Advertisement
Advertisement

राजनीति

गोंगबुमा प्रहरीको गाडी तोडफोड गरी आगजनी गर्ने ६ जना पक्राउ

गोंगबुमा प्रहरीको गाडी तोडफोड गरी आगजनी गर्ने ६ जना पक्राउ

Breaking News, जानकारी, देश, भर्खरै, राजनीति, राष्ट्रिय खबर, समाचार
सोमबार यातायात मुजदुर संघ तथा संगठनले गोंगबु क्षेत्रमा ट्राफिक कारबाहीको विषयलगायत विभिन्न १० बुँदे माग राखी गरेको विरोध प्रदर्शनका क्रममा प्रहरीको गाडी, प्रहरी बिट तथा ट्राफिक आइल्यान्ड तोडफोड तथा आगजनी गरेको आरोपमा ६ जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार नियन्त्रणमा लिइएका व्यक्तिहरू उपर मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २६ को दफा २८५ बमोजिम आपराधिक उपद्रव गर्न नहुने कसूर सम्बन्धी मुद्दा दर्ता गरी काठमाडौं जिल्ला अदालतबाट ३ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ। साथै, सो घटनामा संलग्न रहेको आशंकामा अन्य ९/१० जना व्यक्तिहरूलाई पनि नियन्त्रणमा लिई सोधपुछ तथा छानबिन कार्य भइरहेको छ ।...
गोंगबु घटनाको छानविन गर्नुस्, लुटपाटमा संलग्नलाई कार्वाही गर्नुस् : प्रधानमन्त्री

गोंगबु घटनाको छानविन गर्नुस्, लुटपाटमा संलग्नलाई कार्वाही गर्नुस् : प्रधानमन्त्री

Breaking News, भर्खरै, राजनीति, राष्ट्रिय खबर, समाचार
३ फाल्गुण, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” सोमबार दिउँसो काठमाडौंको गोंगबुमा भएको घटनाको गम्भीर रूपमा छानविन गर्न सुरक्षा अंगका प्रमुखहरूलाई निर्देशन दिनुभएको छ। बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बोलाएर प्रधानमन्त्रीले घटनाको गहिरो गरी छानविन गर्न र अन्याय परेका सबैले समुचित न्याय पाउने गरी कार्वाही गर्न निर्देशन दिनुभएको हो। प्रधानमन्त्रीले भन्नुभयो, “गोंगबुमा सोमबार भएको घटनालाई मैले गम्भीर रूपमा लिएको छु। राजधानीमा नै यस प्रकृतिका घटना हुँदा घटनालाई राज्यले गम्भीर रूपमा लिनुपर्छ। घटनाको पृष्ठभूमि के छ, के कारणले त्यस्तो अप्रिय घटना घट्न पुग्यो, त्यसमा दोषी कोको छन्, त्यो सबै कुराको गहिरो गरी अनुसन्धान गर्नुस्। लुटपाटको घटना झन् गम्भीर छ, त्यसमा दोषीलाई कार्वाही गर्नुस् र जो जो पीडित छन्, उनीहरूले छिटोभन्दा छिटो न्याय पाउने वातावरण...
नेपालबाट इपीएसमार्फत् अझ बढी श्रमिक कोरिया लैजाने विषयमा छलफल

