Advertisement
Advertisement

मोक्पोमा दोस्रो MCC कप २०२५ सम्पन्न, Jeanjup Nepalese CC कप उचाल्न सफल

Advertisement
Advertisement

मोक्पोमा दोस्रो MCC कप २०२५ सम्पन्न, Jeanjup Nepalese CC कप उचाल्न सफल

दक्षिण कोरियाको मोक्पोमा खेलकुद र मनोरञ्जनलाई लक्षित गर्दै दोस्रो MCC कप २०२५ भव्य रुपमा सम्पन्न भएको छ। मोक्पो सान्हो साझा चौतारी र Mokpo Cricket Club (MCC) को संयुक्त आयोजनामा सम्पन्न प्रतियोगितामा Jeanjup Nepalese CC विजेता बनेको छ। फाइनलमा उसले Himalayan Tiger CC लाई ३७ रनले पराजित गर्दै कप उचाल्न सफल भएको हो।

फाइनल खेलमा Jeanjup Nepalese CC ले पहिले ब्याटिङ गर्दै निर्धारित १० ओभरमा ६ विकेटको क्षतिमा ८५ रन बनायो। जवाफी ब्याटिङमा उत्रिएको Himalayan Tiger CC ले राम्रो सुरुवात गर्न सकेन र १० विकेट गुमाउँदै जम्मा ४८ रनमै समेटियो। यससँगै Jeanjup Nepalese CC ले ३७ रनको स्पष्ट जित हासिल गर्दै प्रतियोगिताको उपाधि आफ्नो पक्षमा पारेको हो।

यस वर्षको MCC कपमा आठ टोलीहरूको सहभागिता थियो। Mokpo CC Red, Mokpo CC Blue, Deabul United CC, Jeanjup Nepalese CC, Jeonju United CC, Samho Nepali CC, Deagu Thunders CC र Himalayan Tiger CC गरी विभिन्न क्षेत्रमा रहेका नेपाली टोलीहरूले प्रतिस्पर्धा गरेका थिए।

प्रतियोगितामा विजेता Jeanjup Nepalese CC ले २५ लाख वोनसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता Himalayan Tiger CC ले १० लाख वोनसहित ट्रफि, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ। व्यक्तिगत प्रदर्शनतर्फ Himalayan Tiger CC का केशब बिष्टले ८७ रन र ३ विकेट लिएर ‘म्यान अफ द टुर्नामेन्ट’ बन्न सफल भए। उनले १ लाख वोन र ट्रफि प्राप्त गरे। यस्तै, हरेक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई ‘म्यान अफ द म्याच’ शीर्षकमा ट्रफि प्रदान गरिएको थियो।

खेलमै सीमित नभई प्रतियोगितामा सामाजिक सन्देशसमेत जोडिएको थियो। नेपालमा हालै सम्पन्न GenZ आन्दोलनका क्रममा वीरगति प्राप्त शहीदहरूको सम्झनामा मैनबत्ती बालेर श्रद्धाञ्जली अर्पण गरिएको थियो।

आयोजकले प्रवासी नेपालीहरूलाई खेलकुद, भेटघाट र आपसी मित्रताको वातावरणमा जोड्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको उल्लेख गर्दै प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्ने सम्पूर्णमा धन्यवाद प्रकट गरेको छ। प्रतियोगितामा Mokpo FC, विभिन्न सामुदायिक संघसंस्था, पनाह मार्ट, नेपाल भोजनालय, GME Remittance लगायतले सहयोग गरेका थिए भने मिडिया पार्टनरको जिम्मेवारी बिशाल आवाजले वहन गरेको थियो।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?Ahojte, jmenuji se Jan Novák a rád bych se s vámi poděli...

Jak se liší bonusy za vklad kartou od bankovního převodu?

SlotRave Withdrawal to a New Payment Method

Contents1. Preparing for Your SlotRave Withdrawal2. A Step-by-Step Withdrawal Process3. Understanding Withdrawal Timelines and Lim...

Magius Server Stability: Uptime and Outages

Spis treściWskaźnik czasu działania (Uptime) platformy MagiusPlanowane przerwy techniczne i aktualizacjeNajczęstsze przyczyny niep...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×