Advertisement
Advertisement

Day: २ आश्विन २०८२, बिहीबार १२:०६

नेपाल आदिवासी जनजाति महासंघ बुसान शाखाको ऐतिहासिक पाँचौं अधिवेशन सेप्टेम्बर २८ मा हुने

नेपाल आदिवासी जनजाति महासंघ बुसान शाखाको ऐतिहासिक पाँचौं अधिवेशन सेप्टेम्बर २८ मा हुने

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
नेपाल आदिवासी जनजाति महासंघ ख्यङ्साङनाम्दो बुसान शाखाले आफ्नो ऐतिहासिक पाँचौं अधिवेशन २०२५ आगामी सेप्टेम्बर २८ आइतबारका दिन गर्ने भएको छ। “मौलिक भाषा, धर्म, संस्कृति र परम्पराहरुको संरक्षण गर्दै आत्मसम्मान, सहअस्तित्व र पहिचान प्राप्तिको लागि गोलबद्ध बनौँ” भन्ने मूल नारासहित स्थापना भएको यो महासंघले आदिवासी जनजातिहरुको साझा पहिचान, अधिकार र ऐक्यबद्धताका लागि यो अधिवेशनलाई महत्वपूर्ण मानिएको छ। अधिवेशन न्यू लिटल इण्डियाको सभाहल, किम्हे (경상남도 김해시 서상동 27-31) मा दिउँसो १२ बजे सुरु हुनेछ। आयोजकहरूले सम्पूर्ण महानुभाव, संघसंस्था, अग्रज, साथीभाइ र शुभेच्छुकहरुलाई गरिमामय उपस्थितिको लागि हार्दिक निमन्त्रणा गरेका छन्। यस अधिवेशनमार्फत संस्थाको आगामी कार्ययोजना, नेतृत्व चयन तथा समुदायबीचको आपसी सहयोग र एकतामा टेवा पुग्ने अपेक्षा गरिएको छ।...
सेयर बजारमा नेगेटिभ सर्किट ब्रेक, कारोबार २० मिनेटका लागि स्थगित

सेयर बजारमा नेगेटिभ सर्किट ब्रेक, कारोबार २० मिनेटका लागि स्थगित

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
सेयर बजारमा नेगेटिभ सर्किट ब्रेक लागेको छ। खुलेको २ मिनेटमै नेप्से परिसूचक ४ प्रतिशतले अंकले घटेपछि नकारात्मक सर्किट लागेको हो। नेप्से परिसूचकमा नकारात्मक सर्किट लागेपछि कारोबार २० मिनेटका लागि स्थगित गरिएको छ। आज प्रि ओपन सेसनमा नेप्से परिसूचक उच्च अंकले घटेको थियो। जेनजी आन्दोलनपछि बन्द भएको सेयर बजार आजबाट खुलेको हो। कारोबार सुरू भएको पहिलो एक घण्टाभित्र ४ प्रतिशतले बजार बढेमा वा घटेमा सर्किट ब्रेक लाग्ने व्यवस्था छ । सर्किट ब्रेक लागेमा २० मिनेटका कारोबार बन्द हुन्छ। कारोबार सुरू भएको पहिलो घण्टामा ४ प्रतिशत,दोस्रो घण्टामा ५ प्रतिशत र त्यसपछि ६ प्रतिशतले घटे वा बढेमा सर्किट ब्रेक लाग्ने व्यवस्था छ। पहिलो सर्किट ब्रेक लाग्दा नेप्से परिसूचक १०७.०४ अंकले घटेर २५६५.२१ विन्दुमा पुगेको छ।...