Advertisement
Advertisement

भर्खरै

नोभेम्बर ८ तारिख दक्षिण कोरियामा प्रथम सिन्धुपाल्चोक डन्डीबियो कप हुँदै, विजेतालाई १० लाख वन पुरस्कार

नोभेम्बर ८ तारिख दक्षिण कोरियामा प्रथम सिन्धुपाल्चोक डन्डीबियो कप हुँदै, विजेतालाई १० लाख वन पुरस्कार

Breaking News, Breaking news 1, खेल, जानकारी, भर्खरै, मनोरञ्जन, समाचार
दक्षिण कोरियामा नेपाली मौलिक खेल डन्डीबियोको संरक्षण, संवर्द्धन तथा अन्तर्राष्ट्रिय स्तरमा पहिचान विस्तार गर्ने उद्देश्यले दक्षिण कोरियामा पहिलो पटक प्रथम सिन्धुपाल्चोक डन्डीबियो कप–२०२६ आयोजना हुने भएको छ। सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको आयोजनामा आगामी नोभेम्बर ८ तारिख आइतबार किम्पो विश्वविद्यालय (김포대학교), दक्षिण कोरियामा प्रतियोगिता सञ्चालन हुन लागेको हो। ‘हाम्रो खेल, हाम्रो पहिचान, डन्डीबियो हाम्रो शान’ भन्ने नारासहित आयोजना हुन लागेको प्रतियोगिताको तयारी तीव्र रूपमा अगाडि बढिरहेको आयोजकले जनाएको छ। प्रतियोगिता नोभेम्बर ८ तारिख बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछ। प्रतियोगितालाई भव्य र सभ्य रूपमा सम्पन्न गर्न खेलमैदानको अवलोकन तथा आवश्यक व्यवस्थापकीय तयारीसमेत अघि बढाइएको छ। प्रतियोगितामा प्रथम हुने टोलीले १० लाख वन पुरस्कार प्राप्त गर्नेछ भने दोस्रो हुने टोलीलाई ५ लाख वन...
दक्षिण कोरियाको याङ्सानमा अक्टोबर २५ मा विजयादशमीको शुभकामना आदानप्रदान कार्यक्रम हुँदै

दक्षिण कोरियाको याङ्सानमा अक्टोबर २५ मा विजयादशमीको शुभकामना आदानप्रदान कार्यक्रम हुँदै

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै, मनोरञ्जन
दक्षिण कोरियामा रहेका नेपालीहरूबीच आपसी सद्भाव, एकता र भाइचारालाई थप मजबुत बनाउने उद्देश्यले याङ्सान नेपाली परिवारको आयोजनामा विजयादशमी २०८३ को शुभकामना आदानप्रदान कार्यक्रम हुने भएको छ। आयोजकका अनुसार कार्यक्रम आगामी अक्टोबर २५ तारिख आइतबार मध्याह्न १२ बजेदेखि दक्षिण कोरियाको याङ्सानस्थित 양주근린공원 (중부동 727) मा आयोजना हुनेछ। कार्यक्रममा विजयादशमीको टीका ग्रहण तथा शुभकामना आदानप्रदान, नेपाली परिकारको खानपिन तथा स्थानीय कलाकारहरूको नृत्य र गायन प्रस्तुतिलगायतका गतिविधि समावेश गरिएका छन्। विदेशमा रहेर पनि नेपाली मौलिक संस्कृति, परम्परा र चाडपर्वको संरक्षण गर्दै नेपालीहरूबीच आपसी मेलमिलाप तथा सहयोगको भावना अभिवृद्धि गर्ने लक्ष्यसहित कार्यक्रम आयोजना गर्न लागिएको हो। याङ्सान नेपाली परिवारले दक्षिण कोरियामा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यक्रममा सहभागी भई दसैँको खुसी ...
कोरियामा E-7-4 भिसा छाडेर D-10 मा बसेका नेपालीलाई झट्का! अवैध रूपमा ‘आल्बा’ गरेको खुल्दा भिसा थपिएन, नेपाल फर्किनुपर्ने बाध्यता😢🇰🇷

