Advertisement
Advertisement

स्याङ्जा परिवार दक्षिण कोरियाको केन्द्रीय १३औं अधिवेशन सम्पन्न,अध्यक्षमा सुशिल गुरुङ

Advertisement
Advertisement

दक्षिण कोरियामा सक्रिय क्षेत्रीय संस्था स्याङ्जा परिवार दक्षिण कोरियाको आइतबारका दिन दोङ्देमुनमा रहेको दर्शन नमस्ते रेष्टुरेन्टको सभाहलमा १३औं अधिवेशन सम्पन्न भएको छ।‌ १३औ अधिबेशन‌बाट सुशील गुरुङको नेतृत्वमा १९ सदस्यिय नयाँ कार्यसमिति चयन भएको छ।

कुमार थापाकाे संयोजकत्वमा युवराज गुरुङ, विजय थापा, पूर्ण गुरुङ, मित्रबन्धु काफ्ले, नर कुमार गुरुङ र अमित राना लगायतको निर्वाचन मण्डलले १९ सदस्यीय कार्यसमिति गठन गरेको हो । सुशिल गुरुङको नेतृत्वमा, वरिष्ठ उपाध्यक्ष माधव अर्याल, उपाध्यक्ष अर्जुन अर्याल, टोप थापा मगर, कृष्ण प्रसाद न्यौपाने, सचिव टोजिन्द्र गुरुङ, सहसचिव हिमाल खनाल, सहसचिव गुरुदत्त डुम्रे, कोषाध्यक्ष खिम सिंजाली, सह कोषाध्यक्ष झरन राना, सदस्यहरुमा निशान्त सुवेदी, अमृता केसी, विशाल ढकाल, सन्तोष महत, नुतन गुरुङ, टौमाया गुरुङ, रोशन गोतामे, युवराज राना र अनिता विश्वकर्मा नयाँ कार्यसमितिमा चयन गरिएको हो।

संस्थाका केन्द्रीय अध्यक्ष भक्त थापाको सभाध्यक्ष र नेपाली राजदुतावास सउल दक्षिण कोरियाका द्वित्तीय सचिव सूर्य बहादुर थापाको प्रमुख आतिथ्यता, विशेष अतिथिहरुमा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरियाका केन्द्रीय अध्यक्ष बुद्धि गुरुङ, नेपाली सम्पर्क समिति (NCC) का अध्यक्ष श्री हरी खनाल, गण्डकी प्रदेश समाज दक्षिण कोरियाका अध्यक्ष प्रविण गिरी र सोही समाजका उपाध्यक्ष देवी गौतम, स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समिति (ICC) का महासचिव राजेश पाण्डेय, केन्द्रीय सल्लाहकारद्धय नरेन्द्र गुरुङ र कुमार थापा, स्याङ्जा परिवार दक्षिण कोरिया बुसान किम्हे शाखाका अध्यक्ष आशिष रानाभाट र सोही संस्थाका संस्थापक अध्यक्ष राजेन्द्र प्रसाद लामिछाने, स्याङ्जा परिवार दक्षिण कोरिया थेगु शाखाका अध्यक्ष मिलन राना मगर, अतिथिहरुमा कोरिया स्थित नेपाली जनसम्पर्क समितिका अध्यक्ष भजिन्द्र क्षेत्री, कास्की परिवारका केन्द्रीय अध्यक्ष सन्तोष पौडेल र सोही संस्थाका संरक्षक खोम प्रसाद गुरुङ, बागलुङ समाजका अध्यक्ष भूमिराज भुषाल, लमजुङ परिवारका कार्यवाहक अध्यक्ष सन्तोष धिङ्गेल, तनहुँ समाजका अध्यक्ष सुनिल मल्ल, प्रवासी नेपाली मञ्चका अध्यक्ष प्रोफेसर सृजना नेपली, अनेसास कोरियाका अध्यक्ष ह्यारी बोन्ड, लुम्बिनी प्रदेश समाजका उपाध्यक्ष नारायण न्यौपाने, गोरखा परिवारका सचिव सुवास बगाले, स्याङ्जा भीरकोट आर्थर तमू समाजका अध्यक्ष मनोज गुरुङ, कालीगण्डकी समाजका अध्यक्ष कमल न्यौपाने, नेपाली सम्पर्क समितिका उपाध्यक्ष/ सांस्कृतिक विभाग प्रमुख हर्क विष्ट, विभिन्न विभागका प्रमुखहरु, विभिन्न संघ संस्थाका अध्यक्ष एवं प्रतिनिधिहरु, केन्द्र/शाखा संस्थाका अग्रज व्यक्तित्वहरुको उल्लेख्य उपस्थिति रहेकाे थियो ।

संस्थाका वरिष्ठ उपाध्यक्ष सुशील गुरुङको स्वागत मन्तव्यसँगै शुरु भएको उद्घाटन सत्रको कार्यक्रममा संस्थाको प्रगति विवरण सहित बाह्रौं कार्यसमितिको सम्पूर्ण गतिविधिहरु बूँदागत रुपमा केन्द्रीय उपाध्यक्ष माधव अर्यालले प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष अर्जुन अर्यालले आर्थिक प्रतिवेदन पेश गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि सूर्य बहादुर थापा लगायत अन्य वक्ताहरुले स्याङ्जा परिवारको हरेक कार्य र क्रियाशिलताको प्रशंसा गर्दै कोरियामा स्याङ्जा परिवारले विविध सामाजिक कार्य गर्दै आईरहेको सन्दर्भमा खुशी व्यक्त गर्दै विभिन्न कालखण्डमा भएको हरेक गतिविधिको खुलेर प्रशंसा अधिवेशन सफलताको शुभकामना व्यक्त गरेका थिए ।

उद्घाटन सत्रमा संस्थाका केन्द्रीय सचिव टोजिन्द्र गुरुङ र बन्द सत्रमा निर्वाचन मण्डल संयोजक कुमार थापाले कार्यक्रम सञ्चालन गरेका थिए । सोही अवसर पारेर संस्थाले आजीवन सदस्यता ग्रहण गरेका व्यक्तित्वहरुलाई सम्मान कार्यक्रम समेत जोडिएको थियो । अधिवेशन सफलताको शुभकामना सहित अमूल्य समय प्रदान गरेर तेह्रौं अधिवेशन सफल पार्नको निमित्त उपस्थित जनाउनुहुने आमन्त्रित अतिथिहरु, संस्था सम्बद्ध समस्त अग्रज व्यक्तित्व, सदस्य र शुभचिन्तकहरुमा स्याङ्जा परिवारले हार्दिक धन्यवाद र आभार व्यक्त गरेको छ ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?Ahojte, jmenuji se Jan Novák a rád bych se s vámi poděli...

Jak se liší bonusy za vklad kartou od bankovního převodu?

SlotRave Withdrawal to a New Payment Method

Contents1. Preparing for Your SlotRave Withdrawal2. A Step-by-Step Withdrawal Process3. Understanding Withdrawal Timelines and Lim...

Magius Server Stability: Uptime and Outages

Spis treściWskaźnik czasu działania (Uptime) platformy MagiusPlanowane przerwy techniczne i aktualizacjeNajczęstsze przyczyny niep...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×