सेयर बजारमा नेगेटिभ सर्किट ब्रेक लागेको छ। खुलेको २ मिनेटमै नेप्से परिसूचक ४ प्रतिशतले अंकले घटेपछि नकारात्मक सर्किट लागेको हो। नेप्से परिसूचकमा नकारात्मक सर्किट लागेपछि कारोबार २० मिनेटका लागि स्थगित गरिएको छ।
आज प्रि ओपन सेसनमा नेप्से परिसूचक उच्च अंकले घटेको थियो। जेनजी आन्दोलनपछि बन्द भएको सेयर बजार आजबाट खुलेको हो।
कारोबार सुरू भएको पहिलो एक घण्टाभित्र ४ प्रतिशतले बजार बढेमा वा घटेमा सर्किट ब्रेक लाग्ने व्यवस्था छ । सर्किट ब्रेक लागेमा २० मिनेटका कारोबार बन्द हुन्छ।
कारोबार सुरू भएको पहिलो घण्टामा ४ प्रतिशत,दोस्रो घण्टामा ५ प्रतिशत र त्यसपछि ६ प्रतिशतले घटे वा बढेमा सर्किट ब्रेक लाग्ने व्यवस्था छ।
पहिलो सर्किट ब्रेक लाग्दा नेप्से परिसूचक १०७.०४ अंकले घटेर २५६५.२१ विन्दुमा पुगेको छ।...
१ आश्विन २०८२, बुधबार ०२:२४१ आश्विन २०८२, बुधबार ०२:२४१ आश्विन २०८२, बुधबार ०२:२४ by एलिनाNo Comments
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज तपाईंले सोचमा परिपक्वता र व्यवहारमा विवेक देखाउनु हुनेछ। मित्रता र सहकार्यका सम्बन्ध गहिरिन सक्छन्। कसैको मौन समर्थन तपाईंको लागि अमूल्य सिद्ध हुन सक्छ। तर आत्मबलमा निर्भर भइरहनु, साँचो मार्ग हुनेछ।
वृष (इ, उ, ए, ओ, वा, विं, वु, वे, वो)
मन स्थिर भए पनि आज केही कुराहरूले तपाईंलाई विचलित बनाउन सक्छन्। पेशागत क्षेत्रमा आएका चुनौतीहरू सहर्ष पार गर्न सकिनेछ। धेरै कुरा भन्नुभन्दा, शान्त रही कर्म गर्न सक्नु यही नै तपाईँको बल हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आकाशजस्तो फैलिएको विचारमा आज उज्यालो घाम लाग्न सक्छ। शिक्षा, सञ्चार वा सृजनात्मक क्षेत्रमा तपाईँको क्षमता चम्किन सक्छ। नयाँ चिन्तनको बिउ रोपिनेछ र थप सुगन्धित जीवन हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आजको दिन केही भित्री द्वन्द्व लिएर आउन सक्छ, तर त्यो आ...
३१ भाद्र २०८२, मंगलवार १३:४२३१ भाद्र २०८२, मंगलवार १३:४२३१ भाद्र २०८२, मंगलवार १३:४२ by विशाल श्रेष्ठNo Comments
पछिल्लो समयमा अत्याधिक चर्चामा आएको एक्शन स्टार समीर भट्ट अभिनित नेपाली कथानक चलचित्र “बलिदान” को उल्सान शो अक्टोबर १२ मा, अन्याङ नेपाली समाज दक्षिण कोरियाको आयोजनामा हुने भएको छ।
संस्थाले यस चलचित्रको प्रदर्शनबाट सङ्कलित मुनाफा रकमको केही प्रतिशत नेपाल फुटबल महासंघ दक्षिण कोरियाको आपतकालीन खेलाडी राहत कोषमा सहयोग गर्ने जनाएको छ। साथै चलचित्रको प्रदर्शनले नेपाली चलचित्रलाई प्रोत्साहन गर्ने उद्धेश्य राखिएको छ।
संस्थाका अध्यक्ष भुवन राक्क्ष्य का अनुसार, चलचित्र प्रदर्शन 울산광역시 울주군 삼남읍 울산역로 345 (3층) हल मा हुने तयारीमा छ।
सन्तोष सेनद्धारा निर्देशित चलचित्रमा देशको आन्तरिक मामिलामा चर्किएको आन्दोलनमा बाह्य तत्वको प्रवेशपछि खल्बलिएको समाज र देशको अस्मिता जोगाउन जन्मिने युग पुरुषको कथा समेटिएको छ। यसले देशभक्ति र एक्शनले भरिपूर्ण मनोरञ्जन दिने बताइएको छ।
संस्थाका सचिव रञ्जन ल...
