सउल, दक्षिण कोरिया — बीपिन गुरुङ नेतृत्वको गैर-आवासीय नेपाली संघ (NRNA-NCC) दक्षिण कोरियाले कोरियामा रहेका नेपाली श्रमिक, विद्यार्थी, उद्यमी र समग्र समुदायको हक, अधिकार र समृद्धिको पक्षमा केन्द्रित ‘८ बुँदे कार्ययोजना’ सार्वजनिक गरेका छन्।
सामाजिक न्याय, सांस्कृतिक समृद्धि, लगानी प्रवर्द्धन र दीर्घकालीन सुरक्षालाई समेट्दै उनले सार्वजनिक गरेका कार्यक्रमहरू प्रवासी जीवनमा सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ।
🔷 मुख्य प्रतिबद्धताहरू यसप्रकार छन्:
१. श्रमिक–विद्यार्थी हेल्प डेस्क स्थापना
समस्या परेकालाई समन्वय, कानुनी सहयोग र सामाजिक परामर्श दिने ‘हेल्प डेस्क’ मार्फत पीडितको आवाज सम्बोधन गरिनेछ।
२. NRNA कप खेलकुद प्रतियोगिता
नेतृत्व विकास, सहकार्य र स्वास्थ्य सुदृढीकरणका लागि फुटबल, क्रिकेट, भलिबल, ब्याडमिन्टन लगायत खेल प्रतियोगिता आयोजना गरिनेछ।
३. हाइड्रोपावर लगानी सम्मे...
२० श्रावण २०८२, सोमबार ०९:४९२० श्रावण २०८२, सोमबार ०९:४९२० श्रावण २०८२, सोमबार ०९:४९ by विशाल श्रेष्ठNo Comments
बिशाल आवाज:स्याङ्जा परिवार दक्षिण कोरियाले आयोजना गरेको पाँचौं स्याङ्जा कप २०२५ भलिबल प्रतियोगिता आइतबारका दिन सुवन स्थित आजु युनिभर्सिटीको सुविधा सम्पन्न हलमा भव्य रूपमा सम्पन्न भयो। “स्वास्थ्य, एकता, सद्भाव र गतिशीलताका लागि हाम्रो अभियान — खेल, संस्कृति र सुशासन हाम्रो पहिचान” भन्ने मूल नाराका साथ आयोजित प्रतियोगिताले परदेशी भूमिमा एकता, सहयोग र सद्भावको अद्वितीय उदाहरण प्रस्तुत गरेको छ ।
कोरियाको नेपाली भलिबलको ३० बर्षे लामो इतिहासमै पहिलोपटक ३६ टिमको कीर्तिमानी सहभागिता रहेको यस वर्षको स्याङ्जा कप विशेष बन्यो। बिहान ७ बजे शुरू भएर समयमै सम्पन्न कार्यक्रम, र खेलाडी, दर्शक, रेफ्री, आयोजकदेखि प्रायोजकसम्म सबैको जबरजस्त उपस्थितिले प्रतियोगितालाई साँच्चिकै ‘भलिबलको महाकुम्भ’ बनाएको थियो।
तीव्र प्रतिस्पर्धाबीच सुदूरपश्चिम समाज दक्षिण कोरियाले उपाधि उचाल्दै पहिलो स्थान हात पार्दा, ...
१८ श्रावण २०८२, शनिबार ०२:५११८ श्रावण २०८२, शनिबार ०२:५११८ श्रावण २०८२, शनिबार ०२:५१ by विशाल श्रेष्ठNo Comments
बहुसांस्कृतिक आप्रवासी सहयोग केन्द्र र मङ्गेना इन्टरटेनमेन्टबीच समझदारीपत्र (MOU) मा हस्ताक्षर
कोरियामा रहेको नेपाली समुदाय र बहुसांस्कृतिक परिवारहरूबीच सांस्कृतिक सद्भाव, आदानप्रदान र सहअस्तित्वलाई प्रवर्द्धन गर्ने लक्ष्यका साथ,
बहुसांस्कृतिक आप्रवासी सहयोग केन्द्र (센터장 박상수) र मङ्गेना इन्टरटेनमेन्ट बीच ऐतिहासिक कार्यसम्झौता (MOU) मा हस्ताक्षर सम्पन्न भएको छ।
सम्झौताअनुसार दुवै पक्षले संयुक्त रूपमा ‘नेपाली सामुदायिक सद्भाव सांस्कृतिक महोत्सव’ आयोजना गर्ने र महोत्सवलाई दीगो बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेका छन्।
यो सम्झौताले महोत्सवको योजना, तयारी र कार्यान्वयनको लागि एक सहयोगी प्रणाली स्थापना गर्ने लक्ष्य राखेको छ, पारस्परिक सहयोग र बलियो सञ्जालहरूमा निर्माण गर्दै दुई संस्थाहरूले महोत्सव सामग्री विकास, बजेट तयारी, सामुदायिक संलग्नता, र दिगो सञ्चालन प्रणाली स्थापनामा सहकार्य...
