मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
अरूका विषयमा चासो लिँदा झमेला बेहोर्नुपर्ला। व्यापारमा लाभ लिने समय छ। व्यवसायले रमाइलो यात्रा गर्ने अवसर दिलाउन सक्छ। विभिन्न भौतिक साधन प्राप्त हुनेछन्। प्रियजनको साथले नयाँ आशा जगाउनेछ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुहोला। फाइदाका लागि केही वस्तु त्याग्नुपर्ला। व्यवसायमा आफ्नो मिहिनेतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन्।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
नाम र दाम कमाउने बेला छ। सहयोगीहरूले राम्रो फाइदा दिलाउनेछन्। उद्योग र व्यापारमा पनि मनग्गे लाभ हुनेछ। मिहिनेतले जीवनशैलीमा सुधार ल्याउनेछ। लगनशीलताले विभिन्न अवसर दिलाउनेछ। आँटेको काम सजिलै सम्पादन हुनेछ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ। ता...
३० श्रावण २०८१, बुधबार ०९:५७३० श्रावण २०८१, बुधबार ०९:५७३० श्रावण २०८१, बुधबार ०९:५७ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज: प्राय;नेपाली चलचित्र नाईट शो हुने जिन्छन मेगा बक्समा यसपाली दयाहाङ् राई र मिरुना मगर द्वारा अभिनित सुपरहिट चलचित्र “घरज्वाई” अगस्ट १८ तारिक आईतवार का दिन दिउसो ३ बजे नै प्रदर्शन हुने भएको छ। सधैं नाईट शो हेरेर दिक्क हुनुभएको दर्शक हरुको लागि पनि भनेर नेपाली कथानक चलचित्र “घरज्वाईं” दिउसो नै प्रदर्शन गर्न लागेको र प्रदर्शनको सम्पूर्ण तयारी पुरा भएको आयोजकले बिशाल आवाज लाई जानकारी दिनुभएको छ ।
त्रिभुवन विश्वविद्यालयमा “मगर भाषा र संस्कृति अध्ययन” विषयको पाठ्यक्रम निर्माण सहयोगार्थ नेपाल मगर संघ, गणतन्त्र कोरियाले ,कोरियाको प्रदर्शन अधिकार प्राप्त गरे संगै चलचित्र “घरज्वाईं” कोरियाको जिन्छन शहरको आत्याधुनिक सुबीधायुक्त हल मेगाबक्समा पनि प्रदर्शन हुन लागेको हो । अगस्ट १८ तारिक आईतवार दिउसो ३ बजे बाट प्रदर्शन हुने चलचित्रको प्रवेश शुल्क २५००० वन तोकिएको छ भने हल 진천 TERMINAL म...
३० श्रावण २०८१, बुधबार ०९:१३३० श्रावण २०८१, बुधबार ०९:१३३० श्रावण २०८१, बुधबार ०९:१३ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज: नेपाल मगर संघ, गणतन्त्र कोरियाको आयोजनामा अगस्ट १८ तारिक आईतवार का दिन सुवनमा रहेको मेगाबक्समा प्रदर्शन हुन लागेको नेपाली कथानक चलचित्र “घरज्वाईं” को सम्पूर्ण तयारी पुरा भएको अध्यक्ष तुल घर्ति मगरले बिशाल आवाज लाई जानकारी दिनुभएको छ ।
त्रिभुवन विश्वविद्यालयमा “मगर भाषा र संस्कृति अध्ययन“ विषयको पाठ्यक्रम निर्माण सहयोगार्थ “नेपाल मगर संघ, गणतन्त्र कोरियाले सुपरहिट चलचित्र “घरज्वाईं” कोरियाको शुवनको आत्याधुनिक सुबीधायुक्त हल मेगाबक्समा प्रदर्शन गर्न लागेको हो । अगस्ट १८ तारिक आईतवार मध्यान्ह १२ बजे बाट प्रदर्शन हुने चलचित्रको प्रवेश शुल्क ३०००० वन तोकिएको छ भने हल 수원시 팔달구 행궁로71 2층 MEGABOX रहेको छ ।
नेपाल मगर संघ, गणतन्त्र कोरियाले दक्षिण कोरियाको प्रदर्शन अधिकार प्राप्त गरे संगै कोरियाको सुवन सहरमा पहिलो सो गर्न लागेको हुनाले कोरियावासी सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनी...
