एनआरएनए कोरियाद्दारा नोभेम्बर २ मा संघ–संस्थासँग परिचयात्मक भेटघाट तथा अन्तरक्रिया कार्यक्रम हुने
गैर आवासीय नेपाली संघ (NRNA) राष्ट्रिय समन्वय परिषद्, दक्षिण कोरियाले आगामी नोभेम्बर २ (आइतबार) का दिन सौलमा संघ–संस्थासँग परिचयात्मक भेटघाट तथा अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएको छ।
“सहकार्य, साझेदारी र सह–अस्तित्व निर्माणको निम्ति” भन्ने मूल उद्देश्यका साथ आयोजना गर्न लागिएको यस कार्यक्रममार्फत कोरियामा क्रियाशील विभिन्न संघ–संस्थाबीच आपसी परिचय, समन्वय र सहकार्यको वातावरण सृजना गर्ने लक्ष्य राखिएको छ।
गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, दक्षिण कोरियाकी अध्यक्ष पार्वती मोक्तानले सम्पूर्ण संघ–संस्थाका प्रतिनिधि, एनआरएनएका संरक्षक, सल्लाहकार, पूर्व पदाधिकारी, पत्रकार, पञ्जीकृत सदस्य तथा कोरियामा रहेका सम्पूर्ण नेपाली समुदायलाई कार्यक्रममा सहभागी हुन हार्दिक अनुरोध गरे...
६ कार्तिक २०८२, बुधबार ०५:४५६ कार्तिक २०८२, बुधबार ०५:४५६ कार्तिक २०८२, बुधबार ०५:४५ by एलिनाNo Comments
बोम्जन गुरुङ:दश वर्षअघि दर्शकमाझ चर्चित बनेका कबड्डी फिल्मका जोडी दयाहाङ राई र रिश्मा गुरुङ अभिनीत नेपाली कथानक चलचित्र ‘रिमै’ अब दक्षिण कोरियाको सउलमा प्रदर्शन हुने भएको छ।
तमु धीं दक्षिण कोरियाको आयोजनामा नोभेम्बर २ (आइतबार) का दिन विद्यार्थीको अक्षय कोष स्थापना सहयोगार्थ सउलको [종로구민회관, 서울 종로구 지봉로 5길 7-5] मा चलचित्र प्रदर्शन गर्न लागिएको हो।
संस्थाका अध्यक्ष तेज गुरुङका अनुसार, यो प्रदर्शनले एकातिर आर्थिक रूपमा कमजोर तर मेधावी विद्यार्थीको भविष्यका लागि अक्षय कोष स्थापनामा सहयोग गर्नेछ भने अर्कातिर नेपाली चलचित्रको प्रोत्साहनमा समेत टेवा पुग्नेछ।
‘रिमै’ चलचित्र खिल बहादुर गुरुङको निर्देशनमा बनेको हो। गुरुङ समुदायको सामाजिक तथा सांस्कृतिक पृष्ठभूमिमा आधारित यस फिल्मले परम्परा र व्यक्तिगत इच्छाबीचको द्वन्द्व, साँचो प्रेमको खोजी, र छोरीचेलीको महत्व जस्ता गहिरा विषय उठाएको छ।
दया...