१७ श्रावण २०८२, शुक्रबार ०५:०५१७ श्रावण २०८२, शुक्रबार ०५:०५१७ श्रावण २०८२, शुक्रबार ०५:०५ by विशाल श्रेष्ठNo Comments
कोरियाबाट फर्किएका नेपाली श्रमिकहरूको सीप, अनुभव र सोचलाई उद्यममा बदल्ने उद्देश्यले सउलमा आयोजित ‘नेपाल फर्केका नवप्रवर्तकहरू (Returnee Innovators for Nepal - RIN)’ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
दक्षिण कोरियाको विकास सहयोग संस्था KOICA को आर्थिक सहयोगमा सञ्चालित यो कार्यक्रम K-HaMi (Korea–Happy Migration) परियोजनाको एक महत्वपूर्ण अङ्ग हो। यसलाई KOICA र नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सहकार्यमा संयुक्त रूपमा कार्यान्वयन गरिएको हो।
कार्यक्रमको मूल उद्देश्य भनेको दक्षिण कोरियाबाट नेपाल फर्किसकेका श्रमिकहरूलाई उद्यमशीलता, व्यवसायिक सीप र दीगो पुनःस्थापनातर्फ प्रेरित गर्नु हो। यसै सन्दर्भमा, RIN दोस्रो ब्याचमा सहभागी १० जना नेपाली श्रमिकहरूले आफ्ना व्यवसायिक योजना र सीपको जीवन्त प्रस्तुति दिएका थिए।
कार्यक्रममा कोरियास्थित नेपाली राजदूतावासकी महामहिम ड...
१६ श्रावण २०८२, बिहीबार १२:१२१६ श्रावण २०८२, बिहीबार १२:१२१६ श्रावण २०८२, बिहीबार १२:१२ by विशाल श्रेष्ठNo Comments
खोऱ्यङमा श्रमिक सचेतना तथा राहदानी नवीकरण (E-Passport Renewal) सेवा — २०२५ अगष्ट १० मा हुँदै
कोरिया स्थित खोऱ्यङ क्षेत्रमा कार्यरत नेपालीहरूका लागि खुसीको खबर आएको छ। नेपाली राजदूतावासको आयोजनामा र खोऱ्यङ नेपाली समाजको व्यवस्थापनमा, आउँदो २०२५ अगष्ट १० तारिख आइतबार को दिन श्रमिक सचेतना तथा राहदानी नवीकरण (E-Passport Renewal) सम्बन्धी घुम्ती सेवा सञ्चालन हुने भएको छ।
यो विशेष कार्यक्रम बिहान ७ बजे देखि 경산시 하양읍 하양로 50, 2층 (금락리 ११६-२७२) (BURGER KING र HAIR BY BOOM रहेको भवनको दोस्रो तला) मा हुने आयोजकले जनाएको छ।
यस घुम्ती सेवाको लागि नाम टिपाइसकेका सेवाग्राहीहरूको अन्तिम सूची सार्वजनिक गरिएको छ। सूचीमा समावेश सबैलाई भोली शुक्रबारदेखि (अगष्ट १, ४, ५) भित्र ई-पासपोर्टको अनलाइन फारम अनिवार्य रूपमा भर्नु अनुरोध गरिएको छ। फारम नभरेमा राहदानी बनाउने प्रक्रिया अघि बढ्न सक्दैन।
📱 अनलाइ...
