Advertisement
Advertisement

भर्खरै

आजको राशिफल: २०८२ मंसिर १० गते बुधबार

आजको राशिफल: २०८२ मंसिर १० गते बुधबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आज कुनै अप्रत्याशित काम बन्ने योग छ,चोटपटकको सम्भावना छ, पारिवारिक जीवनमा मतभेत रहनेछ, मेलमिलापको भावना राम्रो हुनेछ,समय राम्रो छ। बृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)  समाजमा प्रतिष्ठित व्यक्तिको रूपमा तपाईंको मुल्याङ्कन हुनेछ, प्रेमी बाट आवश्यक सहयोग मिल्नेछ,सानातिना कामको झमेला आउनसक्छ, प्रतिकूल परिस्थितिले तपाईंको पक्षमा कोल्टे फेरेको छ । मिथुन (का, कि, कु, घ, ङ , छ, के, को, ह)  चोटपटक को सम्भावना छ, झैझगडा र विवादमा सरिक हुनु पर्नेछ, पारिवारिक जीवन सामान्य रहने छ,आर्थिक समस्या पर्ने छ। कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)  सन्तानपक्षबाट राम्रै सरसहयोग प्राप्त हुनेछ,रोजगारीको लागि आजको दिन राम्रो छ, बैदेशिक यात्रा हुने सम्भावना छ, रोकियका कामहरु बन्ने छन्। सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)  टाढाको यात्रा सम्भावना छ...
सलनालमा सुर्खेत समाज दक्षिण कोरियाले सउलमा ‘बुलबुले डान्स पार्टी’ गर्दै

सलनालमा सुर्खेत समाज दक्षिण कोरियाले सउलमा ‘बुलबुले डान्स पार्टी’ गर्दै

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
सुर्खेत समाज, दक्षिण कोरियाले आउँदो कोरियन नयाँ वर्ष सलनाल (Seollal) को विशेष अवसरमा भव्य ‘Bulbule Dance Party’ आयोजना गर्ने भएको छ। संस्थाले सार्वजनिक गरेको सूचनाअनुसार कार्यक्रम २०२६ फेब्रुअरी १५ आईतवारका दिन कोरियाको सौल दोङदेमुनमा आयोजना गरिनेछ। सुर्खेत समाजले हालै फेङथेक शहरमा स्थापना गरेको आवास गृह (Shelter) सञ्चालनार्थ बुलबुले डान्स पार्टी आयोजना गर्न लागेको आयोजकले बताएको छ। डिजेको साथमा स्वादिस्ट पारीकार सहित चर्चित कलाकारहरूको बेजोड प्रस्तुति रहने कार्यक्रमलाई सफल पार्नको लागि कोरियामा बस्ने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई सहयोगको अपेक्षा गर्दै उपस्थितिको लागि हार्दिक निमन्त्रणा समेत गरेको छ।...
E-7 भिजा त्यागेर स्वदेश फर्किएका घनेन्द्र माबो : १ करोड लगानीमा कापी उद्योग स्थापना, पहाडका ४ जिल्लामा व्यापार विस्तार

E-7 भिजा त्यागेर स्वदेश फर्किएका घनेन्द्र माबो : १ करोड लगानीमा कापी उद्योग स्थापना, पहाडका ४ जिल्लामा व्यापार विस्तार