३१ भाद्र २०८२, मंगलवार ११:४६३१ भाद्र २०८२, मंगलवार ११:४६३१ भाद्र २०८२, मंगलवार ११:४६ by विशाल श्रेष्ठNo Comments
नेपाल सरकारले गत वर्ष तयार पारेको “गणतन्त्र कोरियामा सिपयुक्त श्रमिक पठाउने सम्बन्धी कार्यविधि, २०८०” तत्कालका लागि कार्यान्वयन नहुने भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट प्राप्त निर्देशनअनुसार वैदेशिक रोजगार विभागले सोमबार सूचना प्रकाशित गर्दै उक्त कार्यविधि हाललाई लागू नगर्ने जनाएको हो।
यसअघि सरकारको निर्णयअनुसार दक्ष (E-7) श्रेणीका नेपाली कामदारलाई कोरिया पठाउन विशेष कार्यविधि स्वीकृत गरिएको थियो। EPS (Employment Permit System) अन्तर्गत जाने श्रमिकभन्दा भिन्न, E-7 भिसा भने सीपयुक्त, दक्ष र अनुभवी श्रमिकलाई लक्षित गरिएको थियो। मन्त्रालयले २०८० सालमा पहिलो कार्यविधि ल्याएको र पछि दुई पटक संशोधन समेत गरेको थियो।
कार्यविधिमा निजी म्यानपावर कम्पनीहरुलाई प्रशिक्षण केन्द्र सञ्चालन गर्ने, भाषा तथा दक्षता परीक्षण गर्न सक्ने, र कोरिया स्थित संस्थासँग सम्झौता गरेर ...
३१ भाद्र २०८२, मंगलवार ०३:४९३१ भाद्र २०८२, मंगलवार ०३:४९३१ भाद्र २०८२, मंगलवार ०३:४९ by एलिनाNo Comments
गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (NRNA) दक्षिण कोरिया र कोरियन मेडिकल विभागको संयुक्त पहलमा कोरियामा कार्यरत नेपाली समुदायलाई लक्षित गर्दै निशुल्क स्वास्थ्य शिविर आयोजना हुने भएको छ।
आयोजकले जारी गरेको सूचनाअनुसार उक्त कार्यक्रम २०२५ सेप्टेम्बर २०, शनिबार का दिन सउलस्थित 서울점프정형외과 (Seoul Jump Orthopedic Hospital) मा हुने छ। शिविरमा सामान्य स्वास्थ्य परीक्षण, आवश्यक परामर्श, बृहत स्वास्थ्य जाँच लगायतका सेवा निशुल्क रुपमा प्रदान गरिनेछ।
एनआरएनए कोरियाका अध्यक्ष पार्वती तामाङका अनुसार कोरियामा कार्यरत नेपाली श्रमिक, विद्यार्थी तथा आप्रवासीहरूको स्वास्थ्य पहुँच सहज बनाउन यो पहल गरिएको हो। उहाँले सबै नेपाली समुदायलाई उक्त दिन उपस्थित भई सेवा लिन आग्रह गर्नुभएको छ।
सम्पर्क व्यक्ति:
• पार्वती तामाङ : 010-8535-8860
• तारा पुन मगर : 010-7342-0412
• मिलन गुरुङ : 010...