नेपालबाट इपीएसमार्फत् अझ बढी श्रमिक कोरिया लैजाने विषयमा छलफल

Breaking News, अन्तराष्ट्रिय, देश, राजनीति, राष्ट्रिय खबर, समाचार
काठमाण्डौ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दक्षिण कोरियाका राष्ट्रपतिका विशेष दूत सुङ मिन जङसहितको आठ जनाको टोलीसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्रीको निवास बालुवाटारमा मंगलबार विहान भएको भेटवार्तामा दुई देशबीचको आपसी सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यो अवसरमा द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने, आर्थिक सहयोग आदानप्रदानलगायतका विषयमा महत्त्वपूर्ण छलफल भएको थियो । भेटवार्तामा इपीएसमार्फत् अझ बढी श्रमिक कोरिया लैजाने, दक्षिण कोरियाबाट नेपालमा प्राप्त सहयोग बढाउने विषयमा पनि छलफल भएको थियो । आउँदो वर्ष नेपाल र दक्षिण कोरियाबीच कूटनीतिक सम्बन्ध सुरु भएको ५० वर्ष पुग्ने भएकाले त्यसलाई भव्यताका साथ मनाउने विषयमा पनि छलफल भएको जनाइएको छ ।...
‘युज एण्ड थ्रो’ गरेको भन्दै लुम्बिनीकी पूर्वमन्त्री विमला वलीले त्यागिन् माओवादी

‘युज एण्ड थ्रो’ गरेको भन्दै लुम्बिनीकी पूर्वमन्त्री विमला वलीले त्यागिन् माओवादी

Breaking news 2, अन्तर्राष्ट्रिय खबर, ट्रेन्डिङ, राजनीति, राष्ट्रिय खबर
लुम्बिनी प्रदेशकी पूर्वस्वास्थ्य राज्यमन्त्री विमला वलीले माओवादी पार्टी छाडेकी छन् ।     उनले यही माघ २४ मा माओवादी जिल्ला समन्वय कमिटी अध्यक्ष समक्ष राजीनामा बुझाएर माओवादी त्यागेको घोषणा गरेकी हुन् । वलीले राजीनामा पत्रमा माओवादीले आफूलाई ‘युज एण्ड थ्रो’ गरेकाले पार्टी त्यागेको उल्लेख गरेकी छन् ।   उनले भनेकी छन्-´मैले लुम्बिनीमा हाम्रो पार्टीको नेतृत्वमा सरकार बनाउन ठूलो भूमिका खेलेँ । तर, पार्टीले मलाई सापट दिएको पैसा माग्न जाँदा राज्यमन्त्रीबाट राजीनामा दिन बाध्य गरायो ।`   श्रीमान्‌को भूमिका एमालेमा हुँदाहुँदै मुटुमाथि ढुंगा राखी माओवादी रोज्दा समेत पार्टीले सामान्यकरण गरी भूमिकाविहीन गराई आफ्नो अपमान गरेको उनको गुनासो छ । .   एमाले सांसद उत्तरकुमार वलीको निधनपछि तत्कालीन नेकपाले विमलालाई उम्मेदवार बनाएको थियो । उनी दाङ ३ ´ख` ब...
जनयुद्ध दिवसमा बिदा दिएको विरोधमा प्रदर्शन

जनयुद्ध दिवसमा बिदा दिएको विरोधमा प्रदर्शन

Breaking news 1, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, ट्रेन्डिङ, राजनीति, राष्ट्रिय खबर
सरकारले फागुन १ गते जनयुद्ध दिवसको सार्वजनिक बिदा दिएको विरोधमा द्वन्द्वपीडित समुदायले काठमाडौंमा प्रदर्शन गरेका छन् ।   काठमाडौं जिल्ला अदालत अगाडि भेला भएर द्वन्द्वपीडित र मानवअधिकारवादी संघसंस्थासँग आवद्ध व्यक्तिहरुले प्रदर्शन गरेका हुन् । उनीहरुले जनयुद्ध दिवसको नाममा दिइएको सार्वजनिक बिदा खारेज गर्नुपर्ने र द्वन्द्वपीडितलाई न्याय दिनुपर्ने माग राखेका छन् । विरोध प्रदर्शन कार्यक्रममा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै मानवअधिकारकर्मी सुशील प्याकुरेलले जनयुद्ध दिवस भनेर बिदा दिनु ज्यादती भएको बताए ।     कुनै पार्टीले हिंसा सुरु गरेको दिनलाई, अथवा क्रान्ति सुरु गरेको दिनलाई मनाउने मैले आजसम्म विश्वमा कतै देखेको छैन’ उनले भने, ‘…जनयुद्ध सुरु त प्रचण्डलाई प्रधानमन्त्री बनाउन मात्र गरिएको रहेछ । आज लोकतान्त्रिक भनिएका पार्टीहरुको निरिहता दिवस भनेर मनाउन...
‘जनयुद्ध’को उपलब्धि राष्ट्रका साझा सम्पत्ति हुन्: प्रधानमन्त्री प्रचण्ड