६ कार्तिक २०८२, बुधबार ०२:५६६ कार्तिक २०८२, बुधबार ०२:५६६ कार्तिक २०८२, बुधबार ०२:५६ by विशाल श्रेष्ठNo Comments
बिपिन गुरुङ अध्यक्ष रहेको एनआरएनए कोरियाको बर्खास्त भएका महासचिव अजय सोडारी (पूर्ण वहादुर बुढा) ले संस्थाको आधिकारिक लेटरहेड र अध्यक्ष विपिन गुरुङको किर्ते हस्ताक्षर प्रयोग गरी नक्कली विज्ञप्ति सार्वजनिक गरेको पाइएको छ।
घटनाक्रम यस्तो थियो — सोडारीले आफूले गल्ती स्वीकार गर्दै माफीपत्र सार्वजनिक गरे।
तर केही मिनेटमै सो पत्र हटाए र तुरुन्तै अर्को विज्ञप्ति ल्याए, जसमा आफू माथिको कारवाही फुकुवा गरिएको दाबी गरिएको थियो।
तर त्यो पत्रमा अध्यक्ष विपिन गुरुङको हस्ताक्षर नकली भएको र संस्थाको लेटरहेड दुरुपयोग गरिएको पुष्टि भएको छ।
संस्थाभित्रका स्रोतहरूले यो कार्यलाई “संस्थाको मर्यादा र विश्वसनीयतामाथिको ठाडो हमला” भन्दै कडा शब्दमा आलोचना गरेका छन्।
अजय सोडारी यसअघि पनि कोरियास्थित नेपाली समुदायबीच विवादित पात्रका रूपमा चर्चामा रहँदै आएका थिए।
सोडारी कोरिया प्रवेश गरेको तीन वर्ष तीन मह...
६ कार्तिक २०८२, बुधबार ०२:०७६ कार्तिक २०८२, बुधबार ०२:०७६ कार्तिक २०८२, बुधबार ०२:०७ by एलिनाNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
काम प्रारम्भ गर्ने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुहोला। फाइदाका लागि केही वस्तु त्याग्नुपर्ला। व्यवसायमा आफ्नो मिहिनेतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन्।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
नाम र दाम कमाउने बेला छ। सहयोगीहरूले राम्रो फाइदा दिलाउनेछन्। उद्योग र व्यापारमा पनि मनग्गे लाभ हुनेछ। मिहिनेतले जीवनशैलीमा सुधार ल्याउनेछ। लगनशीलताले विभिन्न अवसर दिलाउनेछ। आँटेको काम सजिलै सम्पादन हुनेछ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुर...
५ कार्तिक २०८२, मंगलवार ०८:२५५ कार्तिक २०८२, मंगलवार ०८:२५५ कार्तिक २०८२, मंगलवार ०८:२५ by विशाल श्रेष्ठNo Comments
गैर–आवासीय नेपाली संघ (NRNA–NCC) दक्षिण कोरियामा आन्तरिक विवाद चर्किएको छ। अध्यक्ष विपिन कुमार गुरुङ नेतृत्वले महासचिव अजय सोडारीलाई पदबाट बर्खास्त गरेको विज्ञप्ति सार्वजनिक गरेसँगै संगठनभित्र कडा ध्रुवीकरण सुरु भएको छ।
अध्यक्ष गुरुङले जारी गरेको विज्ञप्तिमा सोडारीले संगठनको नियम विपरीत काम गरेको, अस्पष्ट गतिविधि देखिएको र अनुशासन विपरीत आचरण प्रकट गरेको भन्दै कारबाही गरिएको उल्लेख गरिएको छ।
तर अर्कोतर्फ, महासचिवबाट हटाइएका अजय सोडारीले ती सबै आरोपलाई पूर्ण रूपमा अस्वीकार गर्दै ती झुट्टा, पूर्वाग्रही र नियोजित चरित्र हत्या गर्ने कार्य भएको बताएका छन्। सोडारीले बिशाल आवाज सँगको कुराकानीमा भनेका छन्, “केही परिचालित व्यक्तिहरूले मेरो नाममा नियोजित रूपमा झुट्टा प्रचार गरेर मेरो छविमा आघात पुर्याउने प्रयास गरेका छन्, म यसबिरुद्ध कानुनी निरूपणमा जान्छु।”
उनका अनुसार सामाजिक सञ्जालमा ‘स...
