सेयर बजारमा नेगेटिभ सर्किट ब्रेक लागेको छ। खुलेको २ मिनेटमै नेप्से परिसूचक ४ प्रतिशतले अंकले घटेपछि नकारात्मक सर्किट लागेको हो। नेप्से परिसूचकमा नकारात्मक सर्किट लागेपछि कारोबार २० मिनेटका लागि स्थगित गरिएको छ।
आज प्रि ओपन सेसनमा नेप्से परिसूचक उच्च अंकले घटेको थियो। जेनजी आन्दोलनपछि बन्द भएको सेयर बजार आजबाट खुलेको हो।
कारोबार सुरू भएको पहिलो एक घण्टाभित्र ४ प्रतिशतले बजार बढेमा वा घटेमा सर्किट ब्रेक लाग्ने व्यवस्था छ । सर्किट ब्रेक लागेमा २० मिनेटका कारोबार बन्द हुन्छ।
कारोबार सुरू भएको पहिलो घण्टामा ४ प्रतिशत,दोस्रो घण्टामा ५ प्रतिशत र त्यसपछि ६ प्रतिशतले घटे वा बढेमा सर्किट ब्रेक लाग्ने व्यवस्था छ।
पहिलो सर्किट ब्रेक लाग्दा नेप्से परिसूचक १०७.०४ अंकले घटेर २५६५.२१ विन्दुमा पुगेको छ।
Post Views: 152