‘जनयुद्ध’को उपलब्धि राष्ट्रका साझा सम्पत्ति हुन्: प्रधानमन्त्री प्रचण्ड

Breaking News, राजनीति, राष्ट्रिय खबर, समाचार
काठमाडौं,  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धको जगमा स्थापित अधिकार र उपलब्धि राष्ट्रका साझा सम्पत्ति भएको बताएका छन्। २८औँ 'जनयुद्ध दिवस'का अवसरमा आज शुभकामना दिँदै उनले नेकपा (माओवादी) ले नेतृत्व गरेको भएता पनि जनयुद्ध पहिचान, अधिकार, मुक्ति, न्याय र स्वतन्त्रता चाहने सम्पूर्ण मुक्तिकामी एवं परिवर्तनप्रेमी नेपालीहरूको साझा दिवसका रुपमा रहेको बताए। उनले स्वदेश तथा विदेशमा रहेका समस्त नेपालीहरू एवं विश्वभरिका परिवर्तनप्रेमी जनसमुदायमा शुभकामना पनि व्यक्त गरेका छन्। ‘यस ऐतिहासिक दिनमा देश र जनताको मुक्ति एवं परिवर्तनका निम्ति आफ्नो अमूल्य जीवनको बलिदान गर्नुहुने महान् शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु, सम्पूर्ण बेपत्ता योद्धाहरूको स्मरण गर्दै उच्च सम्मान व्यक्त गर्दछु, घाइते र अपाङ्ग योद्धाहरूमा स्वास्थ्यलाभको शुभेच्छासहित दीर्घजीवनको कामना गर्दछु’, ...
चितवन २ मा मुकुन्देले उम्मेद्बारी दिने

चितवन २ मा मुकुन्देले उम्मेद्बारी दिने

Breaking News, जानकारी, राजनीति, राष्ट्रिय खबर
चर्चित पात्र मुकुन्द घिमिरेले चितवन क्षेत्र नम्बर २ मा उपनिर्वाचन हुने र त्यहाँ उमेद्वारी दिने बताएका छ्न । सामाजिक संजालमा यो जानकारी दिएका हुन । उनले सामाजिक संजालमा लेखेको स्टाटस यस्तो छ – `चितवन क्षेत्र नम्बर २ मा उपनिर्वाचन हुने,म मुकुन्द घिमिरेले उमेद्वारी दिने।´ मुकुन्द घिमिरेले धेरै पहिलेदेखि रवि लामिछाने बिदेशी नागरिक भएको बताउँदै आएका छ्न ।...
जनयुद्ध दिवसमा सार्वजनिक विदा दिने सरकारको निर्णय

जनयुद्ध दिवसमा सार्वजनिक विदा दिने सरकारको निर्णय

Breaking News, Breaking news 1, Breaking news 2, राजनीति, राष्ट्रिय खबर
बैठकले फागुन १ गते जनयुद्ध दिवसका रूपमा सार्वजनिक विदा दिने निर्णय गरेको हो। वि.सं. २०५२ फागुन १ गतेबाट सुरू भएको जनयुद्ध २०६३ मंसीर ५ गते बिस्तृत शान्ति सम्झौतामा रूपान्तरण भएको थियो। त्यही जनयुद्धको जगमा नेपालमा राजनीतिक परिवर्तन सम्भव भएको थियो भने गणतन्त्र, संघीय प्रणाली, समावेशी लोकतन्त्र, सामाजिक न्यायजस्ता उपलब्धि जनयुद्ध र जनआन्दोलनको बलमा नै स्थापित भएका थिए। जनयुद्धको नेतृत्वकर्ता पार्टी माओवादी केन्द्रले प्रत्येक वर्ष फागुन १ गतेलाई जनयुद्ध दिवसको रूपमा मनाउँदै आएको छ। परिवर्तनका पक्षमा भएका सबै आन्दोलन र क्रान्तिहरूको सम्मानमा सरकारले सार्वजनिक विदा दिने निर्णय लिएको हो। यसअघि पुस २७ लाई राष्ट्रिय एकता दिवसका रूपमा सरकारले सार्वजनिक विदा दिएको थियो।...
विद्यादेवीका कारण हवल्दारलाई कारबाही, रामहरिद्वारा हुतिहाराहरूको जबरजस्त विरोध