Breaking News, जानकारी, भर्खरै, समाचार
दश वर्षसम्म दक्षिण कोरियाको एउटै कम्पनीमा निरन्तर मेहनत गरे । कम्पनीका साहुले “E-7 भिजा बनाइदिन्छु, किन जान्छस् नेपाल? यतै बस” भनेर कयौँ पटक आग्रह गरे । स्थायी करियर र सुरक्षित कमाइको आकर्षक प्रस्ताव पनि आयो। तर घनेन्द्र माबोले अन्तिममा एउटा निर्णय लिए — विदेश होइन, अब आफ्नै देशमा लगानी गर्ने। स्वदेश फर्किएको केही महिनामै उनले करिब १ करोड रुपैयाँ लगानी गरेर कापी उद्योग स्थापना गरे। अहिले घनेन्द्र पहाडका चार जिल्लामा आफ्नै उत्पादन बोकेर हिँड्छन्। बजार विस्तार मात्रै होइन, हजारौँ ग्राहकसँग प्रत्यक्ष भेटघाट र चिनजानले उनलाई स्वदेशमै उद्यमी जीवनको नयाँ आनन्द दिएको छ। “देशभित्र घुम्न, आफ्नै मानिससँग भेट्न, आफ्नै उत्पादन बेच्नको मज्जा विदेशमा कहिल्यै पाइँदैन,” घनेन्द्र भन्छन्। दैनिक व्यापारको दौडाहाबाट गर्दा उनी साँझ घर फर्कंदा बाबुआमा र बालबच्चासँग बसेर खाने उनको दैनिकी नै जीवनको सबैभन...
कवि शकुन आँसुको कविता संग्रह ‘नवयुगकी सुम्निमा’ विषयक प्रवासी साहित्यिक छलफल नोभेम्बर ३० मा हुँदै

कवि शकुन आँसुको कविता संग्रह ‘नवयुगकी सुम्निमा’ विषयक प्रवासी साहित्यिक छलफल नोभेम्बर ३० मा हुँदै

Breaking News, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियामा बसोबास गर्ने नेपाली समुदायबीच साहित्यिक चेतना विस्तार गर्ने उद्देश्यसहित कवि शकुन आँसुको कविता संग्रह ‘नवयुगकी सुम्निमा’ बारे विशेष चर्चा कार्यक्रम आगामी नोभेम्बर ३०, २०२५ (आइतबार) मा हुने भएको छ। इतर अभियान, दक्षिण कोरियाको आयोजनामा हुन लागेको उक्त कार्यक्रम बिहान ११:००बजे, सिओलको 종로구 창신길 51, 5층 MG새마을금고 (동대문역 LINE 1, EXIT 1) मा तय गरिएको छ। कार्यक्रममा दिलिप बान्तवा, सुष्मा रानाहँमा,स्पन्दन दीपक खनाल लगायतका वक्ताहरूले कविता संग्रहका विषयगत कवितामा समेटिएका भावनात्मक तथा सामाजिक आयाम, भाषा र शैलीबारे आफ्ना धारणा प्रस्तुत गर्नेछन्। सञ्चालन उत्तम खजुमले गर्नेछन्। आयोजकका अनुसार प्रवासमा बस्ने नेपालीबीच साहित्यिक संवाद, सिर्जनात्मक ऊर्जा आदानप्रदान र नयाँ पुस्तालाई साहित्यप्रति आकर्षित गराउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो। साहित्यप्रेमी, विद्यार्थी तथा...
आजको राशिफल: २०८२ मंसिर ९ गते मंगलबार

आजको राशिफल: २०८२ मंसिर ९ गते मंगलबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आम्दानीका विभिन्न स्रोत देखिए पनि अरूको मुख ताक्ने बानीले पछि परिनेछ। दिउँसोदेखि खर्च बढ्ने र काम रोरोकिने सम्भावना छ। लगानीतर्फ लागत बढ्नेछ। आवश्यकता पूरा गर्न सरसापट वा ऋण लिनुपर्ने हुन सक्छ।  बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) स्वास्थ्य कमजोर रहने हुँदा आहारविहारमा ध्यान पुर्याउनुहोला। व्यापारमा लाभांश घट्न सक्छ। अध्ययनमा गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ । सानोतिनो समस्याले अल्झाउनेछ भने स्वास्थ्य प्रतिकूल रहनेछ। मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) अवसरले पछ्याउनेछन् भने दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। पेसामा फलदायी रहनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। दिउँसोदेखि आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्।  कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) खर्च लागे पनि प्रयत्न गर्दा काममा सकारात्मक संकेत प्राप्त हुनेछ। पछिका लागि केही वस्तु त्याग्नु...
रास्वपा प्रवास विभाग अन्तर्गत कोरियाको दोश्रो अधिवेशन नोभेम्बर ३० मा हुने