३१ भाद्र २०८२, मंगलवार ०१:५८३१ भाद्र २०८२, मंगलवार ०१:५८३१ भाद्र २०८२, मंगलवार ०१:५८ by एलिनाNo Comments
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज मन केही अन्योलमा पर्ने सम्भावना रहन्छ। तर विवेक र सतर्कताले तपाईंलाई ठूला निर्णयबाट जोगाउन सक्छ। मित्र वा सहकर्मीको सहयोगले मार्ग स्पष्ट हुने सम्भावना छ। भावना र कर्तव्यबीच सन्तुलन कायम राख्न सकिनेछ।
वृष (इ, उ, ए, ओ, वा, विं, वु, वे, वो)
शान्त, स्थिर तर प्रभावशाली ऊर्जा तपाईंमा देखिनेछ। पारिवारिक उत्तरदायित्व पूरा गर्न सजिलो महसुस हुनेछ। आफ्नो अनुभव र धैर्यको आधारमा अरूलाई पनि मार्गदर्शन गर्न सकिनेछ। धार्मिक वा आध्यात्मिक विचारमा मन बस्न सक्नेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सञ्चार र सम्बन्धका लागि उपयुक्त दिन हो। बोलिमा मिठास आउनेछ, जसले अरूको मन जित्न सकिनेछ। कुनै नयाँ विचार जन्मिन सक्छ, जसले तपाईँको लक्ष्यलाई नयाँ दिशा दिन सक्छ। यात्राको सम्भावना पनि देखिन्छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आजको दिन केही...
३० भाद्र २०८२, सोमबार १३:५४३० भाद्र २०८२, सोमबार १३:५४३० भाद्र २०८२, सोमबार १३:५४ by एलिनाNo Comments
दक्षिण कोरियाको हामान नेपाली समाजले आगामी महान चाड छुसकको अवसर पारेर नेपाली कथानक चलचित्र ‘बलिदान’ को प्रदर्शन गर्ने भएको छ। यसअघि सफलतापूर्वक ‘१२ गाउँ’ प्रदर्शन गरिसकेको समाजले दोस्रो पटक चलचित्र प्रदर्शन गर्ने तयारी गरेको हो।
समीर भट्टद्वारा अभिनीत, सन्तोष सेनद्वारा निर्देशित चलचित्र ‘बलिदान’ आगामी अक्टोबर ५ (आईतबार) का दिन खिम्हे–बुसान क्षेत्रमा सार्वजनिक प्रदर्शनमा आउँदैछ। कार्यक्रम 김해시 활철로 294 (은석문화회) मा दिउँसो १:३० बजेबाट सुरु हुने आयोजकले जनाएको छ।
चलचित्र हेर्नको लागि टिकट मूल्य २५,००० वोन तोकिएको छ। चलचित्र तोकिएको समयमा नै सुरु हुने भएकाले दर्शक महानुभावहरूलाई समयमै उपस्थित रहन आयोजकले अनुरोध गरेको छ।
हामान नेपाली समाज दक्षिण कोरियाले सम्पूर्ण नेपाली समुदायलाई उपस्थित भई नेपाली चलचित्रलाई माया र साथ दिन आग्रह गर्दै यस कार्यक्रमलाई सफल पार्न सहयोग गर्न हार्दिक निमन्त्रणाक...