कोरियामा E-7-4 भिसा छाडेर D-10 मा बसेका नेपालीलाई झट्का! अवैध रूपमा ‘आल्बा’ गरेको खुल्दा भिसा थपिएन, नेपाल फर्किनुपर्ने बाध्यता😢🇰🇷

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियामा भिसासम्बन्धी नियमको पालना नगर्दा एक नेपाली युवाले ठूलो समस्या भोग्नुपरेको घटना सार्वजनिक भएको छ। E-7-4 भिसामा कार्यरत रहेका ती नेपालीले काम छाडेर D-10 भिसा लिएका थिए। तर, D-10 भिसामा रहँदा अनुमति नलिई ‘आल्बा’ (अस्थायी काम) गरेको विषय बाहिर आएपछि उनको भिसा थप गर्ने प्रक्रिया रोकिएको बताइएको छ। प्राप्त विवरणअनुसार, ती नेपाली युवा E-7-4 भिसामा काम गरिरहेका बेला कम्पनी छाडेर D-10 भिसामा बसेका थिए। उनलाई सुरुमा ६ महिनाको D-10 भिसा दिइएको थियो। उक्त अवधि सकिन लागेपछि उनले भिसा थपका लागि आवश्यक कागजात अध्यागमन कार्यालयमा बुझाएका थिए। भिसा थप गर्ने प्रक्रियाका क्रममा अध्यागमनका अधिकारीलाई ती युवाले ६ महिनासम्म किन नियमित काममा संलग्न भएनन् भन्ने विषयमा शंका लागेपछि फोनमार्फत सोधपुछ गरिएको बताइएको छ। सोधपुछका क्रममा उनले आफूले काम गरिरहेको कम्पनी र ‘आल्बा’ गर्दै आएको विषय खुलाएका ...
दशैँकै बेला फेरि दुःखद खबर! नोनसानमा मेसिनमा च्यापिएर नेपाली श्रमिकको मृत्यु 😭नोनसानस्थित कम्पनीमा काम रोक्न आदेश🇳🇵🇰🇷‼️

दशैँकै बेला फेरि दुःखद खबर! नोनसानमा मेसिनमा च्यापिएर नेपाली श्रमिकको मृत्यु 😭नोनसानस्थित कम्पनीमा काम रोक्न आदेश🇳🇵🇰🇷‼️

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
दशैँकै बेला फेरि दुःखद खबर! नोनसानमा मेसिनमा च्यापिएर नेपाली श्रमिकको मृत्यु 😭नोनसानस्थित कम्पनीमा काम रोक्न आदेश🇳🇵🇰🇷‼️ मेसिनमा टाउको च्यापिएर ३० वर्ष आसपासका नेपाली श्रमिकको ज्यान गयो, दुर्घटनाको कारणबारे अनुसन्धान जारी दशैँको उल्लासमय समयमा फेरि एक नेपाली श्रमिकले ज्यान गुमाउनुपरेको दुःखद खबर सार्वजनिक भएको छ।दक्षिण कोरियामा रोजगारीका लागि आएका नेपाली श्रमिकको औद्योगिक दुर्घटनामा परी मृत्यु भएको छ। मंगलबार, अक्टोबर २० तारिख दिउँसो नोनसान (논산) क्षेत्रमा रहेको एक उत्पादनमूलक कम्पनीमा काम गर्ने क्रममा मेसिनमा च्यापिएर नेपाली श्रमिकको मृत्यु भएको हो। दुर्घटना दिउँसो करिब ३ बजेर ४८ मिनेटमा भएको थियो। ३० वर्ष आसपासका नेपाली नागरिक ए नामले चिनाइएका श्रमिक जहाज निर्माणमा प्रयोग हुने पिस्टनलगायतका पार्टपुर्जा उत्पादन गर्ने क्रममा कम्प्रेसन मेसिनमा टाउको च्यापिएको अवस्थामा फेला परेका थिए। दुर्...
कोरियामा ६ रात काम, १ रात आफ्नै नाममा : परदेशी जीवनको थकान र खुसीको कथा🇰🇷🇰🇷🇳🇵🇳🇵