५ कार्तिक २०८२, मंगलवार ००:५१५ कार्तिक २०८२, मंगलवार ००:५१५ कार्तिक २०८२, मंगलवार ००:५१ by विशाल श्रेष्ठNo Comments
दक्षिण कोरियास्थित गैर–आवासीय नेपाली संघ (NRNA NCC Korea) भित्रको आन्तरिक विवादले अहिले नयाँ मोड लिएको छ।
महासचिव अजय सोडारी (पूर्णबहादुर वुढा) लाई पदमुक्त गर्ने निर्णय सार्वजनिक भएपछि, त्यसै दिन राती सोडारी पक्षबाट जारी गरिएको प्रेस विज्ञप्तिले संघको नेतृत्वमाथि नै ठूलो प्रश्न उठाएको छ।
सोडारीले विज्ञप्तिमार्फत अध्यक्ष विपिन कुमार गुरुङ र सचिव टार्जन बान्तवा राइ माथि संघको कोष दुरुपयोग, पदाधिकारी र सदस्यहरूलाई धम्की दिने, र संघलाई व्यक्तिगत तथा व्यावसायिक फाइदाको माध्यम बनाउने आरोप लगाएका छन्।
विज्ञप्तिमा भनिएको छ — “अध्यक्ष गुरुङले कार्यसमितिका सदस्यहरूलाई हप्काउँदै–धम्क्याउँदै अवैधानिक रूपमा पत्र लेख्न लगाएका छन्, जुन संघको आचारसंहिताविपरीत छ।”
सोडारीको पक्षले कारबाहीलाई “नाटकपूर्ण, असंवैधानिक र हतास मानसिकताको उपज” भन्दै त्यसको खारेजी माग गरेको छ। उनी केही समयअघि नेपाल फर्किए...
५ कार्तिक २०८२, मंगलवार ००:४८५ कार्तिक २०८२, मंगलवार ००:४८५ कार्तिक २०८२, मंगलवार ००:४८ by एलिनाNo Comments
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
मनले चाहेको व्यक्तिबाट कुनै नौलो कुरा सुन्न पाउँदा अझ हर्षित हुने वा कुनै उपहार प्राप्त गरेर दङ्गपर्ने समय हो । आम्दानी र खर्चको सन्तुलनमा ध्यान दिनुहोला, दीर्घकालिक लगानी र कारोबारप्रति सचेतता अपनाउनु पर्छ । बढी महत्त्वाकाङ्क्षा राख्नाले निराशा हात लाग्नेछ । कामबाट फाइदा हुनेछ, रकम व्यवस्थापनका लागि गरिएका प्रयासहरू सफल हुनेछन्, तर नातागोता र करकुटुम्बका काममा खट्नुपर्दा कार्यक्षेत्रमा प्रभाव पर्नसक्छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
प्रायः सबै काममा तपाईंकै संयोजकत्व र भूमिका रहने देखिन्छ, तर पनि केही समय व्यक्तिगत खुसी र आन्तरिक आवश्यकताका लागि छुट्याउनु पर्ने हुन्छ । नयाँ कुरा पढ्ने वा सिक्ने रहर जागेर आउने छ । नजानेको विषयवस्तुप्रति केन्द्रित हुन सकेमा उपलब्धि लिन सक्नुहुन्छ । नयाँ उत्साह र उमङ्ग जाग्ने समय हो, खुसी र प्रसन्नता...
