Advertisement
Advertisement

नेपाली सम्पर्क समितिले अगष्ट १७ मा विधान संशोधन सम्बन्धी बृहत् भेला गर्ने

Advertisement
Advertisement


विशाल आवाज:दक्षिण कोरियामा सक्रिय संस्थाहरूको माउ सस्था भनेर चिनिने नेपाली सम्पर्क समिति, दक्षिण कोरियाले आउँदो अगस्ट १७ तारिख सौलमा विधान संशोधन सम्बन्धी बृहत् भेला गर्ने भएको छ।
“दक्षिण कोरियामा रहेका सङ्घसंस्थाहरूबीच एकता र सहकार्यका लागि पहल” गर्ने उद्देश्यका साथ सन् १९९३ मा स्थापित नेपाली सम्पर्क समिति, दक्षिण कोरियाले यही आउँदो अगस्ट १७ तारिख आइतबारका दिन बिहान ठिक ११ बजे ‌ सौल स्थित ‌종로구 창신길 51(창신동) 5 충,총로중 앙세마울 금고 मा ‘विधान संशोधन सम्बन्धी बृहत् भेला’ आयोजना गर्ने भएको हो। संगठनको कार्यदिशा स्पष्ट पार्न र संस्थागत संरचनामा आवश्यक सुधार ल्याउन यो कार्यक्रम आयोजना गरिएको हो।
सम्पर्क समितिले कोरियामा क्रियाशील सम्पूर्ण नेपाली संघ–संस्था, सामाजिक अभियन्ता, बुद्धिजीवी, व्यवसायी तथा श्रमिक समुदायका प्रतिनिधिहरूलाई निसंकोच उपस्थित भई संस्थाको भविष्यको दिशानिर्देशनमा सक्रिय सहभागिता जनाउन आह्वान गरेको छ। कार्यक्रममा संविधान संशोधन, संगठनात्मक पुनर्संरचना, र भावी कार्ययोजना सम्बन्धी महत्वपूर्ण विषयहरूमा बहस–संवाद हुनेछ। डा. एकराज बरालको संयोजकत्व तथा सदस्य सचिव दीपक थापा मगर रहेको विधान संशोधन समितिमा भवानीप्रसाद (बिपि पौड्याल), धर्मराज तिवारी, हर्क विष्ट, ईश्वर धामी, ओमलाल ओली, प्रविण गिरी, किरण बन्जाडे, केदार निरौला र हरिप्रसाद खनाल रहेको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

दक्षिण कोरियामा रहेका प्रवासी नेपालीबीच लोकसंस्कृतिको संरक्षण तथा सामाजिक सेवाको उद्देश्यसहित नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ...
नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच आपसी एकता, भाइचारा र स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्ने उद्देश्यले तमू धीं दक्षिण कोरियाले ...
पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

दक्षिण कोरियामा रहेको सक्रिय सामाजिक संस्था कास्की परिवार दक्षिण कोरियाको आयोजनामा तथा नेपाल फुटबल महासंघ कोरियाको सहजीकरणमा सम्पन...
बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

दक्षिण कोरियाको फेन्थेकस्थित निरमाया दोहोरी साँझको हलमा २०२६ जुन ७ तारिख आइतबार बाग्लुङ समाज दक्षिण कोरियाको स्थापना भएको २५ वर्ष ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×