३० श्रावण २०८१, बुधबार ०२:४१३० श्रावण २०८१, बुधबार ०२:४१३० श्रावण २०८१, बुधबार ०२:४१ by एलिनाNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
मन खुसी रहनेछ । धार्मिक तथा अध्यात्म क्षेत्रमा रुचि बढ्नेछ । घरमा बसेर अध्ययन गरि बौद्धिक क्षेत्र फराकिलो बनाउँन सकिनेछ । तरपनि यात्रा नगर्नुहोला । सरसफाईमा ध्यान दिनुहोला ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
पराक्रम बढ्ने हुनाले शाहशिलो काममा हात हाल्नुहोला सफलता मिल्नेछ । वादविवादमा तपार्ईँकै जित हुनेछ । माया प्रेममा सामिप्यता बढ्नुको साथै पति पत्नी विच मायाको डोरो कसिलो भएर जानेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
नयाँनयाँ काम गर्ने जोस जागर बढेर आउनेछ । अध्ययन अध्यापनमा अरुलाई पछिपार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । मिठो बोलेर अरुको मन आफूतिर आकर्षित गर्न सकिनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
समाजमा मान सम्मानमा बृद्धि भएर जानेछ । अध्ययनमा प्रगती हुनेछ भने अरुलाई पछी पार्दै नतिजा आफैतिर ल्याउँन सकिनेछ । विलासी वस्तुको...
२९ श्रावण २०८१, मंगलवार १२:१९२९ श्रावण २०८१, मंगलवार १२:१९२९ श्रावण २०८१, मंगलवार १२:१९ by विशाल श्रेष्ठNo Comments
विशाल श्रेष्ठ/दक्षिण कोरिया: “आपसी मित्रता र एकताको परिचय, स्वस्थ जीवनको लागि खेलकुद।” भन्ने मूल नाराका साथ यहि आउदो आइतबार अगस्ट १८ तारिखका दिन नोन्सानमा नोन्सान एफ.सिले आयोजना गर्न लागेको “प्रथम नोन्सान कप २०२४” को सम्पूर्ण तयारी पूरा भएको संस्थापक अध्यक्ष सोनाम शेर्पाले विशाल आवाजलाई बताउनुभएको छ।
बिहान ९ बजे बाट शुरु हुने १६ वटा टिम सहभागी रहने प्रतियोगितामा विजेता टिम र उपविजेता टिमलाई आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः २० लाख र १० लाख कोरियन वोन प्रदान गरिने र अन्य विधातर्फ खेल अवधिभरको उत्कृष्ट खेलाडीलाइ कोरियन १ लाख वन , उत्कृष्ट गोलकिपर , हाइ गोल स्कोरर लाइ जनही ५०/५० हजार कोरियन वन सहित मेडल, ट्रफी र प्रमाण पत्र प्रदान गरिने आयोजक आयोजक संस्थाका रमेश लामाले विशाल आवाज लाइ जानकारी दिएका छन्।
नोन्सानको 탑정시민체육공원 मा आयोजना हुने प्रतियोगितामा नोन्सान एभरे...