रास्वपा प्रवास विभाग अन्तर्गत कोरियाको दोश्रो अधिवेशन नोभेम्बर ३० मा हुने

Breaking News, जानकारी, भर्खरै, समाचार
रास्वपा प्रवास विभाग अन्तर्गत कोरियाको दोश्रो अधिवेशन नोभेम्बर ३० मा हुने दक्षिण कोरियामा सक्रिय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अन्तर्गतको प्रवास बिभाग प्रवास नेपाली नेपाली सम्पर्क विभागको दोस्रो अधिवेशन यही आउँदो नोभेम्बर ३० तारिख आईतवारका दिन सौलमा हुने भएको छ। अधिवेशनमा पार्टीका एक जना केन्द्रीय सदस्यको विशेष उपस्थितिको घोषणा गरिएको छ। पार्टीको प्रवास संरचना सुदृढ गर्दै विदेशमा बसेका नेपालीहरूलाई राष्ट्रिय राजनीतिसँग समन्वयित रूपमा जोड्ने उद्देश्यसहित तयार गरिएको यस अधिवेशनलाई सफल र प्रभावकारी बनाउन आयोजक टोली उच्च तयारीमा जुटेको जनाएको छ। कार्यक्रम विवरण • मिति: नोभेम्बर ३०, २०२५ (आइतबार) • समय: मध्यान्ह १२:०० बजेदेखि • स्थान: Dangmyo Station, Exit 3 नजिक (लगभग ३०० मिटर अगाडि), जिन्हुङ्ग हाई स्कूल, १ तल्ला प्रवासी नेपालीहरूलाई संगठित गर्दै उनीहरूलाई राष्ट्रिय र...
पर्वत समाज दक्षिण कोरियाको पाँचौ अधिवेशन सम्पन्न, बिमल खत्री अध्यक्षसहित नयाँ नेतृत्व चयन

पर्वत समाज दक्षिण कोरियाको पाँचौ अधिवेशन सम्पन्न, बिमल खत्री अध्यक्षसहित नयाँ नेतृत्व चयन

Breaking News, जानकारी, भर्खरै, समाचार
पर्वत समाज दक्षिण कोरियाको पाँचौ अधिवेशन सम्पन्न, बिमल खत्री अध्यक्षसहित नयाँ नेतृत्व चयन प्रवासी पर्वतेहरूलाई एक सूत्रमा बाँध्दै आएको पर्वत समाज दक्षिण कोरियाको पाँचौ अधिवेशन सउलको दोङ्देमुनस्थित नेपाल थाई रेष्टुरेन्टको सभाहलमा सम्पन्न भएको छ। अधिवेशनले बिमल खत्रीको अध्यक्षतामा आगामी कार्यकालका लागि नयाँ कार्यसमिति सर्वसम्मतरूपमा चयन गरेको छ। “एकता, सहयोग र साझा अभियानमार्फत प्रवासी पर्वतेको पहिचान मजबूत बनाउँदै समृद्ध पर्वत निर्माणमा योगदान पुर्याउने” उद्देश्यसहित सम्पन्न अधिवेशन निकै उत्साहपूर्ण र सहभागीमूलक भएको आयोजकले जनाएको छ। नवनिर्वाचित पदाधिकारीहरू अध्यक्ष • बिमल खत्री वरिष्ठ उपाध्यक्ष • आशिष गुरुङ उपाध्यक्षहरू • मेघ पौडेल • प्रकाश पाण्डेय • सृजना तिवारी (महिला) महासचिव • जीवन पौडेल सचिवहरू • सलिन शर्मा • सुनिल भुसाल (कृष्ण) कोषाध्यक्ष • सरोज क...
आजको राशिफल: २०८२ मंसिर ८ गते सोमबार

