Advertisement
Advertisement

“१४ करोड पाए, ५ करोड छोडे — १० करोड कहाँ गयो?” “यो प्रक्रियागत भ्रष्टाचार हो” : महासचिव अजय सोडारिको कडा आरोप

Advertisement
Advertisement

बुद्दी गुरुङ अध्यक्ष रहेको गैर-आवासीय नेपाली संघ (NRNA) दक्षिण कोरियाको नवौं कार्यसमितिबाट भएको करिब ₩१० करोड कोरियन वन खर्चको विषयमा बिपिन गुरुङ् अध्यक्ष रहेको (NRNA) दक्षिण कोरियाको महासचिव अजय सोडारिले गम्भीर प्रश्न उठाउँदै तीव्र प्रतिक्रिया दिएका छन्। उनले यस्तो खर्चलाई “प्रक्रियागत भ्रष्टाचार” को संज्ञा दिँदै यसले संघको उद्देश्य, मर्यादा र पारदर्शितामाथि गम्भीर आघात पुर्याएको दाबी गर्दै सामाजिक सन्जालमा लेखेका छन।

संघ समाजको लागि हो, कुनै व्यक्तिको प्रयोगशाला होइन। श्रमिकको पसिनाबाट बनेको कोषमा यस्तो लापरबाही र मनोमानी व्यवहार अपमानजनक छ सोडारिले भनेका छन।

गैर-नाफामूलक, स्वतन्त्र र गैर-राजनीतिक संस्था भएको एनआरएनएको मूल भावना सम्झाउँदै सोडारिले प्रश्न उठाउदै भनेका छन “नवौं कार्यसमितिले समाजको समृद्धि, नीति सुधार वा संस्थागत विकासका क्षेत्रमा के गर्‍यो? त्यो जिम्मेवारीबाट तिनले पलायन गरेर, पैसा सकाउने प्रतिस्पर्धा मात्रै देखियो।”उनका अनुसार अघिल्लो कार्यसमितिबाट हस्तान्तरण भएको १४ करोड ४४ लाख वन को कोषमध्ये हाल ५ करोड ६३ लाख वन मात्र बाँकी छ। “करिब १० करोड खर्च भएको देखिन्छ — तर त्यो खर्च न त नीतिगत छ, न त प्राथमिकतामा आधारित। यस्तो अनियमित खर्चलाई प्रक्रिया भनिदिन मिल्दैन,” उनी भन्छन्।

सोडारिका अनुसार “खेलकुद”, “नेपाल डे” जस्ता शीर्षकबाट कर्मकाण्डी खर्च मात्र गरिएको छ — जुन संघको मूल एजेण्डासँग मेल खान्न।”संघको उद्देश्य नेपाली श्रमिक, प्रवासी र राष्ट्रबीच सेतु बन्ने हो। तर यहाँ फुर्सदीका कार्यक्रम र देखावटी सहकार्यको नाममा कोष सकियो। यो नीति होइन, नियतको प्रश्न हो,” उनले भनेका छन।

“संघको कोषबाट अस्पताल पुगेर दुई जना बिरामी भेट्नु सामान्य संवेदनशीलता हो, त्यो कामलाई संघको ऐतिहासिक योगदान भन्दै प्रचार गर्नु सरासर भ्रम छर्नु हो भन्ने सोडारिको भनाइ छ।

महासचिव सोडारिले स्पष्ट पारे कि खर्च विवरणहरूमा शीर्षक अस्पष्ट छन्, कतै पनि “मूल्यांकन, प्रभाव वा पारदर्शी स्पष्टीकरण” छैन। अब यो पक्ष–विपक्षको प्रश्न नभै यो सत्य–असत्यको लडाइँ भएको र संघभित्र भएको आर्थिक अपचलन र प्रक्रियागत भ्रष्टाचारको सत्यतथ्य सार्वजनिक गरिनु पर्ने र दोषीमाथि कानुनी कार्यवाही गर्नुपर्ने पनि उनको माग छ ।

अजय सोडारिको स्टाटस जस्ताको त्यस्तैः:

संघको कोषमा भएको यति ठुलो खर्च प्रक्रियागत भ्रष्टाचार हो ।

गैर-आवासीय नेपाली संघ (NRNA) एक स्वतन्त्र, गैर-नाफामूलक, गैर-राजनीतिक, गैर-सरकारी, चिरस्थायी र एक संघको रूपमा स्थापित संस्था हो ।

नाफा कमाउने नभई, समाज र राष्ट्रको समृद्धिका लागि रचनात्मक तथा सृजनात्मक गतिविधिहरूलाई अगाडि बढाउनु यस संस्थाको प्रमुख लक्ष्य हो ।

संघको मुख्य उद्देश्य गैरआवासीय नेपाली संघको बृहत्तर दायराभित्र रही विदेशमा बस्ने नेपालीहरूलाई एकजुट गराउने, नेपाल भित्र र बाहिर उनीहरूको उद्देश्यलाई प्रवर्द्धन गर्ने र उनीहरूलाई नेपालको हितमा योगदान गर्न परिचालित गर्नु हो ।