कोरियामा ६ रात काम, १ रात आफ्नै नाममा : परदेशी जीवनको थकान र खुसीको कथा🇰🇷🇰🇷🇳🇵🇳🇵

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियामा कार्यरत एक नेपाली युवा हप्ताका ७ रातमध्ये ६ रात काममै बिताउँछन् भने बाँकी रहेको एक रातचाहिँ आफ्नै लागि छुट्याउँछन्। परदेशको जीवन, आर्थिक जिम्मेवारी र सकेसम्म धेरै कमाउने चाहनाले उनलाई हप्ताका ६ रात काममा समर्पित हुन बाध्य बनाएको छ। त्यसमाथि, दिउँसोको तुलनामा राति काम गर्दा पाइने अतिरिक्त भत्ता (नाइट अलाउन्स) ले पनि उनलाई रात्रिकालीन काम रोज्न प्रेरित गरेको छ। कोरियाको व्यस्त कार्यतालिका, सिफ्ट र ओभरटाइमका बीच बित्ने उनका ६ रात कामकै नाममा समर्पित हुन्छन्। तर साताको बाँकी एक रात भने उनले आफ्नै लागि सुरक्षित राखेका छन्। त्यो रात उनको एउटै नियम हुन्छ— न काम गर्ने, न कुनै जिम्मेवारीको बोझ लिने; केवल आफ्नै लागि बाँच्ने। हप्ताभरि काममा खटिएर, रातभर जाग्राम बसेर र थकानसँग जुधेर बिताएका दिनपछि आउने त्यो एक रात उनका लागि निकै विशेष हुन्छ। सिरक ओढेर आरामसँग पल्टिने, मोबाइल स्क्रोल ...
चौथो नेपाल कोरिया भलिबल कप २०२६ को महिला तर्फ मोना म्याग्दी बिजेता बन्न सफल, मंगला म्याग्दी उपविजेता

चौथो नेपाल कोरिया भलिबल कप २०२६ को महिला तर्फ मोना म्याग्दी बिजेता बन्न सफल, मंगला म्याग्दी उपविजेता

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
  नेपाल भलिबल संघ, दक्षिण कोरियाको आयोजनामा सम्पन्न ‘चौथो नेपाल–कोरिया भलिबल कप २०२६’ को महिला प्रतियोगितामा म्याग्दीका दुई टोलीले प्रथम र द्वितीय स्थान हासिल गर्न सफल भएका छन्। प्रतियोगितामा मोना म्याग्दीले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थानसहित उपाधि जित्न सफल भयो भने मंगला म्याग्दीले द्वितीय स्थान हासिल गर्‍यो। महिला विधामा दुवै उपाधि म्याग्दीका टोलीले हात पार्न सफल भएपछि प्रतियोगितामा म्याग्दीको वर्चस्व देखिएको छ। दक्षिण कोरियाको सुवनस्थित AJOU University Volleyball Stadium मा आयोजित प्रतियोगितामा महिला खेलाडीहरूले उत्कृष्ट खेल प्रदर्शन गर्दै प्रतिस्पर्धालाई रोमाञ्चक बनाएका थिए। प्रतियोगितामा प्रथम र द्वितीय स्थान हासिल गर्ने दुवै टोलीका खेलाडीहरूले आफ्नो खेल कौशल र मेहनतमार्फत सफलता प्राप्त गरेका हुन्। प्रतियोगितापछि आयोजक तथा सहभागी पक्षले उपाधिका लागि उत्कृष्ट खेल प्रदर्...
दोस्रो मगर संसार भलिबल कपबाट १ करोड २० लाख वोनभन्दा बढी बचत