४ कार्तिक २०८२, सोमबार १२:२१४ कार्तिक २०८२, सोमबार १२:२१४ कार्तिक २०८२, सोमबार १२:२१ by विशाल श्रेष्ठNo Comments
NRNA कोरियाद्वारा आचारसंहिता उल्लङ्घन गरी अनुशासन तोडेको आरोपमा महासचिव अजय सोडारीमाथि कारबाही
बिपिन गुरुङ अध्यक्ष रहेको गैर आवासीय नेपाली संघ (NRNA) राष्ट्रिय समन्वय परिषद्, दक्षिण कोरियाले महासचिव अजय सोडारी (पूर्णबहादुर वुढा) लाई अनुशासनात्मक कारबाहीस्वरूप महासचिवको जिम्मेवारीबाट हटाएको छ।
संघको कार्यसमितिको बैठकले संघको विधानको धारा १८ र १४.४ अनुसार सो निर्णय गरेको हो। सोडारीमाथि हाल सामाजिक सञ्जाल र विभिन्न माध्यमहरूमा सार्वजनिक रूपमा आएका गतिविधिहरू र आरोप–प्रत्यारोपका विषयमा लिखित स्पष्टीकरण माग गरिएको थियो। तर, तोकिएको २४ घण्टे समयसीमा भित्र स्पष्टीकरण नआएपछि संघले अनुशासनात्मक प्रक्रिया अघि बढाएको जनाएको छ।
संघका अध्यक्ष विपिन कुमार गुरुङद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ —“संघको प्रतिष्ठा, एकता, अनुशासन र विश्वास कायम राख्ने उद्देश्यले गरिएको यो निर्णयले संस्थागत मर्याद...
४ कार्तिक २०८२, सोमबार ११:५९४ कार्तिक २०८२, सोमबार ११:५९४ कार्तिक २०८२, सोमबार ११:५९ by विशाल श्रेष्ठNo Comments
देशमा भएको जेन्जी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर दुबै आँखा गुमाएका सुर्खेतका सन्तोष बोहराको उपचार तथा परिवारको सहयोगका लागि दक्षिण कोरियामा चलाइएको अभियान यो आइतबार (अक्टोबर २६) बन्द हुने भएको छ।
२०८२ साल भाद्र २४ गते कर्णाली प्रदेशको सुर्खेतमा भएको आन्दोलनको दोस्रो दिन प्रहरीको गोली लागेर गम्भीर घाइते भएका २६ वर्षीय सन्तोष बोहरा हाल नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचाररत छन्। आन्दोलनका क्रममा उनले दुबै आँखा गुमाएका छन् भने टाउको र अनुहारमा समेत गम्भीर चोट पुगेको छ।
सन्तोषका बुबा चन्द्र बोहरा र श्रीमती निर्मला बोहरा अहिले नेपालगन्जमा उपचारमा व्यस्त छन्। ४ वर्षीया सानी छोरी घरमै भएकी छन्। परिवारको आर्थिक अवस्था कमजोर भएकाले उपचारसँगै सन्तोषकी छोरीको भविष्य पनि संकटमा परेको बताइएको छ।
राजधानीदेखि टाढा रहेको कर्णालीमा भएको घटनाले राज्यको दृष्टि र जिम्मेवारी दुवै टाढा भए...
४ कार्तिक २०८२, सोमबार ०१:०८४ कार्तिक २०८२, सोमबार ०१:०८४ कार्तिक २०८२, सोमबार ०१:०८ by एलिनाNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो)
शुभचिन्तकहरूले साथ दिनेछन्। काम पूर्ण नभए पनि मिहिनेतले लाभ दिलाउनेछ। व्यापारतर्फ पनि दिगो फाइदाको काम बन्नेछ। कीर्तिमानी काम बन्नाले मूल्यवान् वस्तु लाभ हुन सक्छ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
व्यक्तित्वमा निखारता आउनेछ। मनग्गे अर्थ लाभ पनि हुनेछ। स्वास्थ्यमा कमजोर हुनाले काम रोकिन सक्छ। खर्च लागे पनि आयस्रोत सबल हुनाले आवश्यकता पूरा हुनेछ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
मिहिनेत गर्दा उपलब्धि हातलागी हुनेछ। मेहनतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। कृषि क्षेत्रबाट लाभ मिल्नेछ। प्रतिस्पर्धामा अग्रस्थान हासिल गर्न सकिनेछ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
लगानी बढाउनुपर्ने स्थिति आउनेछ। खर्च लागे पनि लामो यात्रा सम्भावना छ। टाढाका साथीभाइसँग सम्पर्क बढाउने समय छ। स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ। स्वास्थ्य र सुमधुर सम्बन्धक...