१५ श्रावण २०८२, बुधबार ११:१८१५ श्रावण २०८२, बुधबार ११:१८१५ श्रावण २०८२, बुधबार ११:१८ by विशाल श्रेष्ठNo Comments
कोरियाको नेपालस्थित राजदूत पार्क ताए-यङ (박태영) ले मंगलबार नेपाल राष्ट्र बैंकका गभर्नर बिश्व नाथ पौडेलसँग भेटवार्ता गर्दै दुई देशबीचको वित्तीय तथा मौद्रिक क्षेत्रको सहकार्यलाई अझ मजबुत बनाउने विषयमा विस्तृत छलफल गरेका छन्।
भेटका क्रममा दुबै पक्षले कोरियन सेन्ट्रल बैंक (Bank of Korea) र नेपाल राष्ट्र बैंक बीच हालसम्म कायम रहेको सहकार्यलाई सकारात्मक रुपमा मूल्यांकन गरे, र यो सम्बन्धलाई आगामी दिनहरूमा थप प्रगाढ बनाउने प्रतिबद्धता व्यक्त गरेका हुन्।
कोरियाली केन्द्रीय बैंकले विकासोन्मुख राष्ट्रहरूका केन्द्रीय बैंकसँग “Knowledge Partnership Program (KPP)” मार्फत अनुभव तथा नीतिगत सल्लाह प्रदान गर्दै आएको छ। यस कार्यक्रम अन्तर्गत केन्द्रीय बैंक सम्बन्धी विशेष ज्ञान, वित्तीय प्रणालीको विकास अनुभव र प्रविधिमार्फत नेपाल जस्ता देशहरूसँग निरन्तर सहयोग हुँदै आएको छ।
प्रत्येक वर्ष कोरियाली केन्द्...
१५ श्रावण २०८२, बुधबार ०९:४७१५ श्रावण २०८२, बुधबार ०९:४७१५ श्रावण २०८२, बुधबार ०९:४७ by विशाल श्रेष्ठNo Comments
बुद्दी गुरुङ अध्यक्ष रहेको गैर-आवासीय नेपाली संघ (NRNA) दक्षिण कोरियाको नवौं कार्यसमितिबाट भएको करिब ₩१० करोड कोरियन वन खर्चको विषयमा बिपिन गुरुङ् अध्यक्ष रहेको (NRNA) दक्षिण कोरियाको महासचिव अजय सोडारिले गम्भीर प्रश्न उठाउँदै तीव्र प्रतिक्रिया दिएका छन्। उनले यस्तो खर्चलाई “प्रक्रियागत भ्रष्टाचार” को संज्ञा दिँदै यसले संघको उद्देश्य, मर्यादा र पारदर्शितामाथि गम्भीर आघात पुर्याएको दाबी गर्दै सामाजिक सन्जालमा लेखेका छन।
संघ समाजको लागि हो, कुनै व्यक्तिको प्रयोगशाला होइन। श्रमिकको पसिनाबाट बनेको कोषमा यस्तो लापरबाही र मनोमानी व्यवहार अपमानजनक छ सोडारिले भनेका छन।
गैर-नाफामूलक, स्वतन्त्र र गैर-राजनीतिक संस्था भएको एनआरएनएको मूल भावना सम्झाउँदै सोडारिले प्रश्न उठाउदै भनेका छन "नवौं कार्यसमितिले समाजको समृद्धि, नीति सुधार वा संस्थागत विकासका क्षेत्रमा के गर्यो? त्यो जिम्मेवारीबाट तिनले प...
१५ श्रावण २०८२, बुधबार ०७:१७१५ श्रावण २०८२, बुधबार ०७:१७१५ श्रावण २०८२, बुधबार ०७:१७ by विशाल श्रेष्ठNo Comments
एनआरएनए दक्षिण कोरियाका निवर्तमान अध्यक्ष बुद्धि गुरुङले अघिल्लो कार्यसमितिमाथि सार्वजनिक रूपमा लगाइएको करिब ₩१० करोड कोरियन वन हिनामिनाको आरोपलाई “निराधार, भ्रामक र नियोजित प्रपञ्च” को संज्ञा दिएका छन्। उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक रूपमा प्रतिक्रिया दिंदै भने, “संघ कुनै नाफामुखी संस्था होइन। हाम्रा सम्पूर्ण गतिविधिहरू पारदर्शी ढंगले र विधिसम्मत रूपमा सञ्चालित भएका छन्।”
उनले ती आरोपहरूलाई सिधा शब्दमा “गैरजिम्मेवार, तथ्यविहीन र समुदायलाई भ्रमित पार्ने षड्यन्त्र” भन्दै कडा खण्डन गरेका छन्। “कसैसँग प्रमाण छ भने ल्याओस्, म त्यो रकमको १० गुणा फिर्ता दिन कानुनी रूपमा तयार छु,” भन्दै उनले चुनौती समेत दिएका छन्।
गुरुङका अनुसार अघिल्लो कार्यकालमा हस्तान्तरण गरिएको रकम (₩१४ करोड ४४ लाख) र हालको बाँकी कोषबीच देखिएको फरक संघको विविध कार्यक्रम, अधिवेशन सञ्चालन, सहयोग र सेवा अभियानहरूमा खर...