दोस्रो मगर संसार भलिबल कपबाट १ करोड २० लाख वोनभन्दा बढी बचत

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियाको थेगुस्थित गुजिमा अक्टोबर ४ मा सम्पन्न दोस्रो मगर संसार महिला तथा पुरुष भलिबल कप–२०२६ बाट आयोजक मगर संसारले १ करोड २० लाख ८६ हजार ७०१ कोरियन वोन बचत गरेको छ। आपत्कालीन मगर संसार राहतकोषलाई सहयोग गर्ने उद्देश्यले फेसबुक ग्रुप मगर संसार (Magar Sansar Photo Gallery) को आयोजनामा प्रतियोगिता सञ्चालन गरिएको थियो। प्रतियोगितामा पुरुषतर्फ २४ टिम र महिलातर्फ ४ टिम गरी कुल २८ टिमको सहभागिता रहेको थियो। कम दर्ता शुल्क र यस सिजनकै सर्वाधिक पुरस्कार राशि रहेको प्रतियोगिताको पुरुषतर्फ बाग्लुङ समाज प्रथम, सुदूरपश्चिम दोस्रो तथा गुल्मी र स्याङ्जा समाज सान्त्वना भएका थिए। महिलातर्फ पाथिभरा भलिबल टिम प्रथम र मगर संघ थेगु शाखा दोस्रो भएका थिए। आयोजकका अनुसार प्रतियोगिताबाट कुल २ करोड ५५ लाख ८२ हजार ७०१ कोरियन वोन आम्दानी भएको थियो भने कार्यक्रम सञ्चालनमा १ करोड ३४ लाख ९६ हजार वोन खर्च भएको...
तीन टिममाथि अन्याय भएको आरोप, दक्षिण कोरियामा भलिबल सङ्घका साधारण सदस्यले नै त्यागे सदस्यता🇰🇷🇰🇷🇳🇵🇳🇵 पाथिभरा भि.सी.सहित तीन टिममाथि अन्याय भएको भन्दै निष्पक्ष छानबिनको माग

तीन टिममाथि अन्याय भएको आरोप, दक्षिण कोरियामा भलिबल सङ्घका साधारण सदस्यले नै त्यागे सदस्यता🇰🇷🇰🇷🇳🇵🇳🇵 पाथिभरा भि.सी.सहित तीन टिममाथि अन्याय भएको भन्दै निष्पक्ष छानबिनको माग

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, समाचार
तीन टिममाथि अन्याय भएको आरोप, दक्षिण कोरियामा भलिबल सङ्घका साधारण सदस्यले नै त्यागे सदस्यता🇰🇷🇰🇷🇳🇵🇳🇵 पाथिभरा भि.सी.सहित तीन टिममाथि अन्याय भएको भन्दै निष्पक्ष छानबिनको माग दक्षिण कोरियामा नेपाली भलिबल प्रतियोगिताको सञ्चालन तथा निर्णय प्रक्रियाप्रति गम्भीर असहमति जनाउँदै नेपाल भलिबल सङ्घ, दक्षिण कोरियाका एक साधारण सदस्यले सङ्घको सदस्यतासमेत त्याग्ने घोषणा गरेका छन्। सन् २०२६ अक्टोबर १९ मा सार्वजनिक गरिएको वक्तव्यमा उनले हालै आयोजित भलिबल प्रतियोगिताका क्रममा तीनवटा टिम प्रतियोगिताबाट बाहिरिनुपर्ने अवस्था सिर्जना भएको विषय उठाउँदै आयोजकको कार्यशैली र निर्णय प्रक्रियामाथि प्रश्न गरेका हुन्। वक्तव्यअनुसार पाथिभरा भि.सी. (Team Pathibhara V.C.) लगायत अन्य दुई टिममाथि अन्याय भएको महसुस गरिएको छ। प्रतियोगितामा सबै टिमलाई समान व्यवहार गरिनुपर्ने, नियम समान रूपमा लागू हुनुपर्ने र निर्णय प्रक्रिया...
सउलमा अक्टोबर २५ मा हुने भनिएको ‘कबड्डी ५’ प्रदर्शन स्थगित, नयाँ मिति र हल पछि तय गरिने🇰🇷🇳🇵

