“अवसर आउदैन घरि घरि,यस पटक उपाध्यक्षमा चुनौ हरि” भन्दै उपाध्यक्षमा हरि भट्टराईको उम्मेदवारी
Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, जानकारी, भर्खरै, राजनीति, राष्ट्रिय खबर
"अवसर आउदैन घरि घरि,यस पटक उपाध्यक्षमा चुनौ हरि" भन्दै एनआरएनए दक्षिण कोरियाको नवौ महाधिवेशनमा उपाध्यक्ष पदमा मा हरि भट्टराईको उम्मेदवारी
विशाल श्रेष्ठ/दक्षिण कोरिया:गैर आवासीय नेपाली संघ कोरियाको आगामी दुई बर्ष( २०२३-२०२५)का लागि नयाँ संगठनमा नयाँ नेतृत्व चयन गर्ने बेला भएकोले नेतृत्व लिन चाहाने एनआरएनहरुको दौडधुप, प्रचार-प्रसार र लविङ तीब्र बन्दै गएको छ ।आगामी आउदो जुलाइ ३० तारिख मा हुन गइरहेको गैर आवासीय नेपाली संघ कोरिया(एनआरएनए दक्षिण कोरिया) को नवौ महाअधिवेशनको लागि बुद्दि गुरुङको अध्यक्षमा बनेको टिमबाट हरि प्रसाद भट्टराईले उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन्।
गैर आवासीय नेपाली संघ दक्षिण कोरियाको आगामी दुई बर्ष( २०२३-२०२५)का लागि सरल सहज स्पष्ट अनि मिलनसार स्वभावका कोरियामा सक्रिय सामाजिक ब्यक्तित्व हरि प्रसाद भट्टराईले उपाध्यक्ष पदको लागि उम्मेदवारी दिने भए पछि...