अझ विशेषतः कोरियामा रहेका गैरआवासीय नेपालीको पुँजी, क्षमता र दक्ष मानव संसाधनलाई नेपालको चौतर्फी विकासमा लगानी गर्न नेपाल सरकार र नेपाली उद्योगीहरूसँग साझेदारी स्थापना गर्ने र त्यसको विकास गर्ने कार्यमा संघ क्रियाशील रहन्छ ।

गैर-आवासीय नेपालीका मुद्दा र विषयसँग रहेर नेपाल सरकारका विभिन्न निकायसँग समन्वय, सहकार्य र नीतिगत तहमा पहलकदमी लिने संघ नै एनआरएनए हो ।

माथिका विषयवस्तु र संघको विधानमा रहेर दक्षिण कोरियामा नवौं महाधिवेशन भएको तथ्य मेरो स्मरणमा ताजै छ ।

नवौं महाधिवेशन बाट आएको कार्यसमिति यो माथिका मुद्वा र ऐजेण्डामा केन्द्रित भयो त ? समाज र देश समृध्दिीका खातिर कुनै काम गर्यो त ? अह गरेन ! त्यसको सुरुवात विन्दुमा पनि अघिलो कार्यसमिति प्रवेश गरेन बरु उक्त कार्यसमितिले श्रमिकको रगत पसिना बाट सृजित कोषमा गलत नजर लगायो ।

उक्त महाधिवेशनमा अघिल्लो आठौं कार्यसमितिबाट १४ करोड ४४ लाख ३० हजार ४ सय ४४ वन हस्तान्तरण भएको स्पष्ट विवरण देखिन्छ ।

नवौं कार्यसमितिले संस्थाको हित, उद्देश्य र समाज तथा सामाजिक रूपान्तरणमा कुनै सिन्को नभाचेर यति ठुलो रकम खर्च भएको देखाउनु प्रक्रियागत भ्रष्टाचार हो ।

हाल ५ करोड ६३ लाख वन हाराहारी रकम मात्र बाँकी देखिएको छ। करिब १० करोड वन खर्च भएको विवरण देखिएको छ ।

प्राथमिकता, औचित्य र आवश्यकता नभएको क्षेत्रमा संघको कोष प्रयोग गरेर आफ्नो व्यक्तिगत लाभ लिने काम गरेको नवौं कार्यसमिति र त्यसको नेतृत्वको नियत बुझ्न हामीलाई कुनै अप्ठ्यारो छैन ।

संघको सदस्यता नबढ्दैमा चालु कोष घाटामा जाने कुरा हुँदैन । संघ सञ्चालनको क्रममा केही रकम खर्च भए तापनि यति ठुलो रकम खर्च हुन सक्दैन र गर्न पाइँदैन ।

खेलकुद र नेपाल डे जस्ता कर्मकाण्डी कार्यक्रम गरेर संघको कोष दोहन र अपचलन गर्ने काम नवौं कार्यसमिति बाट भएको छ ।
खर्चका शीर्षकहरू अस्पष्ट, धूमिल र अपारदर्शी छन् । ती शीर्षकमा आर्थिक हिनामिना भएको कुरा बुझ्न हामीलाई कुनै अग्नि परीक्षा मा जोखिन पर्दैन होला ।

हस्पिटलमा दुई-चार जना बिरामी भेटेको भरमा संघमा ठुलो योगदान गरियो भन्ने भ्रम र भाष्य निर्माण गर्न खोजिँदै छ ।
यो सामान्य मानवीय सहजीकरण भए तापनि संघको मूल उद्देश्यसँग जोड्नु मूर्खता बाहेक अरु केही हुन सक्दैन ।

समाज, सामाजिक अभियन्ता र एनआरएनए पंक्ति यतिबेला पक्ष-विपक्षमा भन्दा पनि
एक अवैधानिक पक्षबाट संघमा भएको यति ठुलो आर्थिक अनियमितता, भ्रष्टाचार र प्रक्रियागत कोष दोहनको सत्यतथ्य खोजी गरी दोषीलाई कडाभन्दा कडा कारबाही गरिनुपर्छ ।

 

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Godz Sports Betting: Erste Schritte

InhaltWas ist Godz Sports Betting?Schritt-für-Schritt-Anmeldung und VerifizierungEine Übersicht der beliebtesten SportwettenBonusa...

Guia de início rápido de baccarat em casinos online em Portugal

Guia de início rápido de baccarat em casinos online em PortugalMe chamo Miguel Almeida, e sou especialista em jogos de azar online...

Hvad gør du, hvis en indbetaling på dit online casino mislykkes?

Hvad gør du, hvis en indbetaling på dit online casino mislykkes?Mit navn er Lars Jensen, og jeg har i mange år arbejdet som skribe...

Jak vybírat automaty s komiksovou a fantasy grafikou v MerkurXtip

Jak vybírat automaty s komiksovou a fantasy grafikou v MerkurXtipV tomto článku se podělím o své zkušenosti s online kasinem Merku...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×