Advertisement
Advertisement

१० करोड हिनामिनाको आरोपमा बुद्धि गुरुङको कडा प्रत्युत्तर-“प्रमाण छ भने १० गुणा फिर्ता दिन तयार छु!”

Advertisement
Advertisement

एनआरएनए दक्षिण कोरियाका निवर्तमान अध्यक्ष बुद्धि गुरुङले अघिल्लो कार्यसमितिमाथि सार्वजनिक रूपमा लगाइएको करिब ₩१० करोड कोरियन वन हिनामिनाको आरोपलाई “निराधार, भ्रामक र नियोजित प्रपञ्च” को संज्ञा दिएका छन्। उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक रूपमा प्रतिक्रिया दिंदै भने, “संघ कुनै नाफामुखी संस्था होइन। हाम्रा सम्पूर्ण गतिविधिहरू पारदर्शी ढंगले र विधिसम्मत रूपमा सञ्चालित भएका छन्।”

उनले ती आरोपहरूलाई सिधा शब्दमा “गैरजिम्मेवार, तथ्यविहीन र समुदायलाई भ्रमित पार्ने षड्यन्त्र” भन्दै कडा खण्डन गरेका छन्। “कसैसँग प्रमाण छ भने ल्याओस्, म त्यो रकमको १० गुणा फिर्ता दिन कानुनी रूपमा तयार छु,” भन्दै उनले चुनौती समेत दिएका छन्।

गुरुङका अनुसार अघिल्लो कार्यकालमा हस्तान्तरण गरिएको रकम (₩१४ करोड ४४ लाख) र हालको बाँकी कोषबीच देखिएको फरक संघको विविध कार्यक्रम, अधिवेशन सञ्चालन, सहयोग र सेवा अभियानहरूमा खर्च भएको जनाएका छन।सबै खर्चका बिल, भौचर, र विवरणहरू संघकै बैंक खातामा सुरक्षित रूपमा राखिएको उल्लेख गर्दै, उनले भने, “संघको हरेक पैसाको हिसाब छ। यथासमयमा जसले प्रश्न गर्छ, त्यो देखाउन तयार छौं।”

उनले सदस्यता दस्तुर र उम्मेदवारी शुल्कमा आएको गिरावटका कारण संघको आम्दानी घटेको उल्लेख गर्दै, यसलाई हिनामिना भन्नु गम्भीर गैरजिम्मेवारी भएको टिप्पणी गरे। गुरुङको भनाइमा, घटेको आम्दानी, घटेको सदस्यता दस्तुर, र स्वभाविक खर्चलाई ‘हिनामिना’ भन्नेहरूले न त तथ्य हेरेका छन्, न त नियत शुद्ध देखिएको छ।अरूलाई गिराएर आफू उठ्ने प्रवृत्तिविरुद्ध सधैं बोल्ने भन्दै संघ सबैको हुँदा त्यसलाई बदनाम गर्ने प्रयास क्षम्य नहुने समेत बताएका छन।

“संघको कोष कुनै व्यक्तिको पेवा होइन। यो सम्पूर्ण नेपाली समुदायको साझा सम्पत्ति हो भन्ने बुझाइमा म स्पष्ट रहेको गुरुङले स्पष्ट पारेका छन।

उनले संस्थागत पारदर्शिता कायम राखिएको र अहिले पनि कुनै शंका वा जिज्ञासा भए संस्थागत माध्यमबाट प्रश्न गर्न सकिने उल्लेख गरे। “हामी आलोचनालाई स्वागत गर्छौं, तर आरोपका लागि आरोप र अरूलाई गिराएर आफैं उठ्ने नियतका टिप्पणीहरूलाई खारेज गर्छौं,” उनले भने। गुरुङले नेपाली समुदायलाई सामाजिक सञ्जालमा अनावश्यक हल्ला नफैलाउन आग्रह गर्दै, प्रत्यक्ष संस्थागत संवादमार्फत आफ्नो जिज्ञासा राख्न आग्रह गरेका छन्।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Jak vybírat automaty s komiksovou a fantasy grafikou v MerkurXtip

Jak vybírat automaty s komiksovou a fantasy grafikou v MerkurXtipV tomto článku se podělím o své zkušenosti s online kasinem Merku...

Aplicația Stake pentru Android se instalează direct fără Magazin Play românesc

În ultimele luni, tot mai mulți jucători din România caută să instaleze aplicația Stake pe dispozitivele Android, ocolind comple...

Bonusreglerne hos Vinder Casino: Læs det med småt for maksimal gevinst

Bonusreglerne hos Vinder Casino: Læs det med småt for maksimal gevinstMit navn er Lars Madsen, og i denne artikel vil jeg give dig...

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?Ahojte, jmenuji se Jan Novák a rád bych se s vámi poděli...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×