३० भाद्र २०८२, सोमबार १२:२३३० भाद्र २०८२, सोमबार १२:२३३० भाद्र २०८२, सोमबार १२:२३ by विशाल श्रेष्ठNo Comments
मोक्पोमा दोस्रो MCC कप २०२५ सम्पन्न, Jeanjup Nepalese CC कप उचाल्न सफल
दक्षिण कोरियाको मोक्पोमा खेलकुद र मनोरञ्जनलाई लक्षित गर्दै दोस्रो MCC कप २०२५ भव्य रुपमा सम्पन्न भएको छ। मोक्पो सान्हो साझा चौतारी र Mokpo Cricket Club (MCC) को संयुक्त आयोजनामा सम्पन्न प्रतियोगितामा Jeanjup Nepalese CC विजेता बनेको छ। फाइनलमा उसले Himalayan Tiger CC लाई ३७ रनले पराजित गर्दै कप उचाल्न सफल भएको हो।
फाइनल खेलमा Jeanjup Nepalese CC ले पहिले ब्याटिङ गर्दै निर्धारित १० ओभरमा ६ विकेटको क्षतिमा ८५ रन बनायो। जवाफी ब्याटिङमा उत्रिएको Himalayan Tiger CC ले राम्रो सुरुवात गर्न सकेन र १० विकेट गुमाउँदै जम्मा ४८ रनमै समेटियो। यससँगै Jeanjup Nepalese CC ले ३७ रनको स्पष्ट जित हासिल गर्दै प्रतियोगिताको उपाधि आफ्नो पक्षमा पारेको हो।
यस वर्षको MCC कपमा आठ टोलीहरूको सहभागिता थियो। Mokpo CC Red, Mokpo CC B...
३० भाद्र २०८२, सोमबार ०२:२७३० भाद्र २०८२, सोमबार ०२:२७३० भाद्र २०८२, सोमबार ०२:२७ by एलिनाNo Comments
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आजको दिन संयम र समझदारीको खाँचो पर्न सक्छ। अप्ठ्यारो संवाद वादायित्वपूर्ण भूमिका तपाईंमाथि आउन सक्छ। तथापि, तपाईंको स्पष्ट सोच र निर्णय क्षमताले समस्यालाई समाधानतर्फ मोड्नेछ। अनुशासनको अभ्यास लाभदायक हुनेछ।
वृष (इ, उ, ए, ओ, वा, विं, वु, वे, वो)
तपाईंभित्रको स्थायित्व आज पनि बलियो रूपमा उपस्थित हुनेछ। कुनै अधुरो काम पूरा गर्ने मौका आउन सक्छ। मन न्यानो रहनेछ, र नजिकको व्यक्तिसँग समय बिताउँदा आत्मीयता गहिरिनेछ। आर्थिक सन्तुलनमा सावधानी अपनाउनुहोस्।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
चञ्चलता नियन्त्रणमा राख्न सके, दिन फलदायी बन्न सक्छ। आज तपाईंका विचारहरू प्रखर रहनेछन्। अध्ययन, लेखन वा सृजनात्मक क्षेत्रमा सफलता मिल्न सक्छ। पुराना चिन्तन बिर्सिएर नयाँ लक्ष्यमा केन्द्रित हुनु लाभदायक हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
...
२९ भाद्र २०८२, आईतवार १३:०२२९ भाद्र २०८२, आईतवार १३:०२२९ भाद्र २०८२, आईतवार १३:०२ by विशाल श्रेष्ठNo Comments
दक्षिण कोरियाको थेगु खुजीमा नेपाली परोपकार समाज (NPS) द्वारा आयोजित चौथो एन.पी.एस. भलिबल कप २०२५ भव्य रूपमा सम्पन्न भएको छ।
भलिबल प्रतियोगितामा कोरियाभरका विभिन्न संघ–संस्था र क्लब गरी २६ टोलीको सहभागिता रहेको थियो। प्रारम्भिक चरणदेखि नै प्रतिस्पर्धात्मक देखिएको प्रतियोगिताको अन्तिममा गुल्मी सम्पर्क समितिले उत्कृष्ट प्रदर्शन गर्दै बागलुङ समाजलाई पराजित गर्दै उपाधि जित्न सफल भयो।
फाइनलमा रोमाञ्चक भिडन्तपछि गुल्मी सम्पर्क समितिले ३० लाख वनसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्दै च्याम्पियन बनेको हो। उपविजेता बनेको बागलुङ समाजले २० लाख वनसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्यो।
सेमी फाइनलिस्ट आयोजक 𝐍𝐏𝐒 र विश्वाकर्मा दुई टोलीले ५/५ लाख वन नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरे।
यसैगरी प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट सेटर, स्पाइकर, ब्लकर, लिबरो, कोच र सर्भरलाई पनि नगद प...