विद्यादेवीका कारण हवल्दारलाई कारबाही, रामहरिद्वारा हुतिहाराहरूको जबरजस्त विरोध

Breaking News, Breaking news 3, अन्तराष्ट्रिय, राजनीति, राष्ट्रिय खबर
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा चिकित्सकलाई दुर्व्यवहार गरेको अभियोगमा प्रहरी वरिष्ठ हवल्दार कारबाहीमा परेका छन् ।   प्रहरी प्रधान कार्यालयले प्रहरी वृत्त, जनसेवामा कार्यरत प्रहरी वरिष्ठ हवल्दार शम्भुजंग गुरुङलाई निलम्बन गरेको हो ।   सामाजिक सञ्जालमा प्रहरी नेतृत्वलाई कारबाही गर्नुपर्ने स्थानमा साधारण हवल्दारलाई कारबाही भएको भन्दै विरोध भएको छ ।   नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् सांसद रामहरि खतिवडाले प्रहरी हवल्दारलाई कारबाही भएको विषयमा आपत्ति जनाएका छन् । उनले प्रहरी हवल्दारलाई नभइ प्रहरीका उच्च तहका जिम्मेवार अधिकारीलाई कारबाही हुनुपर्ने माग गरेका छन् ।   खतिवडाले भनेका छन्, ‘हवल्दार लाई पो निलम्बन अरे ? प्रहरीको सबैभन्दा माथिल्लो ओहोदामा यिनै पो रहेछन् । आदेश दिने हुन कि पालन गर्ने हुन ?’   शुक्रबार...
कोरियाको तर्फबाट सरकारलाइ ध्यानाकर्षण ज्ञापनपत्र बुझाईयो  

कोरियाको तर्फबाट सरकारलाइ ध्यानाकर्षण ज्ञापनपत्र बुझाईयो  

Breaking News, Breaking news 1, राजनीति, विदेश
सरकारलाई ध्यानाकर्षण ज्ञापनपत्र बुझाईयो     सोल,दक्षिण कोरिया- ईपिएस प्रणाली मार्फत नेपाल सरकारबाट श्रम स्विकृती लिई दक्षिण कोरियामा वैधानिक रुपमा बसोवास गरी रोजगार गरिरहेका नेपाली श्रमिकको कुनै कारणवस मृत्यु भएमा उक्त मृतकको शव नि:शुल्क स्वदेश फर्काउनु पर्ने माग राख्दै विभिन्न संघ-संस्था तथा कोरियामा रहेका नेपाली समुदायले नेपाल सरकार तथा प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापन पत्र बुझाएका छन ।    करीब डेढ महिना पहिले दक्षिण कोरियास्थित नेपाली राजदुतावास मार्फत नेपाल सरकारका सम्बन्धित निकायहरुलाई ज्ञापनपत्र सहित ध्यानाकर्षण गराईएपनी त्यसको कुनै सुनुवाई नभएपछी फेरी दोस्रो ज्ञापनपत्र शुक्रबार प्रधानमन्त्री कार्यालयमा पुगी प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेल मार्फत प्रधानमन्त्री पुष्पकमल दाहाललाई ध्यानाकर्षण सहितको ज्ञापन पत्र बुझाइएको हो ।    एउटा मृत...