१४ श्रावण २०८२, मंगलवार १३:४८१४ श्रावण २०८२, मंगलवार १३:४८१४ श्रावण २०८२, मंगलवार १३:४८ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज:दक्षिण कोरियामा सक्रिय संस्थाहरूको माउ सस्था भनेर चिनिने नेपाली सम्पर्क समिति, दक्षिण कोरियाले आउँदो अगस्ट १७ तारिख सौलमा विधान संशोधन सम्बन्धी बृहत् भेला गर्ने भएको छ।
“दक्षिण कोरियामा रहेका सङ्घसंस्थाहरूबीच एकता र सहकार्यका लागि पहल” गर्ने उद्देश्यका साथ सन् १९९३ मा स्थापित नेपाली सम्पर्क समिति, दक्षिण कोरियाले यही आउँदो अगस्ट १७ तारिख आइतबारका दिन बिहान ठिक ११ बजे सौल स्थित 종로구 창신길 51(창신동) 5 충,총로중 앙세마울 금고 मा ‘विधान संशोधन सम्बन्धी बृहत् भेला’ आयोजना गर्ने भएको हो। संगठनको कार्यदिशा स्पष्ट पार्न र संस्थागत संरचनामा आवश्यक सुधार ल्याउन यो कार्यक्रम आयोजना गरिएको हो।
सम्पर्क समितिले कोरियामा क्रियाशील सम्पूर्ण नेपाली संघ–संस्था, सामाजिक अभियन्ता, बुद्धिजीवी, व्यवसायी तथा श्रमिक समुदायका प्रतिनिधिहरूलाई निसंकोच उपस्थित भई संस्थाको भविष्यको दिशानिर्देशनमा सक्रिय सहभागिता जनाउ...
१४ श्रावण २०८२, मंगलवार १२:०५१४ श्रावण २०८२, मंगलवार १२:०५१४ श्रावण २०८२, मंगलवार १२:०५ by विशाल श्रेष्ठNo Comments
दक्षिण कोरियाको ख्यसाङनाम्दो स्थित छाङ्वनमा शहरमा नेपाली दूतावास सउलको आयोजना र ख्यङ्नाम नेपाली समाजको सह-आयोजनामा श्रमिक सचेतना तथा राहदानी नविकरण कार्यक्रम यही आउँदो २०२५ अगस्ट ३ तारिख, आइतबारका दिन आयोजना हुने भएको छ। कार्यक्रममा कोरियाका लागि नेपाल सरकारकी महामहिम राजदूत श्री शिवमाया तुम्बाहाम्फे ज्यूको विशेष उपस्थिति रहनेछ।
कार्यक्रममार्फत कोरियामा वैधानिक रूपमा बसोबास गरिरहेका नेपाली श्रमिकहरूलाई राहदानी नविकरण तथा श्रमिक सरोकारका विषयमा प्रत्यक्ष जानकारी, सहयोग र अन्तरक्रिया गरिनेछ। साथै, राजदूत ज्यूको स्वागत तथा सामूहिक भेटघाट कार्यक्रम समेत आयोजना गरिएको छ।
राहदानी नविकरणको लागि इच्छुक व्यक्तिहरूले पूर्व नामावली संकलनको लागि Google Form भरि पठाउनुपर्नेछ।
Form लिंक:
https://docs.google.com/forms/d/e/1FAIpQLSe5KmDvaPdPnU75xnz-8PHJbx9ZY2V53pyFIeeL6Q_1T4Kcrw/viewform?pli=...