सउलमा अक्टोबर २५ मा हुने भनिएको ‘कबड्डी ५’ प्रदर्शन स्थगित, नयाँ मिति र हल पछि तय गरिने🇰🇷🇳🇵

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियाको राजधानी सउलमा आगामी अक्टोबर २५ तारिख प्रदर्शन गर्ने तयारी गरिएको नेपाली कथानक चलचित्र ‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’ को प्रदर्शन विशेष कारणवश स्थगित गरिएको छ। तमु धीं दक्षिण कोरियाको आयोजनामा सउलको दोङदेमुनस्थित CGV सिनेमाजमा प्रदर्शन गर्ने तयारी गरिएको चलचित्रको शो विशेष कारणले तत्कालका लागि स्थगित गरिएको आयोजकले जनाएको छ। यसअघि अक्टोबर २५, आइतबार चलचित्र प्रदर्शन गर्ने तयारीसहित अनलाइन टिकट बुकिङसमेत खुला गरिएको थियो। तर, विशेष कारणले निर्धारित मितिमा प्रदर्शन गर्न सम्भव नभएपछि कार्यक्रम स्थगित गर्ने निर्णय गरिएको हो। आयोजकका अनुसार चलचित्र प्रदर्शनका लागि नयाँ मिति र हल केही समयपछि तय गरिनेछ। नयाँ मिति तथा प्रदर्शनस्थल निश्चित भएपछि दर्शक तथा चलचित्रप्रेमीलाई पुनः जानकारी गराइनेछ। बासुरी फिल्म्सको प्रस्तुतिमा तथा रामबाबु गुरुङको निर्देशनमा बनेको ‘कबड्डी ५ : आफ्टर द...
ब्लु लायन FC लाई पराजित गर्दै इक्सान NFC बन्यो प्रथम दसैँ भेट्रान फुटबल प्रतियोगिताको विजेता

ब्लु लायन FC लाई पराजित गर्दै इक्सान NFC बन्यो प्रथम दसैँ भेट्रान फुटबल प्रतियोगिताको विजेता

Breaking News, जानकारी, भर्खरै, समाचार
नेपाल फुटबल महासंघ दक्षिण कोरिया (NFFSK) को आयोजनामा अक्टोबर १८, २०२६ मा दक्षिण कोरियाको इक्सान सहरमा सम्पन्न प्रथम दसैँ भेट्रान सेभेन–ए–साइड फुटबल प्रतियोगिताको उपाधि इक्सान NFC ले जितेको छ। प्रतियोगितामा ब्लु लायन FC उपविजेता बनेको छ। प्रवासी भूमिमा नेपाली फुटबलको विकास, आपसी एकता, सद्भाव र भाइचारा अभिवृद्धि गर्ने उद्देश्यले आयोजित प्रतियोगिता उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको आयोजकले जनाएको छ। प्रतियोगितामा सहभागी क्लब तथा खेलाडीहरूले अनुशासन र खेलभावनासहित प्रतिस्पर्धा गरेका थिए। प्रतियोगितामा व्यक्तिगत विधातर्फ इक्सान NFC का सुरज बुढाथोकीले उत्कृष्ट गोलकिपरको अवार्ड प्राप्त गरे भने सोही क्लबका विजय जङ्ग कार्की सर्वाधिक गोलकर्ता बने। त्यसैगरी, ब्लु लायन FC का सुमन पाख्रिन उत्कृष्ट डिफेन्डर घोषित भए भने इक्सान NFC का राज थापा श्रेष्ठले उत्कृष्ट खेलाडी (MVP) को अवार्ड जिते। प्रतियो...