२९ श्रावण २०८१, मंगलवार ११:४५२९ श्रावण २०८१, मंगलवार ११:४५२९ श्रावण २०८१, मंगलवार ११:४५ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज: कोरियन महान पर्व छुसकको अवसर पारी दक्षिण कोरियामा रहेको काभ्रे सम्पर्क समितिले आफ्नो वार्षिक साधारण सभासहित बृहत वनभोज कार्यक्रम गर्ने भएको छ। सेप्टेम्बर १४ र १५ तारिखका दिन सौलमा कार्यक्रम आयोजना गर्ने भएको हो।
आफ्नो स्थपनाकाल देखीनै सक्रिय रुपमा सामाजिक गतिविधिमा संलग्न हुँदै आएको दक्षिण कोरियामा रहेका काभ्रेलीहरुको साझा संस्था काभ्रे सम्पर्क समिती दक्षिण कोरियाले सेप्टेम्बर १४ तारिख दिउँसो ३ बजेदेखि १५ तारिख बिहान ११ बजेसम्म 북한산 मा रहेको रमाइलो वातावरणमा आफ्नो बार्षिक साधारणसभा सहित बनभोज कार्यक्रम गर्ने भएको हो। संस्थाको अगस्ट महिनाको पहिलो आइतबार बसेको केन्द्रिय समितिको नियमित बैठकबाट साधारणसभा सहितको बनभोज कार्यक्रम गर्ने निर्णय गरिएको संस्थाका अध्यक्ष सुमन चौलागाईंले विशाल आवाजलाई जानकारी दिएका छन।
विभिन्न नेपाली परिकार ,मनोरञ्जनात्मक कार्यक्रम, आरामदायी बासको सम...
२९ श्रावण २०८१, मंगलवार ०२:१७२९ श्रावण २०८१, मंगलवार ०२:१७२९ श्रावण २०८१, मंगलवार ०२:१७ by एलिनाNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
भेटघाटले काममा उत्साह बढाउला। सामाजिक दायित्व हातलागी हुनेछ। मध्याह्नपछि श्रमको उचित मूल्यांकन हुनेछ भने प्रतीक्षा गरिएको लाभांश प्राप्त हुनेछ। अरूलाई प्रभावित पारेर फाइदा उठाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा प्राप्त हुनेछ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
विवादास्पद कामको जिम्मेवारी आउनाले केही समस्या आइपर्ला। आवेशको निर्णयले काम बिग्रन सक्छ। तापनि बाहिर आलोचना गर्नेहरूले व्यवहारमा अवसर प्रदान गर्नेछन्। परिस्थितिवश सामान्य काममा बढी अलमल हुनेछ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
मिहिनेत गर्दा उपलब्धि हातलागी हुनेछ। मध्याह्नपछि स्थितिमा सुधार आउनेछ भने सुखद समाचारले उत्साह जगाउनेछ। मेहनतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। कृषि क्षेत्रबाट लाभ मिल्नेछ। प्रतिस्पर्धामा अग्रस्थान हासिल गर्न सकिनेछ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
...
२८ श्रावण २०८१, सोमबार १३:०३२८ श्रावण २०८१, सोमबार १३:०३२८ श्रावण २०८१, सोमबार १३:०३ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज: छुसकको अवसर पारी लमजुङ परिवार दक्षिण कोरियाद्वारा आयोजना हुन लागेको मर्स्याङ्दी साङ्गीतिक सौगात भाग-३ को पोस्टर सार्वजनिक तथा पत्रकार सम्मेलन कार्यक्रम अगस्ट १८ तारिख दोङ्देमुन स्थित दर्शन नमस्ते रेस्टुरेन्टको सभा हलमा हुने भएको छ।
आपतकालीन रातकोष स्थापनार्थ लमजुङ परिवार दक्षिण कोरियाले कोरियन महान पर्व छुसकको अवसर पारी सेप्टेम्बर १५ तारिख “मर्स्याङ्दी सांगीतिक सौगात भाग ३ THE EDGE BAND LIVE IN SEOUL” आयोजना गर्ने कार्यक्रम बारे विस्तृत रूपमा जानकारी दिन यहि अगस्ट १८ तारिख दोङ्देमुन स्थित (लाइन नम्बर १ 동대문 Exit Gate 3)दर्शन नमस्ते रेस्टुरेन्टको सभा हलमा दिउँसो १ बजे पत्रकार सम्मेलन गर्ने भएको हो।
गण्डकी प्रदेश समाज र लमजुङ एफसीको सहयोगमा लमजुङ समाजले आयोजना गर्ने “मर्स्याङ्दी सांगीतिक सौगात भाग ३ THE EDGE BAND LIVE IN SEOUL” को आधिकारिक जानकारी सहित कलाकार समेत रहेक...
