाल गोरु र एउटा ट्याक्टर पनि सहयोग गरेका छन् ।
परिवारको सम्पर्कमा आएका तामाङले आफ्नै पुख्यौली थलो भोजपुरमा कृषि पेसामा संलग्न हुने रहर भएपनि जग्गा नभएको बताएका थिए ।
राईले तामाङलाई आवश्यकता अनुरुप पूर्वमुख्यमन्त्री राईकी पत्नी ज्याङ्मु शेर्पाले मालपोत कार्यालय भोजपुरमा पुगेर जमिनको लिखत पास गरिएको छ । जमिन राईकी पत्नी शेर्पाको नाममा थियो ।
पूर्वमुख्यमन्त्री राई र उनकी पत्नी शेर्पाले तामाङलाई लालपूर्जासहित १ थान हाते ट्याक्टर र १ हल गोरु हस्तान्तरण गरे ।
जमिन, ट्याक्टर र गोरु पाएका तामाङले आफूले खेतीपाती गर्ने र वृद्ध अवस्थाका बुवाआमालाई हेरचाह गर्ने बताए ...
१३ आश्विन २०८१, आईतवार १०:०७१३ आश्विन २०८१, आईतवार १०:०७१३ आश्विन २०८१, आईतवार १०:०७ by विशाल श्रेष्ठNo Comments
विगत तीन दिनदेखि परेको अविरल वर्षासँगैको बाढी, पहिरो र डुबानबाट कोशी प्रदेशमा १७ जनाको मृत्यु भएको छ । १३ जना घाइते र ८ जना अझै बेपत्ता छन् । कोशी प्रदेश प्रहरी कार्यालयले दिएको जानकारी अनुसार मृत्यु हुनेमा पाँचथरमा ५, सोलुखुम्बुमा ५, धनकुटामा २, उदयपुरमा १, झापामा १ र इलाममा १ जनाको मृत्यु भएको छ ।
यस्तै धनकुटास्थित तमोर नदीमा पहिचान नखुलेका २ जनाको शव भेटिएको छ । यस्तै बाढी पहिरोमा परेर पाँचथरमा ६, झापामा २ र मोरङमा १ जना बेपत्ता छन् । उनीहरूको खोजी भइरहेको छ ।
यस्तै अहिलेसम्म ६४ वटा पशुचौपाया मरेका छन् । १ हजार २०६ वटा घरपालुवा पक्षी मरेका छन् । यस्तै पूर्ण रूपमा १९ वटा पक्की घर भत्किएका छन् भने ५८ वटा पक्की घरमा आंशिक क्षति पुगेको छ । यस्तै अन्य ३९ वटा घर पूर्णरुपमा क्षतिग्रस्त हुँदा ३३ वटामा आंशिक क्षति पुगेको छ ।
१३ वटा गोठ क्षतिग्रस्त हुँदा ६ वटा सरकारी कार्यालय, ४ वटा...
१३ आश्विन २०८१, आईतवार ०९:४०१३ आश्विन २०८१, आईतवार ०९:४०१३ आश्विन २०८१, आईतवार ०९:४० by विशाल श्रेष्ठNo Comments
धादिङको धुनीबेशी नगरपालिका–९ झ्याप्लेखोलामा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ३५ पुगेको छ ।
अहिलेसम्म तीन वटा फरक गाडीबाट ३५ जनाको शव सुरक्षाकर्मीहरुले निकालेका छन् । शनिबार साँझ झ्याप्ले खोलामा पहिरोले गाडी पुरिएको देखिएपछि उत्खनन् सुरु भएको थियो । सो क्रममा शनिबार राति १४ वटा शव सुरक्षाकर्मीले निकालेका थिए । जसमध्ये ८ पुरुष र ६ महिला थिए ।
लु १ ख ४५७८ नम्बरको विंगरबाट शनिबार १४ वटा शव निकालिएको थियो । उक्त विङगर गाडी बुटवलबाट काठमाडौंका लागि छुटेको थियो । त्यसैगरी आइतबार थप दुई वटा गाडीबाट २१ जनाको शव निकालिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले दिए ।
नारायणघाटबाट काठमाडौं आउँदै गरेको ना २ ख १३४५ नम्बरको माइक्रोबसबाट १६ वटा शव निकालिएको उनले बताए । ती मध्ये १२ जना पुरुष र ४ जना महिला छन् ।
त्यसैगरी गोरखाबाट काठमाडौं आउँदै गरेको ना...
१३ आश्विन २०८१, आईतवार ०२:३७१३ आश्विन २०८१, आईतवार ०२:३७१३ आश्विन २०८१, आईतवार ०२:३७ by एलिनाNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
चिताएका काम सम्पादन हुनेछन्। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। सहपाठीहरू पछि पर्नेछन्। मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
कम प्रतिफलमा चित्त बुझाउनुपर्ने परिस्थिति रहला। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोसिस गर्लान्। आम्दानी भए पनि फजुल खर्च बढ्नाले अर्थ अभाव देखा पर्नेछ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय भएकाले बोली व्यवहारमा सजग रहनुपर्ला। केही गुमाउनुपरे पनि लेनदेन, सरसापट र वादविवाद सुल्झाउने समय छ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
मनोरञ्जनमा समय बित्नेछ। भेटघाटमा अलमलिनुपर्ला। लोकाचारका लागि दिन खर्चिलो बन्न सक्छ। मिहिनेत गर्दा महत्त्वाकांक्षी काम सम्पादन हुनेछ। केही रकम रोकिए पनि व्यापारमा मनग्गे धनलाभ हुनेछ।
सिहं (म...