आजको राशिफल: २०८२ मंसिर ८ गते सोमबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) समयको मागअनुसार चल्न नसक्दा चिताएको काममा विलम्ब हुन सक्छ। अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला। हल्लाको पछि लाग्दा दु:ख पाइनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ। बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। अरूको सुझावमा भर नपर्नुहोला। परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ। तर महत्त्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नुहोला। आस लागेको काम बिग्रिए पनि मेहनत गर्दा पछिलाई फाइदा हुनेछ। मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) पराक्रमी कार्य सम्पादन गर्दै नाम र दाम कमाउने बेला छ। सहयोगीहरूले राम्रो फाइदा दिलाउनेछन्। उद्योग र व्यापारमा पनि मनग्गे लाभ हुनेछ। मिहिनेतले जीवनशैलीमा सुधार ल्याउनेछ। लगनशीलताले विभिन्न अवसर दिलाउनेछ।  कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ। अरूक...
आजको राशिफल: २०८२ मंसिर ७ गते आईतबार

आजको राशिफल: २०८२ मंसिर ७ गते आईतबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्य पद्धतिमा सुधार हुनेछ, सामाजिक संस्थामा कार्यरत हुनुहुन्छ भने विशेष सफलता पाउन सक्नुहुन्छ, सिनियर्सको मुखबाट प्रशंसा सुन्न पाइने छ । हाँके/ताकेको लक्ष्यमा पुग्न सफल भइने छ, नयाँ कार्यको थालनी हुने वा सानो प्रयत्नले नै ठूलो सफलता मिल्नसक्ने समय छ । पतिपत्नीका बीचमा कुनै विवाद छ भने भलाकुसारीका माध्यमबाट त्यसलाई हल गर्न एकसाथ कतै घुमघाममा वा किनमेलमा जाने अनुकूलता मिलाउनु ठीक हुन्छ ।  बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)  हरेक क्रियाकलापमा सफल भइने छ, तर मुड घरिघरि अशान्त बन्नसक्छ । याद गर्नुहोला, अनुशासन र संयमता आजको सफलताको सूत्र हो । बढ्दो ऋणभार र खर्चबृद्धिले तनावमा राख्नसक्छ, आज सकेसम्म आफैलाई रिफ्रेस गर्ने र बाधाहरूबाट बाहिर निकाल्ने समय हो । अल्छी गर्ने होइन, विपरीत परिस्थितिलाई जितेर अघि बढ्ने प्रयास गर्नुहोला । लक्ष्यप्रति ध्या...
कोरियामा ‘जेनजी रेड फोर्स’ नाम परिवर्तन: अब ‘प्रवासी युवा एकता मञ्च दक्षिण कोरिया’ नामबाट विस्तार हुने

कोरियामा ‘जेनजी रेड फोर्स’ नाम परिवर्तन: अब ‘प्रवासी युवा एकता मञ्च दक्षिण कोरिया’ नामबाट विस्तार हुने

Breaking News, जानकारी, भर्खरै, समाचार
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) निकट जेनजी रेड फोर्स दक्षिण कोरिया ले आफ्नो संगठनात्मक र नाममा महत्वपूर्ण परिवर्तन गर्दै अब ‘प्रवासी युवा एकता मञ्च दक्षिण कोरिया’ नामबाट विधिवत् रूपमा गतिविधि सञ्चालन गर्ने घोषणा गरेको छ। संगठनले सामाजिक, नैतिक, राजनीतिक तथा प्रशासनिक क्षेत्रमा कोरियाली समाजलाई कुनै पनि प्रकारको बाधा वा नकारात्मक प्रभाव नपर्नेगरी स्वस्थ, उत्तरदायी र सकारात्मक गतिविधि मात्र सञ्चालन गर्ने प्रतिबद्धता सार्वजनिक गरेको छ। संगठनले आफ्नो पहिचान परिमार्जन गर्दै यसरी तीन मुख्य आधारलाई प्राथमिकता दिएको छ— • झण्डा : देशको प्रतीक • झोला : जिम्मेवारीको बोझ • सिद्धान्त–विचार : विकासवाद र समाजवाद संगठनका अनुसार, “आम प्रगतिशील परिवर्तनको चाहना राख्ने, विकासप्रेमी सोच भएका तथा सबल राजनीतिक चेतना बोकेका सम्पूर्ण नेपाली युवा वर्गलाई संगठित हुन आह्वान” गरिएको छ। ‘प्रवा...