२८ श्रावण २०८१, सोमबार १२:२३२८ श्रावण २०८१, सोमबार १२:२३२८ श्रावण २०८१, सोमबार १२:२३ by एलिनाNo Comments
विशाल आवाज: नेपाली सम्पर्क समिति(NCC) दक्षिण कोरियाले अगस्ट २५ तारिख आइतबारका दिन दोङ्देमुन स्थित निक नेपाल ट्राभलको सभाहल मा नेपाली नारीको महान चाड हरितालिका तीजको पावन अवसरमा शुभकामना आदानप्रदान तथा दर खाने कार्यक्रम र आउँदै गरेको छुसकमा आयोजना हुन गइरहेको सांस्कृतिक कार्यक्रमको जानकारी सम्बन्धी पत्रकार सम्मेलन गर्ने भएको छ।
पछिल्लो समय कोरियामा पनि चेलीबेटीहरूको उल्लेख्य मात्रामा सङ्ख्या बढेसँगै नेपाली सम्पर्क समिति दक्षिण कोरियाले महिला दिदीबहिनीहरूलाई लक्षित गरेर प्रदेशमा पनि घरदेशको तिर्सना मेटाई कला संस्कृति जोगाउन तीज विशेष कार्यक्रम आयोजना गरेको अध्यक्ष हरि खनालले विशाल आवाजलाई जानकारी दिनुभयो। कार्यक्रम अगस्ट २५ तारिख आइतबारका दिन दोङ्देमुन स्थित निक नेपाल ट्राभलको सभाहल मा बिहान ११ बजे देखि सञ्चालन हुनेछ। हरितालिका तीजको अवसरमा शुभकामना आदानप्रदान तथा आकर्षणमा तीज नृत्य को ...
२८ श्रावण २०८१, सोमबार ११:४८२८ श्रावण २०८१, सोमबार ११:४८२८ श्रावण २०८१, सोमबार ११:४८ by एलिनाNo Comments
विशाल आवाज: कोरियन महान पर्व छुसकको अवसर पारेर सेप्टेम्बर १६ तारिखका दिन दोङ्देमुन स्थित दर्शन नमस्ते स्नुकर हलमा “2nd CHUSAK OPEN SNOOKER TOURNAMENT” आयोजना हुने भएको छ।
नेपाल स्नुकर एसोसिएसन दक्षिण कोरिया , दर्शन नमस्ते इन्डियन एन नेपाली फुड रेस्टुरेन्टको आयोजनामा हुने प्रतियोगितामा विजेता र उपविजेता हुने खेलाडीले आकर्षक ट्रफी,मेडल र प्रमाण पत्र सहित क्रमशः १५ लाख र ७ लाख ५० हजार कोरियन वोन पुरस्कार प्राप्त गर्नेछन् भने हाइ स्कोर गर्ने खेलाडीलाई MASTER Q-STICK प्रदान गरिनेछ। स्नुकर प्रतियोगिताको पहिलो सिजन गरिसकेको अनुभव बटुलेका आधारमा पछिल्लो समय युवा पुस्ताको स्नुकर खेलप्रतिको बढ्दो क्रेजले प्रतियोगिता थप ब्यापक र उत्साहजनक हुने अध्यक्ष विपिन कुमार गुरुङले विशाल आवाजलाई बताउनुभयो ।
सहभागी शुल्क १ लाख कोरियन वन तोकिएको प्रतियोगिता १६ तारिखका दिन बिहान ११ बजेदेखि शुरु हुने आ...